All Posts By कोशी प्रेस

    Showing २,२६१-२,२७० of १२,८१४ items.
  • हर्क साम्पाङको क्षेत्रमा रास्वपाको उछाल, घण्टी तेब्बर मतले अगाडि

    इटहरी । सुनसरी(१ मा हर्क साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले अग्रता कायम गरेको छ ।अहिलेसम्म प्राप्त मतगणना परिणाम अनुसार सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सरिन तामाङ ले १ सय ४२ मत पाएका छन् ।त्यस्तै, श्रम संस्कृति पार्टीका हर्क साम्पाङले भने ४९ मत मात्र पाएका छन् । यता काँग्रेसका सुरेन्द्र गोलेले ४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार उद्दव श्रेष्ठले ३४ मत, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज भट्टराईले १२ मत पाएका छन् भने एमालेले पनि १२ मत पाएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २३० पटक पढिएको
  • इलाम–२ मा सुहाङ नेम्बाङको प्रारम्भिक अग्रता

    इटहरी । इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा जारी मतगणनाको प्रारम्भिक परिणाममा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन्।हालसम्म सार्वजनिक मतपरिणाम अनुसार नेम्बाङले ४९१ मत प्राप्त गरेका छन्। उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार सुदीप राईले ४४३ मतसहित पछ्याइरहेका छन्।त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोकुल राईले १७१ मत पाएका छन्।यसैबीच नेकपाका उम्मेदवार ओम गुरुङले ५१ मत प्राप्त गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने जनाइएको छ

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १९१ पटक पढिएको
  • सुनसरी– ४ मा रास्वपा अगाडि, पछ्याउँदै कांग्रेस

    इटहरी । सुनसरी– ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का दीपक साहले सुरुवाती अग्रता लिएका छन् । हालसम्म उनले ९४ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका ज्ञानेन्द्र कार्कीले ६७ मात पाएका छन् । यसैगरी नेपाली कम्यिुनिस्ट पार्टी ९नेकपा० का महफुज अन्सारीले ६१ र  नेकपा एमालेका जगदिश कुसियतले ३६ ल्याएका छन् । 

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २२२ पटक पढिएको
  • सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी

    इटहरी । हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको छ ।  मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा बिहीबार बेलुकीदेखि नै मौसमका कारण सम्भव हुन नसकेको जानकारी प्राप्त भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।  मौसमले साथ दिएसम्म तीनवटै जिल्लाको मतपत्र आजै निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरी तयारी भइरहेको छ । मतपत्र ढुवानी भइसकेपछि तीनवटा जिल्लाको मतगणना सुरु हुनेछ ।  यसैगरी, रसुवा, दोलखा, रुकुम ९पूर्वी भाग०,

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १९८ पटक पढिएको
  • एक सय १९ स्थानको मतगणना जारी, रास्वपा ८८ स्थानमा अगाडि, तीन दलबीच दोस्रोको होड

    काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् । रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् । कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् ।  ११९ स्थानको मतगणना भइरहँदा रास्वपा ८८, नेपाली कांग्रेस ८, नेकपा एमाले ७ र नेपाली कम्युनिष्ट पार्टी ८ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।त्यस्तै श्रम संस्कृति २, राप्रपा २, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ । 

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १६४ पटक पढिएको
  • काठमाडौं–२ मा रास्वपाका सुनिल केसी ५,२५५ ले अगाडि, दोस्रोमा कांग्रेस

    काठमाडौं । काठमाडौं–२ मा जारी प्रतिनिधिसभाको मत गणनाको हालसम्मको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता बनाइरहेको छ । काठमाडौं–२ मा रास्वपा उम्मेदवार सुनिल केसीले ५,२८८ मतसहित अग्रता बनाएका छन् ।नेपाली कांग्रेसका कविर शर्मा २,०१४ मतसहित दोस्रो, राप्रपाकी कुन्तादेवी पोखरेल १,२७७,  नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नितेश पौडेल ९६८, नेकपा एमालेका मणिराम फुयाल ९४० मत ल्याएका छन् । ५९ हजार २८३ खसेकोमा हालसम्म ११ हजार ६७५ मत गणना भएको छ । जसमा ५५५ मत बदर भएको छ । 

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • २१७ पटक पढिएको
  • पार्टी प्रतिनिधि नहुँदा झापामा मतगणना सुस्त

    इटहरी । झापामा मतगणना कार्य सुस्त भएको छ । निर्वाचन कार्यालयले गणना थालेको २४ घण्टाभित्र अन्तिम मतपरिणाम सार्वजनिक गर्ने जनाएको थियो । तर, मत गणनाको अहिलेको अवस्था हेर्दा झापामा अन्तिम मत परिणाम सार्वजनिक गर्न तिन दिनसम्म लाग्न सक्ने देखिएको छ ।निर्वाचन अधिकारीहरूका अनुसार गणना कार्यमा पार्टी प्रतिनिधिहरूको कमी भएकाले मत गणना कार्यमा सुस्तता आएको हो । झापा–५ मा शुक्रबार बिहान ३ बजेदेखि मत गणना कार्य सुरु गरिएको थियो ।शुक्रबार अपरान्ह ३ बजेसम्म ८ हजार मत मात्र गणना भएको छ । झापा–५ मा अहिले दुईटा टोलीले मात्र मत गणना गरिरहेको अवस्था छ ।निर्वाचन अधिकृतको कार्यालयले तेस्रो टोलीका लागि पार्टी प्रति

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १४९ पटक पढिएको
  • चितवन– २ मा रवि लामिछानेलाई साढे ७ हजारभन्दा धेरै मतको अग्रता

    काठमण्डौ ।  चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता झनै बढाउँदै लैजानुभएको छ ।पछिल्लो गणनामा लामिछानेले साढे ७ हजारभन्दा धेरै मतको अग्रता लिनुभएको छ । लामिछानेले १० हजार ८२२ मत ल्याउँदा नेपाली कांग्रेसकी मीनाकुमारी खरेलले २ हजार २२७ मत प्राप्त गर्नुभएको छ ।यस्तै नेकपा एमालेका अस्मिन घिमिरेले २ हजार ८ सय ४६ मत ल्याउनुभएको छ ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १९० पटक पढिएको
  • धनकुटामा एमालेको सुरुवाती अग्रता, श्रम संस्कृति पछ्याउँदै

    इटहरी। धनकुटामा नेकपा एमालेका राजेन्द्रकुमार राईले सुरुवाती अग्रता लिएका छन् । एक हजार ४०१ मतको गणना गर्दा राईले ५१४ मत पाएका छन् ।उनलाई श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१० मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसका दिनेश राईले १८८ मत, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का दिनेश भण्डारीले २३, जनता समाजवादी पार्टीका निशान राईले १५ र नेपाली कम्युनिस्ट पार्टीका धर्मराज पौडेलले ९ मत पाएका छन् ।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १८७ पटक पढिएको
  • तेह्रथुममा एमालेका भानुभक्त ढकालले लिए अग्रता

    इटहरी । तेह्रथुममा नेकपा एमालेका भानुभक्त ढकालले अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार ढकालले ४ हजार १०७ मत प्राप्त गरेका छन्।यस्तै उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सन्तोष सुब्बाले ३ हजार ७८० मत प्राप्त गरेका छन्। दुई दलका उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ। यसअघि सुब्बा अगाडि थिए।तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेन्द्र कार्कीले ३ हजार ४०७ मत प्राप्त गरेका छन्। चौथो स्थानमा श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बुले एक हजार ७९७ मत प्राप्त गरे।

    • प्रकाशित मितिः फागुन २२, २०८२
    • १६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]