समाज

    Showing ८,६२१-८,६३० of ११,२९७ items.
  • "सुनसरी-२ मा भीम आचार्यद्वारा गाउँ-गाउँमा अन्तरक्रिया, विकासका कार्यमा स्थानीयको माग र सहभागिता"

    सुनसरी / सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यले आफ्नो निर्वाचन क्षेत्रका बासिन्दाहरूको समस्यासँग प्रत्यक्ष रुपमा सम्पर्क स्थापित गर्न गाउँगाउँमा पुगेर भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन्। जनप्रतिनिधिहरू चुनाव जितेर गएको लामो समयसम्म फर्केर नआउने, आफ्नो निर्वाचन क्षेत्रको जनतासँग दूरी बढाउने, र समस्याहरूमा चासो नदिने भन्ने गुनासोका बीच आचार्यको यो सक्रियता स्थानीय बासिन्दाहरूका लागि निकै महत्वपूर्ण बनेको छ।उनले गाउँ-गाउँमा पुगेर स्थानीय बासिन्दासँग उनीहरूको दैनिक जीवनमा आइपर्ने समस्याहरू, विशेषतः बाटोघाटो, नहर, भवन, शिक्षा

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • ३३६ पटक पढिएको
  • भोक्राहा नरशिंह गाउँपालिका द्वारा करूणा फाउन्डेसनलाई सम्मान तथा विदाई

    सुनसरी / भोक्राहा नरशिंह गाउँ पालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम साझेदार संस्था करूणा फाउन्डेसन नेपाललाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद को अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपप्रमुख सुनिता कुमारी उराव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, जनप्रतिनिधि , कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरू सामाजिक अभियन्ता तथा करुणा फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।अपाङ्गता भएका व्यक्तिहरूको लागि  अपाङ्गता सहयोगी सामाग्री, उपचारका आर्थिक विषय, मनोवैज्ञानिक उत्प्रेरणा लगायतका विषयमा करुणा फाउन्डेसनले स्थानीय सरकारसँग मिलेर उल्ल

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • ३२९ पटक पढिएको
  • नेपाल विद्यार्थी संघ सुनसरीद्वारा विद्यालयहरूमा छात्रवृत्ति र शिक्षण शुल्कको विवरण माग

    सुनसरी / नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्य समितिले सरकारी, सामुदायिक र निजी विद्यालयहरूमा छात्रवृत्तिको सुनिश्चिता र शिक्षण शुल्कको पारदर्शिता सुनिश्चित गर्नका लागि सूचना माग गरेको छ ।संविधानको धारा ३१ मा प्रत्येक नागरिकलाई शिक्षामा पहुँचको अधिकार प्रत्याभूत गरिएको छ। त्यस्तै, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा २७ अनुसार, विद्यालयहरूले छात्रवृत्तिको प्रावधान पनि लागू गर्नुपर्ने व्यवस्थामा विद्यालयहरूको पालना कत्तिको भएको छ भन्ने विषयमा नेविसंघले अनुसन्धान र अनुगमन अभियान संचालन गरेको छ ।मेरो शिक्षा मेरो प्रश्न भन्ने मुला नारालाई लिएर बिहीबार पहिलो चरणमा इटहरीको सुस्मा कलेजम

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ५३५ पटक पढिएको
  • कुदिरहेको मोटरसाइकलमा ढुङ्गाले लाग्दा सुन्दरहरैंचाका युवाको मृत्यु,एक घाइते

    पाँचथर /पाँचथरको हिलिहाङ गाउँपालिकामा मोटरसाइकल कुदाइ रहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा मोरङको सुन्दरहरैंचा नगरपालिका  ११ सलकपुरका २६ वर्षीय उद्धव ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको   छ । ढकाल काबेली ए जल विद्युत् आयोजनामा कार्यरत थिए । उनलाई बुधवार हिलिहाङ १ हाङदे भन्ने स्थानमा बिहान साढे नौ बजे मोटरसाइकल कुदाइरहेको अवस्थामा सडक माथिदेखि खसेको ढुङ्गाले लागेको थियो ।ढुङ्गाले लाग्दा सख्त घाइते भएका ढकाललाई उपचारका लागि पाँचथर अस्पताल ल्याइ पु¥याउ‘दा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रम

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ३५९ पटक पढिएको
  • प्रकाशलाई पूर्वमुख्यमन्त्रीको १ लाख हल गोरु र जग्गाको पहल गर्ने प्रतिवद्धता

    धरान/ ‘हेर्ने कथा’ प्रकाश तामाङ्गलाई कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक लाख र उनको जीविकोपार्जनको आधार बनाउन एक हल गोरु र जग्गा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) का उनलाई घरजग्गासँगै गरीखाने बन्दोबस्तीका लागि सहयोग जुट्न थालेको हो । यसैक्रममा कोशी प्रदेशका पूर्वमख्यमन्त्री शेरधन राईले आफ्नो गृहजिल्लाका प्रकाशलाई नगद १ लाख सहयोग गरेका छन् ।राईले आज प्रकाशलाई भेटेर उनको योजना र माग पनि सुने । प्रकाशको मागबमोजिम एक हल गोरु, एउटा हाते ट्याक्टर र गरी खाने जग्गाको लागि आवश्यक ठाउँमा पहल गर्ने राईले प्रतिवद्धता जनाएका छन् ।‘अब गाउँमै

