All Posts By कोशी प्रेस

    Showing २,०९१-२,१०० of १३,६०५ items.
  • छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश

    इटहरी ।  निर्वाचन आयोग नेपालले पदमुक्त गरेको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाको पद यथास्थितिमा राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । दल त्याग गरेका आधारमा पदमुक्त गरिएको लामाको पद यथास्थितिमा राख्न सर्बोच्च अदालतले शुक्रबार अन्तरिम आदेश जारी गरेको हो । डेढ साताअघि अर्थात गत वैशाख ३१ गते आयोगले सार्वजनिक सूचना जारी गर्दै दल त्याग गरेका कारण जिल्ला समन्वय समिति प्रमुख लामासहित देशभरका १६ जना जनप्रतिनिधिलाई पदमुक्त गरेको हो । निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध लामाले सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट दायर गर्नुभएको थियो । लामाको रिट निवेदनमाथि सुनुवाइ गर्दै निर

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १६७ पटक पढिएको
  • बाढीले पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध

    इटहरी । गएराति इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल (मोडर गुड्ने) पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा अवरुद्ध भएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पुर्‍याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको हो । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्नेगरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेवल पुलमा बाढीले क्षति गरेको हो । साब्लाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पुर्‍याएको हो । बाढीले मोटरेवल पुलको साब्लाखुतर्फको भागमा क्षति गरेको पन्दाकले जानकारी दिन

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १२४ पटक पढिएको
  • विराटनगरका ७८ प्रतिशत महिलाको सामाजिक र आर्थिक अवस्था निकै चुनौतीपूर्ण

    इटहरी ।  विराटनगर महानगरपालिकामा बसोबास गर्ने महिलाहरूको सामाजिक र आर्थिक अवस्था निकै चुनौतीपूर्ण रहेको एक अध्ययनले देखाएको छ । महानगरपालिका र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युटको प्राविधिक सहयोगमा गरिएको सर्वेक्षण अनुसार विराटनगरका ७८ प्रतिशत महिलाहरूको कुनै पनि आर्जित आय छैन, जहाँ पुरुषको तुलना महिलाको आर्जित आय केवल २७ प्रतिशत मात्र रहेको छ । महानगरका १९ वटै वडाका ४१ हजार ४८८ घरधुरीका एक लाख ४९ हजार ८१६ व्यक्तिमा गरिएको सर्वेक्षणले २१ प्रतिशत महिला अझै पनि लेखपढ गर्न नजान्ने पाइएको छ । यस्तै, करिब २० प्रतिशत महिलाको १८ वर्ष नपुग्दै बालविवाह हुने गरेको र ४४।५ प्रतिशत घरधुरीको नेतृत्व मह

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १५४ पटक पढिएको
  • तेह्र महिनादेखि तलब नपाएका सिमेन्ट उद्योगका मजदुर आन्दोलनमा

    इटहरी ।  उदयपुर सिमेन्ट उद्योगमा कार्यरत मजदुर तथा कर्मचारीले १३ महिनादेखि तलब भत्तालगायतका कुनै पनि सेवा सुविधा नपाएपछि शुक्रबार मूल ढोकामा नै पत्रकार सम्मेल आयोजना गरी अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । मजदुर नेता देवेन्द्र झाका अनुसार २०८१ चैतदेखि हालसम्मको तलब भुक्तानी हुन बाँकी आठ करोड ८० लाख ५३ हजार, सञ्चय कोष दाखिला हुन बाँकी नौ करोड ५० लाख ९९ हजार १३४ र नागरिक लगानी कोषमा दाखिला हुन बाँकी तीन करोड ६९ लाख ६६ हजार २२२ रुपियाँ छ । यसै गरी कर्मचारीको तीन वर्षदेखिको बिमाबापतको दाखिला हुन बाँकी छ करोड ६० लाख ८१ हजार ७४५, अतिरिक्त कामको ज्याला ७६ लाख चार हजार ३०९, बिदाको रकम एक करोड

    • प्रकाशित मितिः जेठ ९, २०८३
    • १३८ पटक पढिएको
  • क्यूएफएक्स सिनेफ्लेक्स इटहरीको नयाँ व्यवस्थापन सहित औपचारिक रूपमा पुनः सञ्चालनमा

    इटहरी । कोशी प्रदेशकै व्यस्त व्यावसायिक सहर सुनसरीको इटहरीमा रहेको ’क्यूएफएक्स सिनेफ्लेक्स’ नयाँ व्यवस्थापन, आकर्षक सजावट र उच्च गुणस्तरका साथ औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ ।  करिब १४ महिना अघिको आगलागीपछि आवश्यक मर्मत, प्रविधिगत स्तरोन्नति र केही महिनाको परीक्षण प्रसारण पश्चात चलचित्र ’मितज्यू’को प्रिमियर शो सँगै हलको औपचारिक ’री–ओपनिङ’ गरिएको हो । जेठ ७ गते आयोजित उक्त विशेष प्रिमियर समारोहमा सुनसरीका चलचित्र पत्रकारहरू, स्थानीय पाहुनाहरूका साथै क्यूएफएक्स सिनेमाजका प्रोजेक्ट म्यानेजमेन्ट हेड सुशील कुमार मानन्धर, मार्केटिङ म्यानेजर शशिम शाक्य र इटहरी ब्रान्च म्यानेजर अस्मिता गुराग

