All Posts By कोशी प्रेस

    Showing १,७६१-१,७७० of १३,६०१ items.
  • भारतबाट नेपाल आउँदै गरेका इटहरीका २५ वर्षीय निशान कार्की १ दशमलव २९ ग्राम ब्राउनसुगरसहित भोक्राहा नरसिंहबाट पक्राउ

    इटहरी । सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा गरिएको चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–१७ निवासी २५ वर्षीय निशान कार्की पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका कार्कीको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा १ दशमलव २९ ग्राम ब्राउनसुगर लागूऔषध फेला पारेको जनाएको छ।बरामद गरिएको लागूऔषधसहित कार्कीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३५३ पटक पढिएको
  • लागूऔषध दुरुपयोगविरुद्ध जनचेतना, सर्वसाधारणलाई पानी वितरण

    इटहरी । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सरल उपचार तथा पुनःस्थापना केन्द्रले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । “लागूऔषध होइन, स्वस्थ जीवन रोजौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा दुव्र्यसनलाई अपराध नभई उपचारयोग्य रोगका रूपमा हेर्नुपर्ने सन्देश दिइएको थियो। केन्द्रका प्रतिनिधि रोहित गुरुङले दुव्र्यसनबाट प्रभावित व्यक्तिलाई अवसर, माया र उचित उपचार उपलब्ध गराएमा उनीहरूमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो । कार्यक्रमका क्रममा अत्यधिक गर्मीलाई मध्यनजर गर्दै बाटोमा हिँड्ने सर्वसाधारणलाई निःशुल्क खानेपानी वितरण गर्नुका साथै लागूऔषध दुरुपयोग विरुद

    • प्रकाशित मितिः असार १३, २०८३
    • १४१ पटक पढिएको
  • मोरङमा चैते धानको उत्पादन बढ्यो, उचित मूल्य नपाउँदा किसान मार्कामा

    इटहरी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ ।  गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढे पनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गत वर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यस वर्ष वृद्धिभई ५ द

    • प्रकाशित मितिः असार १३, २०८३
    • १७२ पटक पढिएको
  • विराटनगरका कांग्रेस नेता अभिषेक गिरी कारागारको रकम असुली आरोपमा पक्राउ

    इटहरी ।  मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीलाई पक्राउ गरेको छ।जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध गराइने रकम अनियमित रूपमा असुलेको आरोपमा शनिबार बिहान उनलाई विराटनगर महानगरपालिका–४ स्थित घरबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले गिरीलाई कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरे।कारागारका कैदीबन्दीलाई प्राप्त हुने रकम उनले लिएको आरोप छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कटवालले बताए। प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा शनिबार बिहानै विश

    • प्रकाशित मितिः असार १३, २०८३
    • १५५ पटक पढिएको
  • लालीगुराँसमा नगरस्तरीय विज्ञान प्रदर्शनी सम्पन्न, विद्यार्थीका नवप्रवर्तनात्मक परियोजनाले सबैको ध्यान खिच्यो

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्त माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर–माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता तथा नवप्रवर्तनको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनीमा सार्वजनिक माध्यमिक विद्यालय, स्मारक माध्यमिक विद्यालय, तिनजुरे माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय, रत्न माध्यमिक विद्यालय, माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुल, वसन्त सदन इङ्लिस बोर्डिङ स्कुल तथा वसन्त माध्यमिक विद्यालयका विद्यार्थीह

    • प्रकाशित मितिः असार १३, २०८३
    • १४५ पटक पढिएको
  • इटहरी वडा नम्बर ३ मा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु

    इटहरी उपमहानगरपालिका वडा नम्बर ३ र प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि, सुन्दरहरैंचा–मोरङको सहकार्यमा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ।    तालिमको उद्घाटन वडा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।उद्घाटन कार्यक्रममा वडा सचिव रिता सुब्बा, वडा अन्तर्गतका विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई प्रभावकारी उद्घोषण कला, सार्वजनिक बोल्ने सीप, नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।ताल

