स्वास्थ्य

    Showing ३५१-३६० of ५८७ items.
  • पथरीशनिश्चरेमा ९५ प्रतिशतलाई दादुरा रुबेला खोप

    पथरी शनिश्चरे / पथरीशनिश्चरे नगरपालिकामा आज भदौ ०२ गतेसम्म २० हजार २ सय ६५ जना बालबालिका लाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गरिसकेको छ ।नगर स्वास्थ्य कार्यालय पथरीका वरिष्ठ अधिकृत एकराज खत्रीका अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरु ४ हजार ८ सय ८७ जना र ५ वर्षदेखि १५ वर्षका बालबालिकाहरु १५ हजार ३ सय ७८ जनाले खोप लगाइसकेका छन् । यसबाट जम्मा २० हजार २ सय ६५ जनाले खोप लगाएको देखिन्छ । यो संख्या नगरको लक्ष्य अनुसार ९५ प्रतिशत रहेको छ । नगरको लक्ष्य २१ हजार ३ सय २१ जना रहेको छ भने भोलि अन्तिम दिन ५ प्रतिशत प्रगति विवरण हुनेमा नगरपालिका विश्वस्त रहेको छ । दादुरा रुवेला खोप अभियान सञ्चाल

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • २११ पटक पढिएको
  • डेङ्गु सङ्क्रमितको उपचारको जिम्मा कोशी प्रदेश सरकारले लिने प्रतिबद्धता

    विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताए । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा  उहाँले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विराटनगरस्थित एक हजार शय्याको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गुुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • १६४ पटक पढिएको
  • धरानमा ११ जनाको डेंगुबाट मृत्यु, १२ हजार नाघे संक्रमित

    सुनसरी / धरान उपमहानगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ ।बिहीबार साँझसम्मको विवरण अनुसार धरानमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ रहेको छ । जसमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार धरानमा हालसम्म जम्मा परीक्षण १६ हजार ८४० जनाको भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगु देखिएको हो ।बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगु देखिएको उनले बताए । यो संख्या ७४ प्रतिशत हो ।

    • प्रकाशित मितिः भदौ १, २०८०
    • १९८ पटक पढिएको
  • सुन्दरहरैंचाको ज्ञानज्योति स्कुलमा नि:शुल्क आँखा तथा कान सम्बन्धि शिविर

    सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका -  ७ गाेठगाउँमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कुलमा नि:शुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ ।विराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा बिद्यालयका ७ सय बिद्यार्थीहरूकाे आँखा तथा कान चेकजाँच गरिएको विद्यालयका प्रिन्सिपल देवि सिटौलाले जानकारी दिए । उनले आँखा चेकजाँचबाट ८० जना बिद्यार्थीलाई नि:शुल्क चस्मा बितरण गरेको हो ।बिद्यालयले गरेको नि:शुल्क शिविरमा  बिद्यार्थीमा बढि आँखाको समस्या देखिएको शिविरमा सहभागी स्वास्थ्यकर्मी जितेन्द्र रायअमात्यले बताए । उनले अस्पतालले नि:शुल्क चस्मा बितरण तथा अप्रेसन गर्नु पर्ने भएमा नि:शुल्क हुने उल्ल

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • १९५ पटक पढिएको
  • बराहक्षेत्र नगरपालिकामा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गरौं अभियान सुरु

    बराहक्षेत्र/ डेंगु नियन्त्रणका लागि बराहक्षेत्र नगरपालिकाले खोज र नष्ट गरौं अभियान सुरु गरेको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेंगुका बिरामी देखा परेको भन्दै यो अभियान थालिएको जनाएको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । डेंगु रोग नियन्त्रणमा र सरसफाई अभियान प्रभावकारी प्रभावकारिता बनाउन यो अभियान शुरु गरिएको कार्किको भनाई छ।बराहक्षेत्र नगरपालिकाले स्वास्थ्यकर्मी जनप्रतिनिधि हरूको सहभागिता मंगलबार बराहक्षेत्र नगरपालिकाको वडा नं ८ को श

