सुनसरी / मादी नगरपालिकाले सीप सिक्न इच्छुक व्यक्तिहरुको सुचीकरण सम्बन्धी सूचना सार्वजनिक गरेको छ ।चालु आर्थिक २०८०/८१ मा मादी नगरपालिका भित्र ड्राईभिङ्ग मेकानिकल, प्लम्बिङ्ग इलेक्ट्रिसियन र मोबाईल तथा ल्यापटप मर्मत सम्बन्धि सीप मादी नगरपालिकाको आयोजनामा राखिएको हुँदा, कात्तिक १७ गते भित्र आवश्यक कागजात सहित सम्बन्धित वडा कार्यलय वा रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न नगरपालिकाले सुचना प्रकाशित गरेको छ । मादी नगरपालिकामा स्थायी बसोबास भई सीप सिक्न ईच्छुक व्यक्तिहरुले आफूले सीप सिक्न चाहेको विवरण खुलाई तोकिएको ढाँचा अनुसार कार्तिक १७ गते भित्र मादी नगरपालिकाको रोजगार
बिराटनगर / नासा नेपाल कोशी प्रदेशले वार्षिक कार्ययोजना बैठक सम्पन्न गरेको छ मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद क्षेत्रमा कार्य गरिरहेको नासा नेपालको कोशी प्रदेशले केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र बिराट राजा दरबार बिराटनगर देखि उदयपुर साल्पा पोखरीको सम्म मोटरसाइकल र्याली गर्ने भएको छ ।नासा नेपालको कोशी प्रदेशको बिराटनगरमा बसेको प्रथम बैठकबाट २०८० चैत २८ गते केचना देखि कन्चनजंघा सम्म मोटर र्याली र २०८० पौस ५ गते बिराटनगर बिराट राजाको दरबार देखि उदयपुर सम्म मोटरसाइकल र्याली गर्ने निर्णय भएको नासा नेपाल कोशी प्रदेश सचिब सन्तोष कुमार थापाले बताउनुभयो
सुनसरी / आचार्य श्रीनिवास सुनसरीको बराहक्षेत्रस्थित निवासबाट पक्राउ परेका छन्। धनुषास्थित एक कार्यक्रममा हिंसात्मक अभिब्यक्ति दिएको भन्दै आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको हो ।केहिदिन पहिला धनुषाको एक कार्यक्रममा श्रीनिवासले नाङ्गो खुकुरी देखाउँदै हिंसात्मक अभिब्यक्ति दिएका थिए । सोहि अभिब्यक्ति बिरुद्व जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन परेको थियो ।धनुषामा परेको निवेदनका आधारमा पक्राउ पुर्जी जारी भएको र सोहि पक्राउ पुर्जीका आधारमा श्रीनिवासलाई काठमाण्डौबाट खटिएको केन्द्रीय अनुसन्धान ब्युरो र प्रादेशिक अनुसन्धान समुहको टोलिले पक्राउ गरेको हो । श्रीनिवासलाई मंगलबार सुनसरी राखेर बुधबा
बराहक्षेत्र / सुनसरीको आदर्श मावि बराहक्षेत्रमा मानसिक स्वास्थ्य समस्या र आत्म हत्या रोकथाम सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन भएको छ इलाका प्रहरी कार्यालय महेन्द्र नगरको आयोजना र ओरेक सुनसरीको सहकार्यमा कार्यक्रम सञ्चालन भएको हो। विगत ३ वर्षको तथ्यांकलाई हेर्ने हो भने मनोसामाजिक स्वास्थ्य समस्या दिनानुदिन बढ्दै गइरहेको र प्रत्येक वर्ष आत्महत्याको दर बढ्दो देखिन्छ। यसलाई न्यूनीकरण गर्न सचेतना मुलक कार्यक्रम र मनोविमर्श सेवा पनि आवश्यक पर्ने भएकाले इलाका प्रहरी कार्यालय महेन्द्र नगरले ओरेकसंग साझेदारी गरेर कार्यक्रम सञ्चालन गरको ओरेक सुनसरी कार्यक्रम अधिकृत विमला घिमिरेले जानकारी दिनु
‘भत्किएको सम्बन्ध’ मिना श्रेष्ठ .................नहेरु भन्छुघरीघरी जिस्काइरहन्छ,भत्किएको सम्बन्धकोल्टे नफेरु भन्छुकोट्याउँदै बोलाइरहन्छ,बिर्सिएको सम्बन्धनहिँडु भन्छुछोडेको त्यो बाटो,त्यहीँ दोबाटो पछ्याउँदै आइरहन्छ त्यही घुम्तीमेरो पोल्टोको एक फ्वाक दुःखके चाखेको थियोचिन्दिन भन्न थालेको थियो मेरो छेउको रापले थोरै मात्रके तातिएको थियोपोल्छ भन्दै तर्किन थालेको थियोएउटा उछ्वास्उसलाई पोल्न थालेको छएउटा निश्वास उसलाईसाघुँरो लाग्न थालेको छसहवासको भो कुरै नगरौँनजिकको सामिप्यता पनियतिबेला पोल्न थालेको छ ।कुनै नयाँ सम्बन्ध नखोज्नुठुलो परिभाषा पनि नखोज्नुजति बाँचिएको छ जीवनत्यती नै भो उपहा
