All Posts By कोशी प्रेस

    Showing २,९७१-२,९८० of १२,८१४ items.
  • सशस्त्र प्रहरीको श्रमदानबाट फिदिम नगरपालिका वडा १० का विपन्न परिवारको घर निर्माण

    इटहरी ।  सशस्त्र प्रहरीको श्रमदानबाट फिदिम नगरपालिका वडा १० का विपन्न परिवारको घर निर्माण भएको छ । तीन जना छोराछोरीका साथ खोल्सा नजिक पाखामा घाम पानी छिर्ने जिर्ण कटेरोमा जीवनयापन गर्दै आउनुभएका पूर्णकुमार र सम्झना आङ्बोका लागि सशस्त्र प्रहरीको फिदिमस्थित हिमशिखर गुल्मले १२ दिनसम्म प्रहरी कर्मचारी खटाएर घर बनाइदिएको हो । नव निर्मित घर निर्माणपश्चात् हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बलको २५औँ स्थापना दिवसको अवसर पारेर स्थानीय पूर्णकुमार आङबो र सम्झना आङ्बो दम्पतीका लागि घर निर्माण गरिएको गुल्मपति तथा सशस्त्र प्रहरी नायब उपरिक्षक चिरञ्जीवी प्रसाईले जानकारी दिनुभयो । तीन जना छोराछोरीसहित

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २३१ पटक पढिएको
  • निर्वाचनका लागि आजदेखि इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु

    इटहरी ।  आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि आजदेखि  इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु गरिएको छ । इलामका लागि एक हजार नौसय १३ जना निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आगामी माघ १ गतेसम्म भर्ना गरिने निर्वाचन प्रहरीलाई माघ ५ गतेदेखि ९ गतेसम्म छनोट गरिने जनाइएको छ । माघ १२ गते छनोटको नतिजा प्रकाशन गरेर माघ १५ देखि माघ २४ गतेसम्म उनीहरुलाई प्रशिक्षण गराइने तालिका रहेको कार्यालयले जनाएको छ । निर्वाचन प्रहरी मतदान केन्द्र, मतदान स्थलमा नेपाल प्रहरीसँगै ४० दिन काम गर्नेछन् ।

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १९३ पटक पढिएको
  • थारु पहिचानको जीवित संग्रहालय रामधुनी–झुम्काको घोंघी बगिया थारु भिलेज

    इटहरी । थारु कला, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित  ११ वर्षअघि रामधुनी नगरपालिका–झुम्कामा स्थानीय महिला उद्यमी सिता थरुनीले सुरु गरेको ‘घोंघी बगिया थारु भिलेज’ आज थारु सभ्यता र मौलिक संस्कृतिको जीवित संग्रहालयका रूपमा स्थापित हुँदै गएको छ। सीमित स्रोत–साधनबाट सुरु भएको यो थारु भिलेज अहिले स्थानीयदेखि बाह्य पर्यटकसम्मको आकर्षणको केन्द्र बन्दै गएको छ। घोंघी बगिया थारु भिलेजमा थारु समुदायको परम्परागत घर, मौलिक भेषभूषा, कृषि औजार, हस्तकला, लोकसंस्कृति तथा दैनिक जीवनशैलीलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। यहाँ पुग्ने जो–कोहीले थारु समुदायको सांस्कृतिक जरा,

    • प्रकाशित मितिः पुस २५, २०८२
    • ५२५ पटक पढिएको
  • निर्वाचन सुरक्षाका लागि सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने

    इटहरी। आसन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षाका लागि सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले जिल्लामा आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।  निर्वाचन प्रहरी भर्ना गर्नका लागि समितिले जारी गरेको सूचना अनुसार जिल्लामा नेपाल प्रहरीतर्फ तीन हजार १४९ र  सशस्त्र प्रहरी बलतर्फ ४२९ जना जना गरि कुल तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो । प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनोट, नियुक्ति तथा परीचा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २५५ पटक पढिएको
  • ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु

