All Posts By कोशी प्रेस

    Showing २,०९१-२,१०० of १२,८१४ items.
  • सुनसरीमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

    इटहरी । सुनसरीको बर्जु गाउँपालिका–२ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक किनारमा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।  दुर्घटनामा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ बस्ने ३२ वर्षीय जयकृष्ण यादव गम्भीर घाइते भएका थिए।उनको टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा तत्काल उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको थियो।  अस्पतालमा उपचारका क्रममा चिकित्सकले गएराति १२ः१५ बजेतिर उनलाई मृत घोषणा गर

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १८५ पटक पढिएको
  • कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा, सहभागीलाई सोल्टी वेस्टेन्डको विशेष सुविधा

    इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ यसपटक अझ भव्य र आकर्षक रूपमा हुने भएको छ।आगामी चैत ७ गते ९मार्च २१, २०२६० मा इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेशन गर्ने अतिथिलाई आयोजकको हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटेलले ‘सोल्टी हेरिटेज क्लब’को विशेष सदस्यता कार्ड प्रदान गर्ने भएको छ।  यो सदस्यता कार्डमार्फत होटेलका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ।नयन मिडिया फाउन्डेसनक

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १९७ पटक पढिएको
  • सुनसरीमा हावाहुरीसहितको असिनापानीले मकै–गहुँ र तरकारी बालीमा ठुलो क्षति, हजारौँ बिघाको बाली नष्ट हुँदा किसान चिन्तित

    इटहरी। सुनसरीमा सोमबार राति आएको हावाहुरी सहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो क्षति पुर्‍याएको छ। हावाहुरी र असिनाले खाद्यान्न तथा नगदे बाली नष्ट गरेपछि सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसान चिन्तित बनेका छन्।जिल्लाको उत्तरी क्षेत्रमा आइतबार दिउँसो र सोमबार राति दक्षिणवर्ती क्षेत्रमा परेको असिनापानीले मकै, गहुँ, खेसरी, मसुरो र तरकारी बालीमा क्षति पुर्‍याएको स्थानीय किसान शम्भु यादवले बताउनुभयो। असिनापानीले विशेष गरी इनरुवाको बबिया, जल्पापुर, मधेसा र हरिनगर गाउँपालिकाको रामनगर भुटाहा, वसन्तपुर तथा देवानगञ्ज गाउँपालिकाका विभिन्न वडामा लगाइएका बालीनाली नष्ट भएका छन्।इनरु

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २३० पटक पढिएको
  • सिटिजन्स बैंक विराटनगर शाखामा ४ करोड ९१ लाख हिनामिना, ५ कर्मचारीमाथि अनुसन्धान

    इटहरी । विराटनगरको कञ्चनबारीस्थित सिटिजन्स बैंकको शाखामा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ । आफ्नै कर्मचारीहरूको मिलेमतोमा रकम हिनामिना भएको आशंकापछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालका अनुसार बैंकबाट उजुरी प्राप्त भएपछि घटनाबारे अनुसन्धान सुरु गरिएको छ । प्रहरीले अनुसन्धानका लागि आवश्यक कागजात माग गरी छानबिन अघि बढाएको जनाएको छ । घोटालामा संलग्न व्यक्तिहरूको पहिचानबारे भने अहिले औपचारिक रूपमा खुलाइएको छैन । बैंक स्रोतका अनुसार घटनामा पाँच जना कर्मचारीको संलग्नता देखिएको छ। कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलक

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १२७ पटक पढिएको
  • खोटाङमा हावाहुरीको कहर ,३० भन्दा बढी घरमा क्षति, विद्युत सेवा अवरुद्ध

    इटहरी। हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्‍याएको हो।जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार हावाहुरीले केही विद्यालय भवन, टहरा र गोठहरूमा समेत क्षति पुर्‍याएको छ। हावाहुरीकै कारण जिल्लाभर विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–३, च्यास्मिटारस्थित छोर्दिपा गाउँको एउटै टोलमा करिब १५ घरको छाना उडेको नगर प्रमुख विमला राईले जानकारी दिनुभयो। च्यास्मिटार, डिकुवा, बाहुनीडाँडा र धितुङलगायतका स्थानमा गरी करिब २५ घरमा क्षति पुगेको उहाँले बताउनुभयो। सबै स्थानको यकिन विवरण वडा कार्या

