All Posts By कोशी प्रेस

    Showing १,५७१-१,५८० of ११,७७० items.
  • सुन्दरहरैँचा नगरपालिका–२ र ३ का दुई युवक अवैध पेस्तोल, वाकीटकी र काठको हतियारसहित पक्राउ, थप अनुसन्धान जारी

    इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट ९वाकीटकी०सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका वडा नं। २ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बू र वडा नं। ३ बस्ने २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ९प्रप्रनाउ० हरिनन्दन चौधरीका अनुसार, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी गछियाबाट खटिएको संयुक्त टोलीले माघ २६ गते साँझ सिलास लिम्बूको घरमा खानतलासी गरेको थियो ।खानतलासीका क्रममा लिम्बू सुत्ने कोठाबाट मेडिएन युएसए लेखिएको एक थान

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १८२ पटक पढिएको
  • भ्रष्टाचार अन्त्य र सुशासनका आधारमा कांग्रेसलाई भोट दिन गगन थापाको अपिल

    इटहरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब भोटमा बदल्न आग्रह गर्नुभएको छ । मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेताकार्यकर्तालाई सम्बोधन गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । थापाले कांग्रेसले बोलेको कुरा पूरा गरेको छ कि छैन भन्ने विषय जनतालाई बताइदिन समेत आग्रह गर्नुभयो । उहाँले अहिले निर्वाचन आचार संहिताका कारण धेरै बोल्न मिल्ने अवस्था नरहेको बताउँदै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आधार सहित काम गर्नु पर्ने पनि बताउनुभयो । उहाँ सोमवार विराटनगर आउनुभएको थियो । मंगलवार बिहान इटहरी, झुम्का, इनरुवा हुँदै उहाँ सर्लाहीतर्फ प

    • प्रकाशित मितिः माघ २७, २०८२
    • १४९ पटक पढिएको
  • इटहरीमा बालकला साहित्य महोत्सव २०८२ फागुन १ र २ गते सुरु हुँदै

    इटहरी । पाथीभरा माध्यमिक विद्यालय इटहरीको आयोजनामा यही फागुन १ र २ गते ‘इटहरी बालकला साहित्य महोत्सव २०८२’ सञ्चालन हुने भएको छ। विद्यार्थीहरूमा साहित्यप्रतिको अभिरुचि अभिवृद्धि गर्दै पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।महोत्सव वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त बालसाहित्य सर्जकहरूसँगै स्थानीय साहित्यकार, कवि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहने पाथिभरा इङलिस बोर्डिङ स्कुलका अध्यक्ष निर्मल कुमार रिजालले बताउनुभयो।कार्यक्रम संयोजक विक्रम कुमार घ

    • प्रकाशित मितिः माघ २७, २०८२
    • ३११ पटक पढिएको
  • ट्राइबेकरमा धरान एफसीलाई हराउँदै पोखराको लालीगुराँस सेमिफाइनलमा

    इटहरी । पोखराको लालीगुराँस एसोसिएसन धरानमा जारी २६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको उपविजेता आयोजक धरान फुटबल क्लबलाई ट्राइबेकरमा ५–४ गोलले पराजित गर्दै लालीगुराँसले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । धरान रंगशालामा सोमबार सम्पन्न खेलको निर्धारित ९० मिनेट तथा थप १५ मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल हुन नसकेपछि मुख्य रेफ्री मनिष अधिकारीले खेलको निर्णय ट्राइबेकरमार्फत लिएका थिए । ट्राइबेकरमा लालीगुराँसका लागि राम थापा, आशिष गुरुङ, टिकराज गुरुङ, सुदीप गुरुङ र अब्दुल युसुफ हाउलेले गोल गरे । धरान फुटबल क्लबक

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २०२ पटक पढिएको
  • खोटाङको दिप्लुङमा विवाह भोजपछि सामूहिक बिरामी, फुडपोइजनको आशङ्का

    इटहरी। खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि घटनाको अवस्था बुझ्न कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली आज यहाँ आएको छ । विवाह भोज खाएको १२ घण्टापछि सुरुमा ज्वरो आउने, काम्ने र झाडापखाला लाग्नेजस्ता समस्या निवारण नभएपछि सो टोली घटनास्थल दिप्लुङ आएको हो । दिप्लुङकै निगालावासस्थित भञ्ज्याङका रामकुमार राईको घरमा स्वास्थ्य शिविर आयोजना गरेर उपचारको प्रबन्ध मिलाइए पनि बिरामीको चाप अधिक बढेपछि कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय विराटनगरको टोली झिकाइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलले बत

    • प्रकाशित मितिः माघ २६, २०८२
    • २०३ पटक पढिएको
  • फिदिममा अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार वितरण, तीन स्रष्टा सम्मानित

