सुनसरी / इटहरीको कोसी सेन्ट जेम्स सेकेन्डरी बोर्डिङ स्कुल पनि इटहरी र आसपास क्षेत्रका विद्यार्थी अनि अभिभावकको रोजाइको स्कुल हो । २०५३ सालमा स्थापित यस विद्यालयले इटहरीको शैक्षिक विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ ।२०६१ सालमा नयाँ व्यवस्थापन आउँदा विद्यालयमा २ सय ४० जना विद्यार्थी रहेको विद्यालयका सिइओ शशी श्रेष्ठले जानकारी दिए । हाल विद्यालयमा १३ सयभन्दा धेरै विद्यार्थी अध्ययनरत छन् । सुन्दर प्रयोगशाला र पुस्तकालय उत्कृष्ट र अनुभवि शिक्षक - प्राध्यापकहरुद्वारा अध्यापन गराउने भएकोले पनि आकर्षण बढेको हो । विद्यार्थीहरु कोसीमा धेरै रमाइ रमाइ पढ्ने र गौरवको अनुभूति रहेको छ । कम्
सुनसरी / भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शङ्खामचुली र दिमालुङ क्षेत्रमा एक करोड ३४ लाख लागतमा पदमार्ग निर्माण गरिरहेको छ । प्राकृतिकरुपमा मनोरम ऐतिहासिक हतुवागढी क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो ।यसलाई मुख्य पर्यटन क्षेत्रको रुपमा स्थापित गराउने लक्ष्यका साथ पदमार्ग गर्न निर्माण थालिएको हो । आर्थिक वर्षमा पदमार्गको थप विकास तथा विस्तारको लागि गाउँपालिका र केन्द्र सरकारको साझेदारीमा रु एक करोड ५० लाख बजेट विनियोजन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकत महेश निरौलाले जानकारी दिए ।पदमार्गलाई गाउँपालिकाले गौरवको आयोजनामा राखेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
सुनसरी / इटहरी उपमहानगरपालिकाले दिएको निर्देशन नमानेको भन्दै दुई निजी विद्यालयको सञ्चालन अनुमति रद्ध गरेको छ ।केही समय अघि छात्रवृत्ति वितरणको विवरण पेश गर्न पटक पटक लिखित पत्राचार गरेपनि वितरण नबुझाएको र जरिवाना पनि नतिरेको भन्दै खारेज गरेको हो । इटहरी नमुना स्कूल इटहरी १० र इटहरी चिल्ड्रेन स्कूल इटहरी ६ मा रहेको स्कुललाई खारेजी गरेको हो । प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थागत विद्यालयको सञ्चालन अनुमती रद्ध गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
सुनसरी / मोरङको सुन्दरहरैँचामा इनारमा डुबेर घाइते भएका युवाको आज मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका- ९ मुस्लिम टोलमा खानेपानीको इनार सफा गर्ने क्रममा दिउँसो २ बजेतिर घटना भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अब्दुल मल्लिकको जग्गामा रहेको इनार सफा गर्ने क्रममा डुबेर बेलबारी नगरपालिका- ७ का २५ वर्षीय बौका कुमालको मृत्यु भएको जानकारी दिएका छन् ।सफा गर्ने क्रममा इनारमा खसेर डुबेका कुमाललाई घाइते अवस्थामा उद्धार गरिएको थियो । गम्भीर अवस्थानका उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका थिए ।
सुनसरी / नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस अवसरमा इटहरीको पुष्पलाल चौकमा श्रेष्ठको सम्झनामा कार्यक्रम गरिएको हो । पुष्पलाल श्रेष्ठ प्रतिस्ठान जिल्ला कमिटीले औपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठले नेपाली कम्यूनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको स्मरण गर्दे सम्झनामा कार्यक्रम गरिएको हो । केशब बस्नेतको अध्यक्षता औपचारिक कार्यक्रम सुरु गर्नु अघी कार्यक्रममा उपस्थिती नेता तथा अन्य सदस्यहरुले श्रेष्ठको शालिकमा माल्यर्पण गरेका थिए । कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तैयब हुसैनले कम्यूनिष्ट आन्दोलदनमा पुष्पलालको भूमिका बारेमा चर्चा
