समाज

    Showing ८,५९१-८,६०० of ११,२९७ items.
  • मोरङमा कर्मचारीले मागे सुरक्षा

    इटहरी ।  मोरङमा कर्मचारीले सुरक्षा मागेका छन्। कार्यस्थलमा आक्रमण हुन थालेर काम गर्ने वातावरण नभएको भन्दै पेसागत महासंघमार्फत कर्मचारीले सुरक्षाको माग गरेका हुन्। पेसागत महासंघ मोरङले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै कर्मचारीको सुरक्षाको मागसहित आक्रमणमा संलग्नलाई अविलम्ब कारबाही हुनुपर्ने अडान राखेको छ। मोरङको रंगेली नगरपालिकाका कर्मचारीमाथि कुटपिट एवं आक्रमण गर्नेलाई कारबाही हुनुपर्ने माग महासंघले गरेको हो। पेसागत महासंघका जिल्ला अध्यक्ष प्रकाश शर्मा र सचिव सालीग्राम कोइरालाको हस्ताक्षर रहेको ज्ञापन पत्रमा केही दिनअघि मोरङको रंगेलीमा कर्मचारीमाथि

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • २७६ पटक पढिएको
  • अरुण गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस उत्साहका साथ मनाइयो

    भोजपुर / भोजपुरको पूर्वी अरुण गाउँपालिकामा ६०औं राष्ट्रिय बाल दिवस भव्य रूपमा मनाइएको छ। "बालबालिकामा लगानी सुनिश्चित, भबिष्यको थालनी" भन्ने नाराका साथ श्री शारदा माध्यमिक विद्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो।कार्यक्रमको मुख्य आयोजक अरुण गाउँपालिका रहेको थियो, जसमा गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्रीले बालबालिकाको सर्वांगीण विकासका लागि शिक्षा, स्वास्थ्य, पोषण, र सुरक्षामा लगानीको आवश्यकता रहेको बताउनुभयो। उहाँले गाउँपालिकाले बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न विभिन्न योजनाहरू कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो।बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • २५३ पटक पढिएको
  • नेपाल खेलकुद महासंघ झापा अध्यक्षमा रविन खरेल सर्वसम्मत निर्वाचित

    बिर्तामोड । नेपाल खेलकुद महासंघ झापाको अध्यक्षमा रविन खरेल सर्वसम्मत निर्वाचित भएका छन् । सनिवार बिर्तामोडमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले खरेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।  अधिवेशनबाट उपाध्यक्षमा शुक्रराज भण्डारी, महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिव तुलसी कार्की, उपसचिव एवन कटुवाल, गणेश कार्की र कोषाध्यक्षमा ओशिन तामाङ लगायत चयन भएका छन् ।जिल्ला अध्यक्ष भवानी बरालको अध्यक्षतामा भएको दोस्रो जिल्ला अधिवेशनमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशका इञ्चार्ज विप्लप घोषको प्रमुख आतिथ्यता र प्रमुख वक्ताका रुपमा नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा रहेका थिए ।कार्यक्रममा

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • ५८९ पटक पढिएको
  • मार्टिना मेकअप स्टुडियोको छैठौं वार्षिकोत्सव सम्पन्न

    इटहरी/ इटहरीबाट संचालित मार्टिना मेकअप स्टुडियो एन्ड ट्रेनिङ सेन्टरले आफ्नो छैठौं वार्षिकोत्सव शनिबार कोशी प्रदेश सभा सदस्य माननीय मिना श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका अगाडि रहेको स्टुडियोसंगै रहेको सभाहलमा आयोजना गरिएको कार्यक्रमको सभापतित्व स्टुडियोकि सञ्चालिका उर्बि श्रेष्ठ रहेकी थिइन् । वार्षिकोत्सवको उद्घाटन प्रमुख अतिथि माननीय मिना श्रेष्ठ, सभाध्यक्ष उर्बि श्रेष्ठ र अन्य सम्माननीय अतिथिहरु द्वारा पानसमा बत्ती बालेर गरियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सौन्दर्य कला व्यवसायी संघ इटहरी नगर समिती अध्यक्ष बिजु श्रेष्ठ, नेपालको पहिलो महिला ट्याट्यु आर

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ४५३ पटक पढिएको
  • नगर बाल सञ्चाल इटहरीद्वारा बाल गायन प्रतियोगिता तथा पुरस्कार वितरण

    इटहरी / इटहरीमा ६० औ बाल दिवसको अवसरमा आयोजना गरिएको विभिन्न कार्यक्रम तथा प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ । नगर बाल सञ्जाल इटहरीले बाल दिवसको अवसरमा आयोजना गरेको गायन प्रतियोगिता, अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता ,चित्रकला प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, कविता प्रतियोगिता लगायतका कार्यक्रमका विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो । नगर बाल सञ्जाल इटहरीका अध्यक्ष विभुति काफ्लेको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । गायन प्रतियोगिताबाट प्रथम स्मारिका नेपाल, दोस्रो खगेन्द्र विश

