इटहरी / पुर्वेली क्लव इटहरी तथा सुनाखरी टोल विकास संस्थाले संयुक्त रुपमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । इटहरी वडा नम्बर ४ कुवेर चोकमा चाडपर्व केन्द्रित पुर्वेली क्लव इटहरी तथा सुनाखरी टोल विकास संस्थाले संयुक्त रुपमा दशैं,तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । पुर्वेली क्लव तथा सुनाखरी टोल विकासका अध्यक्ष झलक बनको अध्यक्षता तथा समाजसेवी रमेश विष्टको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रममा चाडपर्वहरु सुखद रुपमा मनाउनु पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा उपस्थिति वक्ताहरूले चाडपर्व आफनो धर्म संस्कृति मान्नका लागि मनाउ
इटहरी / उदगम बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभा सम्पन्नभएको छ ।इटहरी उपमहानगरपालिका सहकारी शाखाका प्रमुख बालकृष्ण पोखरेललको प्रमुख आथित्यातामा साधारणसभा सुरू भएको थियोे । संस्थाको १२ औँ वार्षिक साधारण सभामा लक्ष्मी प्रसाद लिम्बू , तोत्र कुमारी खनाल , कमल बहादुर श्रेष्ठलाई जेष्ठ नागरिक सम्मान , उत्कृष्ट उपसमिति संयोजकमा भरत खड्का , उत्कृष्ट सदस्यता वृद्धि मा सम्मान मिलन त्रिताल , उत्कृष्ट एस.इ.ई मा २ जना र उत्कृष्ट +२ मा २ जना लाई सम्मान गरिएको संस्थाका अध्यक्ष मिलन त्रितालले जानकारी दिए ।यस संस्थाले आर्थिक वर्ष २०७९/८० को कुल आम्दानी १६,१५०,०१४.७३ , कुल खर्च १२,०००,
सुनसरी / दुहवी नगरपालिका - १२ मा रहेको टेङ्गरा टोलमा उरावँ सांस्कृतिक समाजद्वारा करम पुजा महोत्सव आयोजना गरिएकोे हो ।शनिबार उरावँ समुदायले आफ्नो संस्कृति अनुसारका नृत्य प्रर्दशन गरि मनाउने गरेका छन् । उक्त करम पर्वमा विशेष गरि महिलाहरु व्रत वस्ने गर्छन । उराँव समुदाय मधेसको लोपउन्मुख जाती हो । वर्षमा एक पटक मनाउने गरेको करम पुजा उराँव समुदायको महत्त्वपूर्ण पर्व हो । कार्यक्रममा विभिन्न खाल्का नृत्य प्रस्तुत गरिएको थियो । मेनुका खतिवडाको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रमा मेनुका खतिवडाले करम पर्वमा उराँव महिलाहरु आफ्नो परिवारको सुख शान्ति समृद्धको कामना गर्दै वर्त बस्ने गरेको समेत उहाँ
सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकामा नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । पौवादुङमा -३ स्थिति च्याङ्ग्रेको पञ्चकन्या माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको उद्घाटन गाउँपालिका अध्यक्ष किरण राईले उद्घाटन गरेका हुन् । नेपाल सरकार तथा साउदी अरव सरकारको सहयोगमा भवन निर्माण गरिएको हो । बाह्र कोठा रहेको भवन भ्याट बाहेक तीन करोड २४ लाख लागतमा निर्माण गरिएको हो । भवन निर्माणको लागि पाँच करोडको वोलपत्र आह्वान भएको थियो ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति राईले धेरै समयको अथक प्रयासपछि पञ्चकन्या माध्यमिक विद्यालयमा नमूना भवन निर्माण गर्न सफल भएको
सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिकाले बृहत साँस्कृतिक अध्ययन परियोजना प्रतिवेदन तयार गर्ने भएको छ ।गाउँपालिका भित्र बसोबास गर्ने सवै जातजातिको भाषा, संस्कार, संस्कृति रितिरिवाज लगायतको विषयलाई समेटेर अध्ययन प्रतिवेदन तयार गर्न लागेको हो । सवै जातजाति भाषा भाषीहरुको संरक्षण गर्दै यसको विकास तथा विस्तारमा योगदान गर्ने उद्धेश्यले विज्ञहरुको सहयोगमा बृहत साँस्कृतिक अध्ययन प्रतिवेदन तयार भईरहेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए ।यसले गाउँपालिका भित्रका सवै समुदायको साँस्कृतिको संरक्षणमा सहयोग पुग्ने अध्यक्ष राईको भनाइ छ । ‘गाउँपालिका भित्रका सवै जातजातिहरुको संस्कार सस्कृतिको जर्गेणासँग