सुनसरी / मोरङको बेलबारी नगरपालिका - २ स्थित रमिते क्षेत्रबाट हिजो दिउँसो २४ जना युवायुवती प्रहरीले पक्राउ परेका छन्।लागुपदार्थ दुब्र्यसनमा संलग्न केही र लहैलहैमा उनीहरु सँगै आएका केही युवायुवती पक्राउ परेका छन् भने केही भाग्न सफल भएका छन् ।केराबारी,बेलबारी र आसपासका युवायुवतीहरु रहेको बेलबारी प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ५ जना युवा र १९ जना युवती रहेका छन । उनीहरुलाई ईलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।
सुनसरी / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुनसरीमा आएर नेपाली राजनीतिमा वीपी कोइरालाको योगदान स्मरण गरेका छन् । इनरुवामा आयोजित ४१ औं वीपी जयन्तीमा बोल्दै उनले वीपीले कल्पना गरेको लोकतन्त्रको स्थायीत्व र दिगो शान्तीका लागि सबैलाई एकजुट हुन आग्रहसमेत गरेका छन् ।बीपी कोइरालाको शालिक अनावरणपछि आयोजित कार्यक्रममा बोल्दै खासगरी वीपी र गिरिजाप्रसादको कर्मथलो सुनसरीमा आँफूले आउन पाएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा पनि आइरहने प्रतिबद्धता व्यक्त गरे ।उनले अहिले नेपाली राजनीतिमा लोकतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक रहेको बताउँदै ‘यसैकारण अहिले कांग्रेस पहिलो पार्टी बनेको भने आगामी
सुनसरी / महोत्तरीको एकडारा गाउँपालिकाका बालबालिकाहरु खुत्रुकेमा बचत गर्न खुत्रुके वितरण गरिएको छ ।बालबालिकालाई सानैदेखि बचत गर्न सिकाउने बानीको विकास गर्न एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा एकडारा गाउँपालिकामा आज खुत्रुके वितरण गरिएको छ । एकडारा गाउँपालिकाका वडा नं. १, ३, ४, ५ र ६ का १ सय ५० जना विपन्न परिवारका बालबालिकाहरुलाई बाल बचत समूहमा आवद्ध गराई विगत १ महिनादेखि हरेक शनिवार बाल वित्तिय साक्षरता कक्षा समेत संचालन भईरहेको र तिनै बालबालिकाहरुलाई खुत्रुके वितरण गरिएको संस्थाका फिल्ड अफिसर कमल चौधरीले बताए ।सो संस्थाले संचालित पोषण तथा उत्थानशील 
सुनसरी / इटहरीको पकलीमा चार जना चढेको मोटरसाइकल दुर्घटना हुँदालतीन जनाको मृत्यु भएको हो ।शुक्रबार राति १० बजेतिर इटहरी- १७ कान्छी चौक राजमार्गमा तीब्र गतिमा कुदाएको चार जना सवार मोटरसाइकल भारतीय पिक अपसँग ठोक्किएर दुर्घटना भएको थियोे ।पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदैै गरेको डब्लु बी ७३ इ ९११७ को भारतीय पिकअप ठक्कर भएको प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । मृत्यु हुनेमा एकैगाउँका तीन जना युवकमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेका छन् ।दुर्घटनामा २७ वर्षीय
इटहरी । इटहरीस्थित विश्व आदर्श कलेज पुर्वी नेपालमै सबैभन्दा राम्रो शिक्षण संस्थामध्ये पर्छ । सुनसरीमै सबैभन्दा धेरै विद्यार्थी भर्ना गर्ने यस कलेजको सबै तह र संकायमा गरी वार्षिक तीन हजार पाँच सय बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् । यस्तै पछिल्लो समय होटल मेनेजमेन्ट पनि कलेजले सञ्चालनमा ल्याएको छ । कमर्स र साइन्समा कम्प्युटर साइन्ससमेत पढाइ हुने गरेको छ । प्रिन्सपल गणेश दुलालकाअनुसार २५ वर्ष पुरानो विश्व आदर्शले १० वर्षदेखि नै साइन्स र कमर्समा ३२०–३२० गरेर ६४० जना विद्यार्थीलाई पढाइरहेको छ ।राष्ट्रिय परिक्षा बोर्डको तथ्यांकअनुसार कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको संख्यालाई विश्ल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.