विराटनगर, २२ माघ । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेको छ । विराटनगरस्थित संसारी माईस्थानदेखि बी प्लटसम्म युवा संघ र अनेरास्ववियुका युवाहरुले राँके जुलुस निकालेका थिए । स्थानीय निकायको निर्वाचन गर, महंगी नियन्त्रण गर, मन्त्रालय फुटाउने निर्णय खारेज गर लगायतका नारासहित राँके जुलुस निकालेका थिए । संसारी माईस्थानबाट निकालिएको राँके जुलुस बी प्लटमा पुगेर कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै अनेरास्ववियु उपमहासचिव भाष्कर खनाल, युवा संघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकी, मोरङका पूर्वउपाध्यक्ष किशोर भट्टराई, युवा संघ ने
सुन्दरहरैचा : मोरङको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस गिरिजाप्रसाद कोइराला कलेज अफ एग्रीकल्चर एण्ड रिसर्च सेन्टरमा अन्तर्राष्ट्रिय सामाजिक उद्यमशीलता चुनौती प्रतियोगिता आयोजना हुने भएको छ ।विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयहरूले यस प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।नेतृत्वकर्ता रिजन दाहालका अनुसार हल्ट चुनौतीमा आफ्नो उद्धम उपायहरूले सन् २०२४ सम्म अर्थात् अबको दुई वर्
सुन्दरहरैचा : सुनसरी भोक्राहा नरसिहं गाऊपालिका ३ खुनिया पुल स्थित पुर्व पश्चिम राजमार्गमा बस र ट्रक ठक्कर भइ आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । मृतक सबैको पहिचान भएको सुनसरी प्रहरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।उनका अनुसार मृत्यु हुनेमा बस चालक झापा गोलधाप १ का ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगाल कालचोनी बस्ने २५ वर्षीय निहाल प्रधान र ट्रक चालक बारा निजगढ नगरपालिका ९ का २७ वर्षीय शेख फिरोज रहेका छन् ।यस्तै, दुर्घटनामा २७ जना घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पताल इनरुवा, न्यूरो अस्पताल विराटनगर र विराट नर्सिङ अस्पताल विराटनगरमा उपचार भइरहेको एसपी थापाले बताए ।शु
इटहरी / सुनसरीको इटहरी २० तरहरामा रहेको तरहरा गुरुङ गुम्बामा थप नयाँ गुम्बा भवन निर्माणका लागि शिलान्यास गरिएको छ । स्वर्गिय दानवहादुर गुरुङको अध्यक्षतामा गुम्बा दर्ता गरी तत्कालिन समय वि.सं. २०५४ सालमा निर्माण गरिएको गुम्बा पुरानो भवनसंगै नयाँ वनाउने गरी शिलान्यास गरिएको हो । तरहरा गुम्बाको पुरानो भवनको तत्कालिन समयका अध्यक्ष स्वर्गिय दानवहादुर गुरुङले शिलान्यास गरेको गुम्बा पुरानो भएको तथा थप भवनको आवश्यकता समेत हुन थालेको समयमा समाजसेवी सिजन गुरुङको अगुवाईमा नयाँ गुम्बा भवन निर्माणको शिलान्यास एक कार्यक्रमका विच गरियो । गुम्बाको एक कठ्ठा एघार धुर जमि
सुन्दरहरैचा। मोरङ र सुनसरीलाइ मध्यनजर गर्दै र्कायक्रम सञ्चालकहरुलाइ सुदृढ र दक्ष,अबल, बनाउने उद्देश्यले मोरङको गोठगाँउ स्थित पञ्चायत मा वि मा एक दिवसिय उद्योषण कला तालिम आयोजना गरिएको छ। पहिलो पाइला नेपालको आयोजना तथा योगदान राष्ट्रका लागि सुन्दरहरैचा नगर र्काय समितिको सह-आयोजनामा उद्योषण कलामा दक्षता प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको संयोग ढकाल ले बताए। पहिलो पाइला नेपालका केन्द्रिय सदस्य निराजन धमलाको आतिथ्य तथा पहिलो पाइला नेपालको सुदरहरैचा नगर अध्यक्ष मनोज लामा कार्कीको अध्यक्षतामा रहेको तालिम र्कायक्रममा २० जना प्रशिक्षार्थीका रुपमा सहभागि रहेको छ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा सुनसरी जिल्ला शाखाले २ जना हकरलाई साइकल प्रदान गरेको छ ।