सुन्दरहरैंचा सुन्दरहरैंचा नगरपालिका वडा -९ का अध्यक्ष प्रकाश श्रेष्ठले क्रीकेट खेलाडीलाई खेलकुद समाग्री बितरण गरेका छन । धेरै ठाउँमा युवा हरु कुलतमा लाग्ने, झैझगडा गरि हिड्ने गरिएको समाचार सुनिन्छ तर आफ्नो ठाउँमा युवा हरु खेलकुद माध्यमबाट स्वास्थ्य रहन , नेपाली खेलाडी हरुको उच्चमनोबल बनाउने साथै खेलकुदको माध्यमबाट देस बिदेसमा आफ्नो नेपालको नाम उच्च राख्न सहकार्यका लागि युवा हरुले अनुरोध गरेकाले युवा हरुको लागि आफ्नो ब्यक्तिगत खर्चमा खेलकुद समाग्री बितरण गरेको वडा अध्यक्ष प्रकाश श्रेष्ठले बताए । इन्द्रपुर रंगशालामा बितरण गरिएको खेलकुद सामग्री पाएपछि युवा वडाध्यक्ष ले युवा
सुनसरी / धनकुचाको सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्तगत गाँजाका बोट नष्ट गर्ने अभियान अन्तर्गत आज प्रहरी टोलीद्वारा सहिदभूमि गाउँपालिका वडा नम्बर -१,३ र ७ बाट ५६ रोपनी जग्गामा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका १९,९०० गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
सुनसरी / तेह्रथुमको छथर गाउँपालिका फाक्चामारामा रहेको स्वास्थ्य चौकीलाई निःशुल्क स्वास्थ्य उपकरण प्रदान गरीएको छ ।उपकरणको अभावमा स्वास्थ्य सेवा पाउन वञ्चित सर्वसाधरणले उपकरणका साथै गाउँमै स्वास्थ्य सेवा पाउने भएका छन् । स्थानीय झमक ईमेहाङ लिम्बु र मेशबहादुर ईमेहाङ लिम्बुले २ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरेका छन् ।आर्थिक अवस्था कमजोर भएका सर्वसाधरणलाई गाउँमै स्वास्थ्य सेवा सहज होस भन्ने उद्देश्यले स्वास्थ्य उपकरण प्रदान गरिएको हो । छथर गाउँपालिकाको वडा नम्बर ३ र ४ का सर्वसाधरणले स्वास्थ्यचौकीबाट सेवा लिने गरेका छन् ।
सुनसरी / सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी, धरान ,इटहरीका केही भुभागमा बसोबास गर्ने किसान दसैँ सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।इनरुवाका किसान गौरी यादवले दसैँअगाडि धान बाली भित्र्याएरपछि अहिले आलु रोप्नका लागि चटारो रहेको बताइन् । यहाँका कृषकले हिउँदे बालीका रुपमा मुख्यतः आलुखेती नै गर्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।आलुको माग बजारमा उच्च भएकाले अहिले किसान थप व्यावसायिक रूपमा आलु खेतीमा लाग्ने गरेको स्थानीय कृषकले बताएका
इटहरी / भ्वाईस अफ चिल्ड्रेन इटहरी सुनसरीले आर्थिक वर्ष २०७९/ ८० का क्रियाकलाप र मुख्य उपलब्धिहरू प्रस्तुत गरेको छ ।इटहरीमा एक कार्यक्रम आयोजना गरि भ्वाईस अफ चिल्ड्रेनले सामाजिक लेखाजोखा कार्यक्रम अन्तर्गत आत्म निर्भर पारिवार परियोजना गर्ने काम , प्रारम्भिक बाल विकास कार्यक्रम गर्ने , अनलाइन बाल यौन दुव्र्यवहार रोकथाम कार्यक्रम गर्ने पारिवारिक ताथ सामाजिक पुनमिलन कार्यक्रम गर्ने , सडक बालबालिका कार्यक्रम गर्ने , बाल हेल्पलाइन सेवा गर्ने , सामुदायिक प्रहरी साझेदारीको जनचेतनामूलक कार्यक्रम गर्ने काम लगाएत काम गर्दै आएको छ । इटहरी उपमहानगरपालिकाका उप-प्रमुख संगिता कुमारी चौध
संखुवासभा / संखुवासभाको सदरमुकाम खाँदबारी र तुम्लिङटारमा लाग्दै आएको साप्ताहिक हाटबजार खाँदबारी नगरपालिकाले ब्यबस्थित बनाएको छ । सदरमुकाम स्थित खाँदबारीको टुडीखेलमा साप्ताहिक रुपमा शनिबार र बुधबार लाग्र्दै आएको हाज बजार अब्यबस्थित भएको भन्दै जनगुनासो ब्यापक भएको थियो । अव्यवस्थित तरिकाले खाँदबारीमा लाग्ने शनिबारे र बुधबारे हाटबजारलाई ब्यवस्थित गर्न पटक–पटक खाँदबारी नगरपालिकाको कार्यालयले अनुरोध गर्दा समेत बिचौलिया ब्यवसायीहरुले अटेरीपनले गर्दा र नटेर्दा अर्गानिक र साना–साना कृषि उत्पादन बिक्रिवितरण गर्न ल्याउने कृषकहरुले ठाउँ नपाउदा समस्या भएको भन्दै आलोचना हुने गरेका थिए ।बजारका केह