सुनसरी । छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । आइतबारदेखि मोरङको लक्ष्मीमार्ग खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक डाँगीहाट यूथ क्लबले पत्रकार सम्मेलन गरी जनाएको हो ।प्रतियोगितामा राष्ट्रिय लिग विजेता चर्च ब्वाइज काठमाडौँ सहित ब्रिगेड ब्वाइज काठमाडौँ, सहलेश युवा क्लब सिराहा, रारा फुटबल क्लब धनकुटा, आयोजक डाँगीहाट यूथ क्लब मोरङ, बिर्तामोड युनाइटेड झापा, भोजपुर जिल्ला फुटबल संघ र यूकेएफसी भारत गरी ८ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन
रंगेली / ६८ औं प्रहरी दिवस-२०८० को अवसर पारेर इलाका प्रहरी कार्यालय रंगेलीले आज प्रहरी संग विद्यार्थी कार्यालय सम्पन्न गरेको छ । इप्रका रंगेलीको आयोजना तथा श्री सदभाव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा प्रहरी संग विद्यार्थी कार्यक्रम सम्पन्न गरेको छ । पब्लिक माध्यमिक विद्यालय रंगेलीको सहकार्यमा उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा “प्रहरीसँग विद्यार्थी”, कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रमको अवसरमा इलाका प्रहरी कार्यालय रंगेली मोरङको कार्यालय परिसरमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षरोपण गर्नुका साथै हिरासत कक्
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठक सम्पन्न भएको छ ।कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवं मुलुकको समग्र राजनीतिक सामाजिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको रणनीति तय गर्न बसेको उक्त बैठकले कोशी प्रदेशमा कसैको पनि पक्ष नलिने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।उनले भने , “कोशी प्रदेशमा अनायासै जुन घटनाक्रम विकास भएको छ, त्यस विषयमा गम्भीर समिक्षा गरेका छौँ, घटनाक्रमलाई नजिकबाट नियाल्ने र अहिले मुख्यमन्त्री छान्ने विषयमा कसैको पक्ष नलिने, पछि आवश्यक परे न
सुनसरी / इटहरी खानेपानी उपभोक्ता संस्थाको १९ औं परिषद बैठक अर्थात साधारण सभा उद्घाटन भएको छ ।एसियाली विकास बैंकको अनुदानमा योजना निर्माण भई इटहरीका स्थानीयलाई खानेपानीको सुविधा दिदै आएको इटहरी खानेपानी उपभोक्ता संस्थाको १९ औं साधारण सभा सम्पन्न भएको छ ।इटहरी उप-महानगरपालिकामा २० वटा वडाहरुमध्ये संस्थाले पूर्ण र आंशिक गरी १४ वटा वडामा सेवा विस्तार र प्रवाह गरिरहेको संस्थाले शुक्रबार साधारणसभा गरेको छ । इटहरीका ४२ हजार घर धुरीमध्ये २२ हजारभन्दा बढी घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।यस उप-महानगरपालिकामा २० ओटा वडाहरू मध्य १४ ओटा वडामा यस संस्थाले सेवा विस्तार र प्रवाह गरिरहेको छ । हाल यस उप-महान
सुनसरी / साकेला गाउँपालिकामा बजार अनुगमन गरि म्याद नाघेका खाद्यवस्तुहरु जफत गरि नष्ट गरिएको छ । बुधबार गाउँपालिका उपाध्यक्ष बिर्सिका राईको संयोजकत्वमा गाउँपालिकाले मानेभञज्याङ बजारमा सञ्चालित होलसेल, खुद्रा किराना पसलहरुको अनुगमन गरेको थियो ।चाडवाडको समयमा हुने कालोबजारीलाई समेत नियन्त्रण गर्ने उद्देश्यले गरिएको अनुगमनको क्रममा फेला परेका म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिनुका साथै बिना दर्ता सञ्चालित पसल व्यवसायहरु दर्ता गरेर मात्र सञ्चालन गर्न व्यवसायीहरुलाई आग्रह गरिएको छ ।प्रमुख प्रशासकीय अधिकृत महेश राई, अन्य कर्मचारीहरु, स्थानीय प्रहरी, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधी लगायतको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.