इटहरी । असोज १८ मा आएको बाढीपहिरो प्रभावित क्षेत्रमा इलामको माईजोगमाई गाउँपालिकाले सर्वसाधारणको घर–घरमै स्वास्थ्य सेवा दिन थालेको छ । पहिरोका कारण स्वास्थ्य संस्थासम्म जान सक्ने अवस्था नभएपछि माईजोगाई(छ प्याङका स्थानीयको घरमै प्राथमिक स्वास्थ्य सेवा दिन थालिएको हो । स्वास्थ्य संस्था सम्म आउन नसक्ने भएपछि वृद्धवृद्धा, बालबालिकासहित अशक्तहरूलाई घरमै गएर उच्च रक्तचाप, ज्वरोलगायतका बिरामीलाई प्राथामिक सेवा प्रदान गरिएको प्राथमिक स्वास्थ्य केन्द्र प्याङ्गका प्रमुख डाक्टर अभिषेक देव ठकुरीले बताउनुुभयो । असोज १८ को पहिरोमा परी प्याङमा दुई परिवारका आठ जनाको मृत्यु भएको थियो । यस्तै, विपद्का कारण
भोजपुर | “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता गोगनेमा आयोजना हुने भएको छ।युवाहरूमाझ खेलकुदप्रतिको रुचि बढाउँदै सामाजिक विकृति र विसंगतिलाई अन्त्य गरी आपसी सद्भाव र भाइचाराको भावना विकास गर्ने उद्देश्यले खेलकुद विकास समिति, गोगनेले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।प्रतियोगिता आगामी असोज ३०, ३१ र कात्तिक १ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ। प्रतियोगिता विद्येश्वर माध्यमिक विद्यालय, गोगनेको खेलमैदानमा बिहान ७ बजेदेखि प्रारम्भ हुनेछ।प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले क्रमशः रु. ४१,
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका ज्येष्ठ तथा अशक्त नागरिकले घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रममार्फत घरदैलोमै ज्येष्ठ तथा अशक्त नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । शुक्रबार सम्पन्न भएको कार्यक्रममार्फत ९६२ जनाले सेवा प्राप्त गरेका सिदिङ्वा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार शाहले जानकारी दिनुभयो । शाखा प्रमुख शाहका अनुसार घर–घरमा पुगेर ६० वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता र दीर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । गाउँपालिकाका सात वटा वडामध्ये सबैभन्दा बढी वडा ३ आङ्ख
इटहरी । मोरङमा आर्थिक अवस्था कम्जोर भएका एक बालकको बिराटनगरस्थित कोशी अस्पतालमा निशुल्क उपचार हुने भएको छ । कानेपोखरी गाउँपालिका वडा नम्बर ५ चिसाङ निवासी मणिराज राई र राधिका राईको जेठा छोरा १७ बर्षीय बिराज राईको निशुल्क उपचार हुने व्यवस्था गरिएको हो । विगत ५ महिना देखि दिशाबाट रगत जाने कारण बिरामी परेर थलिएका बिराजको घरको आर्थिक अवस्था अत्यन्तै कम्जोर भएर उपचार हुन् बाट बन्चित भएका थिए । उनलाई राप्रपा कानेपोखरी गाउँपालिका महिला सगठनकी अध्यक्ष देवि माया थापाको पहल तथा सामाजिक व्यक्तित्व सुन्दरहरैंचा निवासी मान बहादुर श्रेष्ठको समन्यवमा कोशी अस्पतालमा निशुल्क उपचारको व्यवस्था गरिएको
इटहरी । सुनसरीको इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ स्थित लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नवदउष्टी आँखा अस्पताल इटहरीको प्राविधि सहयोगमा निःशुल्क आँखा जाच शिविर कार्यक्रम सम्पन्न भएको हो । सहकारीका अध्यक्ष कृष्णप्रसाद घिमिरेका अनुसार तीन सयभन्दा बढीको आँखा जाँच, चश्मा जाँच र औषधी वितरण गरिएको छ । शिविरमा ५४ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । शिविरमा आएकाहरुलाई निःशुल्क सेवा दिएको र मोतिया बिन्दुको बिरामीका लागि अप्रेसनमा समेत छुट गरिएको आयोजकले जनाएको छ । शिविरको उद्घाटन इनरुवा ५ का वडा अध्यक्ष अनिलकुमार पोखरेलले गर्नुभएको