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ४५७ पटक पढिएको
  • कोशी प्रदेशमा बसाइँसराई न्यूनीकरण र भ्रमण वर्ष घोषणासहितको नीति तथा कार्यक्रम प्रस्तुत

    इटहरी । शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार र सूचना प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । बिहिवार विराटनगर स्थित वीरेन्द्र सभागृहमा बसेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सरकारको १२८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । त्यसअघि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश प्रमुख खापुङलाई नीति तथा कार्यक्रम सम्बोधनका लागि हस्तान्तरण गर्नुभएको थियो । स्वच्छ, सुखि र समुन्नत प्रदेश भन्ने नारा सहित कोशी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा सेवाप्रवाहलाई चुस्त, जिम्मेवार र जवाफदेही बनाउने देखि प

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ५०० पटक पढिएको
  • औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार नारासहित अभिमुखीकरण कार्यक्रम सम्पन्न

    इटहरी । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत घरेलु तथा साना उद्योग कार्यालय विराटनगर, मोरङको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ, वाणिज्य महासंघ पथरी शनिश्चरे नगर कार्य समितिको समन्वयमा उद्योग, वाणिज्य दर्ता तथा नियमन सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। “औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार” भन्ने नाराका साथ पथरी उद्योग वाणिज्य सङ्घको नवनिर्मित सभा हलमा सम्पन्न कार्यक्रममा नगरभित्र साना तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्योगी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य नेपाल सरकारले घरेलु तथा साना उद्योग स

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १६३ पटक पढिएको
  • पाँचथर प्रहरी हिरासतको अनुगमन

    इटहरी। पाँचथर कारागार र प्रहरी हिरासतको अनुगमन गरिएको छ । मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरका मुख्य न्यायाधिवक्ता, उप–न्यायाधिवक्ता तथा सहायक न्यायाधिवक्ताको टोलीले जिल्ला प्रहरी कार्यालय पाँचथरसहित जिल्ला प्रहरी कार्यालय पाँचथरमा कैदी राख्ने स्थलको निरिक्षण र अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा टोलीले हिरासत कक्षको भौतिक अवस्था, थुनुवालाई उपलब्ध गराइँदै आएको सेवा–सुविधा, सुरक्षा व्यवस्थापन तथा मानव अधिकार सम्बन्धी जानकारी लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक अनिष कुमार कर्णले बताउनुभयो । यसैगरी न्यायिक हिरासतमा रहेका थुनुवासँग प्रत्यक्ष छलफल समेत गरिएको थियो । छल

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • ८८ पटक पढिएको
  • पाँचथरमा पिकअप दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

    इटहरी । पाँचथरमा भएको पिकअप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका–५ का ३५ वर्षीय गोपाल भट्टराई रहेका छन् । याङवरक गाउँपालिका–६ अर्चलेस्थित क्षेत्रमा च्याङथापुबाट फलैंचातर्फ जाँदै गरेको प्रदेश ०१–००२ च १५६९ नम्बरको सिङ्गल क्याप पिकअप दुर्घटना हुँदा चालक भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथरका प्रहरी नायव उपरीक्षक अनिषकुमार कर्णका अनुसार पिकअपमा चालकसहित तीन जना सवार थिए । अन्य दुई यात्रु पिसाब फेर्न गाडीबाट ओर्लिएका कारण सुरक्षित रहेका छन् । ओरालो बाटोमा यात्रुहरू पिसाब फेर्न ओर्लिएको समयमा पिकअपभित्र रहेका चालकसहितको गाडी

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • २३४ पटक पढिएको
  • १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकपमा ८ टिमको सहभागिता

    इटहरी । १८औँ संस्करणको शहीद भीमनारायण गोल्डकप यही जेठ १० गतेदेखि सञ्चालन हुने भएको छ । आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतियोगितामा एक भारतीय टिमसहित आठ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक शहीद भीमनारायण स्मृति प्रतिष्ठान (धनकुटा)सँगै बिर्तामोड युनाइटेड फुटबल क्लब (झापा), राष्ट्रिय जागृति क्लब(इटहरी, सुनसरी), बेलबारी फुटबल क्लब (मोरङ), गाईघाट युनाइटेड फुटबल क्लब (उदयपुर), सहलेश युवा क्लब (सिराहा), सातदोबाटो युथ क्लब (ललितपुर) र जर्जियन फुटबल क्लब (कालिङ्पोङ, भारत)को सहभागिता रहने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले

    • प्रकाशित मितिः जेठ ८, २०८३
    • १३५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]