प्रेस चौतारी सुनसरीले शनिबार धरानमा एक कार्यक्रम आयोजना गरि धरान र इटहरीका दुई हकरलाई साइकल वितरण गरेको हो । कार्यक्रममा धरानमा विगत १५ बर्षदेखि पत्रिका ग्राहकहरुको घरमा पुर्याउदै आइरहेका ५० बर्षीय बद्री राई र इटहरीमा विगत ८ बर्षदेखि पत्रिका वितरण गर्दै आइरहेका कल्याण राईलाई चौतारीले साइकल वितरण गरेको हो । उनीहरु दुवै जनालाई नेकपा एमाले केन्द्रीय महासचिव शंकर पोख्रेलले चाबी हस्तान्तरण गरेका थिए ।प्रेस चौतारीकी अध्यक्ष सुभद्रा प्याकुरेलले पत्रिका घरमा पुर्याउदै आएका वितरकलाई सहजताको लागि वित
काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ महामारीका कारण स्थगन गरिएका परीक्षाहरू आगामी फागुन ६ गतेदेखि प्रारम्भ गर्ने भएको छ । आयोगको बुधबारको बैठकले उपसचिव वा सोसरहका विभिन्न सेवाका ७८ पदका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।आयोगले जारी गरेको सूचनाअनुसार स्थगन भएका उपसचिव वा सोसरह ९अप्राविधिक÷प्राविधिक०, शाखा अधिकृत वा सोसरह ९प्राविधिक० र स्वास्थ्य सेवातर्फ नवौँ, आठौँ र सातौँ तहका ती पदको परीक्षा फागुन ६ गतेदेखि सुरु हुने छन् । न्याय, कानुन, सरकारी वकिल, प्रशासन, सामान्य प्रशासन, राजस्व, सङ्घीय संसद्, आर्थिक योजना तथा तथ्याङ्क, इञ्जीनियरिङ, सिभिल, जनरल, हाइवे, इरिगेशन, हाइड्रोपावर, ह
स्मार्ट्फोन ब्राण्ड भिभोले आफ्नो नयाँ फ्लागशिप मोडल V23e 'भि ट्वान्टिथ्री इ' को सफल प्रीबुकिङ्ग पश्चात् फेब्रुअरी महिनामा भिभोटाइन मनाउने भएको छ्। भिभोले फेब्रुअरी ६ देखि १४ सम्म भिभोटाइन मनाउने भएको हो।भिभोको आक्रमक बजार बिस्तारलाई कायम राख्दै V- Series अन्तर्गतको नयाँ V23e लाई थप प्रबर्द्धन गर्न भिभोटाइन फोटोग्राफी कन्टेस्ट र डिस्काउन्ट कुपन अफर गरेको हो। भिभोटाइन फोटोग्राफी कन्टेस्ट अन्तर्गत भिभोको फोनद्वारा खिचिएको कुनैपनी फोटो फेसबुकमा पोष्ट गरेर सबैभन्दा धेरै लाइक आउने ५ जनाले उपहार जित्न सक्नेछन् । पुरस्कारमा Ankur Sound core ब्रान्डको रु ३०
युटुबर चेतन कार्की पक्राउ परेका छन् । ब्राउन सुगर र गाँजासहित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ को खुर्कोटबाट उनी पक्राउ परेका हुन् ।बर्दिवासबाट काभ्रेपलाञ्चोकको धुलिखेलतर्फ जाँदै गरेका कार्कीको ०१-००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।चेतन भ्लगबाट चर्चामा आएका कार्कीमाथि लागुऔषध मुद्दामा सिन्धुली जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर अनुन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाथीभरा मन्दिर क्षेत्रमा चौथो पठक भारी हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार सात ९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिरमा चौथो पटक हिमपात भएको हो । बिहीबार पर्न थालेको हिमपातले बाटो पुरिएपछि तीर्थ यात्रीहरूलाई मन्दिरसम्म पुग्न सकस परेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका एक पदाधिकारीले भने, ‘आज बिहान ३० जना तीर्थ यात्रीहरू पाथीभरा मन्दिर क्षेत्र प्रवेश गरेका छन् । हिमपात निरन्तर छ । हिउँले बाटो पूरै छोपिएको छ । बाटो अनुमान गर्दै जानुपर्ने अवस्था छ । मन्दिर पुगेर फर्किने समयमा बाटो ओरालो पर्छ । ओरालो बाटोमा हिउँमा चिप्लिने समस्या हुन्छ ।'पाथीभरा क्षेत्रमा बिहीबार रातिदेखि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.