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • २१८ पटक पढिएको
  • बराहक्षेत्रमा गाईवस्तुलाई लम्पीस्किन रोगको भ्याक्सिन लगाउदै

    बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालीकामा गाईवस्तुलाई लम्पीस्किन रोगको भ्याक्सिन गोठमै पुगेर लगाउदै छ। बराहक्षेत्र नगरका केहि वाडामा भ्याक्सिन लगाइ सकिएको छ भने केही वडाहरुमा भर्खरै सुरु गरेको वडा नं ८ का अध्यक्ष रोसन खड्का ले बताए । पशुचिकित्सकको टोली कृषकको गोठमै मा पुगेर भ्याक्सिन लगाउन थाले पछि कृषिकले राहत महसुस गर्न थालेका छन।लम्पी स्किन रोग विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिन थालेको पशुचिकित्सकको भनाई छ । अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ।सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग लागेमा पसु लाइ छुट्टै राखेर उपचार

    • प्रकाशित मितिः साउन ३१, २०८०
    • १४१ पटक पढिएको
  • सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु

    सुनसरी / सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिसकेको छ । कोशी प्रदेशका १३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संखुवासभामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । संखुवासभा बाहेक कोशी प्रदेशका १३ जिल्लामा हिजोसम्म ७ हजार २७३ जना संक्रमित भएका छन् ।सुनसरीमा सबैभन्दा बढी ४ हजार ८७४ जना संक्रमित छन् । सुनसरीपछि झापामा ५६४, उदयपुरमा १९४, भोजपुरमा ९८, संखुवासभामा ९७ र तेह्रथुममा ६७ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

    • प्रकाशित मितिः साउन २५, २०८०
    • १९७ पटक पढिएको
  • एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम

    इटहरी / एक्सपर्ट एजुकेशनको २० औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।मंगलबार नेपाल रेडक्रस सोसाइटी इटहरीको सहयोगमा एक्सपर्ट एजुकेशन इटहरी शाखाले आयोजना गरेको  रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका हुन् । पछिलो समय देशैभर रगतको अभाव भएको कुरा मध्यनजर गर्दै, रगतको अभाव नहोस् भन्ने उद्देश्यले देशैभर रक्तदान कार्यक्रमको आयोजना गरिएको एक्सपर्ट एजुकेशन इटहरी शाखाका सञ्चालक भवकृष्ण तिम्सीनले वताए ।इटहरी उप महानगरपालिकाको कार्यलय अगाडि, रक्तदान कार्यक्रम विहान ७ देखि १० सम्म सञ्चालन गरिएको हो । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी धरानको रहेको थियो । रक्तदान कार्यक्रममा व

    • प्रकाशित मितिः साउन २३, २०८०
    • २५२ पटक पढिएको
  • आँखा पाक्ने रोग देशव्यापी, महामारीको जोखिम

    काठमाडौं — सातायता प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् । आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।‘जुन गतिमा आई फ्लुको संक्रमण बढिरहेको छ, यो खतराको संकेत हो,’ कीर्तिपुर आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. एरिक वैद्य भन्छन्, ‘एक व्यक्तिबाट अर्कोमा फैलिने यो स

    • प्रकाशित मितिः साउन २२, २०८०
    • २७५ पटक पढिएको
  • आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिँदै, सावधानी अपनाउन डाक्टरको सुझाव

    काठमाडौं / आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने लगायतका लक्षण देखिन्छ। यस्तै, बिरामीको परेला सुन्निने, आँखामा केही बिझे जस्तो महसुस हुने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुने लगायतका समस्या पनि देखिने तिलगङ्गा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर इन्दिरा पौडेलले बताए ।रोग फैलिएसँगै देशभरका आँखा अस्पतालमा बिरामीको भिड बढेको छ । तनहुँ, चितवन, धनुषा, सिन्ध

    • प्रकाशित मितिः साउन २२, २०८०
    • २२१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]