भारतीय सन्त धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वर धाम सरकार) ले वराहक्षेत्र चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठमा श्रीराम मन्दिरको शिलान्यास गरेका छन् ।धार्मिक पर्यटकीय स्थलका रुपमा चतराधामलाई विकास गर्ने जगदगुरु महायोगी सिद्धबाबाको सत्सङ्कल्पमा वराहक्षेत्रको चतराधाममा २ सय करोडको लगानीमा ब्रह्माण्डीय वास्तुकलामा आधारित श्रीयन्त्र शैलीको विशाल राम मन्दिरको संरचना निर्माण गरिने भएको छ ।यस्तो हुनेछ श्रीराम मन्दिर रामानन्दाचार्य सेवापीठका अनुसार मन्दिर अण्डरग्राउण्डदेखि १२ तलसम्मको संरचना निर्माण हुनेछ । २ सय बाइ २ सय वर्गफिटको क्षेत्रफलमा फैलिएको संरचना मानव सभ्यताको उत्पत्तिदेखि वर्तमानसम्मको ध
भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका वाड नम्बर -९ स्थित स्वास्थ्य चौकी लेखर्कमा निशुल्क एक दिने आँखा शिविर गरिएको छ ।नेपाल नेत्रज्योति संघ , विराटनगर आँखा अस्पताल विराटनगर आँखा तथा कान उपचार केन्द्र भोजपुरकोआयोजना , टेम्केमैयुङ गाउँपालिकाको प्रायोजक तथा व्यवस्थापक र सिबिएमको सहयोगमा टेम्केमैयुङ ९ स्थित स्वास्थ्य चौकी लेखर्कमा १ सय बढी निशुल्क आँखा शिविरबाट लाभान्वित भएका छन् ।आँखा शिविरमा आँखाको सम्पूर्ण रोगहरुको जाँच तथा उपचार गरिने, आँखामा मोतिविन्दु, मासु पलाएको लगायत रोगहरुको निःशुल्क शल्यक्रिया गरिने, अौषधिहरु निःशुल्क उपलब्ध गराइने र नजिक हेर्ने चश्माहरु सहूलियत मूल्यमा उपलब्ध
मिलन अधिकारी संखुवासभा / राम नमीको अवसर पारेर दिपज्योति युवा क्लबको आयोजनामा तेस्रो खुल्ला वडा स्तरीयपुरुष भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । मादी नगरपालीकाको एतिहासिक, धार्मिक,सांस्कृतिक हिसाबले छुट्टै पहिचान बोकेको राम मन्दिरमा राम नमीको अवसरमा मेला लाग्ने गरेको छ । सो अवसरमा मादी नगरको व्यापारीक द्वार, शान्ति र समृद्ध मादी नगर , खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान भन्ने मुल नारालाई आत्मसात गर्दै भलिबल खेलको आयोजना गरिएको हो । धर्मदेवि ४ Vs अरुण भोजपुर विच भएको फाइनल खेल ५ सेटको खेलमा लगातार ३ सेट जित्दै धर्मदेवि ४ ले जित हा
भोजपुर / भोजपुरको चखेवा भञ्ज्याङमा नयाँ वर्षको अवसरमा आयोजना गरिएको ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव समापन भएको छ । चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा बैशाख १ गतेदेखि सुरू भएको कृषि, पर्यटन र संस्कृति महोत्सव बैशाख ३ समापन भएको हो ।महोत्सवमा स्थानीय कृषि उत्पादन र उद्यमसँग सम्बन्धित स्टल, हस्तकलाबाट निर्मित राडीपाखीहरू , कविता प्रतियोगिता , बाघखोरबाट चखेवासम्म मुन्दुम ट्रल रेस, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति भएको थियोे ।समापन कार्यक्रमका प्रमुख अतिथि पुर्व
भोजपुर / मुन्दुम पदमार्गको प्रवद्र्धन गर्ने लक्ष्यले नयाँ वर्षको अवसरमा आयोजना गरिएको ‘कृषि, पर्यटन तथा साँस्कृति महोत्सव सुरू भएको छ । चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिको आयोजना तथा टेम्केमैयुङ गाउँपालिकाको प्रायोजनमा गाउँपालिकाको पर्यटकीय स्थल चखेवा भञ्ज्याङमा कृषि, पर्यटन र संस्कृति प्रवर्द्धनका लागि आयोजना गरिएको तीन दिने महोत्सव सुरु भएको छ ।कोशी प्रदेशसभा सांसद विनोद वान्तावाको प्रमुख आतिथ्यमा तथा चखेवा बजार तथा शहरीकरण ब्यवस्थापन समितिका अध्यक्ष आईकुमार राईको अध्यक्षता महोत्सव सुरू गरिएको हो ।महोत्सवमा मुन्दुम पदमार्गको बारेमा समेटिएको बृतचित्र, स्थानीय कृषि उत्पादन र उ
