All Posts By कोशी प्रेस

    Showing १,८०१-१,८१० of १२,७८८ items.
  • राष्ट्रिय स्वतन्त्र पार्टी इटहरी वडा नम्बर १४ र १५ को का वडा समिति गठन

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगर समितिले वडा नम्बर १४ र १५ मा आयोजना गरेको वडा भेलाबाट नयाँ वडा समितिहरू गठन गरिएको छ। भेलाले दुवै वडामा नयाँ नेतृत्व चयन गर्दै समिति गठन गरेको हो। स्थानीय नेताहरूका अनुसार जनताको विश्वासलाई आत्मसात गर्दै पारदर्शिता, उत्तरदायित्व र जनहितका कार्यहरूलाई  प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै, सुन्दर र समुन्नत इटहरी निर्माणमा नवगठित समितिहरूले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ । वडा नम्बर १४ को संयोजकमा मोहम्मद अकिल चयन हुनुभएको छ भने सह–संयोजकमा शिव कुमार शाह र सचिवमा प्रमिका कुमारी चौधरी

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १३९ पटक पढिएको
  • मुन्दुम पदमार्ग प्रवद्र्धनका लागि भोजपुरमा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन हुँदै

    इटहरी । सरकारले प्राथमिकतामा राखेको पर्यटकीय गन्तव्य मुन्दुम पदमार्गको विकास र प्रवद्र्धनका लागि भोजपुरमा अन्तर्राष्ट्रिय स्रष्टा सम्मेलन तथा पदयात्रा कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रममा नेपालका सातै प्रदेशसँगै भारत, भुटान, जापान, कोरिया, नेदरल्याण्ड र अमेरिका लगायत करिब एक दर्जन देशका स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ । संस्कृतिविद् भक्त राईका अनुसार मुन्दुम पदमार्गलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यसहित सम्मेलन र पदयात्राको तयारी गरिएको जानकारी दिनुभयो । शनिबार टेम्केमैयुङ गाउँपालिकामा आयोजित पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिइएको थियो। यसले मुन्दुम पदमार्गसँगै

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १७७ पटक पढिएको
  • एमआरआर भजन कार्यक्रम कोशी प्रदेशमा जारी

    इटहरी । एमआरआर टीम कोशी प्रदेशद्वारा केही समयअघि देखि इटहरीस्थित बुढीगंगा मुक्तिघाट नजिकै रहेको मन्दिर परिसरमा प्रत्येक शनिबार भजन–कीर्तन कार्यक्रम गरिदैछ । भजन–कीर्तन मार्फत आध्यात्मिक आनन्द र आत्मिक शान्ति अनुभूति गर्ने अवसर मिल्ने आयोजकको भनाइ छ । भजन–कीर्तन कार्यक्रममा सबै उमेर समूहका श्रद्धालुहरु सहभागी हुने गरेका छन् । आयोजकका अनुसार प्रत्येक शनिबार आयोजना हुने यस भजन कार्यक्रममा भक्तजनहरू भेला भई भक्ति, सेवा र श्रद्धाको वातावरणमा सहभागी भइरहेका छन् । यस्ता धार्मिक तथा आध्यात्मिक गतिविधिले समाजमा सकारात्मक ऊर्जा र आध्यात्मिक चेतना फैलाउने विश्वास गरिएको छ । एमआरआर टीमले सबै भक्तजनलाई समय

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २६३ पटक पढिएको
  • युट्युबर रतन कार्की र मिन गुरुङविरुद्ध अमिशा पराजुलीले दिइन् साइबर ब्युरोमा उजुरी

    इटहरी । युट्युबर रतन कार्की र मिन गुरुङसहितका व्यक्तिहरूविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ । साइबर बुलिङको सिकार भएको बताउँदै अमिशा पराजुलीले आफूविरुद्ध भ्रम फैलाएको र चरित्रहत्या गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध उजुरी दिएकी हुन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध आयोजित प्रदर्शनमा सहभागी भएपछि पराजुली सामाजिक सञ्जालमा चर्चामा आएकी थिइन् । सोही क्रममा दिएको अभिव्यक्तिका कारण उनी भाइरल बनेकी थिइन् । आइतबार आफ्नी आमासहित साइबर ब्युरो पुगेकी पराजुलीले कार्की र गुरुङका साथै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता तथा कन्टेन्ट क्रिएटरविरुद्ध पनि उ

