इटहरी | नेपाल शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक रूपमा सुदृढ बनाउने अभियानमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएका कमल तिम्सिनाले नेपाल शैक्षिक परामर्श सङ्घ (ईक्यान) केन्द्रको आगामी निर्वाचनका लागि केन्द्रीय सदस्य पदमा साझा उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।हाल ईक्यान पूर्वाञ्चल शाखाका सल्लाहकार, पूर्वाञ्चल शाखाका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष रहेका तिम्सिना विगत २२ वर्षदेखि शैक्षिक परामर्श क्षेत्रमा निरन्तर, जिम्मेवार र परिणाममुखी भूमिका निर्वाह गर्दै आएका अनुभवी व्यक्तित्व हुन्।विद्यार्थी, अभिभावक र शैक्षिक परामर्श संस्थाबीच विश्वास र सहकार्यको वाताव
इटहरी | इटहरीस्थित ज्योति माध्यमिक विद्यालयले कक्षा १२ का विज्ञान विषय अध्यनरत विद्यार्थी र सिभिल इन्जिनियर अध्ययनरत ४४ जना विद्यार्थीहरूलाई शैक्षिक भ्रमण गराएको छ ।विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारिक, सांस्कृतिक र भौगोलिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भ्रमण स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सफलतापूर्वक सम्पन्न भएको हो। स्मार्ट सजिलो ट्राभल एन्ड टुर प्रा.लि.को व्यवस्थापनमा सम्पन्न उक्त ६ दिने भ्रमण अन्तर्गत विद्यार्थी तथा शिक्षकहरूलाई तनुहको बन्दिपुर , पोखरा, मनाङ–मुस्ताङ ,मुक्तिनाथ मन्दिर ,गोरखाको मनकामना मन्दिर, चितवन ,गलेश्वर, र
सुन्दरहरैंचा : मोरङको सुन्दरहरैंचामा जिल्ला स्थरीय स्पेलिङ प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसीएसन (नेसनल प्याब्सन) मोरङका अध्यक्ष इन्द्र नारायण शाहको सभापतित्व तथा नेसनल प्याब्सनका केन्द्रिय सदस्य नारायण ढकालको प्रमुख आतिथ्यता र नेसनल प्याब्सन कोशी प्रदेशका कार्यबाहक अध्यक्ष कमल खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।सुन्दरहरैंचा - १० स्थित हिमालय इंग्लिस स्कुलमा आयोजित प्रतियोगितामा आभा इङलिस सेकेन्डरी बोर्डिङ स्कुल बुढिगंगा प्रथम,ग्लोबल एकेडेमी स्कुल विराटनगर द्धितीय, हिमालय इंग्लिस स्कुल तृतीय र डेल्टा इंग्लिस स्कुलले सान्त्वना स्थान हासिल
इटहरी । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीको जनता बहुमुखी क्याम्पसमा पुस ५ र ६ गते हुने अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलनको तयारी पूरा भएको छ । बिहीबार आयोजक समितिले पत्रकार सम्मेलन गर्दै जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रुपमा विकास गरेर लैजाने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनको तयारी पूरा भएको जानकारी दिएको हो। शैक्षिक सम्मेलनमा चार देशका विज्ञसहित नेपालका नाम चलेका शैक्षिक विज्ञद्दारा ११२ वटा कार्यपत्र प्रस्तुत गरिने सम्मेलन संयोजक तथा सहायक क्याम्पस प्रमुख इन्द्रप्रसाद प्याकुरेलले बताउनुभयो । सम्मेलनमा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच
धरान–१६ स्थित सिटी चिल्ड्रेन हाउस मन्टेश्वरी तथा ट्रेनिङ सेन्टरले सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा केन्द्र धरानमा फलफूल वितरण गर्दै मानव सेवामा आफ्नो सक्रिय उपस्थिति जनाएको छ। मन्टेश्वरीमा अध्ययनरत नानिबाबुहरूलाई ‘मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो’ भन्ने शिक्षा व्यवहारिक रूपमा सिकाउनका लागि यस्तो कार्यक्रम आयोजना गरिएको मन्टेश्वरीकी निर्देशक ओमु राईले जानकारी दिनुभयो।राईका अनुसार, बालबालिकालाई पुस्तकमै सीमित नराखी वास्तविक जीवनमा मानवीयताको मूल्य बुझेका नागरिक बनाउन मन्टेश्वरीले वर्षेनि यस्ता सामाजिक क्रियाकलापहरू गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूले आफैँले तयारी गरेका फलफ
सुन्दरहरैंचा / बेलबारी नगरपालिका –९ स्थित दीप ज्योति आधारभूत विद्यालयमा राहत तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। पछिल्लो समय जेनजी आन्दोलनमा सहिद बनेका स्व. श्रेयम चौलागाईको सम्झनामा आयोजित उक्त कार्यक्रमलाई उनका पिता गणेश प्रसाद चौलागाईले सम्भव बनाए।विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्टेशनरी तथा आवश्यक शैक्षिक सामग्रीहरू प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पूर्व महासेनानी माधव सुन्दर खड्काले विद्यार्थीहरूको शिक्षामा अभिभावक तथा समुदायको भूमिका महत्वपूर्ण रहेको भन्दै यस्ता अभियानले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।त्यसैगरी कार्यक्रम
इटहरी, पुस — नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले इटहरी–१६ स्थित सिर्जनशील बाल विकास केन्द्रका २६ जना बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ।इटहरी–१६का वडाध्यक्ष तेज चौधरीको प्रमुख आतिथ्य र इटहरी रेडक्रस उपशाखाका सभापति दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल विकास केन्द्र सुधारका लागि थुप्रै आवश्यकताहरू रहेको कुरा प्राध्यापक/केन्द्रका प्रतिनिधिले जानकारी गराएका थिए।कार्यक्रमका क्रममा केन्द्रमा बस्नका लागि कुर्सीको अभाव रहेको जानकारी आएपछि इटहरी रेडक्रस उपशाखाले १० थान कुर्सी प्रदान गर्ने घोषणा गरेको हो।समुदायमै आधारित सामाजिक सेवामा अग्रणी इटहरी रेडक्रसले यस्ता सहयोगात्मक
सुनसरी । सुनसरीको बराहक्षेत्रमा सुरु भएको जिल्लास्तरीय दोस्रो ‘प्याब्सन–एन्फा प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्रले विजयी सुरुवात गरेको छ।बराहक्षेत्र–५ मा रहेको जनता डेडराज माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रेन हार्डले बराहक्षेत्रकै जय सप्तकोशी बोर्डिङ स्कुललाई ट्राइबेकरमा ६–५ ले पराजित गरेको हो। निर्धारित समय तथा अतिरिक्त समयसम्म दुवै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमार्फत् टुंगिएको थियो।प्रतियोगिताको पहिलो चरण मंसिर २७ गतेसम्म चल्नेछ। यस चरणमा बराहक्षेत्रका १६ र धरानका १८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणका विजेताहरू दो
इटहरी । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिबारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो । नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी,करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ । शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न उक्त निर्णय भएको हो । जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको)
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाद्वारा प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता २०८२ मंसिर १८ गते भोलि देखि हुने भएको छ। चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।समूह ‘क’ र समूह ‘ख’ गरी दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा अरुण गाउँपालिका, भोजपुर नगरपालिका, महालक्ष्मी नगरपालिका, आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबाट टिमहरू प्रतिस्पर्धामा उत्रिएका छन्।मंसिर १८ गते पहिलो दिनको खेलमा अरुण गाउँपालिका र भोजपुर नगरपालिकाबीच प्रति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.