शिक्षा

    Showing ५४१-५५० of ७८७ items.
  • बेलबारीको शिक्षा सन्देशका सुजन र जेनिसाले ल्याए जिल्लामै उत्कृष्ट अंक

    मोरङ / मोरङको बेलबारी नगरपालिका -२ मा रहेको शिक्षा सन्देश ईङिलस स्कुलका छात्र सुजन बस्नेत र छात्रा जेनिसा अधिकारीले मंगलबार प्रकाशित कक्षा १२ को रिजल्टमा जिल्लामै उत्कृष्ट अंक प्राप्त गरेको बिद्यालयले दाबी गरेको छ ।प्राप्त नतिजा अनुसार बस्नेतले ३.७४ र अधिकारीले ३.७२ अंक प्राप्त गरेका छन । यो अंक जिल्लामै उत्कृष्ट भएको बिद्यालयका प्रिन्सिपल राजेश खत्रीले दाबी गरेका छन ।समग्रमा बिद्यालयले ९८ प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।हरेक बर्ष बिद्यालयलेृ प्राप्त गरेको नतिजा जिल्लामै उत्कृष्ट भएको बिद्यालयका काउन्सिलर भुपाल बस्नेतले दाबी गरे । बिद्यालयमा बाणिज्य,होटल म्यानेजमेण्ट,कानुन लगायतका संकाय सञ्चा

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • १६९ पटक पढिएको
  • इटहरीको इम्पेरियल कलेजले नवागन्तुक विद्यार्थीलाई स्वागत गर्यो

    सुनसरी / इम्पेरियल कलेज इटहरीले शैक्षिकसत्र २०८० मा भर्ना भएका नवागन्तुक विद्यार्थीहरुलाई सोमबार विशेष कार्यक्रमका बीच स्वागत गरेको छ । मोरङको विराटचोकस्थित होटेल नेपालीरिकामा स्वागत कार्यक्रम आयोजना गरिएको थियो ।कलेज सञ्चालक समिति अध्यक्ष कमल कोइरालाको सभापतित्वमा भएको कार्यक्रम कलेजका प्रिन्सिपल राजु घिमिरेले सञ्चालन गरेका थिए । त्यस अवसरमा विद्यार्थीहरुले विभिन्न विधामा प्रस्तुतिकरण दिएका थिए ।यसै अवसरमा इम्पेरियल कलेज इटहरीले प्रदान गर्ने ‘इम्पेरियल दीर्घसेवा सम्मान अभिनन्दन’ अवार्डले सो कार्यक्रममा शिक्षण पेशामा चार दशक सेवा गरी निवृत्त भएका शिक्षकद्वय भरत नेपाल र युवराज खतिवडालाई सम्मान

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • २१० पटक पढिएको
  • कक्षा १२ को नतिजामा यसवर्ष ६ हजार ९७६ विद्यार्थीले ल्याए ३.६१ देखि ४ जीपीए ल्याए

    काठमाडौं / कक्षा १२ को परीक्षामा ६ हजार ९७६ विद्यार्थीले ३.६१ देखि ४ जीपीए अर्थात ‘ए प्लस ग्रेड’ ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्ड सदस्य सचिव सदस्य सचिव दुर्गा अर्यालले २०७९ को तुलनामा ०.७२ प्रतिशत बढी विद्यार्थीले उक्त जीपीए ल्याएको बताए । गत वर्ष ४ हजार १७९ विद्यार्थीले उक्त जीपीए ल्याएका थिए ।त्यस्तै १ लाख ८२ हजार ९२६ विद्यार्थीले नन ग्रेडेड (एनजी) ल्याएका छन् । यो गत वर्षको तुलनामा २.८१ प्रतिशतले कमी आएको सदस्य सचिव अर्यालले बताए । गत वर्ष १ लाख ८८ हजार ४१० विद्यार्थीले एनजी ल्याएका थिए । जुन जम्मा विद्यार्थीको ५१.९० प्रतिशत थियो । यो वर्ष भने ४९.०९ प्रतिशत रहेको बोर्डले जनाएको छ ।गत व

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १६९ पटक पढिएको
  • कक्षा १२ को नतिजा आज प्रकाशन गर्ने

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा मंगलबार (आज) साँझसम्म प्रकाशन गर्ने भएको छ । गत २६ वैशाखदेखि ५ जेठसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा बोर्डले आज साँझसम्म सार्वजनिक हुने जनाएको छ । यस वर्ष कक्षा १२ को परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार ३८९ विद्यार्थी सहभागी भएका थिए । परीक्षाका लागि देशभर १ हजार ४५७ परीक्षा केन्द्र तोकिएको थियो ।यस्तै, ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।  

    • प्रकाशित मितिः साउन ३०, २०८०
    • १७४ पटक पढिएको
  • कक्षा १२ को नतिजा प्रकाशनको तयारी गर्दै

    काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ ।उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ ।सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए । प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए ।गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।

    • प्रकाशित मितिः साउन २९, २०८०
    • २२३ पटक पढिएको
  • इटहरीको इम्पेरियल कलेजमा स्वागत तथा अभिनन्दन कार्यक्रम

