सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को चौथो खेलमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरी सेमिफाइनलमा प्रवेश गरेको छ । आज राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लब बीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–४ का वडा अध्यक्ष कैलाश बस्नेत हुनुहुन्थ्यो । खेल पहिलो हाफको १३ औँ मिनेटमा राष्ट्रिय जागृती फुटबल क्लब इटहरीका जर्सी नम्बर १८ प्रवेश बस्नेतले १ गोल गरे त्यस्तै दोस्रो हाफको ३९ मिनेटमा जर्सी नम्बर १० का योगेन्द्र कार्कीले १ गोल गरे संगै टिमको तर्फवाट २ गोल गरे । निर्धारित समय सम्म पनि दमक फु
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको क्वार्टरफाइनल अन्तिम खेल राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच गछिया खेलमैदानमा हुँदैछ ।दुवै टोली आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २:३० बजे प्रतिस्पर्धा गर्नेछन्। बलियो र प्रतिस्पर्धी टोली मानिएका कारण आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनिक गर्दै जानेछन्, अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो । खेल संयोजक प्
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी एनि प्रथम गछिया गोल्डकप–२०८२ को तेस्रो खेलमा गाईघाट युनाइटेड फुटबल क्लब, उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ ।आज गाईघाट युनाइटेड र जलथल फुटबल क्लब झापाबीच भएको खेलका प्रमुख अतिथि सुन्दरहरैंचा–३ का वडा अध्यक्ष विदुर प्रसाद ढुंगाना हुनुहुन्थ्यो । खेलको २८ औँ मिनेटमा जलथल फुटबल क्लबका जर्सी नम्बर २१ निश कुमार श्रेष्ठले पहिलो गोल गर्दै अग्रता दिलाए । त्यसको एक मिनेटमै गाईघाटका जर्सी नम्बर १३ विनोद राईले १ गोल गरि, बराबरी बनाए ।निर्धारित समय भर खेल १–१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट गाईघाट युनाइटेड उदय
संखुवासभा | “स्वच्छ समाज, स्वस्थ समाज” भन्ने मुख्य नाराका साथ संखुवासभाको मादी नगरपालिका वडा नं. ६ का युवाहरूले सरसफाइ गरेका छन्। स्थानीय युवाहरूको पहलमा भएको सो अभियानमा विभिन्न संघ–संस्था, विद्यालय तथा जनप्रतिनिधिहरूको उल्लेखनीय सहयोग प्राप्त भएको आयोजकहरूले जनाएका छन्।यस्तो अभियान सामुदायिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण रहेको र यसले समाजमा स्वच्छता र स्वास्थ्यप्रति सकारात्मक संदेश पुगेको संयोजक शिवराज बस्नेतले जानकारी दिए ।उनीहरूले आगामी दिनमा पनि यस्तै सामाजिक तथा सामुदायिक हितका कार्यक्रमहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता रहेको सचिव मनिस बस्नेतले जानकारी दिए ।अभियानलाई आर्थिक,
इटहरी । रोटर्याक्ट स्व. सचिन श्रेष्ठको १२औं स्मृति दिवसको अवसर पारेर देशभर सञ्चालन हुँदै आएका रक्तदान कार्यक्रम अन्तर्गत इटहरीमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रोटरी र रोट्र्याक क्लब अफ इटहरीको संयुक्त आयोजना तथा रोटरी क्लब अफ युगल र रोट्रयाकट क्लब अफ सुनसरीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। इटहरी–विराटनगर लाइनस्थित राधाकृष्ण मन्दिर अगाडि आयोजित कार्यक्रममा रोटरी क्लब अफ इटहरीका अध्यक्ष डिसी चौधरीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भयो।रक्तदान कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता, विद्यार्थी ल
