लेटाङ । लेटाङ ८ जाँतेमा निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावलाई लक्षित गरि मतदाता प्रभावित पार्न ह्युमपाइप वितरण गर्न लागिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । नगरपालिकाबाट ८ नम्बर वडा कार्यालयका लागि पठाइएको ह्युमपाइप जाँते बजार नजिकै नोवेल बोर्डिङ स्कुल नजिकै खसाल्न लागेको अवस्थामा नेकपा एमाले र नेशनल मंगोल अर्गनाइजेशनका नेता कार्यकर्ताहरुले प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीले ह्युमपाइप नियन्त्रणमा लिइ प्रहरी चौकी जाँतेमा राखेको छ ।प्रदेश ०१ ००१ त ९२६९ नम्बरको ट्रयाक्टरमा ल्याइएको ५ वटा ह्युमपाइप प्रहरीले नियन्त्रणमा लिएको हो । ट्रयाक्टरका चालकले जीवन रिजालकोमा लगेको बतएपनि सो
इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने वताउनुभएको छ ।इटहरीमा नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताए इटहरीको बिकासमा वजेट र योजनाको कुनै खाँचो नहुने वताउनुभयो । ‘भोट हाल्ने काम तपाईँहरूको, विजयी बनाउने काम तपाईँहरूको,’ अध्यक्ष ओलीले चुनावी सभालाई सम्बोधन गर्दै भन्नुभयो, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, याम सुब्बा मेरो प्रतिनिधि हो, मलाई हटलाईनमा सोझै सम्पर्क गर्नुहुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’
इटहरी । नेकपा (एमाले)बाट इटहरी उपमहानगरपालिकाको मेयर पदमा उमेदवारी दिएका यामकुमार सुब्बाले आफूले इटहरीको कण-कण छामिसकेको वताउनुभएको छ । एमालेले इटहरीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले आफूले इटहरीको प्रत्येक ठाउँका माटोसँग सौदावाजी गरेकाले माटो-माटोले आफूलाई चिन्ने बताउनुभयो ।‘मलाई यो इटहरीको माटो-माटोले चिन्छ । मैले त्यति पसिना बगाएको छु । त्यति दुःख गरेको छु’, उहाँले भन्नुभयो । त्यसका लागि इटहरीबासीले आफूलाई अपार सहयोग गरेको उहाँले सुनाउनुभयो । यसका साथै जनआन्दोलनको समयमा आफू कमाण्डर नै भएर व्यवस्था परिवर्तनमा भूमिका खेलेको उहाँले उल्लेख गर्नुभयो । राजनीतिलाई आफूले पेशा नभएर
बराहक्षेत्र । नेकपा एमाले बराहक्षेत्रले बैशाख २७ गते नगरस्तरीय जनसभा गर्ने भएको छ । शेर धन राईको प्रमुख आतिथ्यमा चक्रटीमा हुने जनसभामा दशौ हजार कार्यकर्ता उपस्थिति गराउने जानकारी गराएको छ । शनिबार साँझ नगरपाटी कार्यलय महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी निर्वाचन परिचालन कमिटी संयोजक बद्रीनाथ घिमीरेले जानकारी दिए ।निर्वाचनको सन्दर्भमा सञ्चालित घरदैलो कार्यक्रमको समापन सगँसँगै पार्टीको नगरस्तरीय जनसभा गर्न शेरधन राईको प्रमुख आतिथ्यम बराहक्षेत्र नगरपालिका ६ स्थित चक्रघट्टिमा बसपार्कमा दशौँ हजार नेता कार्यकर्ताको समर्थक, शुभचिन्तक लगायतको सहभागिता गराउने जनाइएको छ ।उक्त कार्यक्रम सम्पन्न
इटहरी । नेकपा (एमाले) को तर्फबाट सुनसरीको इटहरी उपमहानगरपलिकाको उप–मेयर पदमा उमेदवारी रहेकी संगिता कुमारी चौधरीले आफू निर्वाचित भएपछि इटहरीबासीका लागि गर्नुपर्ने सेवामा कुनै कसरत बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । सुनसरीको इटहरीमा एमालेले आयोजना गरेको आमसभामा बोल्नुहुँदै उनले आफूले इटहरी उपमहानगरबाट प्रदान गर्ने सेवामा अलिकति पनि खोट नराख्ने बताएकी हुन् । ‘तपाइँहरुलाई म के अवगत गराउन चाहन्छु भने, हामीले विजय गरेर गइसकेपछि तपाइँहरुले पाउनुपर्ने सेवामा अलिकति पनि खोट राख्दैनौँ’, उनले भनिन् । ‘हामी विकासका कामहरुमा, योजनाका कामहरुमा, बालबालिकाका कामहरुमा, जेष्ठनागर
