इटहरी । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का सबै विद्यालयका शिक्षकहरुलाई आधारभूत प्राथमिक उपचार सम्बन्धी तीन दिने तालिम दिइएको छ। विद्यालय परिसरमा खेलकुद, शैक्षिक गतिविधि वा अन्य कारणले हुने आकस्मिक दुर्घटना, चोटपटक, बेहोस हुने तथा स्वास्थ्यसम्बन्धी आपतकालीन अवस्थाहरूमा तत्काल विद्यालयमै प्राथमिक उपचार प्रदान गर्ने उद्देश्यले जिल्लामै पहिलो पटक तालिम सञ्चालन गरेको वडा अध्यक्ष ङवाङ ठिले शेर्पाले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थीहरूलाई पठन–पाठनका साथै उनीहरूको स्वास्थ्य र सुरक्षामा पनि ध्यान पुर्याउन तालिमको आयोजना गरिएको वडा अध्यक्ष शेर्पाको भनाइ छ । वडा कार्यालयको आयोजना तथा कुशुदेबु
इटहरी । इलामको सूर्योदय नगरपालिकाका दुई वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । लामो समय लगाएर नगरपालिकाले सबै प्रक्रिया पूरा गरी सूर्योदय वडा ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गरिएको हो । नगरपालिकाले पोषणमैत्री वडा घोषणका लागि विभिन्न पाँच चरणमा काम गरिएको थियो । जसको तयारीका लागि योजना तर्जुमाको चरण,कार्यान्वयनको चरण, अनुगमन मूल्याङ्कन र प्रतिवेदनको चरण पूरा गरी घोषण गरिएको पोषणमैत्री वडा घोषणा कार्यक्रमको फोकल पर्सन रवि खत्रीले जानकारी दिनुभयो । सम्पूर्ण प्रक्रिया पूरा गरी नगर प्रमुख रणबहादुर राईले दुबै वडालाई पोषणमैत्री वडा घोषणा गरी प्रमाणपत्र प्रदान गर्नुभएको छ । उक्त अवसरमा नगर प्
इटहरी । ताप्लेजुङको तेल्लोकमा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको उपाधिका लागि सोमबार झापा र धरानबिच प्रतिस्पर्धा हुँदैछ । झापाको न्यु स्टार क्लब बिर्तामोड र धरानको मरिक फुटबल क्लब उपाधि आफ्नो पोल्टामा पार्ने योजन सहित मैदान उत्रदै छन् । सेमिफाइनमा धरानले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई ट्राइबेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । यस्तै झापाले म्याङ्लुङ स्पोर्टिङ युवा क्लबलाई ५–२ गोलअन्तरले पराजित गदै फाइनलमा धरानसँगको भिडन्त पक्का गरेको हो । सिरिजङ्गा सिहँ थेवेको जन्मजयन्तीको अवसरमा गत मङ्सिर २३ गतेबाट सुरु भएको प्रतियोगितामा भारतको पारिजात फुटबल क्लब
इटहरी । विगत लामो समयदेखि आँखामा समस्या भएर राम्ररी देख्न नसक्ने वृद्धवृद्धाहरूले आँखा स्पष्ट देख्न थालेपछि शल्यक्रियामा खटिने चिकित्सकलाई आशीर्वाद दिएका छन् । पहाडी जिल्ला भोजपुरमा नेपाल नेत्रज्योती सङ्घद्वारा हालै आयोजित तीनदिने निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु तथा समस्या हुने नागरिकको शल्यक्रिया मार्फत आँखाको ज्योती पुनः फर्किएपछि उनीहरु रमाएका हुन् । सेवा पाएका वृद्धवृद्धाले शल्यक्रियामा संलग्न विराटनगर आँखा अस्पतालमा कार्यरत डा रक्षा बस्नेतलाई आगामी दिनमा पनि यस्तै नागरिकलाई सेवा दिन आशीर्वाद दिनुभयो । शिविरमा डा बस्नेतलगायतका स्वास्थ्यकर्मीको टिमले ए
इटहरी । भोजपुर जिल्लाका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् । सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको हो । विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भर पर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको टेम्केमैयुङ गाउँपालिका–५ खावा केराबारीका किसान देवराज राईले बताउनुभयो । हाल २२ रोपनी क्षेत्रमा करिब २०० वटा सुन्तलाका बोट लगाएर व्यावसायिक खेती ग
