इटहरी। साना सिचाइँ कार्यक्रम ९एसआइपी० अन्तर्गत ओखलढुङ्गामा पछिल्लो छ वर्षको अवधिमा २४३ वटा सिचाइँ कुलो निर्माण भएपछि जिल्लाका दुई हजार ३२३ हेक्टर खेतीयोग्य जमिनमा बाह्रै महिना सिचाइँ सुविधा पुगेको छ । कार्यक्रमबाट नौ हजार ४१७ घरधुरी कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच २०७७ असार १२ गते भएको द्विपक्षीय सम्झौता अनुसार कोशी प्रदेशका आठ जिल्लाका ५९ स्थानीय तहमा कृषि उत्पादन वृद्धि तथा विपन्न समुदायको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले सञ्चालित साना सिंचाई कार्यक्रमको दोस्रो चरण २०८३ असार ३२ गते सम्पन्न भएको हो । परियोजनाका जिल्ला संयोजक कृष्ण त
इटहरी । झापाको भद्रपुर नगरपालिका-४, मायालु वन क्षेत्रमा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारबार फेरि एक जनाको ज्यान लिने मुख्य कारण बनेको छ । हात्तीको त्रासबाट खेतबारी जोगाउने उद्देश्यले लगाइएका अवैध विद्युतीय तारहरू अहिले मानिसकै लागि घातक बन्दै गएका छन् । बुधबार बिहान करिब ९ बजे भद्रपुर–४ मायालु वन क्षेत्रमा ६५ वर्षीया ज्योती लिम्बू आफ्नै बारीमा हात्ती धपाउन जडान गरिएको नाङ्गो विद्युतीय तारमा छोएपछि करेन्ट लागेर ढल्नु भएको थियो। केही समयपछि बुहारी सविता खड्काले उहाँलाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनु
इटहरी। जिल्ला प्रशासन कार्यालय मोरङले सबै धार्मिक स्थलहरूलाई चर्को आवाजमा लाउडस्पीकर, माइक वा साउण्ड बक्स प्रयोग नगर्न निर्देशन दिएको छ । विभिन्न धर्मावलम्बीहरूले धार्मिक क्रियाकलाप सञ्चालन गर्दा हुने उच्च ध्वनिका कारण जनस्वास्थ्यमा गम्भीर असर परेको जनगुनासो आएको उल्लेख गर्दै प्रशासनले यस्तो निर्देशन जारी गरेको हो । यसअघि मोरङ प्रशासनले डिजे प्रयोगमा रोक लगाएको थियो । बिहीबार सूचना जारी गर्दै मन्दिर, मस्जिद, चर्च, गुम्वा लगायतका सबै धार्मिक स्थलहरूलाई ध्वनि प्रदुषण सम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको हो । चर्को आवाजका कारण घरमा रहेका बालबालिका, वृद्धवृद्धा र बिरामीहरूमा मानसि
इटहरी। ताप्लेजुङको फुङलिङ नगरपालिका –८ स्थित धार्मिक तथा पर्यटकीय महत्व बोकेको चारपाटे क्षेत्रमा गौतम बुद्धको प्रतिमा स्थापना गरी औपचारिक रूपमा अनावरण गरिएको छ । एक कार्यक्रमको आयोजना गरी प्रतिमाको अनावरण कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामले गर्नुभएको हो ।कोशी प्रदेश सरकारको २० लाख रुपियाँ लगानीमा स्थानीय उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न भएको फुङलिङ नगरपालिका –८ का वडा अध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो। निर्माण उपभोक्ता समितिका अध्यक्ष टेकराज गुरुङका अनुसार बौद्ध धार्मिक परम्पराअनुसार विशेष पूजा, प्रार्थना तथा धार्मिक अनुष्ठान सम्पन्न गरेपछि प्रतिम
इटहरी । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सिसा र प्लास्टिकमुक्त नगर बनाउने अभियान सञ्चालन गर्ने भएको छ । वातावरणीय प्रदूषण रोक्न नगरपालिका भित्र सिसा र प्लास्टिक प्रयोगलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्न लागिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो । साउन १३ गते बसेको नगरकार्यापालिकाको बैठकलले नगरपालिका भित्र सिसाको बोतलमा पाइने बियर बिक्री वितरणमा पूर्णरुपमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरिसकेको छ । नगरपालिका भित्र आयात भएका सिसाका बोतलका बियर तीन महिनाभित्र बिक्री वितरण गरिसक्नु पर्ने छ । कात्तिकबाट नगरपालिका भित्र होटल, पसल, रेष्टुरेन्ट लग