इटहरी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा उपचार सेवा थप विस्तार गरी प्रभावकारी रुपमा सेवा सञ्चालन हुँदै आएपछि धनकुटामा आयुर्वेद उपचार पद्धती लोकप्रिय बन्दै गएको छ । आयुर्वेद उपचार प्रद्धती नयाँ नयाँ प्रविधिका कारण सेवाग्राहीले बिर्सदै गएको समयमा धनकुटामा भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाले थप सेवाहरु विस्तार गरी नयाँ नयाँ आयुर्वेदसम्बन्धी उपचार विधि अपनाउन थालेपछि जिल्लाका सेवाग्राहीहरुमा आयुर्वेद उपचार पद्धती झनै लोकप्रिय र प्रभावकारी बन्दै गएको हो । दिनप्रतिदिन आयुुर्वेद स्वास्थ्य केन्द्र धनकुटामा विभिन्न प्रकारका थप उपचार सेवाहरु विस्तार गरेपछि उपचार गर्न आउनेहरुको
भोजपुर | पर्याप्त जनशक्ति अभावका कारण भोजपुर अस्पतालमा रहेको विभिन्न अत्याधुनिक उपकरण प्रयोगमा आउन नसकेको जनाइएको छ। सदरमुकाम स्थित जिल्लाको एक मात्र सरकारी अस्पतालमा संघीय सरकारको करिब दुई करोड रुपैयाँ लागतमा सघन उपचार कक्ष (आइसियू) निर्माण गरिए पनि अझै सञ्चालनमा आउन सकेको छैन।अस्पतालका प्रमुख डा. पवित्रा श्रेष्ठका अनुसार पाँच वर्षअघि नै आइसियू कक्ष तयार भए पनि आवश्यक जनशक्ति अभावका कारण सेवा सुरू गर्न नसकिएको हो। उहाँले भनिन्, “पाँच वर्ष अगाडि नै आइसियू तयार भए पनि जनशक्ति अभावमा सञ्चालन गर्न सकिएको छैन, करारमै पनि कर्मचारी राख्न नसकिएको अवस्था छ।”नागरिक समाजका संयोजक पर्शुराम तिवारीले दुर्ग
सुनसरी | बराहक्षेत्र नगरपालिका–१० स्थित प्रकासपुर स्वास्थ्य चौकीमा क्षयरोगका जोखिम समूह तथा स्वास्थ्य सेवाको पहुँच कम भएका समुदायलाई लक्षित गर्दै डिजिटल एक्स–रे मेसिनमार्फत छाती परीक्षण (Digital X-Ray with AI Screening Camp) सहितको सक्रिय क्षयरोग खोजपड्ताल कार्यक्रम सम्पन्न गरिएको छ।यस स्वास्थ्य शिविरबाट स्थानीय स्तरमा उल्लेखनीय संख्यामा नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरमा नवीनतम प्रविधिसहितको एक्स–रे परीक्षणबाट प्रारम्भिक चरणमै क्षयरोग पत्ता लगाउन मद्दत पुर्याएको स्वास्थ्य शाखाले जनाएको छ।कार्यक्रम बराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा त
इटहरी । कुपोषित बालबालिकाको स्वास्थ्य पुनः स्थापना गर्दै उनीहरूलाई पुनः सामान्य जीवनमा फर्काउन सहयोग पुर्याउने उद्देश्यले विराटनगरस्थित कोशी अस्पतालमा सञ्चालित पोषण पुनः स्थापना केन्द्र बालबालिकाको जीवनमा नयाँ आशा बोकेको केन्द्र बनेको छ । दश शय्या क्षमताको यो केन्द्रबाट स्थापना भएको उक्त केन्द्रबाट सयौँ कुपोषित बालबालिकाले उपचार पाएर स्वस्थ जीवन फर्किएका छन् । यस केन्द्रले कोशी प्रदेशका विशेषगरी मोरङ, सुनसरी, झापा, सोलुखुम्बुलगायत जिल्लाबाट आएका कुपोषित बालबालिकालाई बर्सेनि सेवा दिँदै आएको छ । विसं २००४ मा सरकारले सञ्चालन गरेको यस कोशी अस्पताल पुनः स्थापना केन्द्रबाट एक हजार ८७२ कु
इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा स्वास्थ्य उपचारलगायतका आधारभूत सेवा ठप्प हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ । वडा नम्बर २ र ५ का ४ वटा स्वास्थ्य संस्था हप्तौंदेखि बन्द हुँदा सर्वसाधारणले उपचार र सिटामोलसमेत खान नपाएको स्थानीय कमला लिम्बूले बताउनुभयो । स्वास्थ्य चौकीमा रगत दिसापिसाब जाँच्ने प्रयोगशाला र बर्थिङ सेन्टरमा २४ घण्टे अनमीको अभाव छ । यसैगरी, पालिकामा सूचना प्रविधि, पञ्जीकरण, रोजगार, राजस्व, फोहोरमैला व्यवस्थापनलगायतका काम सुचारू हुन सकेको छैन । उल्लेखित वडाहरूमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरकारले सामुदायिक विद्यालयहरूका करार र ज्यालादारी, अस्थायी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.