इटहरी । गत असोज १८ गतेको बाढीपहिरोको जोखिममा घर परेपछि इलाम नगरपालिका–५, बरबोटेकी मङ्गली विश्वकर्माको परिवार अझै घर फर्कन सकेको छैन । बरबोटेबाट पुवाखोलातर्फ गएको पहिरोले घर तानेपछि विश्वकर्माको घरमा बस्न सक्ने अवस्था छैन । उहाँलाई अहिलेसम्म ३० बोरा सिमेन्ट र दुुई थान त्रिपाल राहत आएको छ । त्यतिले घर बनाउन सक्ने अवस्था छैन । विश्वकर्माको परिवार अहिले आफ्नो घरभन्दा अलि पर आश्रय लिएर बस्दै आएको छ । बाढीपहिरोका कारण विस्थापितमध्ये मङ्गली विश्वकर्माको परिवार उदारण मात्र हो । इलाममा असोज १८ गते रातिको बाढीपहिरोका कारण ३३८ घर पूूर्ण रूपमा क्षति भएको छ । ४४९ परिवार विस्थापित भएका छन् । अहि
इटहरी । बदाम उत्पादन गर्ने कृषकले उत्पादनको आधारमा १२ लाखभन्दा बढी प्रोत्साहन रकम पाएका छन् । पाँच मुरी तथा सोभन्दा बढी बदाम फलाउने कृषकलाई खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले प्रोत्साहन रकम प्रदान गरेको हो । कृषकहरुलाई बदाम उत्पादनमा हौसलाका लागि नगरपालिकाले उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो । यस वर्ष हलेसी तुवाचुङ नगरपालिकामा दुई सय ६१ किसानले तीन हजार एक सय २८ मुरी बदाम उत्पादन गरेका छन् । उत्पादनको आधारमा नगरपालिकाबाट किसानले १२ लाख चार सय रकम प्रोत्साहन स्वरुप पाएका हुन् । सुरुमै अनुदान दिनुभन्दा उत्पादनका आधारमा प्रोत्साहन रकम दिँदा बास्तबिक किसानले प्राप्त गर्ने
इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक रातिका समयमा हात्ती गाउँ प्रवेश गरेर घरमा थन्क्याएका खाद्यन्न तथा बालीमा नास गर्न थालेका स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयवासी श्यामनारायण चौधरीका अनुसार गत शनिबार रातिमात्र स्थानीय अमृत अधिकारीको घरका बार भत्काएर अन्न क्षति गरेको थियो । यसैगरी, स्थानीय पर्शुराम हुजदारले आफ्नो घरको भकारीमा राखेको धान हात्तीले क्षति गरेको जानकारी दिनुभयो । मध्यरातमा हात्ती प्रवेश गरेर घर वरिपरि बिरुवा खाने र भकारी भत्काएर धान खान थालेको उहाँले बताउनुभयो । हात्ती रातिका समयमा गाउ
इटहरी | द शान्तिनगर युथ क्लबको आयोजनामा सम्पन्न दोस्रो वडा स्तरीय स्नुकर च्याम्पियनसिपको उपाधि आशिक राईले हात पारेका छन् ।फाइनल खेलमा विजयी बनेका राईलाई नगद २० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र तथा शिल प्रदान गरिएको छ । त्यस्तै, दोस्रो स्थान हासिल गरेका जनेश तामाङलाई नगद १२ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल प्रदान गरिएको आयोजकले जनाएको छ ।पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता सिजन गुरुङले यस्ता प्रतियोगिताले खेलाडीहरूको क्षमता विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले युवालाई अनुशासित, सक्रिय
इटहरी । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–३ पन्चनमा २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राई र स्थानीय समाजसेवी तथा निर्माण व्यवसायी बेदराज थापाको निजी आर्थिक सहयोगमा करिब २ सय २० जना नागरिकलाई न्यानो कपडा प्रदान गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । चिसो मौसम सुरु भएसँगै लक्षित समुदायको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै शनिबार वडा कार्यालयमा एक कार्यक्रमका बीच न्यानो कपडा वितरण गरिएको हो । वडा नम्बर ३ का वडा अध्यक्ष इन्द्रमणी दहालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष असिम राईको प्रमु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.