विराटनगर । विराटनगरको विराट क्षितिज कलेज नयाँ व्यवस्थापकीय टोलीसहित नयाँ ठाउँबाट सञ्चालनमा आएको छ । यसअघि विराटनगर महानगरपालिका-१० ट्राफिक चोकनजिक रहेको विराट क्षितिज विराटनगर-२ बरगाछीस्थित नयाँ भवनमा सरेको हो ।त्रिभुवन विश्वविद्यालयबाट २०६९ सालमा सम्बन्धन पाएको यस कलेज १२ वर्षपछि नयाँ भवनमा सारेर पठनपाठनलाई नियमितता दिइएको सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र कार्कीले जानकारी दिए । अब, शान्त तथा पठनीय वातावरणमा, सुविधासम्पन्न भवनमा स्थायीत्व दिनेगरी कलेज सारिएको उनको भनाइ छ ।शनिबार पत्रकार सम्मेलनमा उनले भने, ‘यसै कलेजमा पढेर सयौं विद्यार्थी दीक्षित भइ स्वदेश तथा विदेशमा अध्ययन अनि रोजगारी कार
इटहरी / इन्द्रजित सदा कक्षा ६ मा पढ्छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर १ मुसहरी टोलमा घर भएका सदाका बुबा आमा मजदुरी गर्छन् । मजदुरी गर्ने भएकाले उनका बुवा आमा बिहानै काममा निस्कन्छन् ।बुबा आमा नभएपछि इन्द्रजित मन लागेको बेला विद्यालय जान्थे, मन नलागेको बेला घरमै बस्थे । उनका साथीहरू अमित, वन्दना र सन्तोषीको अवस्था पनि उही थियो । मन लागेको बेला विद्यालय जाने, नलागेको बेला नजाने ।तर, एक वर्षको अवधिमा इन्द्रजितमा ठूलो परिवर्तन आएको छ । इटहरी १ को कार्यालयले मुसहर बालबालिकालाई लक्षित गरेर ट्युसन कक्षा सञ्चालन गरेको छ ।ट्युसन कक्षामा आउन थालेपछि इन्द्रजित नियमित विद्यालय जान थालेका छन् । उनी स्कु
बेलबारी। बेलबारीमा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एडुकेसन र बेलबारी नगरपालिकाको संयुक्त आयोजनामा गणित कार्यशाला सम्पन्न भएको छ । २०८१ जेठ १३ देखी १५ सम्म संचालित ३ दिने गणित कार्यशालामा बेलबारी नगरपालिकाका १२ वटा सामुदायिक माद्यमिक विद्यालय र ७ वटा सामुदायिक आधारभूत विद्यालयका ३१ जना गणित शिक्षकहरुको सहभागिता रहेको थियोे ।बेलबारी नगरपालिका नगरप्रमूख दिल प्रसाद राईको प्रमुख अातिथ्यतामा भएकाे कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका सहजकर्ता सचिन पौडेल, शंकर भट्ट र तेजकुमार न्यौपानेले कार्यक्रमको सहजिकरण गरेका थिए । गणितका व
इटहरी / पुर्वासन्ध्या भोलि अर्थात् जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर इटहरी लेडी जेसिजद्वारा जनता बहुमुखी क्याम्पस इटहरीमा विद्यार्थीहरूलाई गणतन्त्रको मर्म , वर्तमान अवस्था र यसको विषयक विमर्श गराइएको छ ।गणतन्त्र दिवसको अवसरमा इटहरी लेडी जेसिजद्वारा विद्यार्थीसँग जेसीज अन्तर्गत गणतन्त्रको मर्म , वर्तमान अवस्थाको विधार्थीलाई जानकारी गराइएको हो । कार्यक्रममा भेसजा काफ्लेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा दिनेश पोखरेल , विनोद पौडेल , मन्दिप भट्टराई , रिता न्यौपानेले , एमएन धमलाले , राजनीति , सामाजिक घटना , गणतन्त्र लगाएतको विषयमा जनता क्याम्पसका विद्
इटहरी / इटहरी उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले संस्थागत विद्यालयहरूलाई १० प्रतिशत छात्रवृत्तिको विवरण पेस गर्न निर्देशन दिएको छ ।महाशाखाले एक सूचना जारी गर्दै संस्थागत विद्यालयमा भर्ना भएका कूल विद्यार्थीको १० प्रतिशतका दरले छात्रवृत्ति विवरण पेस गर्न निर्देशन दिइएको हो ।सूचनामा गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीको नामावली सहितको विवरण १५ दिनभित्रमा बुझाउन निर्देशन दिएको शिक्षा शाखाका प्रमुख दोर्ण दाहालले बताए । अनिवार्य रूपमा निर्देशन पालना नगरे कारबाही गरिने प्रमुख दाहालको भनाइ छ ।इटहरी उपमहानगरपालिकाले यसअघि शिक्षकको तलब सुविधा र पेसागत सुरक्षा एवम् शिक्षक-कर्मचारी