    सुनसरी / प्राविधिक शिक्षामा कोशी प्रदेशकै अब्बल मानिएको इम्पेरियल कलेज अफ होटल म्यानेजमेन्ट इटहरीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत गर्ने भएको छ ।नयाँ विद्यार्थीको स्वागत गरिनुका साथै उत्कृष्ट नतिजा ल्याउने र अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीहरुलाई प्रोत्साहन तथा पुुरस्कार वितरण प्रदान गरिने जनाइएको छ । मोरङको विराटचोकस्थित होटल नेपालीरिकामा सोमबार आयोजना हुने विशेष कार्यक्रममा स्वागत तथा सम्मान गरिने भएको हो ।कार्यक्रम संयोजक इम्पेरियल कलेजका प्रिन्सिपल तथा गोदावरी विद्या मन्दिर इटहरीका कोअर्डिनेटर राजुु घिमिरेका अनुसार त्यस अवसरमा विद्यार्थीले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम

    • प्रकाशित मितिः साउन २८, २०८०
    • २८४ पटक पढिएको
  • महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा महिलाहरुलाई सिलाई कटाई तालिम

    महोत्तरी/  एकिकृत ग्रामिण विकास समाज, महोत्तरीद्वारा वल्र्ड भिजन इन्टरनेसनल नेपालसँगको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत महिलाहरुका लागि सिलाई कटाई सम्बन्धी सीपमुलक तालिम आज साउन २६ गते एकडारा गाउँपालिकामा सम्पन्न भएको छ ।तालिमको समापनका अवसरमा बोल्नुहुँदै एकडारा गाउँपालिका अध्यक्ष दिपनारायण मण्डलले सीपको माध्यमबाट महिलाहरुलाई आत्मनिर्भर बन्न मद्दत गर्ने बताउनुभयो ।“सीप जीवनको हरेक मोडमा उपयोगी हुन्छ” अध्यक्ष मण्डललेले भन्नुभयो “तालिमबाट सिकेको सीपलाई ब्यवहारमा लागु गरेर आयआर्जन गरी आत्मनिर्भर बन्नु पर

    • प्रकाशित मितिः साउन २७, २०८०
    • २२२ पटक पढिएको
  • साउन २८ गते देखि निजी विद्यालय बन्द गर्ने चेतावनी

    सुनसरी : विद्यालय शिक्षा ऐनको प्रस्तावित विधेयकमाथि निजी शैक्षिक संस्था सञ्चालकले असन्तुष्टी जनाएका छन् । उनीहरुले देशव्यापी आन्दोलनको घोषणा नै गरेका छन् ।निजी शैक्षिक संस्थाका प्याब्सन, एन प्याब्सन र हिसानले आफूहरुलाई गुठीमा जान बाध्य पार्न खोजेको भन्दै विरोध जनाएका हुन् ।निजी विद्यालयहरुलाई ५ वर्षभित्र गुठीमा रुपान्तरण गर्नुपर्ने र दायित्व फरफारक गरिसक्नुपर्ने प्रावधानप्रति उनीहरुको विशेष आपत्ती छ । विधेयकका अनुसार पाँच वर्षपछि विद्यालयलाई गुठीमा लानुपर्नेछ । त्यसपछि नाफा बाँड्न पाइँदैन । नाफाका लागि घरजग्गा धितो राखेर खोलिएका विद्यालयलाई गुठीमा लग्न खोजेर सरकारले हडप्ने योजना बनाएको विद्याल

    • प्रकाशित मितिः साउन २५, २०८०
    • २२४ पटक पढिएको
  • साउन २८ गतेबाट निजी शैक्षिक संस्था बन्द गर्ने चेतावनी

    विराटनगर  / प्रस्तावित शिक्षा ऐनको दफा संसोधनको माग गर्दै निजी शिक्षण संस्थाकाहरुले आन्दोलनको घोषणा गरेका छन् । ऐनको प्रस्तावित  मस्यौदामा समावेश भएका दफा संसोधनको माग गर्दै साउन २८ गतेबाट अनिश्चितकालिन बन्दको घोषणा गरेका हुन् । सरकारले ५२ वर्षअघि जारी भएको शिक्षा २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ संसदमा पेश गर्ने तयारी  गरेको छ । विधेयकको मस्यौदा संसोेधनको माग गर्दै  प्याब्सन, नेसनल प्याब्सन, हिसानले विद्यालय बन्दसम्मको आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका हुन् । विराटनगरमा बुधबार नेसनल प्

    • प्रकाशित मितिः साउन २४, २०८०
    • २३९ पटक पढिएको
  • अभियन्ता चापागाईंलाई थुनामै राख्न आठ दिन म्याद थप भयो

    सुनसरी / सामुदायिक विद्यालयमा शैक्षिकसुधारको माग राख्दै ब्यानर लिएर प्रदर्शन गर्ने विराटनगर- ५ निवासी इन्दिरा चापागाईंलाई थुनामै राख्न म्याद थप भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका सह–प्रवक्ता इन्सपेक्टर पप्पु नायकले दिएको जानकारीअनुसार थुनामै राखेर अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत मोरङबाट आठ दिन म्याद थप भएको हो ।यही साउन १५ गते महानगरपालिका कार्यालयले चापागाईंविरुद्ध अभद्र व्यवहार मुद्दामा जिल्ला प्रहरी कार्यालय मोरङमा विराटनगर महागनरपालिकाले उजुरी दिएको थियो ।सामुदायिक विद्यालयमा शैक्षिक सुधारको माग गर्दै गएको जेठदेखि चापागाईं महानगरपालिका कार्यालयअगाडि धर्नामा ब

    • प्रकाशित मितिः साउन २४, २०८०
    • १९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]