इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ । विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ । रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन् । उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयसी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । यहाँ भवन निर्माण गर्नका लागि करिब रु सात लाख बजेट खर्च भएको
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको बताउनु भएको छ।सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का समर्थकबाट यस्तो धम्की आएको दाबी गर्दै तस्बिर सार्वजनिक गर्नु भएको हो । उहाले राखेको स्क्रिनसटमा ‘सुनिता खड्का’ नामको आईडी देखिएको छ । साम्पाङले धम्की दिने व्यक्तिविरुद्ध आजै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिने तयारी गरिरहेको जानकारी दिनुभएको छ । आफूले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यस्तो धम्की आएको उहाको भनाइ छ । साम्पाङले सरकारलाई जनताको प्रश्नदेखि किन डराएको भन्
इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का दुई जना युवालाई सुनसरीको इनरुवा नगरपालिका–४ बाट ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ करिब ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका २१ वर्षीय अनिष तामाङ र २२ वर्षीय राघव राईलाई शंका लागेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शरीर खानतलासीका क्रममा अनिषको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने ४। ३४ ग्राम पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ । उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले ज
इटहरी । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ । यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उहाँका अनुसार अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।यसअघि साँझ सुक्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो । इलामको रोङ गा
इटहरी। एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ।सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले ९५ किलोमिटर सडकलाई पाँच खण्डमा विभाजन गरी स्तरोन्नति गरिरहेको भए पनि लक्ष्य अनुसार प्रगति हुन सकेको छैन। कुल ४६ अर्ब रुपियाँको लगानीमा निर्माण भइरहेको यस सडकलाई पूर्वी र पश्चिम खण्डमा बाँडिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सितापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सितापुरीदेखि लबीपुलसम्म ५० किलोमिटर रहेको छ। निर्माण कम्पनी कोभेक सिआरइजिसि टुण्डी जेभीका प्रतिनिधि अनिश रेग्मीका अनुसार सन् २०२४ फेब्रुअरी २ देखि नि
इटहरी। सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। प्र१–०२–०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा पछाडि सवार विपीन गम्भीर घाइते भएका थिए। घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन्। उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। तीव्रगतिका कारण दुर्घटना भएको र घटनाका विषयमा अनुसन्धान भइरहेको
इटहरी । झापामा नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ । आज बिहान करिब ६ः१० बजेको समयमा कमल गाउँपालिका–३ स्थित केर्खामा स्थानीय एक व्यक्तिको घर नजिकै रहेको करेसाबारीभित्रको मकैबारीमा भर्खरै जन्मिएको (बालिका) शिशु बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उक्त शिशुलाई सोही घरधनीका छोरा ४८ वर्षीय लीलाराज थापाले देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा शिशुको उद्धार गरेको हो। उद्धारपश्चात् शिशुलाई उपचारका लागि दमकस्थित किओच बाल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। हाल शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बता
इटहरी । बेमौसममा गोलभेडा उत्पादन गरेर पूर्वी नेपालका सहरमा राम्रो बजार पाएको सुनसरीको श्रीलङ्का टापुमा उत्पादित गोलभेडाले यस सिजनमा पनि राम्रो भाउ पाएको छ। मङ्सिर महिनादेखि नै उत्पादन सुरु गरी राम्रो मूल्यमा बिक्री हुँदै आएको टापुको गोलभेडा चैतको दोस्रो सातासम्म पनि आकर्षक मूल्यमा बिक्री भएको कृषक अनिल चन्द्रवंशीले बताउनुभयो। उहाँका अनुसार मङ्सिरमा प्रतिकेजी ८५ रुपियाँसम्म पुगेको गोलभेडा अन्य वर्ष सिजनमा दुई–तीन रुपियाँमा पनि बिक्री गर्न कठिन हुने गरेको थियो। यसपटक भने चैतको दोस्रो सातासम्म पनि प्रतिकेजी २५ रुपियाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो। श्रीलङ्का टापुमा उत्पादित गोलभेडा पूर्
इटहरी । विश्वशान्ति तथा मानव एकताको कामनासहित ताप्लेजुङमा आयोजना गरिएको वज्रगुरु मन्त्रजप पूजा सम्पन्न भएको छ । सदरमुकाम फुङलिङ बजारनजिक सुकेटार क्षेत्रमा आयोजना गरिएको तीनदिने मन्त्रजप पूजा सम्पन्न भएको हो । बौद्ध धर्ममा आधारित बृहत् पूजा वज्रगुरु मन्त्रजपको यस पटक सातौँ संस्करण आयोजना गरिएको हो । गएको बिहीबार सुरु भएको मन्त्रजप पूजा विविध धार्मिक गतिविधि गर्दै सम्पन्न भएको छ । ताप्लेजुङ वज्रगुरु मन्त्रजप पूजा मूल आयोजक समितिका सदस्यसचिव पासाङ रिता शेर्पाका अनुसार विगत वर्षमा झैँ यस वर्ष पनि पूजा भव्य रूपमा सम्पन्न भएको छ । पूजामा १३ औँ अवतारी कुन्दोलिङ ताक्छाक रिन्पोछे प्रमुख लामाका रू
इटहरी । सुनसरीको इनरुवामा उद्योग वाणिज्य सङ्घ इनरुवाको आयोजनामा दुई दिवसीय नापतौल शिविर सुरु भएको छ । इनरुवा उवासङ्घको कार्यालयमा दुई दिने नापतौल शिविर सञ्चालन भएको सङ्घका इनरुवा अध्यक्ष वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । आइतबार सुरु भएको शिविर सोमबार चैत १६ गते सम्म सञ्चालन हुने छ । व्यवसायीहरूको माग र सेवाग्राहीको हितलाई ध्यानमा राखेर गुणस्तर तथा नापतौल कार्यालय मोरङले इनरुवा उद्योग वाणिज्य सङ्घसँगको समन्वयमा विभिन्न व्यापारिक क्षेत्रहरूमा पुगेर नापतौल शिविर सञ्चालन गर्दै आएकोमा इनरुवामा पनि शिविर गरेको छ । इनरुवा उद्योग वाणिज्य सङ्घको सहजीकरणमा भएको शिविरमा ढक, तराजु, ल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.