काठमाडौं / नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैँ विजयादशमी टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।यस वर्षको बडादशैँ अर्थात् दुर्गा पक्षको सुरुवात भने असोज २८ गते आइतवार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ बजेर २९ मिनेटमा घटस्थापना गर्ने साइत रहेको समितिले जनाएको छ ।कात्तिक ७ गते विजयादशमीका दिन बिहान १० बजेर ३७ मिनेटमा देवी विसर्जनको साइत रहेको छ । देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर २ मिनेटकाे साइत दिइएको समितिले जनाएको छ ।गएकाे साउन महिनामा अधिकमास परेका कारण यस
मोरङ / मोरङको बेलबारी नगरपालिका-वडा नम्बर २ स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।सोमबार दिउँसो साढे २ बजे पुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्बतर्फ आउदै गरेको को. ३६ प ९३६८ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकल चालक ईलाम चुलाचुली नगरपालिका-२ का ४४ वर्षीय रमेश राई र पछाडि सवार ७२ वर्षीय भिम बहादुर राई घाईते भएका थिए ।घाईते दुबैलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा भिम बहादुर राईको मृत्यु भएको हो । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विराटनगर : द्वारिकलाल चौधरी पहिलो पटक एमालेको कार्यक्रममा सहभागी भएका छन् ।शुक्रबारबाट विराटनगरमा सुरु भएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा चौधरी सहभागी बनेका छन् ।चौधरी एमालेबाट टिकट नपाएपछि माओवादी प्रवेश गरेका थिए । तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादीबाट प्रदेशसभाको टिकट पाए पनि चौधरी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भएका थिए ।लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका चौधरी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् । चुनावमा पराजित भएपछि उनी माओवादीमा पनि निष्क्रिय बसेका थिए । उनले केही समयअघि एमाले आफ्नो घर भएको बताउँदै आफू एमालेमा फर्किन लागेको बताएका थिए ।
इटहरी / नेपाली विद्यार्थीहरुलाई क्यानडा उच्च शिक्षा अध्ययन गर्न पठाउने उद्देश्यले “आइसिसिसि इटहरी ” शैक्षिक परामर्श सेवा केन्द्रको शाखा इटहरीमा स्थापना भएको छ। काठमाडौं बाट २०१४ बाट सुरु भएको शैक्षिक परामर्श केन्द्रको आठौं शाखा इटहरी ६ पस्चिमलाइन स्थित “आइसिसिसि इटहरी” शैक्षिक परामर्श केन्द्रको औपचारीक रुपमा उद्घाटन गरिएको छ ।इटहरी उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष दिवस पोख्रेल, उधोग बाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, उधोग बाणिज्य संघ इटहरीका महासचिव बिनोद पौडेल साथै, आइसिसिसि का सिइओ राम खड्का, नेपाल युवा उद्यमी मन्च इटहरीका अध्यक्ष चन्द्र देवकोटा, इटहरी शाखा प्रमुख अमित भन्डा
विराटनगर । नेकपा माओवादी केन्द्रको विशेष रूपान्तरण अभियान अन्तरगत सङ्खुवासभामा स्वास्थ्य शिविर सम्पन्न भएको छ। प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घ कोसी प्रदेशको आयोजनामा सङ्खुवासभाको धर्मदेवी नगरपालिका स्थित मुढेशस्चिरेमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानका विशेषज्ञ डाक्टरहरू सहितको टोली सहित ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्यको सेवामा पहुँच पुर्याउने उद्देश्यले प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घको आयोजना र नेकपा माओवादी केन्द्र धर्मदेवी नगर समितिको समन्वयमामा निःशुल्क स्वास्थ्य शिविर गरिएको महासङ्घ कोसी प्रदेशकी फ्याक्सन इन्चार्ज अञ्जना पोखर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.