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको लिटल पिस हेभन इङलिस ऐकेडेमिले स्कुल कप्तानको अनलाइन भोटिङ सिस्टमको प्रयोग गरि प्रत्यक विद्यार्थीको चुनाव गराएको छ । अहिलेका ८ वर्ष देखि १५ वर्ष सम्मका विद्यार्थीहरु बालिक मतदाता हुने समयसम्म सरकारले डिजिटल भोटिङ सिस्टमको अवलम्बन गर्नेछ भन्ने अनुमान राखी विद्यालय स्तरमा भएको ज्ञान दिने हेतुले यो कार्यक्रम विद्यालय परिसर भित्र आयोजना गरिएको लिटल पिस हेभन इङलिस ऐकेडेमिका शिक्षा निर्देशक नबिन सुवेदिले जानकारी दिनु भयो । विद्यार्थीको शैक्षिक गुणस्तरका लागि बिध्यालयले प्रतेक शूक्रबार अतिरिक्त क्रियाकलाप पनि गर्दै आएको विध्यालय
इटहरी । सुनसरीको इटहरी स्थित सिबि कलेजले कक्षा ११ का विधार्थिहरूलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी दक्षता बनाउन को ३ दिने तालिम प्रदान गरेको छ । काठमाडौँको विभिन्न कलेजहरूमा बिद्यार्थीहरूलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी सम्पूर्ण तालिमहरू प्रदान गरिएको हो ।विद्यार्थीहरूले वार ट्रेन्डिङ, हाउस किपिङ ,किचेन केक मेकिङ, लगायतका तालिम लिएका थिए । कलेजले तालिम सँगै चितवनस्थित वाह्रसिङे बियर फ्याक्ट्री र साैरहा स्थित चितवन राष्ट्रिय निकुञ्जको पनि अवलोकन गराइएकाे थियो।अवलोकनकै क्रममा विद्यार्थीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा सरकारले चासो राखे बाहिय पर्यटकहरूको
संखुवासभा / संखुवासभाको धर्मदेवी नगरपालिका वडा नम्बर - ९ स्थित महेन्द्र ज्योती माध्यमिक विद्यालयमा विद्यार्थी माथी कुटपिट भएको छ । विद्यालयका प्रधानध्यापक राजेन्द्र खत्रीले विद्यालयमा अध्ययन गर्ने विद्यार्थी शिवराज निरौलालाई विद्यालयमा कुटेर घाइते बनाएको त्यहाँका विद्यार्थीहरू बताएका छन । कुटपिट गरेको देखेको समेत विद्यार्थीहरूको भनाइ छ ।विद्यार्थीको घरमा गई केही शिक्षक उक्त विद्यार्थीको घरमा गएर गल्ती भएको भन्दै हार गुहार गरेको पाइएको छ । विद्यार्थी अभिभावक स्थानीय सहयोगमा ईलाका प्रहरी कार्यलय आखिभुइमा उजुरी दिएका छ्न । आफू अन्यायमा पर
भोजपुर | त्रिभुवन विश्वविद्यालयको आंगिक भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुका लागि शोध तथा अनुसन्धान मुलक कार्यशाला सुरु भएको छ ।क्याम्पसका बिभिन्न तहमा अध्यनरत विद्यार्थीहरुका लागि भोजपुर नगरपालिकाको सहयोगमा सामाजिक बिकास तथा अनुसन्धान केन्द्र भोजपुरले बुधवारबाट दुई दिने कार्यशाला सुरु गरेको हो । केन्द्रका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभयो । नगर प्रमुख आलेले कार्यशालाले शोध तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउँदै समय अनुकुल अगाडी बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो
इटहरी / इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार्थीहरूले क्याप्टेन र भाइस क्याप्टेनहरु चयन गरेका छन् । बिद्यालयमा बिद्यार्थीहरुले नेत्रित्व चयन गर्दा अपनाइएको प्रक्रियाले संसदीय निर्वाचनको झल्को दिएको छ । मोडर्न प्रिपरेटोरी सेकेण्डरी स्कुलमा विद्यार्थीहरुकाबिच क्याप्टेन र खुला र छात्रा गरि दुईजना भाइस क्याप्टेनहरु चयन गर्न सहमति नजुटेपछि निर्वाचन प्रक्रियाबाट चयन गरिएको हो । विद्यालयमा विद्यार्थीहरूको नेतृत्वका लागि दाबी गरेका प्रतिस्पर्धीहरूबिच सहमति नभएपछि मतदान प्रक्रियामार्फत चयन गरिएको विद्यालयका प्रधानाध्यापक मणिकुमार पौडेलले जानकारी दिएका छन् । विद्यालयमा भएको मतदानबाट
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.