तेर्ह्रथुम / नेकपा एमाले तेह्रथुमको अधिवेसन को मिति तय भए सगै नेकपा एमाले तेह्रथुमका नेताहरु अधिवेशनको तयारिमा लागेका छन, नेतृत्व कस्ले गर्ने भन्ने बारे तेह्रथुमको चिया पसल देखि चोक चोकमा चर्चा चल्न थालको छ । अध्यक्षका आकांक्षीमा शिव प्रसाद ढुङ्गाना र गोबिन्द राज श्रेष्ठ देखिएका छन् । ढुङ्गाना बिगत ३ कार्यकाल पार्टि को जिल्ला सचिव सम्हालि सकेका छन भने श्रेष्ठ स्थानिय सरस्वति मावि मा प्रधानाध्यापक भएर यहि बैशाख १३ गते शिक्षक पेसाको अवकास हुदैछ, अबकास भएसगै नेकपा एमालेको नेतृत्वमा आउन चाहन्छन श्रेष्ठ ।तेह्रथुम बासि नेकपा एमालेका नेता कार्यकर्ताको माग भने ढुङ्गानाले सचिवको जिम्मेवारी
खोटाङ- खोटाङ जिल्लामा २ दिने बृहत् निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सहितको आँखा शिविर सञ्चालन भएको छ । जिल्ला स्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आइ अस्पताल इटहरीको संयुक्त आयोजनामा शिविरको आयोजना गरिएको हो । जिल्लामा पहिलो पटक बृहत् रूपमा शिविरको आयोजना गरिएको कारण पनि जिल्लाका विभिन्न पालिका तथा टाढा टाढाका बस्तीहरूबाट समेत सर्बसधारणले सहभागिता जनाएका थिए ।आँखा मानव शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग मानिन्छ । उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गरेको शिविरमा संलग्न चिकित्सकहरूले जनाएका छन् । २ दिने शिविरमा ५ सय पन्ध्र जना स
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई संविधानविद् डा. भीमार्जून आचार्यले संविधानमा लेखिएको प्रदेश सरकारको गठन प्रक्रिया र सर्वोच्च अदालतको आदेश पूरा पढ्न सुझाव दिएका छन् ।सोमबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ जना सांसदले कार्कीलाई दिएको समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नलिने बताउँदै आएका छन् ।मुख्यमन्त्री कार्कीको उक्त तर्क संविधान र कानुनसम्मत नभएको आचार्यको भनाइ छ । उनले भने, ‘अहिले मुख्यमन्त्रीको तर्क अदालत र कानुनसम्मत छैन । उहाँ जुन दलको समर्थनमा मुख्यमन्त्री हुनुभएको थियो, ती दलले समर्थन फिर्ता लिने बित्तिकै विश्वासको मत लिनुपर्छ । ३
भोजपुर / भोजपुरको आमचौक गाउँपालिका - १० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ ।बुधबार दिउँसो आमचोक ६ देवानटारका २० वर्षीय सुदीप दर्जी र १८ वर्षीय अजय राईको दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले शव पोस्र्टमाटमको लागि धरानस्थित वीपी प्रतिष्ठान पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी / इटहरी २ निवासी सामाजिक ब्यक्तित्ब बीरबहादुर लिम्बुको निधन भएको छ।लिम्बुको हर्ट अट्याकका कारण बुधबार दिउसो निधन भएको हो।तालतलैया बिकास समितिमा दुई कार्यकाल अध्यक्ष रहनुभएका लिम्बुको उपचारका क्रममा मोरङ्गको बुढिगंगा गाउँपालिकास्थित बिराट टिचिङ्ग हस्पिटलमा निधन भएको इटहरी २ का वडाध्यक्ष माधव कोईरालाले जानकारी दिनुभयो।यसअघि पनि इटहरी खानेपानीको परिषद सदस्य रहनुभएका लिम्बु केहि दिन अघि भएको इटहरी खानेपानीको निर्वाचनमा पनि परिषद सदस्य निर्वाचित हुनुभएको थियो।नेकपा एमाले सुनसरी जिल्ला कमिटि सदस्य रहनुभएका लिम्बुका श्रीमती १छोरा र १ छोरी हुनुहुन्छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.