All Posts By कोशी प्रेस

    Showing १,४०१-१,४१० of १२,७५६ items.
  • इलाममा चिया अनुसन्धान केन्द्र सञ्चालन हुने

    इटहरी । इलामको सूर्योदय नगरपालिका–७, कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालन हुने भएको छ । केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र सूर्योदय नगरपालिकाबिच सहमति भएपछि सञ्चालन हुने भएको हो । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोडभन्दा बढी लागनीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कृषि मन्त्री इस्ताइल मन्सुरसहितको सहभागितामा भएको सहमतिपछि कोशी प्रदेश सरकारको उद्योग, कृषि

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • १२० पटक पढिएको
  • सुन्दरहरैंचाको बाँसबारीमा अटोवेजको नयाँ शाखा सञ्चालन

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ बाँसबारीमा अटोवेज प्रा.लि.ले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । पोखरामा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको अटोवेजको यो नवौँ शाखा हो। शाखाको नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष भीम घिमिरे र नेपाल खानी तथा क्रसर व्यवसायी महासंघका महासचिव देवराज तामाङले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा निर्माण व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। नेपालका लागि बुल मसिन इण्डियाको एकमात्र आधिकारिक वितरकका रूपमा अटोवेजले विगत पाँच वर्षदेखि बुल मसिनका निर्माण उपकरणहरूको बिक्री, वितरण तथा बिक्रीपछिको सेवा प्र

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ५६० पटक पढिएको
  • माई खोलाको डाइभर्सन बगेपछि विद्यार्थी समस्यामा

    इटहरी । केचना(कञ्चनजङ्घा सडक खण्डको माई खोलास्थित बेलासेमा बनाइएको डाइभर्सन बाढीले बगाएपछि विद्यालय जाने बालबालिका समस्यामा परेका छन् ।गत असोज १८ गते राति वर्षापछि आएको बाढीले बेलासेमा रहेको पक्की पुल भासिएर आवतजावत ठप्प भएपछि माई खोलामा डाइभर्सन बनाएर यातायात र पैदलयात्रीका लागि सहज बनाइएको थियो । तर, गत एक सातादेखि निरन्तर वर्षा भएपछि आएको बाढीले उक्त डाइभर्सन बगाएको हो । पुनः वैशाख २१ गते दिउँसो बनाइएको डाइभर्सन पनि सोही राति आएको बाढीले बगाएपछि यो क्षेत्रमा वारिपरि गर्ने बाटो पूर्णरूपमा बन्द भएको छ । डाइभर्सन बगेपछि माई खोला तरेर चिसोपानीस्थित विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी विद्याल

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १७८ पटक पढिएको
  • ताप्लेजुङको मैवाखोला गाउँपालिकामा घर आँगनमै भत्ता पाएपछि वृद्धवृद्धा दङ्ग

    इटहरी । ताप्लेजुङको मैवाखोला गाउँपालिका–६ फाकुम्बाका वृद्धवृद्धा घर आँगनबाटै भत्ता रकम पाएपछि दङ्ग भएका छन् । गाउँपालिकाले घुम्ती शिविर आयोजना गरेर घर आँगनमै सामाजिक सरक्षा भत्ता पाएपछि उनीहरु दङग भएका हुन् ।मैवाखोला गाउँपालिकाले वडा नम्बर ६ फाकुम्बामा बुधबार एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । फाकुम्बास्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित घुम्ती शिविरमा वृद्धवृद्धा अर्थात ज्येष्ठ नागरिकसहित ७८ जना लाभग्राहीले भत्ता रकम बुझेका छन् । घर आँगनमै आयोजित घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता रकम पाएपछि लाभग्राही खुसी भएका हुन् । भत्ता रकमका लागि बैङ्क र कुनैबेला वडा कार्यालय धाउ

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १७५ पटक पढिएको
  • माई, पुवा र जोगमाइ खोलामा बेलीब्रिज निर्माणको काम सुरु

    इटहरी। गएको असोज १८ गते राति वर्षापछि आएको बाढीले बेलीब्रिज बगाएपछि पुनः इलामको पुवा खोला र जोगमाइ खोलाको बेलीब्रिजको काम थालिएको छ । मेची राजमार्गको वैकल्पिक मार्गका रुपमा निर्माण भइरहेका केचना कञ्चनजंघा सडकअन्तर्गत पर्ने पुवाखोला र मेची राजमार्गको गोदकस्थित सिमल गोलाइ–तिल्केनी सडकबिच पर्ने जोगमाइ खोलामा पुनःबेलीब्रिजको काम थालिएको हो । मेची राजमार्गको माइखोलास्थित राजदुवालीमाथिको सडक पटक–पटक पहिरो गएर भरपर्दो नभएपछि वैकल्पिक मार्गमा पर्ने खोलामा पुल निर्माणलाई तीब्रता दिइएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।   केचना कञ्चनजंघा सडकबिचमा पर्ने माइखोलाको भासिएको बेलासे पुलमा प

