इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले राष्ट्रशक्ति निर्माणका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताउनुभएको छ ।होली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले वर्तमान जटिल राजनीतिक अवस्थालाई चिर्दै राष्ट्रिय शक्तिलाई एकीकृत गरेर मुलुकलाई सही निकास दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।रङहरूको पर्व होलीले आपसी सद्भाव, सहकार्य र जिम्मेवारीबोधका साथ अघि बढ्न ऊर्जा दिने उल्लेख गर्दै उहाँले भ्रम र निराशा छरेर समाजलाई विभाजित गर्न खोज्ने प्रवृत्तिलाई परास्त गर्न पनि यस पर्वले प्रेरणा दिने बताउनुभयो ।मुख्यमन्त्री कार्कीले आफ्नो विवेक, बुद्धि र क्षमताको सही प्रयोग गर्दै राष्ट्र निर्माणक
इटहरी । मोरङका हात्ती प्रभावित किसानलाई बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले २० घार मौरी वितरण गरेको छ । बेलबारीस्थित बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहले शनिबार बेलबारी–१, ४, ८, १० र कानेपोखरी–५ का जङ्गलसँग जोडिएका २० परिवारलाई मौरीको घार वितरण गरेको हो । हात्तीविज्ञले मौरीको घार रहेको स्थानमा हात्ती नआउने सुझाव दिएपछि साझेदारी वनले मौरीको घार वितरण गरेको हो । उपभोक्ता समूहका अध्यक्ष दिनेशप्रसाद गिरीका अनुसार मौरीपालनबाट आयआर्जन गर्न र हात्तीबाट बचाउन सकिन्छ भन्ने सुझावलाई दृष्टिगत गरेर उपभोक्तालाई मौरीको घार वितरण गरिएको हो । उहाँले प्रतिघार १० हजार आठ सय रुपियाँमा घार खरिद ग
इटहरी । प्रतिनिधि सभा सदस्य निर्वाचनमा आयोगले तोकेको प्रचारप्रसार गर्न पाउने अवधि एक दिन मात्र बाँकी रहँदा आइतबार उदयपुरका दुई वटै निर्वाचन क्षेत्रमा चुनावी आमसभा, कोणसभा र र्याली व्यापक भएका छन् । उम्मेदवारी दर्ता गरेदेखि नै घरदैलो अभियानमा व्यस्त रहेका राजनीतिक दलका कार्यकर्ता तथा उम्मेदवार आइतबार भने ठाउँ ठाउँमा आयोजित र्याली, कोणसभा र आमसभामा व्यस्त भएका हुन् । आआफ्ना प्रतिबद्धतापत्र, पोस्टर, पम्प्लेट, झन्डा र ब्यानरसहित घरदैलो अभियान सकेर आमसभामा जुटेसँगै आममतदातामा चुनावी माहोल एकाएक चुलिएको छ । पार्टीहरूले बनाएका आआफ्नै चुनावी नारा र गीतले चोक, बजार र गाउँबस्ती गुञ्जायमान भए
इटहरी । प्रतिनिधि सभा निर्वाचन नजिकिएसँगै धनकुटामा नेपाली सेनाले सुरक्षा गस्ती तीव्र बनाएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले जिल्लाभर गस्तीलाई तीव्र पारिएको हो।भिम दल गण, सल्लेरी धनकुटाका अनुसार, जिल्लाभर रहेका ११९ मतदान स्थल र १६६ मतदान केन्द्रमा सेनाको सुरक्षा टोली खटाइएको छ। नेपाल सरकारले दिएको निर्देशन अनुसार एकीकृत निर्वाचन सुरक्षा योजना अन्तर्गत धनकुटाका सातवटै पालिका र गाउँगाउँमा आवश्यकतानुसार सेना परिचालन गरिएको छ।गणले नागरिक प्रशासनलाई सहयोग पुर्याउने, संवेदनशील क्षेत्र र महत्त्वपूर्ण पूर्वाधारको सुरक्षा गर्ने, निर्वाचन अवधिभर उत्पन्न
इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित एप्पल ट्री मन्टेश्वरी स्कूल ले भव्य रूपमा अभिभावक दिवस सम्पन्न गरेको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कट्वालको अध्यक्षतामा तथा शिक्षा समन्वय एकाइ सुनसरीका प्रमुख देवेन्द्र बहादुर मल्लको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक प्रस्तुति रहे। बालबालिकाहरूले गायन, नृत्य, नाटक तथा कला प्रदर्शनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए। मौलिक नेपाली लोकगीतदेखि आधुनिक गीतसम्मका आकर्षक नृत्य प्रस्तुतिले उपस्थित अभिभावकहरूलाई विशेष रूपमा मोहित बनाएको थियो।विद्यालयकी प्रिन्सिपल चन्
