All Posts By कोशी प्रेस

    Showing १,२६१-१,२७० of १२,७५६ items.
  • टर्‍यो चिया निकासीको समस्या

    इटहरी । चिया निकासीका लागि सरकारले दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् । गत मे १ देखि नेपाली चिया निर्यातमा भारतले कडाइ गरेपछि निकासी ठप्प भएको चियाका लागि तत्काल निकासी खुलेको जानकारी भारतीय पक्षबाट आए पनि त्यो दीर्घकालीन नहुने बुझाइ उनीहरूको छ । भारतको कडाइले १९ दिनसम्म चिया निकासी भएको थिएन । आज भने भारतले त्यसलाई खुकुलो गरेकाले तत्कालीन समाधान पाएको हो । यसको असर यस वर्षभरि नै उत्पादन हुने चियामा पर्ने पनि उत्पादकको बुझाइ छ । भारतको कडाइ नयाँ नभई करिब नौ वर्षयताको रहेको किसान प्रतिनिधि तथा केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईले बताउनुभयो । यसअघि भारतले सन्

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १४८ पटक पढिएको
  • दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

    इटहरी ।  जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापास्थित दमकका प्रकाशचन्द्र नेपालले चुम्नुभएको छ । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङले संयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८३’ को अवसरमा बुधबार सम्पन्न प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नुभएको हो । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको प्रतियोगितामा सिक्किमकै थेण्डुप तामाङ तेस्रो हुनुभएको निर्णयक मण्डलले जानकारी दिएको छ । प्रतियोगिता

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १९३ पटक पढिएको
  • झापाको चारआली सर्पदंश उपचार केन्द्रमा उपचार गर्ने बढ्दै

    इटहरी।  झापाको चारआली सर्पदंश उपचार केन्द्र विषालु सर्पको डसाइबाट पीडित नागरिकको भरपर्दो उपचार केन्द्र बन्दै गएको छ । गर्मीयामसँगै पूर्वी नेपालका तराई तथा पहाडी क्षेत्रमा सर्पदंशका घटनामा उल्लेख्य वृद्धि हुने गरेका छन् । यहाँ गोमन, करेत, भाइपर र गुर्बे जस्ता यस क्षेत्रमा बर्सेनि सयौँ नागरिक बिरामी हुने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीय समुदायको व्यवस्थापनमा सञ्चालित उक्त केन्द्र पीडितका लागि भरोसा बन्न थालेको हो । विसं २०६१ मा स्थापना भएको यस केन्द्रबाट हालसम्ममा २१ हजार ७८६ जनाले उपचार सेवा लिइसकेका छन् । केन्द्र सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराईका अनुसार पछिल्लो च

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ११३ पटक पढिएको
  • कोशी प्रदेशको नीति तथा कार्यक्रम, प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गर्दै

    इटहरी। कोशी प्रदेश सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेशसभाको नवौँ अधिवेशन बुधबारदेखि सुरु भएको हो । अधिवेशनको पहिलो दिन बसेको बैठकमा विभिन्न राजनीतिक दलका नेताहरूले प्रदेशको वर्तमान अवस्था र आगामी योजनाबारे आ–आफ्ना धारणा राख्नुभएको थियो । आज प्रदेश प्रमुखबाट प्रस्तुत हुने नीति तथा कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य, शिक्षा, कृषि

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १४७ पटक पढिएको
  • सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदीसँगै बग्दै गएको बस्ती

    इटहरी । सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदी उकास क्षेत्र श्रीलङ्का टप्पु खुम्चिँदै गएको छ । प्रत्येक वर्ष बसोबास भूभाग बाढी र कटानमा पर्दै जाँदा श्रीलङ्काटप्पुु क्षेत्र खुिम्चँदै गएको हो । दशकौँदेखि बसोबास क्षेत्र रहेको श्रीलङ्का टप्पुुमा नदीले बर्सेनि कटान गर्दा बस्ती क्षेत्र पनि नदीसँगै बग्दै गएका छन् । नदीले कटान गर्दा टप्पुको गरैयाटोल क्षेत्रबाट गत वर्ष पनि घर सार्नु परेको स्थानीय बालक चन्द्रवंशीले बताउनुभयो । उहाँका अनुसार पछिल्ला केही वर्षदेखि कोशीको कटान टप्पुुतिरै बढेको छ ।  टप्पुुमै जन्मिएर हुर्किएका अनिल चन्द्रवंशीे टप्पुुसँगै कोशी कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका स

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १५५ पटक पढिएको
  • धनकुटा चौबिसे गाउँपालिकाको मगर र जनजाती सङ्ग्रहालय ओझेलमा

