स्वास्थ्य

    Showing ८१-९० of ६०१ items.
  • विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम

    इटहरी । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का सबै विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम दिइएको छ। विद्यालय परिसरमा खेलकुद, शैक्षिक गतिविधि वा अन्य कारणले हुने आकस्मिक दुर्घटना, चोटपटक, बेहोस हुने तथा स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्थाहरूमा तत्काल विद्यालयमै प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक तालिम सञ्चालन गरेको वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीहरूलाई पठन–पाठनका साथै उनीहरूको स्वास्थ्य र सुरक्षामा पनि ध्यान पुर्याउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष शेर्पाको भनाइ छ । वडा कार्यालयको आयोजना तथा कुशुदेबु

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३४६ पटक पढिएको
  • सूर्योदय नगरपालिकाका दुई वटा वडा पोषणमैत्री वडा घोषणा

    इटहरी ।  इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पूरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो । नगरपालिकाले पोषणमैत्री वडा घोषणका लागि विभिन्न पाँच चरणमा काम गरिएको थियो । जसको तयारीका लागि योजना तर्जुमाको चरण,कार्यान्वयनको चरण, अनुगमन मूल्याङ्कन र प्रतिवेदनको चरण पूरा गरी घोषण गरिएको पोषणमैत्री वडा घोषणा कार्यक्रमको फोकल पर्सन रवि खत्रीले जानकारी दिनुभयो । सम्पूर्ण प्रक्रिया पूरा गरी नगर प्रमुख रणबहादुर राईले दुबै वडालाई पोषणमैत्री वडा घोषणा गरी प्रमाणपत्र प्रदान गर्नुभएको छ । उक्त अवसरमा नगर प्

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३३८ पटक पढिएको
  • भोजपुरमा निःशुल्क आँखा शिविरबाट वृद्धवृद्धाको आँखामा फेरि ज्योति

    इटहरी ।  विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् ।  पहाडी जिल्ला भोजपुरमा नेपाल नेत्रज्योती सङ्घद्वारा हालै आयोजित   तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु तथा समस्या हुने नागरिकको शल्यक्रिया मार्फत आँखाको ज्योती पुनः फर्किएपछि उनीहरु  रमाएका हुन् ।  सेवा पाएका वृद्धवृद्धाले शल्यक्रियामा संलग्न विराटनगर आँखा अस्पतालमा कार्यरत डा रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आशीर्वाद दिनुभयो । शिविरमा डा बस्नेतलगायतका स्वास्थ्यकर्मीको टिमले ए

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ३२६ पटक पढिएको
  • पन्ध्र सय भन्दाबढीको निःशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण

    इटहरी । धनकुटको महालक्ष्मी नगरपालिकामा पन्ध्र्र सयभन्दा बढीको निःशुल्क स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको छ । निजामती कर्मचारी अस्पताल काठमाडौंको आयोजना तथा अर्खौले जितपुर सेवा समाज र महालक्ष्मी नगरपालिकाको सहकार्यमा बिहीबार र शुक्रबार दुइ दिन निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो । महालक्ष्मी नगरपालिका वडा नं.–७ जितपुर बजारमा सञ्चालन निःशुल्क स्वास्थ्य शिविरबाट नगर भित्रका करिब १५ सयभन्दा बढी स्थानियको स्वास्थ्य परिक्षण गरिएको थियो । यस्तै स्वास्थ्य परिक्षण सँगै विरामीलाई आवश्यक औषिधि समेत निःशुल्क वितरण गरीएको थियो। शिविरमा हाडजोर्नि, फिजियोथेरापी, स्त्री तथा प्रसूति सेवा, शल्य चि

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • ३०० पटक पढिएको
  • नागरिकताको लागि नाङ्गिएर पहिचानको पुष्टि गराउन बाध्य बनेको यौनिक तथा लैङ्गिक अल्पसंख्यकको दुःखेसो

    इटहरी | यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले नागरिकता प्राप्तिका लागि समेत राज्यबाटै दरव्यवहारको शिकार बन्दै झन्झटिलो प्रक्रियाबाट गुज्रीनुपरेको बताएका छन् ।सुनसरीको इटहरीमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दालाई समाजमा सही रूपमा प्रस्तुत गर्न पत्रकारहरूको भूमिकाका विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा राज्यबाटै अमानविय व्यवहारको शिकार हुनुपरेको दुःखेसो पोखेका छन् । नेपालको संविधान धारा १२ मा लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था गरिएकोमा विषमलिङ्गिले झैँ सहज रुपमा नागरिकता समेत पाउन नसकेको उनिहरुको भनाइ छ । कार्यक्रममा क्वयर अधिकारकर्मी एवं निल हिरा

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • ३३१ पटक पढिएको
  • फिदिममा १५ दिने हाड जोर्नी शिविर, ७९ जनाको अप्रेसन

    इटहरी। पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ । बेल्जियमबाट आउनु भएका हाडजोर्नी विशेषज्ञसहितको उपस्थितिमा आयोजित शिविरमा मानिसका शरिरमा राखिएका स्टिल रड झिक्ने, आवश्यकता अनुसार स्टिल र रड राख्ने, बाङ्गा टिङगा हात खुट्टा मिलाउने सँगै हाड जोर्नी र नशासम्बन्धी उपचार र परीक्षण भइरहेको छ । फिदिम नगरपालिकाको आयोजना र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा मङ्सिर १६ बाट सुरु भएको शिविर २९ गतेसम्म सञ्चालन हुने आयोजक फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो । उहँका अनुसार यो

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ३१५ पटक पढिएको
  • टेम्केमैयुङमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४४३ जनाले सेवा पाए

    इटहरी ।   जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–६ कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरिमा चार सय ४३ जनाले सेवा लिएका छन् । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले भोजपुरमा नयाँ श्रीनाथ गणले शनिबार एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पुर्याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु  शिविरको मुख्य लक्ष्य रहेको नयाँ श्रीनाथ गणका प्रमुख पर्शुराम थापाले जानकारी दिनुभयो । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, टेम्केमैयुङ गाउँपालिका

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • २७१ पटक पढिएको
  • वराहक्षेत्र नगर अस्पतालबाट बिशेषज्ञ सहितको दन्त सेवा सुरु , सेवा बढाउदै अस्लताल ग्रामिण क्षेत्रका नागरिकलाई सुविधा

    इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ । नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्र्नुुभएको  हो । शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २७६ पटक पढिएको
  • भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

    इटहरी। जनस्तरसम्म स्वास्थ्य सेवा पु(याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पु(याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य रहेको सेनाले जनाएको छ । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वा

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २१६ पटक पढिएको
  • एनि गछिया गोल्डकपमा आज आयोजक र इटहरी भिड्दै

    सुन्दरहरैंचा मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आज दोस्रो  सेमिफाइनल खेल गछिया युवा समाज र  राष्ट्रिय जागृती फुटबल क्लब इटहरी विच गछिया खेलमैदान हुँदै छ । गछिया युवा समाजले ७-० अन्तरले लिनेण्ड फुटबल क्लब भारतलाई हराएको थियो । भने,  राष्ट्रिय जागृती फुटबल क्लबले २-० को अन्तरले दमक फुटबल क्लबलाई हरार्को थियो ।  दुवै टोलीले आफ्नो–आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २   बजे सुन्दरहरैचा गछिया मैदानमा प्रतिस्पर्धा गर्नेछन् । दुवै टोली बलियो

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • ५१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]