All Posts By कोशी प्रेस

    Showing २,२६१-२,२७० of १३,६०५ items.
  • कोशीमा पत्रकारिता सुदृढीकरणमा जोड, मन्त्री पराजुलीको प्रतिबद्धता

    विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको ८ औँ स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुली सहभागी हुनुभएको थियो। साथै महासंघका केन्द्रीय सदस्य कमल रिमाल, सल्लाहकारहरू, विभिन्न सञ्चार संस्थाका प्रमुख तथा पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रममा सहभागीहरूले पत्रकारिता क्षेत्रको विकास, प्रेस स्वतन्त्रता, पेशागत मर्यादा तथा वर्तमान चुनौतीहरूका विषयमा खुला र

    • प्रकाशित मितिः वैशाख २३, २०८३
    • २३१ पटक पढिएको
  • मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको मृत्यु

    इटहरी । मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा प्रदेश १–०१–००१ ख ४३०३ नम्बरको ट्रकलाई को १० प ८१२८ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्ने क्रममा मंगलबार बिहान ११ः४० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक धनकुटाको छथरजोरपाटी गाउँपालिका–१ का २० वर्षीय अनिष बुढाथोकीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बुढाथोकीलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी परीक्षा दिएर फर्किदैँ गरेको अवस्थामा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मोटर

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • २१५ पटक पढिएको
  • एसियन हाइवेमा सरकारी विभेदः तीव्र सहरीकरण भएको गोठगाउँ–दुलारी खण्डलाई ’ग्रामीण’ मापदण्डमा खुम्च्याइँदै

    इटहरी । मोरङको गोठगाउँ–दुलारी खण्डमा निर्माणाधीन एसियन हाइवे अन्तर्गत सडकको मापदण्ड घटाइएको विषयले स्थानीयमा चिन्ता बढाएको छ । तीव्र सहरीकरण भइरहेको क्षेत्रमा ‘ग्रामीण सडक’ मापदण्ड लागू गरिनु उपयुक्त नभएको भन्दै स्थानीयले आपत्ति जनाएका छन्  । एसियन हाइवेका अन्य खण्डहरू ५० मिटर चौडाइमा निर्माण भइरहेका अवस्थामा यो खण्डलाई संकुचित बनाइएको प्रति प्रश्न उठाइएको छ । गोठगाउँ–दुलारी खण्ड भने २४ मिटरमै सीमित छ । २४ मिटर सडकमा फुटपाथ, ढल र सर्भिस लेनको पर्याप्त व्यवस्था हुँदैन, जसले भविष्यमा बजार विकासमा असर पार्ने देखिन्छ । अहिलेको तीव्र विकासलाई हेर्दा यो खण्डलाई ग्रामीण सडक भन्नु व्यावहारिक नभएक

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १८५ पटक पढिएको
  • पोखरामा सम्पन्न National U-20 Athletics Championships मा कोशी प्रदेशका खेलाडीको उत्कृष्ट प्रदर्शन

    National U-20 Athletics Championships 2026 पोखरामा सम्पन्न भएको छ। नेपाल एथलेटिक्स संघ (NAA) को आयोजनामा तथा कास्की जिल्ला एथलेटिक्स संघ (KDAA) को समन्वयमा  सञ्चालन भएको उक्त ट्र्याक एण्ड फिल्ड प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।प्रतियोगितामा कोशी प्रदेशका खेलाडीहरूले विभिन्न विधामा पदक जित्दै प्रदेशको गौरव बढाएका छन्। जसअनुसार:स्वर्ण पदक: सोहेल मनसुरी (ज्याभ्लिन थ्रो)रजत पदक: मन्दिरा महतारा (३००० मिटर), सुनिल दर्जी (२०० मिटर), आदित्य विश्वकर्मा (लङ जम्प)कास्य पदक: सुजल मण्डल (१०० मिटर), बिनिशा रिजाल (१०० मिटर), एलिना लिम्बु (सटपुट), ममता कुमारी यादव (

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • ४४५ पटक पढिएको
  • एमआरपी अनिवार्य गर्ने सरकारी निर्णयले विराटनगर भन्सारको राजस्व संकलन प्रभावित

    इटहरी । भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै वस्तुमा अनिवार्य रुपमा एमआरपी अर्थात अधिकतम खुद्रा मुल्य उल्लेख गर्नुपर्ने सरकारी निर्देशनको कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संलकन प्रभावित भएको छ । गत बैशाख १५ गते देखि एमआरपी अनिवार्य गरिएपछि विराटनगर भन्सार नाका र भारतीय सीमा क्षेत्रमा करिब ३ सय ५० वटा ट्रक कन्टेनरहरु रोकिएको विराटनगर भन्सार एजेण्ट संघले जनाएको छ । भन्सार जाँचपास नभएपछि विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व पनि प्रभावित भएको छ । दैनिक करिब ११ करोड ३३ लाख रुपैया भन्सार राजस्व संकलन गर्नुपर्ने विराटनगर भन्सार कार्यालयले बैशाख १६ गते ५ करोड १९ ला