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १४३ पटक पढिएको
  • भोजपुरमा डढेलो नियन्त्रणका लागि सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम सञ्चालन

    इटहरी  ।  सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम सुरु गरिएको छ । चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो । सोही क्रममा आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरूको हातमा रहेको प्लेकार्डमा वन जङ्गलमा आगो नलगाऔँ, जङ्गल र जैविक विविधताको संरक्षण गरौँ, डढेलो लागेमा प्रहरीलाई खबर गरौँजस्ता विभिन्न सचेतनामूलक ना

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २८७ पटक पढिएको
  • वराहक्षेत्रमा महुलि लघुवितद्बारा बिद्यार्थीलाई बित्तीय साक्षरता कार्यक्रम

    इटहरी । वराहक्षेत्र नगरपालिकामा महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले बिद्यार्थीहरुलाई एक दिवसिय वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको छ । मङलवार महुली लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बाङ्गे बजार सुनसरीले वराहक्षेत्र नगरपालिका वडा नं ७ तित्रिगाछिमा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत बिद्यार्थीहरुलाई उक्त बित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । बिद्यार्थीहरुलाई वित्तीय संस्था, वित्तीय क्रियाकलापहरूको बारेमा ज्ञान प्रदान , वित्तीय निर्णयहरु साथै व्यक्तिहरूले बैंकमा बचत खाता खोल्न, बचत गर्न, ऋण ल

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ११५ पटक पढिएको
  • बिल विजकभन्दा बढी सामान बोकेको ट्रक नियन्त्रणमा

    इटहरी । बिल विजक भन्दा बढी सामान ढुवानी गरी कम मूल्याङ्कन गरेको आशङ्कामा प्रहरीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले राजस्व छलेको आशङ्कामा भारतबाट सामान ढुवानी गरी त्याउँदै गरेको ट्रकलाई केही दिनअघि नियन्त्रणमा लिएको हो ।नियन्त्रणमा लिएको ट्रकलाई प्रहरीले थप अनुसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डिएसपी० लिलाराज लामिछानेका अनुसार विशेष सूचनाका आधारमा उक्त सामान बरामद गरिएको हो ।विराटनगर महानगरपालिका वडा नं।१८ स्थित आइसिपी सडक खण्डबाट ट्रक नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गर

    • प्रकाशित मितिः चैत ३, २०८२
    • ९९ पटक पढिएको
  • भाँचिएको रुखको हाँगाले लागेर उदयपुरको कटारीमा एक महिलाको मृत्यु

    इटहरी । भाँचिएको रुखको हाँगा लागेर उदयपुरको कटारी नगरपालिका–८, थलियाटारकी ४९ वर्षीया मिनामाया तामाङको सोमबार राति मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार घर नजिकैको गोठबाट खसी–बाख्रा सार्ने क्रममा वर्षासँगै आएको हावाहुरीका कारण नजिकै रहेको कटमिरोको रुखको हाँगा भाँचिएर लाग्दा उनको मृत्यु भएको हो।घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायब उपरीक्षकसहित ७ जनाको टोली खटिएको थियो। गम्भीर घाइते भएकी तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी, उदयपुर ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।यससँगै सोमबार साँझ आ

    • प्रकाशित मितिः चैत ३, २०८२
    • १९४ पटक पढिएको
  • पश्चिम एसिया युद्धको असर, महँगियो नेपालीको भान्सा

    काठमाडौँ — पश्चिम एसियामा जारी तनावको असर नेपाली भान्सामा पनि पर्न थालेको छ । युद्धकै कारण विश्व बजारमा मूल्य बढेको भन्दै नेपाल आयल निगमले सोमबार साँझदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।पेट्रोलियम पदार्थको मूल्य बढ्दा तरकारी, खाद्यान्न मात्र नभएर ढुवानीदेखि उत्पादन लागतसमेत वृद्धि भई यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्सामा परेको हो । विश्वभर इन्धन संकट र मूल्यवृद्धि भइरहेका बेला निगमले पेट्रोलमा प्रतिलिटर १५ र डिजेल तथा मट्टीतेलमा १० रुपैयाँ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिअनुसार भारतीय आयल निगम ९आईओसी० बाट मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको आयल निग

    • प्रकाशित मितिः चैत ३, २०८२
    • २२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]