All Posts By कोशी प्रेस

    Showing १,७११-१,७२० of १२,७७८ items.
  • पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन गर्ने

    इटहरी । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले रैथाने बाली खेतीको प्रवर्धन  गर्ने भएको छ । गाउँपालिकाले भटमास, सेतो कोदो, फापरजस्ता पुरानो रैथाने बालीको संरक्षण तथा प्रवर्धन गर्न लागेको हो । खेती गर्न छोडिएका कारण मासिने अर्थात लोप हुने अवस्थामा पुगेको रैथाने बाली खेतीको प्रवर्धन योजना गाउँपालिकाले अघि सारेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार रैथाने बालीको संरक्षण गर्ने उद्देश्यसहित खेती प्रवर्धन योजना कार्यान्वयन गर्न लागिएको हो । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत रैथाने बाली खेती प्रवर्धन कार्यक्रम सञ्चालन गर्न लागिएको निमित्त प्रमु

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १५३ पटक पढिएको
  • जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार एक कैदी पक्राउ

    इटहरी । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको तुम्वेवा गाउँपालिका २ मितोकबाट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा तुम्वेवा गाउँपालिका २ मितोक निवासी ३५ वर्षीय रमेश लावती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । लावतीलाई तुम्वेवा गाउँपालिका २ मितोक स्थित आफ्नै घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख अनिषकुमार कर्णले जाकारी दिनुभयो ।प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका आङदेम्बे २०८२ भदौ  २४ गते जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए ।  गोप्य सूचनाका आधारमा प्रहरीले पक

    • प्रकाशित मितिः चैत २८, २०८२
    • १०० पटक पढिएको
  • ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयद्वारा सेवा प्रवाह सहज र जनमुखी बनाइयो

    इटहरी। ताप्लेजुङस्थित जिल्ला प्रशासन कार्यालयले थप सहज र सरल रूपमा सेवा प्रवाह सुरु गरेको छ । कार्यालयको सेवालाई सुदृढ गर्दै जनमुखी र सेवाग्राहीमैत्री बनाउने उद्देश्यसहित सहज सेवा प्रवाह थालिएको हो ।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार सेवा प्रवाहलाई परिष्कृत गर्दै थप सरल र सहज बनाइएको छ । प्रशासन कार्यालयबाट प्रवाह हुने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रजस्ता सेवालाई सहज बनाउने प्रयत्न गरिएको सहायक प्रजिअ भट्टराईले बताउनुभयो ।उहाँका अनुसार उक्त सेवाका लागि सुरुमा कागजातमा तोक लगाउने र प्रक्रिया पूरा भएपछि प्रमाणित गर्नेजस्ता काम अह

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १९० पटक पढिएको
  • नक्कली नम्बर प्लेटका ४ सवारी नियन्त्रणमा

    इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिरहेका ४ वटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको छ । मातहतका इकाइहरूको संयुक्त चेकिङका क्रममा लिइएका सवारी साधनहरु पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रहरीका अनुसार विशेष सूचनाको आधारमा विभिन्न मितिमा गरिएको सवारी चेकजाँचका क्रममा आवश्यक कागजात नभएका तथा आफुखुसी नक्कली नम्बर प्लेट प्रयोग गरी कानूनविपरीत सञ्चालन भइरहेका सवारी साधनहरू नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका सवारीमध्ये २०८२ चैत १० गते सुनसरीको इटहरी चोकबाट प्र।१(०१(००१ च ९९१२ नम्बरको सेतो रंगको टाटा

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १७० पटक पढिएको
  • प्यागोडा मोडेल सेकेण्डरी इङ्लिस स्कुलको ३२ औँ वार्षिक उत्सव , अभिभावक दिवस तथा नतिजा प्रकाशन

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ वीरेन्द्रनगरमा रहेको प्यागोडा मोडेल सेकेण्डरी इङ्लिस स्कुलले आफ्नो ३२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन सम्पन्न गरेको छ । शुक्रबार विद्यालयले आफ्नो विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरेको हो । पथरी शनिश्चरे वडा नं ३ का वडाध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल रमेश कुमार कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ मा कक्षा ५ र ८ वाहेक अन्य कक्षाहरूबाट हरेक त्रैमासिक परीक्षामा जीपीए ४ हासिल गर्ने विद्यार्थीहरूलाई  थप हौसला र प्रेरणा प्रदान गर्न टिका ,अबिर, रुद्राक्ष माला, प्रमाणपत्र सहितले पुरस्कृत गरिएको

    • प्रकाशित मितिः चैत २७, २०८२
    • ३०१ पटक पढिएको
  • बजार अनुगमनमा कडाइ गर्दै इलाम नगरपालिका