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका जितिसकेको एमालेले दाबी गरेको छ । एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले मेयरका प्रत्याशी दीपक बुढाथोकीले जितिसकेको भन्दै घोषणा मात्रै हुन बाँकी रहेको बताए । ‘मेयरका उमेदवार अनुभवी ब्यक्ती हुनुहुन्छ, यसअघिको कार्यकालमा पार्टीले जनताले चाहेका काम गरेको छ,’ पराजुलीले भने, ‘जनताको बिश्वास जितेको लोकप्रिय पार्टीले गरेका राम्रा काम सम्पन्न गर्न भावी नेतृत्व तम्तयार छ ।’ मेयरका प्रत्याशी दीपक बुढाथोकीले राजनीतिलाई पेशा नभइ समाजसेवा ठानेर जनसेवामा लाग्नुपर्ने बताएका छन ।चुनावी अभियानमा महालक्ष्मी २ का स्थानियसँग कुरा गर्दै उनले अहिले राजनीतिमा
काठमाडौं / आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरूमध्येमा माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँमा नजाने, समयमा ड्युटीमा नआउने, अनावश्यक टिकाटिप्पणी गर्दै हिँड्ने र कुटपिट गर्ने काम गरेको बताए ।कारबाहीमा परेकामध्ये एक जना भने बलात्कार आरोपमा प्रहरी हिरासतमा छन् । उनी काठमाडौंमा उपत्यकामा खटिएका थिए ।केसीका अनुसार म्यादी प्रहरीले पनि ४० दिनसम्म नेपाल प्रहरीले जसरी ‘व्यावसायिक आचरण’ पालना गर्न
इटहरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दललाई ‘टालटुली बाटुली कति राम्रो पुतलीको’ संज्ञा दिएका छन् । शनिबार इटहरीमा एमाले आयोजना गरेको आसभालाई सम्बोधन गर्दै उनले गठबन्धन धेरै पार्टी जोडिएर बनेकाले यसले कुनै ठोस काम नगर्ने दावी गरे । यसका साथै अहिलेको गठबन्धन देश र जनताको पक्षमा भन्दा पनि परिवारवाद र नातावादमा लागेको आरोप उनले लगाएका छन् । एक्लै वडा स्तरमा नै चुनाव लड्न नसक्नेले देश कसरी चलाउन सक्लान् भन्दै उनले प्रश्न गरेकाछन् । उनले अहिलेको गठबन्धन गन्तव्यहिन र दृष्टिकोण विहिन बनेको आरोप लगाए । साथै उनले आगामी आम निर्वाचनबाट एमालेकै नेतृत्वमा सरकार बन्ने दावी गरे । साथै
हेटौंडा /मकवानपुरमा आज शनिबारबाट सवारीसाधनमा माइकिङ तथा सार्वजनिक सवारी साधनमा झण्डा राख्न नपाइने भएको छ । सयौँ सवारीमा ठुलो ध्वनिमा चुनावी माइकिङ गर्ने क्रम बढेपछि आजदेखि सवारीसाधनमा माइकिङ गर्न तथा सार्वजनिक सबारीसाधनमा झण्डा राख्न नपाईने भएको हो ।जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले चुनावी नारा र गीतसहित गाडीमार्फत् हुने माइकिङले ध्वनि प्रदुषण गराएको र सर्वसाधारणमा असर परेको भन्दै आजबाट बन्द गर्ने निर्णय गरेको हो । अब सभा र भेलामा मात्रै माइक प्रयोग गरेर सम्बोधन गर्न सकिनेछ ।
इटहरी / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस एमालेकाे घुँडा घुँडा आउने बताएका छन् । अगामी निर्वाचनको परिणामले काङ्ग्रेसलाई एमालेको घुँडा बराबर बनाउने बताएका हुन् ।इटहरीमा चुनावी सभालाई सम्बोधन गर्दै अहिले काँग्रेस कुममा रहेकाे र अगामी निर्वाचन पछि कमर हुँदै घुँडामा पुग्ने बताएका छन् । त्यसै गरी कुनै पनि भ्रममा नपरी एमालेलाई मतदान गर्न समेत ओलीले आग्रह गरेका छन् ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.