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • ४९२ पटक पढिएको
  • सुकुना माविमा राष्ट्रिय बालदिवसको अवसरमा भव्य स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

    सुन्दरहरैंचा / मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका-१० मा अवस्थित सुकुना माध्यमिक विद्यालयले राष्ट्रिय बालदिवसको अवसरमा एक भव्य कार्यक्रम आयोजना गरेको छ। विद्यालयले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेको हो। यस कार्यक्रमको मुख्य उद्देश्य विद्यालयका विद्यार्थीहरूलाई प्रोत्साहित गर्नुका साथै शिक्षामा भएको प्रगति र उनीहरूको क्षमता पहिचान गर्नु थियो।कार्यक्रममा नृत्य, गायन, र पढाइ लगायतका विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान र पुरस्कार प्रदान गरिएको थियो। विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्ने

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ३९१ पटक पढिएको
  • इटहरीको मार्टिना मेकअप स्टुडियो थप सेवासहित रि-ओपनिङ

    इटहरी/ इटहरीको मार्टिना मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टरको भदौ २८ गते रिओपनिङ गरिएको छ । इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले रिबन काटेर स्टुडियोको रि-ओपनिङ गरेकी हुन् । विगत ६ वर्षदेखि सफलतापूर्वक संचालनमा रहेको यो स्टुडियो अब थप सेवा र सुविधासहित रि-ओपनिङ गरिएको हो । पहिले मार्टिना मेकअप स्टुडियोमा मेकअप र ब्युटिसियन तालिमको सेवा मात्र प्रदान गरिन्थ्यो । तर, अब यसको दायरा अझै व्यापक बनाउँदै मेकअपका प्रोडक्टहरू बिक्री गर्न सुरु गरिएको छ । यसका साथै विशेषगरी पुरुषहरुका लागि समेत सौन्दर्य सेवा थपिएको छ । यो नयाँ सेवा विस्तारसँगै स्टुडियोले विभिन्न उमेर र वर्गका ग्राहकहरूलाई लक्षि

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • २९७ पटक पढिएको
  • नगर बाल सञ्चाल इटहरीद्वारा अन्तर वडा स्तरीय बाल गायन प्रतियोगिता

    इटहरी / नगर बाल सञ्चाल इटहरीद्वारा अन्तर वडा स्तरीय बाल गायन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको गायन प्रतिभा विकास र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता नगर बाल सञ्चाल इटहरीकी अध्यक्ष विभूति काफ्लेको अध्यक्षतामा सम्पन्न भएको हो।इटहरीका १८ वटै वडाका बाल प्रतिनिधिहरूको सहभागिता रहेको प्रतियोगितामा स्वर, प्रस्तुति, र अभ्यासका आधारमा सहभागीहरूको छनोट गरिएको निर्णायक सुबास बनले जानकारी दिनुभयो। निर्णायक मण्डलमा इटहरी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख दोर्ण दाहाल, तारा ढकाल र सुबास बनको उपस्थिति थियो।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ५ जनालाई छनोट

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ४४९ पटक पढिएको
  • इटहरी ७ नम्बर वडा बाल सञ्चालद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बाल सञ्चालको आयोजनामा टोल स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। यो प्रतियोगिता ६०औं बाल दिवसको अवसरमा इटहरी ७ का तीनवटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा गरिएको हो।कार्यक्रमको अध्यक्षता वडा बाल सञ्चालका अध्यक्ष सुलभ न्यौपानेले गरेका थिए भने प्रमुख अतिथिको रूपमा वडा अध्यक्ष देवनारायण चौधरी सहभागी भएका थिए। प्रतियोगितामा विद्यार्थीहरूलाई शिक्षा र बाह्य ज्ञानको अभिवृद्धि गराउने उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताएका छन्।कार्यक्रममा इटहरी ७ का वडा अध्यक्ष चौधरीले बाल सञ्चालको गतिविधिले विद्यार्थीहरूलाई विभिन्न विषयमा ज्ञान प्रदान गरिरहेको र व

    • प्रकाशित मितिः भदौ २८, २०८१
    • ३५३ पटक पढिएको
  • कोशी प्रदेशमै पहिलो पटक कृषि एक्स्पो सुरु

    विराटनगर / कोशी प्रदेशको समृद्ध भूमि, जहाँ कृषिलाई जीवनको मुख्य स्रोत मानिन्छ, त्यही भूमिमा इतिहासकै पहिलो पटक कृषि एक्स्पोको आयोजना भयो। मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा यस ऐतिहासिक कृषि एक्स्पोको उद्घाटन भयो, जसलाई नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको थियो। यो कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको हो, जसले प्रदेशभरिका किसान, उद्यमी र कृषि व्यवसायसँग सम्बन्धित निकायलाई एकत्रित गर्दै कृषि क्षेत्रमा एक नयाँ अध्यायको आरम्भ गर्यो।यो कृषि एक्स्पो कोशी प्रदेशकै लागि एक महत्त्वपूर्ण उपलब्धि हो, जहाँ कृषि र पशुपा

    • प्रकाशित मितिः भदौ २७, २०८१
    • ६०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]