सुनसरी / गढी गाउँपालिकाको आयोजनामा गढी–२ भमरीस्थित श्री गढदेव आधारभूत विद्यालयमा बुधबार आयोजित एकीकृत घुम्ती सेवा शिविर को उद्घाटन सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता गढी गाउँपालिका अध्यक्ष आशा नारायण चौधरी ले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईं, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, ग्रामीण महिला उद्यमता विकास मञ्च (FORWARD) का कर्मचारीहरू तथा विराट मेडिकल कलेज टिचिङ अस्पताल का चिकित्सकहरूको उपस्थिति रहेको थियो।गाउँपालिकाको सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्वास्थ्य, सामाजिक सुरक्षा, प्
धरान / रोटर्याक्ट क्लब अफ धरान घोपाले डेपोट माध्यमिक विद्यालय, धरानमा विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा महिनावारी सरसफाइ, लागू पदार्थ दुर्व्यसन नियन्त्रण , तथा दाँत तथा मुख स्वास्थ्य सरसफाइ सम्बन्धी सचेतना प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु तथा विभिन्न स्वास्थ्य जोखिमहरूबारे जानकारी प्रदान गर्नु रहेको थियो तथा स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोज
इटहरी । विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुुर्याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ । महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका दुई हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका एक हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका छ हजार ९६६ जना रहेका छन् । यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्ष
इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शिविरमा ५४७ जनाले आँखा जाँच तथा उपचार गराएका छन् । गाउँपालिका भित्रका सर्वसाधारणलाई लक्षित गर्दै हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाले गोपेटारमा आयोजना गरेको शिविरमा उक्त सङ्ख्यामा नागरिकले सेवा लिएका हुन् । जसमध्ये ३१ जनाको शल्यक्रिया गरिएको छ । १२ महिला र १९ पुरुष गरी ३१ जनामा मोतियाबिन्दुको अप्रेसन गर्नुका साथै आँखामा पलाएको मासु र ऐजेरुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक व्यवस्थापन, स्वास्थ्य शाखाको आयोजनामा र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा
सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा आमा समूहका सदस्यहरूलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ५ को कार्यालयमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न आमा समूहका सदस्यहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, वडा नं. ५ का अध्यक्ष गणेश चौधरी, स्वास्थ्य शाखाका प्रकाश पाठक र अर्जुन भट्टराई लगायत नगरपालिकाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहजकर्ताका रूपमा लिलामणि दाहाल तथा सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम कट्टेलले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गर
इटहरी । लगातार तीन दिन अस्पताल बन्द रहेपछि विरामीको बढ्दो चापलाई व्यवस्थापन गर्न बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ले ओपीडी पुर्जा वितरणका लागि थप काउन्टर सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका निमित्त उपकुलपति डा. ईन्द्र लिम्बु का अनुसार स्वास्थ्य बीमामार्फत सेवा लिने विरामीका लागि जीओडी बीचको भवनमा १२ वटा काउन्टर सञ्चालन गरिनेछ। त्यसैगरी, अन्तिम भवनमा स्वास्थ्य बीमा नभएका तथा शुल्क तिरेर पुर्जा लिने सेवाग्राहीका लागि ५ वटा काउन्टर सञ्चालनमा ल्याइनेछ । शुक्रबार, शनिबार र आइतबारको बिदापछि सोमबार अस्पताल खुल्दा विरामीको अत्यधिक चाप हुने अनुमान गरिएको छ । उपचार सेवालाई सहज र व्यवस्थित बना
सुनसरी / जडेज माबिमा बराहक्षेत्रमा महिलाहरूको स्वास्थ्य समस्यालाई लक्षित गर्दै निःशुल्क स्त्रीरोग तथा गुप्तरोग स्वास्थ्य जाँच शिविर सम्पन्न गरिएको छ। सेवा बचत तथा ऋण सहकारी संस्था को आयोजनामा तथा समता युथ ग्रुप र समता गुप्तरोग स्वास्थ्य सेवा संस्था को प्राविधिक सहयोगमा, साथै बराहक्षेत्र नगरपालिका को सहकार्यमा आयोजना गरिएको उक्त शिविर जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय मा सम्पन्न भएको हो।ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै आयोजना गरिएको शिविरमा स्त्रीरोग, गुप्तरोग, पाठेघरको समस्या, पाठेघरको मुखको क्यान्सर लगायतका विषयमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकले जनाएको छ
इटहरी । जिल्ला सदरमुकाम धनकुटास्थित सल्लेरीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको छ । पछिल्लो समय केन्द्रले नयाँ उपचार विधि अपनाउँदै सेवा विस्तार गरेसँगै शिरोधारा आकर्षण बढ्न थालेसँगै शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा विस्तार गरेसँगै सेवाग्राहीको समेत सङ्ख्या उल्लेखनीय रूपमा बढेकोे पाइएको छ । आयुर्वेदिक पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने शिरोधारा लोकप्रिय सुख चिकित्सात्मक उपचार पद्धति हो । शिरोधारा निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर उपचार गर्ने गरिन्छ । बिरामीको प्रकृति हेरे
इटहरी । ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको उपस्थितिमा जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।एक नगरपालिका र आठ गाउँपालिका गरि जम्मा नौ स्थानीय रहेको जिल्लाका प्रत्येक वडा र स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका भए सँगै ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो । जन्मेदेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले ताप्लेजुङलाई पूर्ण खोप सुनिश्चित
इटहरी । ताप्लेजुङमा ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । आइतबार स्मृति दिवसका अवसरमा नेकपा ९एमाले० ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो । एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष दीपेन्द्र पोमु ९दिपेन०का अनुसार ताप्लेजुङ अस्पतालमा उपचाररत रहेका २६ जना बिरामीलाई फलफूल वितरण गरिएको छ । अस्पतालमा उपचार सेवा लिइरहेका विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको कार्यबाहक अध्यक्ष पोमुले जानकारी दिनुभयो । एमालेका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्दीय सदस्य तथा प्रतिनिधिसभा सदस्य क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.