    इटहरी। म्याद सकिएका दैनिक उपभोग्य वस्तुहरुको प्रयोग बढ्न थालेपछि इलाम नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पछिल्लो समय नगरपालिकाले इलाम बजारसहित विल्याँटे, पुवाखोला, भन्ज्याङ लगायतका बजारको अनुगमन गरिरहेको छ । आज गरिएको अनुगमनका क्रममा पनि कुहिएका फलफूल, उपभोग्य समयावधि सकिएका पेय पदार्थ भेटिएको अनुगमनमा संलग्न इलाम नगरपालिकाकी कर्मचारी सिता खवासले जानकारी दिनुभयो। यसैबीच जिल्ला प्रशासन सहित इलाम नगरपालिका उपप्रमुख विष्णुकुमारी दाहाल नेतृत्वको बजार अनुगमन टोलीले इलाम बजार स्थित झापाली मिष्ठान्न भण्डारले म्याद गुज्रेका मिठाइ बिक्री गरेको भन्दै पाँच हजार रुपियाँ जरिवाना गरेको छ ।&nb

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १५८ पटक पढिएको
  • कोशी क्षेत्रमा चोरी पैठारीका सवारी विरुद्ध प्रहरीको कडाइ, चार गाडी बरामद

    इटहरी । भारत तथा नेपालका विभिन्न स्थानबाट चोरी पैठारी गरी ल्याई सञ्चालन गरिएका सवारी साधनहरू प्रहरीले नियन्त्रणमा लिएको छ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा मातहतका निकायहरूको संयुक्त चेकिङ टोलीले विशेष सूचनाको आधारमा ती सवारी साधनहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आवश्यक कागजात बिना तथा नक्कली नम्बर प्लेट प्रयोग गरी कानूनविपरीत सञ्चालनमा रहेका चार वटा चारपाङ्ग्रे सवारी साधन बरामद गरिएको छ।नियन्त्रणमा लिइएका सवारी साधनहरूमा २०८२ चैत १० गते सुनसरीको इटहरी चौकबाट प्र।१(०१(००१ च ९९१२ नम्बरको सेतो रंगको टाटा कम्पनीको पन्च निजी कार, २०८२ चैत ५ गते सुनसरीक

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १२२ पटक पढिएको
  • झापामा वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

    इटहरी ।  झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाइको प्लग जडान गर्ने क्रममा नाङ्गो तार छोएपछि बास्कीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।घटनाबारे अनुसन्धानका लागि प्रहरी अधिकृतसहितको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १९६ पटक पढिएको
  • तीन वर्षदेखि जारी सूचनाको बेवास्तापछि इनरुवा नगर प्रमुख केदार भण्डारी डोजरसहित सडकमा, अतिक्रमित सडकपेटी हटाउने अभियान मन्त्रीको घरअगाडिबाट सुरु

    इटहरी। इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले पूर्व–पश्चिम लोकमार्गको सडकपेटी खाली अभियान सुरु गर्नुभएको छ । नगरको डोजरसहित नगर प्रमुख भण्डारीले सडक बाटोको जग्गामा अधिक्रमण गरेर बनाएको घर टहरा हटाउन सुरुवात गर्नुभएको हो । शुक्रबार बिहानमात्र कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले आफ्नो घर अगाडि वर्षौदेखि टहरा बनाएर सडकपेटी अतिक्रमण गर्नुभएकाले उहाँकै घर अगाडिबाट डोजर चलाएर सडकपेटी खाली गराउने अभियान सुरु गर्नुभएको छ । इनरुवा नगरपालिकाले पटक पटक ३५ दिने, १५ दिने, सात दिने र तीन दिने सूचना जारी गरेको भए पनि इनरूवाको अतिक्रमित सडकपेटीबाट घरटहरा नहटाई खाली

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १५९ पटक पढिएको
  • हटाइयो चियाको न्यूनतम समर्थन मूल्य

    इटहरी।  सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य हटाउने निर्णय गरेको छ । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ मा उद्योगले किसानलाई चियाको न्यूनतम मूल्य प्रतिकिलो रु ४० दिनुपर्ने र किसानले ४० प्रतिशत मुनाको चिया मात्र टिप्नुपर्ने मापदण्ड थियो । तर अधिकांश किसान र उद्योगीले खुला बजारको माग गरेपछि नगरपालिकाको १८औँ नगर सभाको तेस्रो बैठकले उक्त ऐन संशोधन गरेको कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बरालले बताउनुभयो । नगरप्रमुख बरालले सभाले झन्झटिला र नागरिकलाई असहज हुने विभिन्न सात ऐन संशोधन गरेको बताउनुभयो । नगरपालिका क्षेत्रमा ६३ साना–ठूला चिया उद्योग रहेका छन् । पालि

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]