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १८८ पटक पढिएको
  • ताप्लेजुङमा १५ सय मिटरभन्दा बढी तार चोरी गर्ने ५ सहित बैङ्किङ कसुरका फरार प्रतिवादी गरी छ जना प्रहरी नियन्त्रणमा

    इटहरी। तामाको तार चोरी गरेको कसुरमा र बैङ्किङ कसुर गरी फरार रहेकासहित छ जनालाई प्रहरीले पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङङलुङ गाउँपालिका १ सावादिनका चार जना, फुङलिङ नगरपालिका ११ फावाखोलाका र भारतका एक–एक जना रहेका छन् ।  ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी जट्टाशंकर यादवका अनुसार सावादिनका २५ वर्षीय याम बहादुर कटुवाल, २० वर्षीय विवेक लिम्बू, २६ वर्षीय सहविर लिम्बू २० वर्षीय मुकुरसिँह लिम्बुर भारतका ३८ वर्षीय जमललाई नियन्त्रणमा लिइएको छ । फक्ताङलुङ गाउँपालिका ३ फेसेवामा निर्माणधीन तमोर इनर्जी प्रालिअन्तर्गत चाइना रेलवे नं। २ इन्जिनियरिङ ग्रुप कम्पनीको लिमिटेडको सेग्मेन्ट

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • २०१ पटक पढिएको
  • राष्ट्रिय ब्याडमिन्टनमा ताप्लेजुङका तीन खेलाडी छनोट

    इटहरी। राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताका लागि ताप्लेजुङका तीन जना खेलाडी छनोट भएका छन् । कोशी प्रदेश स्तरीय प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिताका लागि ताप्लेजुङका एक महिलासहित तीन जना खेलाडी छनोट भएका हुन् ।जिल्ला ब्याडमिन्टन सङ्घका अनुसार आगामी वैशाख २९ देखि जेठ ३ गतेसम्म काठमाडौँमा हुने प्रतियोगिताका लागि कोशी प्रदेशबाट छनोट भएका १२ जना मध्ये ३ जना ताप्लेजुङका रहेका छन् । सोमबार सुनसरीमा सम्पन्न भएको प्रदेश स्तरीय प्रतियोगिताबाट पुरुष डबलतर्फ २, महिलातर्फ १ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएको सङ्घ ताप्लेजुङका अध्यक्ष सुरेश सिंघक लिम्बूले जानकारी दिनुभयो ।अध्यक्ष लिम्बूका अनु

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १८८ पटक पढिएको
  • ताप्लेजुङको मेरिङ्देनस्थित दोभान बजारमा सञ्चालित आँखा शिविरमा ३६ जनाको सफल शल्यक्रिया, मोतीविन्दुका बिरामीलाई निःशुल्क सेवा

    इटहरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा सञ्चालित आँखा शिविरमा ३६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । दुई दिने शिविरको पहिलो दिन सोमबार मोतीविन्दु भएकासमेत ३६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । रिङ्देन गाउँपालिका अध्यक्ष युकहाङबीर हाङ्गाम ९डम्बर० का अनुसार मोतीविन्दुको समस्या भएका २८ जनाको आँखाको शल्यक्रिया गरिएको छ । बाँकी आठ जना आँखाका विरामीको साधारण शल्यक्रिया गरिएको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो ।उहाँका अनुसार शल्यक्रिया गरिएकाबाहेक २९२ जनाको आँखा परीक्षण गरिएको छ । शिविरमार्फत आँखा परीक्षण गराउनेमा १६४ महिला र १२८ जना पुरुष रहेका छन् । आँखा परीक्षणपछि दृष्टिद

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १४७ पटक पढिएको
  • पाथीभरा मन्दिर क्षेत्रमा अब फोरजी सेवा सञ्चालन

    इटहरी । ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा दर्शनार्थीहरूलाई सञ्चार सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चार सुविधा विस्तार गर्दै फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । पाथीभरा क्षेत्र विकास समितिको पहलमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड दूरसञ्चार कार्यालय इलामसँग २०८० चैत २० गते सम्झौता सम्पन्न भएको थियो । बिटिएस टावर निर्माणपछि आजदेखि सेवा औपचारिक रूपमा सुरु गरिएको हो । फोरजी सेवा सञ्चालनमा आएसँगै अब दर्शनार्थीहरूले सहज रूपमा सञ्चार सेवा उपयोग गर्न सक्नेछन् । साथै, अनलाइन दान प्रणालीले भेटी व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको समितिका

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १४२ पटक पढिएको
  • रारा गोल्डकप फाइनलमा बिर्तामोड र आयोजक भिड्ने

    इटहरी। जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी ९झापा० र आयोजक रारा फुटबल क्लब ९राजारानी० भिड्ने भएका छन् । फाइनल खेल मङ्गलबार राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक रारा फुटबल क्लबले आरआइएफसी काठमाडौँलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले फ्रिकिकमार्फत निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्‍याउनुभएको हो । त्यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड एफसीले सलहेश फुटबल क्लब सिराहालाई ३–१ गोलले

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • २१० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]