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • ३२३ पटक पढिएको
  • इटहरीमा बढ्दो भ्रष्टाचार र वेथितिप्रति सर्वदलीय आक्रोश: १५ दिनभित्र सुधार नगरे आन्दोलनको चेतावनी

    इटहरी / पूर्वी नेपालको एक महत्वपूर्ण सहरका रूपमा विकसित हुँदै गएको इटहरी उपमहानगरपालिका हाल गम्भीर विवादको केन्द्रमा परेको छ। बढ्दो सहरीकरणको संगै इटहरीमा विभिन्न अनियमितता र भ्रष्टाचारका घटनाहरू सार्वजनिक भएपछि नगरवासीहरू आक्रोशित भएका छन्। हालै मात्र नगरपालिकाको प्रमुख कार्यशैली, नगरभित्र भएका वेथिति, र नीतिगत भ्रष्टाचारको विषयमा देशको संघीय र प्रदेश संसदहरूमा पनि छलफल भएपछि इटहरीको राजनीतिक दलहरू र नागरिक समाजले कडा आपत्ति जनाएका छन्।यस सम्बन्धमा इटहरीका सक्रिय राजनीतिक दलहरूले सर्वदलीय बैठक आह्वान गरी एक प्रेस विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा इटहरी नगरपालिकामा भइरहेका विभिन्न अनियमितत

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ४०९ पटक पढिएको
  • कोशी प्रदेश सरकारद्धारा कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण

    विराटनगर / कोशी प्रदेश सरकारले कडा रोगबाट पीडित बिरामीहरूलाई कुल पाँच करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ। विगत एक वर्षमा पाँच सय बिरामीले यो सहायता प्राप्त गरेका छन्।कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा दुई हजार सात सय बिरामीले मन्त्रालयमा आर्थिक सहायता प्राप्त गर्न निवेदन दिएका थिए। तीमध्ये बजेटको अभावका कारण क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी, र सिकलसेल एनिमियालगायतका पाँच सय बिरामीलाई मात्र प्रति व्यक्ति एक लाख रुपैयाँका दरले सहायता वितरण गरिएको हो।सूचना अधिकारीका अनुसार, "निवेदन धे

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २५५ पटक पढिएको
  • सुनसरीमा कांग्रेसले सुरु गर्यो वीपी सप्ताह

    सुनसरी / सुनसरीमा नेपाली कांग्रेसले वीपी सप्ताह सुरु गरेको छ, जसको सुरुवात रामधुनी ५ स्थित झुम्का मिनी पार्कमा वृक्षारोपण कार्यक्रमसँगै भएको हो। नेपाली कांग्रेसका संस्थापक तथा जननायक विश्वेश्वरप्रसाद कोइराला (वीपी)को जन्मजयन्तीको अवसरमा आयोजित यस सप्ताह कार्यक्रमको उद्घाटन कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै ढुंगानाले वीपी कोइरालाको जीवनबाट सबैले प्रेरणा लिनुपर्ने बताए। उनले रूख रोप्नुलाई पर्यावरण र पर्यटन विकाससँग जोड्दै यसको संरक्षण पनि जरुरी भएको उल्लेख गरे। यस वर्षको वीपी सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन वृक्षारोपण र सरसफाई कार्यक्रम

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २६१ पटक पढिएको
  • सुन्दरहरैँचामा दुई नाबालिका दिदी-बहिनीको शव फेला, आमालाई पक्राउ

    सुन्दरहरैंचा / मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा दुःखद घटना घटेको छ, जहाँ दुई नाबालिका दिदी-बहिनीको शव फेला परेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरूकी आमा, २९ वर्षीया अस्मिता न्यौपानेलाई पक्राउ गरेको छ।शनिबार दिउँसो सुन्दरहरैँचास्थित केरा बगानभित्र १ वर्षीया आइका कार्की र ३ वर्षीया अर्पणा कार्कीको शव फेला परेको थियो। प्रहरीका अनुसार, दिदी आयिकाले बहिनी अर्पणालाई अँगालो हालेको अवस्थामा शव फेला परेको थियो, जसले घटनामा संलग्नताको आशंका थप घनीभूत गराएको छ।प्रहरीले घटनास्थल नजिकै कीटनाशक औषधि 'मेटासिट'को बट्टा फेला पारेको छ, जसले विष खुवाएर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ। शव फेल

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • २९२ पटक पढिएको
  • शिंहदेवी माध्यमिक विद्यालयको ६९ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

    भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कस्थित शिंहदेवी माध्यमिक विद्यालयले आफ्नो ६९ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ। तीन दिनसम्म चलेको यस वार्षिक उत्सव आइतबार विधिवत रूपमा समापन भयो। वार्षिक उत्सवको अवसरमा विद्यालयले विविध सांस्कृतिक, खेलकुद तथा शैक्षिक गतिविधिहरूको आयोजना गरी विद्यालय र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सफल भएको छ।वार्षिक उत्सवको समापन समारोहमा कोशी प्रदेशका राज्य मन्त्री सिर्जना राई प्रमुख अतिथि र टेम्केमैयुङ गाउँपालिकाका उपाध्यक्ष रमादेवी राई विशेष अतिथिका रूपमा उपस्थित थिए। मन्त्री राईको यस विद्यालयसँग विशेष सम्बन्ध रहेको छ, किनभने उनी यस विद्या

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • ६५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]