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १५६ पटक पढिएको
  • इलामको कन्याममा सञ्चालनमा आउँदै देशकै पहिलो चिया परीक्षण तथा अनुसन्धान केन्द्र

    इटहरी । इलामको सूर्योदय नगरपालिका –७ कन्याममा निर्माण भएको चिया परीक्षण प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ । नेपालमै पहिलो पटक निर्माण भएको चिया परीक्षण, प्रवर्धन तथा अनुसन्धान केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश र सूर्योदय नगरपालिकाबिच सहमति भएपछि केन्द्र सञ्चालनमा आउने भएको हो । कोशी प्रदेश सरकारको ७५ प्रतिशत र सूर्योदय नगरपालिकाको २५ प्रतिशत गरी १८ करोड बढी लगानीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कृषिमन्त्री

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १४७ पटक पढिएको
  • विराटनगरमा प्रहरी र परिवारका लागि निःशुल्क आँखा शिविर,२९९ जना लाभान्वित

    इटहरी । नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबिच बहालवाला तथा पूर्वप्रहरी कर्मचारी, तिनका आश्रित परिवार र सर्वसाधारणलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराइने भएको छ । सातै प्रदेशमा आँखा स्वास्थ्य सेवा सञ्चालन गर्ने ती दुई निकायबिचमा  सम्झौता भएको थियो । सोही सम्झौता अनुसार अभियानको सुरुआत कोशी प्रदेशबाट गरिएको छ । नेपाल प्रहरी कोशी प्रदेश कार्यालयको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित विराटनगर आँखा अस्पतालको प्राविधिक सहकार्यमा प्रहरी कर्मचारी, तिनका परिवार तथा पूर्वप्रहरी कर्मचारीका लागि मङ्गलबार निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।शिविरमा  २

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ११८ पटक पढिएको
  • अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार

    इटहरी । खोटाङ जिल्ला प्रशासन कार्यालयले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्लाका दशवटै स्थानीय तहलाई पत्राचार गर्दै अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिकसहित विवरण पेस गर्न भनिएको हो ।  प्रशासकीय अधिकृत प्रभात ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा पहिचान गरी उक्त जग्गाको अतिक्रमण हटाउने योजनासमेत संलग्न गर्न स्थानीय तहलाई आग्रह गरिएको छ । स्थानीय तहलाई पठाइएको पत्रमा अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको ‘हार्ड’ र ‘सफ्ट’ दुवै कपी प्रशासनमा बुझाउन आग्रह गरिएको छ । गृह मन्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १२६ पटक पढिएको
  • मैवाखोलामा घुम्ती शिविरबाट २ दिनमै १,७२१ जनाले सेवा पाए

    इटहरी ।  ताप्लेजुङको मैवाखोला गाउँपालिकामा सोमबारदेखि सुरु भएको एकीकृत घुम्ती सेवा शिविरमा दुई दिनमा एक हजार ७२१ जना सेवाग्राहीले सेवा लिएका छन् । सोमबार र मङ्गलबार दुई दिन वडा नं। १ र २ ढुङ्गोसाँघुका नागरिकहरूले सेवा लिएका हुन् । पालिकाको कार्यालयमार्फत प्रदान हुँदै आइरहेको सेवा हरेक वडामा नागरिकलाई प्रदान गरि सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । उहाँका अनुसार सोमबारदेखि सुरु भएको घुम्ती सेवा शिविरमा पालिकाको आयुर्वेद तथा औषधालय सहित १४ ओटा शाखाले सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । त्यस्तै सोही शिविरमार्फत सामाजिक सुरक्षा भत्ता स

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • १६० पटक पढिएको
  • त्रियुगा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा

    इटहरी ।  उदयपुरको चौदण्डीगढी नगरपालिका–१० स्थित मदन भण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगा नदीमा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन आयोजना पुल्चोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा ५५७ मिटर लामो उक्त झोलुङ्गे पुलको निर्माण सम्पन्न भएसँगै मङ्गलबारदेखि स्थानीयले सञ्चालनमा ल्याएका हुन्  । उक्त पुलबाट त्रियुगा नदी वारपार गर्न सर्वसाधारणलाई खुला गरिएको जानकारी दिँदै स्थानीय उपभोक्ता समितिका अध्यक्ष अमृतबहादुर अधिकारीले बर्सौंदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • ११८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]