    इटहरी। धनकुटा चौबिसे गाउँपालिका(२, मुढेबासस्थित डाँडागाउँमा मगर जातिको सङ्ग्रहालय ओझेलमा परेको छ । पर्याप्त प्रचारप्रसार र सडक पहुँच नभएका कारण सङ्ग्रहालय ओझेलमा परेको हो । सङ्ग्रहालयमा करिब एक सयभन्दा बढी पुराना सामान सङ्ग्रह गरिए पनि अवलोकनका लागि भने कमै मात्रामा पर्यटक पुग्ने गरेका छन् । मगर जातिले प्रयोग गर्ने पुराना तथा लोपोन्मुख सामग्री रहेको गाउँपालिकाका उपाध्यक्ष टङ्कमाया पाङ्मी मगरले बताउनुभयो । सङ्ग्रहालययसँगै सो स्थानमा हामस्टे सञ्चालन गर्ने तयारी गरेपनि होमस्टे सञ्चालन हुन नसक्दा सङ्ग्रहालय पनि ओझेलमा परेको उहाँको भनाइ छ । सङ्ग्रहालय निर्माणका लागि चार वर्ष पहिले निर्वाचन क्षेत्र

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ११८ पटक पढिएको
  • सर्पसँगै रमाएका रमेश भण्डारी

    इटहरी। मोरङको उर्लाबारी–४ का २९ वर्षीय रमेश भण्डारी नौ वर्षदेखि सर्प उद्धारमा तल्लीन हुनुहुन्छ ।  भण्डारीको २० वर्षको उमेरमा छिमेकी प्रेम विष्टसँग सङ्गत भयो । विष्ट वन कार्यालयको सुरक्षाकर्मी हुनुहुन्थ्यो । सर्प उद्धारमा सिपालु विष्टको सङ्गत गर्दागर्दै रमेशमा पनि सर्प उद्धारको भोग जाग्यो । प्रेम विष्टसँग ठुला र विषालु सर्प कुनै पनि उपकरणबिना च्याप्प समात्ने कला थियो । विष्टसँग सर्प उद्धार गर्न सिक्दासिक्दै रमेशले पनि पहिला विष नभएका सर्प समात्न थाल्नुभयो । पहिलो वर्ष विष नभएका सर्प समात्दा थुप्रै पटक सर्पले डस्यो । विष नभएका सर्प समात्न वा उद्धार गर्न त्यति जोखिम भएन । डसिहाल्यो भने पनि म

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १३० पटक पढिएको
  • राष्ट्रपति पौडेलद्वारा कोसी गाउँपालिकामा लौकही सिटी हलको उद्घाटन

    इटहरी ।  सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । बुधबार आयोजित विशेष समारोहका बीच सिटी हलको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताउनुभएको छ । स्थानीय तहको महत्त्व बढेका बेला लौकही सिटी हलको भव्य उद्घाटन समारोह पनि यसकै एउटा उत्कृष्ट उदाहरण भएको उहाँले उल्लेख गर्नुभयो । ग्रामीण क्षेत्रमा यस प्रकारको आधुनिक तथा बहुउपयोगी सिटी हल निर्माण हुनु निकै सराहनीय कदम भएको भन्दै राष्ट्रपति पौडेलले यो परियोजनाले विकासका कार्यमा ती

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ३०५ पटक पढिएको
  • ताप्लेजुङको उत्तरी क्षेत्रस्थित ओलाङचुङगोला भन्सार कार्यालय पुनः सञ्चालनमा

    इटहरी। लामो समयदेखि कर्मचारी अभावका कारण बन्द रहेको ताप्लेजुङको उत्तरी क्षेत्रस्थित पुनः सञ्चालनमा आएको छ । भन्सार कार्यालयमा नायब सुब्बा स्तरका कर्मचारी प्रदीप धिताल भन्सार प्रमुखका रूपमा कार्यभार सम्हाल्न फक्ताङलुङ गाउँपालिकाको ओलाङचुङगोला पुग्नु भएपछि कार्यालय सञ्चालनमा आएको हो । नवनियुक्त भन्सार प्रमुख धिताललाई वडा नं। ७ का वडा अध्यक्ष छेतेन शेर्पाले स्वागत गर्नुभएको छ । स्थानीयवासीले लामो समयपछि भन्सार सेवा पुनः सञ्चालनमा आउनुलाई सकारात्मक रूपमा लिएका छन् ।नेपालको पूर्वी क्षेत्रमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको सबैभन्दा छोटो व्यापारिक नाका ओलाङचुङगोला हो । करिब ४० वर्षअघि निर्मा

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • २५१ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन,दुई सय २८ जना लाभान्वित

    इटहरी । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङको आयोजनामा गाउँपालिकाको सिँवा बजार र तापेथोक क्षेत्रमा दुई दिने शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत कुल २२८ जनाले स्वास्थ्य सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका अजयकुमार झाले जानकारी दिनुभयो । उहाँको अनुसार सिँवा बजारमा ४१ पुरुष र ८५ महिला गरी १२६ जना लाभान्वित भएका छन् भने तापेथोकमा ४१ पुरुष र ६१ महिला गरी १०२ जनाले सेवा लिएका छन् ।शिविरमा सहभागी नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच, औषधी वितरण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको ज

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १६७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]