    इटहरी। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा शिक्षण सिकाइ सामग्री निर्माण तालिम सुरु भएको छ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ९रिड नेपाल० को आयोजनामा गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरूका लागि उक्त तालिम सुरु भएको हो । विहीबारदेखि सुरु भएको तालिम फक्ताङलुङ गाउँपालिका –३ सिंवामा अवस्थित सिंवा माध्यमिक विद्यालयमा ७ दिनसम्म चल्नेछ । फक्ताङलुङ गाउँपालिकाका –१ सावादिन, वडा –२ खेजेनिम र वडा –३ लिङखिमका विद्यालयहरूमा कार्यरत शिक्षकहरूका लागि संयुक्त रुपमा तालिम आयोजना गरिएको रिड नेपालका ताप्लेजुङ प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो। फक्ताङलुङ गाउँपालिकाका तीनवटा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २३१ पटक पढिएको
  • विराटनगर महानगरपालिका द्धारा विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय

    इटहरी। विराटनगर महानगरपालिकाले विनियोजित बजेटको २० प्रतिशत कटौती गर्ने निर्णय लिएको छ । बिहीबार १७ औँ नगर अधिवेशनमा आर्थिक वर्ष २०८२र८३ का लागि विनियोजित बजेटको २० प्रतिशत खर्च कटौती गर्ने निर्णय लिइएको हो ।  उपप्रमुख शिल्पा निराला कार्कीले वडास्तरीयबाहेकका विषयमा क्षेत्रगत तथा नगरस्तरीय योजना र कार्यक्रम समायोजन हुने गरी संशोधित बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उपप्रमुख कार्कीले जेनजी आन्दोलनबाट उत्पन्न परिस्थिति, घरजग्गा कारोबारमा आयको मन्दी, संस्थागत बहाल कर लक्ष्य अनुरूप असुल हुन नसक्नुलगायतका कारण चालु आवका लागि प्रक्षेपित बजेट संशोधन गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभएको

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २०३ पटक पढिएको
  • मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने

    इटहरी । मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र  विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो । मेची राजमार्गअन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु हुने भएकाले दैनिक ६ घण्टा सडक तथा विद्युत सेवा अवरुद्ध हुने निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले जनाएको छ । कम्पनीका अनुसार दैनिक बिहान ८ देखि दिउँसो २ बजेसम्म सडक तथा विद्युत सेवा अवरुद्ध हुने भएको हो । निर्माण कार्य अवधि भरि अति आवश्यक कार्यका लागि वैकल्पिक मार्गको सडक प्

    • प्रकाशित मितिः पुस २५, २०८२
    • २०० पटक पढिएको
  • प्रतिनिधिसभा निर्वाचनः झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा सात हजार ५०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै निर्वाचन प्रहरी ९म्यादी सुरक्षाकर्मी० परिचालित हुने प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । यसपटक चार हजार ७४८ निर्वाचन प्रहरी परिचालित हुनेछन् । यसका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीतर्फ संयुक्त भर्ना प्रक्रिया सुरु भइसकेको छ । जिल्लामा २८५ मतदानस्थल र ८१५ मतदान केन्द्र तोकिएका छन् । यसमा ९५ मतदानस्थल र २७१ मतदान केन्द्र अतिसंवेदनशील रहेका छन् । प्रजिअ गेलालक

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १७६ पटक पढिएको
  • पूर्वपश्चिम राजमार्ग र पथरी–जाँते सडक खण्डमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    इटहरी। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा –८ मा बिहीबार साँझ मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी –८ सुनसरी ५१ वर्षीय कमल कोइरालाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को।३१ प ५३९० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा।प्र। ०३–००१–ख १६०२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चिप्लिएर लडेपछि पछाडीबाट आउँदै गरेको बसले ठक्कर दिएको स्थानीयले बताएका छन् । मोरङको बेलबारी –४स्थित कसेनी माध्यमिक विद्यालयका शिक्षक कोइरा

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १७३ पटक पढिएको
  • ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव

    इटहरी। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव दिइएको छ । बिहीबार फुङ्लिङ बजारको अनुगमन गर्दै अनुगमन टोलीले व्यापार व्यवसाय गर्दा व्यावसायिक मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको हो । जिल्लास्थित संयुक्त बजार अनुगमन समितिले फुङलिङका पसल तथा व्यापारिक केन्द्रको अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको नेतृत्वमा गरिएको बजार अनुगमनका क्रममा उपभोग्य वस्तु उपभोगयोग्य भए नभएको, मूल्यसूची, उचित मूल्यदर कायम र व्यवसाय दर्ता तथा नवीकरण भए नभएको अवस्थाबारे निरीक्षण गरिएको थियो । अनुगमन टोलीले पहिलो चरणमा व्यवसायीलाई न्यूनतम् व्यावसायिक

    • प्रकाशित मितिः पुस २५, २०८२
    • १५२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]