सुनसरी / बुढीगंगा गाँउपालिकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खुला रुपमा माछा मासु विक्री गर्ने पसलहरुलाई प्रोत्साहन स्वरुप सुविधा सम्पन्न शो केस र डिजिटल काँटा लगायतका सामग्रीहरु वितरण गर्न शुरु गरेको छ । चालू आर्थिक वर्षभित्र १५ वटा मासु पसलहरुलाई करिब २० हजार रुपैया बराबरको मासु राख्ने शो केश, चक्कु, डिजिटल काँटा लगायतका सामग्री वितरण गरिने बुढीगंगा गाँउपालिकाले जनाएको छ । स्वच्छ मासु, स्वस्थ जीवन, स्वस्थ उपभोक्ता, बुढीगंगाको अभियान भन्ने नारा सहित शुरु गरेको मासु पसल सुधार कार्यक्रम अन्र्तर्गत खुला रुपमा माछामासु बेच्ने पसलहरुलाई अनिवार्य रुपमा दर्ता गर्न लगाउने र
सुनसरी / तेह्रथुमको छथर गाउँपालिकाले कोदोको लोकल रक्सीलाई कानून निर्माण गरेर ब्राण्डिङ गर्ने भएको छ । घरेलु मदिरा प्रतिबन्ध लगाउनुभन्दा पनि मापदण्ड अनुसार कानुन निर्माण गरेर बजारीकरणका लागि ब्राण्डिङ गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले बताए । स्थानीय स्तरमा उपलब्ध कोदोको लोकल रक्सीको उत्पादन, स्तरीकरण, ब्राण्डिङ र बजारीकरणका लागि कानुन निर्माण भइरहेको अध्यक्ष लिम्बूले जानकारी दिए ।गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक नीति कार्यक्रममै घरेलु मदिरा ‘कोदोको लोकल रक्सी’ ब्राण्डिङ गर्ने कार्यक्रम अघि सारेको समेत उनले बताए । ‘परम्परा र संस्कृतिसँग जोडिएका कुराहरु पनि छन्,
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका -५ कालाबञ्जार स्थितबाट निषेधित तथा म्याद गुज्रिएको औषधी बिक्री बितरण गर्ने २ जना सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।उक्त स्थानमा रहेको सुभेक्षा मेडिकलबाट नियन्त्रित तथा म्याद गुज्रिएको औषधीहरु बिक्री बितरण भइरहेको भन्ने बिशेष सुचनाका आधारमा पकाउ गरिएको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट मंगलवार खटिएको प्रहरी टोलीले औषधी बिक्री गर्ने स्थानिय ५० बर्षिय विनय चौधरी निजकै २१ बर्षिया छोरी सुभेक्षा चौधरी तथा औषधी खरिद गर्ने बराहक्षेत्र नगरपालिका ८ का २१ बर्षिय रोमन नेपाली र बराहक्षेत्र नगरपालिका ३ का २१ बर्षिय विधान राईलाई पक्राउ गरेको हो ।
सुनसरी / इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको निःशुल्क दाहसंस्कार गरेको छ ।उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारको निधनमा निःशुल्क दाहसंस्कार गरिएको उपमहानगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । विपन्न परिवारका सदस्यको निधनमा दाहसंस्कारका लागि आवश्यक दाउरा तथा अन्य सामग्रीसहित निःशुल्क दाहसंस्कार गर्दै आइएको उनले बताए ।यसअघि घरदेखि घाटसम्म शवबाहन निःशुल्क गरेको उपमहानगरले दाहसंस्कार गर्न आर्थिक अभाव भएकालाई इटहरीस्थित बूढीगङ्गा–जमुना मुक्तिघाटमा निःशुल्क दाहसंस्कार गर्न थालेको पौडेलले बताए । आफ्नै खर्चले दाहसंस्कार गर्न नसक्नेका लागि यस्तो निर्णय गरिएको उहाँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.