    इटहरी । लेखक साहित्यकार तथा पाँचथरको फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष स्वर्गीय अमर नेम्वाङको स्मृतिमा स्थापित ‘अमर नेम्वाङ स्मृति साहित्य पुरस्कार’ तीन जना स्रष्टालाई प्रदान गरिएको छ । सोमबार फिदिममा एक समारोहको आयोजना गर्दै पुरस्कार वितरण गरिएको हो ।पुरस्कृत हुनु हुने स्रष्टामा निबन्धकार तथा पत्रकार दीपक सापकोटा, कवि देवेन्द्र सोक्तेन र लिम्बू याक्थुङ भाषाका साहित्यकार मलिसा याक्थुम्बा हुनुहुन्छ । यो वर्ष वितरण गरिएको पुरस्कार सातौँ संस्करणको हो । पुरस्कार स्वरूप प्रत्येक स्रष्टालाई जनही ५० हजार रुपियाँ नगदसहित कदरपत्र र दोसल्ला ओढाएर प्रमुख अतिथीको आसनबाट साहित्यिक तथा राजनैतिक व्यक्

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १८३ पटक पढिएको
  • मुलकको सम्वृद्धि र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित : अध्यक्ष ओली

    इटहरी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ पछि एमालेले जनताको अभिमत लिएर सरकार बनाउने दाबी गर्नुभएको छ । उहाँले मुलकको सम्वृद्धी र विकासको लागि एमालेको नीति जनताले बुझेकाले जित निश्चित रहेको जनाउँदै यस्तो दाबी गर्नुभएको हो ।झापा क्षेत्र नं। ५ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहनुभएका ओलीले सोमबार गौरीगन्जमा भएको मतदाता भेटघाट कार्यक्रममा बोल्दै भदौ २३ गतेको घटना दुखद भएको र २४ गतेको बिध्वंसले मूलकको अर्थतन्त्र नै धेरै पछि परेको जनाउनुभयो । कसलाई मतदिने मतदाताको नीजि अधिकार भएको ओलीको भनाइ छ ।  कसैको लैलैमा लागेर मतदान नगर्न अनुरोध गर्दै उहाँले मत

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १९१ पटक पढिएको
  • मोरङमा प्रतिनिधि सभा निर्वाचनको लागि सामग्री प्याकिङ सुरु

    इटहरी ।  फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनको लागि मोरङमा निर्वाचन सामग्री प्याकिङ गर्न थालिएको छ । विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा ३७ प्रकारका मतदान सामग्रीहरु प्याकिङ शुरु गरिएको र निर्वाचन आयोगबाट उपलब्ध हुने सामग्री प्राप्त भएपछि सबै सामग्री एकमुष्ट मतदान अधिकृतहरुलाई वितरण गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । ३७ प्रकारका मतदान सामग्रीमा अनुसूचि फारम, परिचय पत्र, सियो धागो, लाहा, स्वस्तिक छाप, मतपत्र प्याकिङ गर्ने झोला लगायतका सामग्री रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । उहाँले ३७ प्रकारका सामग

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १३९ पटक पढिएको
  • झापामा मतदानस्थलको अनुगमन सुरु

    इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापामा मतदान केन्द्र तथा स्थलहरूको संयुक्त अनुगमन सुरु भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, झापाका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइटेल लगायत जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको टोलीले मतदानस्थलहरुको अनुगमन सुरु गरेको हो । निर्वाचनलाई भयरहित, शान्त र निष्पक्ष वातावरणमा सम्पन्न गर्नका लागि जिल्लाका मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरिएको र त्यसै अनुसार सुरक्षा व्यवस्था मिलाइने प्रमुख जिल्ला अधिकारी गेलालले जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालका अनुसार ५ निर्वाचन क्षेत्र रहेको झापामा २८

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १९४ पटक पढिएको
  • तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद सुनसरीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न

    इटहरी । तमु (गुरुङ) समुदायहरूको साझा संस्था तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति सुनसरीको पाँचौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन तमु हयुल छोज धि गुरुङ राष्ट्रिय परिषद केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डम्बरबहादुर गुरुङ (डीबी कोके गुरुङ) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष केशरमान गुरुङ, केन्द्रीय सदस्यहरू बलिमान गुरुङ र दिव्यराज गुरुङ, कोशी प्रदेश अध्यक्ष होम घले, साथै पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष भद्रमान गुरुङको विशेष उपस्थिति रहेको थियो । अधिवेशनले दिलीप गुरुङको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको

    • प्रकाशित मितिः माघ २६, २०८२
    • १०३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]