इटहरी । इलामको सूर्योदय नगरपालिकामा १२० मिटर लामो अत्याधुनिक सिसाको ९ग्लास० पुल निर्माण भएको छ । सूर्योदय नगरपालिका–८, मानेडाँडामा सङ्घीय सरकार र सूर्योदय नगरपालिकाको संयुक्त लगानीमा १२० मिटर लम्बाइ र डेढ फिट चौडाइ भएको यो पुल निर्माण गरिएको हो ।२०७९ सालमा बिएटी निर्माण कम्पनीले सात करोड ६१ लाख ७८ हजार ३७१ रुपियाँमा ठेक्का लिएको सो पुलको हाल करिब ९५ प्रतिशत काम सम्पन्न भएको सूर्योदय नगरपालिकाका इन्जिनियर आशिष सुवेदीले जानकारी दिनुभयो । पुलमा सिसा राख्ने कामसमेत सकिइसकेको र यसको उचाइ ६० मिटर रहेको छ । रमणीय पर्यटकीय स्थलमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले निर्मित यस सिसाको पुल आगामी असोज महिनाम
इटहरी । हरेक बिहान दुध दुहेर डेरीमा बुझाउने किसानको विश्वास हुन्छ, आफ्नो पसिनाको मूल्य समयमै हात पर्छ । त्यही आम्दानीबाट पशुका लागि दाना किनिन्छ, घरखर्च चलाइन्छ, ऋणको किस्ता तिरिन्छ र छोराछोरीको पढाइ खर्च जुटाइन्छ । झापाको दमक–३ का करिब दुई सय दुग्ध किसानका लागि यो विश्वास अहिले ठुलो चिन्तामा बदलिएको छ ।दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दुध बिक्रीबापतको रकम लामो समयदेखि भुक्तानी गर्न नसकेपछि किसान आर्थिक सङ्कटमा परेका छन् । प्रारम्भिक रूपमा ६० जना किसानको २२ लाख ६५ हजार दुई सय रुपियाँ बक्यौता प्रमाणित भइसकेको छ । पीडितका अनुसार रकम पाउन बाँकी किसानको
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा चार दिनअघि भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाका सरोकारवाला निकायले शान्ति, सुरक्षा, सद्भाव तथा अमनचयन कायम गर्न संयुक्त ऐक्यबद्धता जनाएका छन्।बुधबार राति सम्पन्न सर्वपक्षीय बैठकले जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न, सामाजिक सद्भाव सुदृढ बनाउन तथा कानुनी प्रक्रियामार्फत घटनाको समाधान खोज्न पाँचबुँदे प्रतिबद्धता जनाएको हो। जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताका अनुसार बैठकमा पीडितलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउने, मृतकलाई सहिद घोषणा गर्ने तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्न गृह मन्त्रालयसमक्ष आग्
इटहरी । बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडमा आज बिहान भएको आगलागीमा तीन वटा घर पूर्ण रूपमा नष्ट भएका छन् भने अन्य तीन वटा घरमा आंशिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार गणेश पोख्रेलको काठको दुईतले घरबाट विद्युत् ‘सर्ट’ हुँदा सल्किएको आगो तारा अर्यालको टिनको छानो भएको एकतले घर र सुन्दर राजवंशीको टिनको छानो भएको एकतले घर पूर्ण रूपमा नष्ट भएका छन् । त्यसैगरी, भरत पोख्रेलको एकतले घर र सारदा राजवंशीको दुईतले पक्की घरमा आंशिक क्षति पुगेको छ । दीपेन्द्रकुमार वलीको दुईतले पक्की घरको दोस्रो तलाको झ्यालमा क्षति भएको छ । बिर्तामोड, भद
इटहरी। मोरङ प्रहरीले छुट्टाछुट्टै कारबाहीमा विराटनगर विमानस्थलबाट ब्राउन सुगरसहित एक जना र सुन्दरहरैँचाबाट भरुवा बन्दुक तथा गाँजासहित अर्का एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–९ महेन्द्रचोकस्थित एक्स्पो एक्सप्रेस कुरियरमार्फत काठमाडौँ पठाउन लागिएको खेलकुद जुत्ताको कार्गो सामानमा लागुऔषध फेला परेको हो। विराटनगर विमानस्थलको प्रस्थान कक्षमा एक्स–रे मेसिनबाट जाँच गर्ने क्रममा जुत्ताको सोलभित्र कालो प्लास्टिकमा पोको पारेर लुकाइएको अवस्थामा १८ दशमलव ४८ ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उक्त सामान कुरियर गर्न
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.