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १९० पटक पढिएको
  • ओखलढुङ्गामा मानसिक रोगी बढ्दै, आत्महत्यादर उच्च

    इटहरी। ओखलढुङ्गा जिल्लामा मानसिक रोगीको संख्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय रुम्जाटारको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको हो। कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मानसिक बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७९र०८० मा २७० जना रहेका मानसिक बिरामी आर्थिक वर्ष ०८०र०८१ मा ५२२ पुगेका थिए भने २०८१र०८२ मा यो संख्या ९६३ पुगेको छ। स्वास्थ्य कार्यालय रुम्जाटारका जनस्वास्थ्य निरीक्षक नवराज बानियाका अनुसार मानसिक रोगीको संख्या यसरी तीव्र रूपमा बढ्नु गम्भीर चिन्ताको विषय हो। उहाँले समयमै प

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १६३ पटक पढिएको
  • फुङलिङमा प्रहरीको आयोजनामा दौड प्रतियोगिता

    इटहरी। जिल्ला प्रहरी कार्यालयले हरित पैदल यात्राका साथ समूहगत दौड प्रतियोगिता सम्पन्न गरेको छ । शनिबार प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारबाट सुरु भएको वाकाथन ८ किलोमिटर दूरीको सुकेटारसम्म पुगेर सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंसहित जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख तथा कार्यरत सुरक्षाकर्मी र सञ्चारकर्मी समेतको सहभागितामा पैदल यात्रा(वाकाथन) सम्पन्न भएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) बेदप्रसाद गौतमले जानकारी दिनुभयो । यो सँगै सुरक्षाकर्मी र सञ्चारकर्मी सहभागी समूहगत दौड प्रतियोगिताको पनि आयोजना गरिएको थियो। दौडमा महिला प्रहरी र महिला सञ्चारकर्मी, उत्कृष्ट वाकाथनकर्ता त

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १६६ पटक पढिएको
  • महाशिवरात्रि फुटबलको उपाधि तेह्रथुमलाई

    इटहरी। ताप्लेजुङमा सम्पन्न भएको विशेष महाशिवरात्रि फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमले चुमेको छ । मैवाखोला गाउँपालिका–३ साँघुमा शनिबार सम्पन्न भएको प्रतियोगितामा धनकुटालाई पराजित गर्दै तेह्रथुमले उपाधि चुमेका हो । फाइनल खेलमा धनकुटाको साँगुरीगढीलाई ३–२ गोल अन्तरले पराजित गर्दै तेह्रथुमको म्याङ्लुङ स्पोर्टिङ क्लबले उपाधि हात पारेको आयोजक संस्था जलजले क्लबले  जनाएको छ । जितका लागि तेह्रथुमका समीर राईले पहिलो गोल गर्दा धीरज लिम्बुले दोस्रो तथा डिम्पल भण्डारीले निर्णायक गोल गर्नु भएको थियो । विजेता बनेसँगै तेह्रथुमले नगद दुई लाख ६१ हजार १११ रुपियाँसहित ट्रफी प्राप्त गर्दा उपविजेता धनकुटाले न

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १४३ पटक पढिएको
  • खोटाङको दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण

    इटहरी । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । आदिकवि भानुभक्तको सालिक पुनः निर्माण अन्तरगतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिदेखि भानुचोक ह

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १२६ पटक पढिएको
  • प्रचारप्रसार नहुँदा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’ओझेलमा

    इटहरी । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका(४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन ।स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ । यही किंवदन्तीका आधारमा यस स्थानलाई ‘शिला सुत्केरी’ नाम दिइएको स्थानीय गङ्गाबहादुर खड्काले बताउनुभयो । हाल पनि उक्त ढुङ्गामा महिला सुत्केरी हुँदै गरेकोजस्तो

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १२४ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङ्लुङ पूर्णखोप सुनिश्चित घोषणा

    इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र सञ्चालित खोप अभियान सम्पन्न भएसँगै फक्ताङ्लुङ गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । लक्षित बालबालिका अर्थात १५ महिनाभित्रका शिशु र १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक खोपको सबै मात्रा लगाउने कार्य सम्पन्न भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार पालिकाका सात वटै वडामा खोप अभियान पूरा भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा पालिकालाई पूर्

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]