इटहरी । सुनसरीको दुहबी नगरपालिका–१० मा आयोजित एक विशेष कार्यक्रममार्फत करिब १०० जना रासवपा , नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन्।बिजय कुमार गच्छदारको प्रमुख आतिथ्य तथा मेहेदी हुसेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी कांग्रेस रोजेको घोषणा गरेका हुन्।कार्यक्रमको अगुवाइ थानेश्वर ओझा, नजाम हुसैन, जाबुल हुसेन तथा सत्यनारायण यादवले गरेका थिए। उनीहरूले कांग्रेसको विचार, लोकतान्त्रिक मूल्य र संगठनात्मक सुदृढीकरणप्रति विश्वास व्यक्त गर्दै ठूलो संख्यामा पार्टी प्रवेश गराएको बताएका छन्।कार्यक्रममा दुहबी–१० का वडा
इटहरी । इटहरी–१६ मा अवस्थित सुनसरी कृष्टल एकेडेमीले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहपूर्ण वातावरणमा सम्पन्न गरेको छ । वि.सं. २०६२ सालमा स्थापना भएको यस विद्यालयले दुई दशकभन्दा बढी समयदेखि शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको छ। २१ वर्षे सफल यात्राको अवसरमा विद्यालय प्राङ्गणमै विविध कार्यक्रम सहित विशेष समारोह आयोजना गरिएको हो। हाल विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्मका सयौं विद्यार्थी अध्ययनरत रहेका छन्। समारोह विद्यालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र धिमालको सभाध्यक्षता तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा इटहरीका अधिकृत पुष्कर गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको ह
इटहरी। इलाम अस्पतालको आकस्मिक कक्ष ९इमजेन्सी० सेवाको नयाँ भवनको निर्माण कार्य सुरु भएको छ । भारतीय राजदूताबासको सहयोग र इलाम नगरपालिकाको लागत साझेदारीमा नयाँ भवन निर्माण सुरु भएको इलाम नगर पालिकाले जनाएको छ । भवन निर्माणका लागि ११ करोड ९६ लाख ५ हजार ६ सय ५७ रुपियाँमा ठेक्का लागेको इलाम नगरपालिकाका इन्जिनियर क्षितिज दाहालले बताउनुभयो । दाहालका अनुसार दुतावासको ९० प्रतिशत रकम र नगरपालिको दस प्रतिशत लागत साझेदारीमा भवन निर्माण पुरा हुने छ । अर्थ डिजाइनर्स एन्ड डेभलोपर्स प्रालि हेटौँडा ६ मकवानपुरले ठेक्का पारेरे सुरु भएको भवनका आगामी २०८४ जेठ १५ गते सम्म निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने छ
इटहरी। फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मोरङमा सुरक्षा र अनुगमनको तयारीलाई तीव्र पारिएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको आयोजनामा आज विराटनगरमा आयोजित सुरक्षा निकाय र निर्वाचन कार्यालयबीचको अन्तक्र्रियामा यस्तो जानकारी दिइएको हो ।कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निर्वाचनको तयारीका बारेमा जानकारी दिँदै सुरक्षा र व्यवस्थापनका सबै पक्षलाई चुस्त बनाइएको बताउनुभयो । उहाँले फागुन १८ गते राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु हुने र यस अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने भन्दै आचारसंहिताको कडाइका साथ पालना गराउन प्रशासन
इटहरी। असोजको त्यो रात, आकाश अचानक कालो भयो । एकैछिनमा झमझम पानी पर्न थाल्यो । बुढी खोलामा बाढीसँगै डर पनि बढ्दै गयो । सुनसरीको दुहबी–१, परास् टोकीका विपन्न परिवार, त्यो रातभर सुत्न सक्नु भएन । बाढीले कतिखेर घर बगाइदिने हो भन्ने त्रास बुढाबुढीदेखि साना बालकसम्ममा थियो । त्यही बस्तीमा बस्दै आउनुभएको थियो, ५० वर्षीय लक्ष्मण सदा ।त्यो रात ठुलो बाढी आयो । लक्ष्मणका परिवारसहित १० परिवारका लागि त्यो रात जीवन र मृत्युको परीक्षा बनेर आएको थियो । गाउँभरि होहल्ला मच्चिएको थियो । धेरैले आफ्नोे घरबाट सकेजति सामान निकाल्नुभयो । न गाँस, न बास, न कपास । त्यही खोला किनारको बस्तीमा बस्दै आउनुभएको थियो ६० वर्षी
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.