    • प्रकाशित मितिः असार १३, २०८३
    • ३८९ पटक पढिएको
  • हात्तीपाइले निवारणका लागि इलाममा नमूना परीक्षण गरिँदै

    इटहरी । आगामी सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य अनुसार इलाममा बालबालिकामा नमुना परिक्षण गरिने भएको छ । इलाममा सन् २०१२ बाट शुुरुगरिएको हात्तीपाइले निवारण अभियानमा यो वर्ष अन्तिम सर्वेक्षण रहेको जनाइएको छ ।  इलाममा न्यून सङ्क्रमण भएकाले यसपटक कक्षा एक र दुईका बालबालिकाको रगत परीक्षण  गरेर सर्वेक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिनुभयो ।  शाक्यले यसअघि इलाममा १२ जना पुराना बिरामी भएपनि उनीहरूले औषधी सेवन गरिरहेको बताउनुभयो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्र्तगत कीट जन्य रोग अनुसन्धान तथ

    • प्रकाशित मितिः असार १२, २०८३
    • २३७ पटक पढिएको
  • विराटनगरमा कोशी मिडिया सम्मेलन सुरुस पूर्वअध्यक्षहरू सम्मानित, नागरिक अधिकार रक्षाका लागि आवाज उठाउन मुख्यमन्त्रीको आह्वान

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नागरिक अधिकार र नागरिक स्वतन्त्रता माथि धावा बोल्ने कार्य शुरु भएकाले प्रखर रुपमा आवाज उठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार विराटनगरमा आयोजना गरिएको कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो केही समय बोल्ने, लेख्ने र विरोध गर्न पाउने संविधान सम्मत नागरिक अधिकार हनन गर्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नागरिक स्वतन्त्रता र अधिकार हनन भए लोकतन्त्र नै धरापमा पर्ने भएकाले पत्रकारहरु झन शसक्त रुपमा आवाज उठाउने माध्यम भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आ

    • प्रकाशित मितिः असार १२, २०८३
    • २६४ पटक पढिएको
  • पथरी शनिश्चरेको अनुसन्धानमूलक ‘लेखमाला–१’ लोकार्पण, पत्रकार सम्मानित

    इटहरी । स्थानीय इतिहास, विकास, सामाजिक रूपान्तरण र समसामयिक विषयहरूको अध्ययन–अनुसन्धानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पथरी शनिश्चरे नगरपालिकाले प्रकाशन गरेको ‘पथरी शनिश्चरे लेखमाला–१’ शुक्रबार एक विशेष कार्यक्रमका बीच लोकार्पण गरिएको छ । नगरपालिकाले पहिलोपटक प्रकाशनमा ल्याएको यस महत्वपूर्ण लेखसङ्ग्रहमा नगरभित्र कार्यरत १० जना सञ्चारकर्मीका खोजमूलक तथा विश्लेषणात्मक लेखहरू समावेश गरिएका छन्। पुस्तकमा शिक्षा, स्वास्थ्य, कृषि, बसाइँसराइ, सिमसार संरक्षण र लागूऔषध दुव्र्यसन जस्ता स्थानीय जनजीवनका विविध पाटा र चुनौतीहरूलाई तथ्यगत रूपमा प्रस्तुत गरिएको छ। नगरपालिकाका सूचना संयोजक सन्तोष राईले

    • प्रकाशित मितिः असार १२, २०८३
    • १९३ पटक पढिएको
  • तेह्रथुमको छथर गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक, १७ औँ गाउँसभा सम्पन्न

    इटहरी । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै १७ औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ५२ ढोके घर, बराह मन्दिर तथा योमुइ चङखासिङ गढी परिसरमा आयोजित अधिवेशनले आगामी वर्षका लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पशुपालन, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने कार्

    • प्रकाशित मितिः असार १२, २०८३
    • २२६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]