इटहरी । नेकपा एमाले इटहरी उपमहानगरपालिका कमिटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत अतिरिक्त क्रियाकलाप विभागको पहलमा सोमबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्।हालै जेनजी आन्दोलनका क्रममा घाइते हुनेहरूको संख्या बढ्दै गएको र संघ–संस्थाहरूबाट पछिल्लो समय रक्तदान कार्यक्रम सञ्चालन नभएकाले रक्त अभाव देखिएको जानकारी पाएपछि यस्तो कार्यक्रम सञ्चालन गरिएको एमाले इटहरी उपमहानगर कमिटीका अध्यक्ष रुपेश बस्नेतले जानकारी दिनुभयो। उहाँले नेकपा एमाले सदैव समाज र जनताको आवश्यकता अनुसार क्रियाकलापमा संलग्न रहने बताउँदै रक्तदान जीवनदानको महान कार्य भएकाले निरन्तरता दिने प्र
इटहरी / २०८२ साल भाद्र २२ गते सोमबार प्रेस विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरपालिकाले भाद्र २४ देखि २६ गतेसम्म इटहरीका सम्पूर्ण विद्यालय, शैक्षिक संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएको छ।राष्ट्रव्यापी रूपमा भइरहेको जेनजीको आन्दोलन शान्तिपूर्ण तरिकाले आन्दोलन गरेर आफ्ना माग राख्ने प्रदर्शन गर्ने अधिकार हुँदाहुँदै इटहरीमा हिंसात्मक तरिकाले उपमहानगरपालिका प्रवेश गरी तोडफोड तथा आगजनी गर्ने सार्वजनिक सम्पत्ति नष्ट गर्ने, हिंसात्मक गतिविधि को घोर भत्सना गर्दै अराजक सार्वजनिक सम्पत्तिको तोडफोड, आगगजनी गर्ने गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गर्न मा
२३ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काए
इटहरी । तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा ५० जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सम्पन्न गरेको छ । शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा करिब ३५० जनाको आँखा परीक्षण गरिएको उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार, दृष्टिमा समस्या देखिएका बिरामीलाई तत्काल उपचार दिइएको र आवश्यक परेका बिरामीलाई निःशुल्क चश्मा पनि वितरण गरिएको हो । बरालका अनुसार उपचार केन्द्रले गाउँघरमै सहज आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता शिविरलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ । यसपटक विराटनगर आँखा अस्पतालक
इटहरी । उमेरले ६० वर्ष टेक्नु भएकी फिदिम नगरपालिका –१ पाँचथरकी भिमकुमारी दाहालले नियमित योग साधना गर्न थालेको १८ वर्ष पूराभयो । ‘४० वर्ष पूरा भएपछि हात खुट्टा पोलने, झम्झमाउने, अनिन्द्रासँगै शरीरमा विभिन्न समस्या उहाँमा देखिन थालेका थिए । योगमा जोडिएपछि विस्तारै समस्या निराकरण भएको उहाँको अनुभव छ । योग गर्न थालेपछि अल्छिपना हट्नुका साथै हाडजोर्नी र पाठेघरको समस्या समाधान समेत भएको उहाँले बताउनुभयो । फिदिम –४ की सीता खतिवडाले नियमित योग साधना गर्न थालेको २२ वर्ष भयो । ढाडको नसा च्यापिनुका साथै टाउको दुख्ने र पाठेघरको समस्याले गाँज्न थालेपछि यी सबै समस्याको समाधान योग नै हो भन्ने विश्वासका साथ आ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.