इटहरी । झापाको मेचीनगर–४ मा सञ्चालनमा रहेको मानव सेवा आश्रममा आश्रित ११ जनाको मृत्यु भएको खुलेको छ । करिब एक वर्षको अवधिमा ती व्यक्तिहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सबैभन्दा पछिल्लो घटना अनुसार, शिवसताक्षी नगरपालिकाले उद्धार गरी आश्रममा पठाएकी ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको हो । असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी उक्त आश्रममा पठाइएको थियो । यसअघि पनि आश्रममा आश्रित विभिन्न व्यक्तिहरूको क्रमिक मृत्यु हुँदै आएको प
इटहरी । फरक क्षमता भएकी आफ्नै दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । फरक क्षमता भएकी ६५ वर्षीया वृद्धा दिदिलाई बलात्कार गरेको अभियोगमा खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका ४२ वर्षीया भाई पक्राउ परेका हुन् । असोज २१ गते मौखिक जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक राजु विष्टले बताउनुभयो । असोज २२ गते जाहेरी दर्ता गरेर जिल्ला अदालत खोटाङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ । पीडित महिलाको असोज २२ गते जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
इटहरी। निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि खुलाएसँगै जिल्ला निर्वाचन कार्यालय खोटाङमा चहलपहल बढेको छ । फागुनमा घोषणा भएको निर्वाचनका लागि युवाले मतदाता नामावलीमा नाम दर्ता गराउन थालेका हुन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने जनाएको छ । जिल्ला निर्वाचन कार्यालय खोटाङमा हरेक दिन २० देखि २५ जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको कार्यालय प्रमुख रविन मगरले जानकारी दिनुभयो । कार्यालयमा उत्साहजनक भिड नभए पनि हरेक दिन विशेष गरी युवा नाम गराउन आइरहेको उहाँको भनाइ छ । निर्वाचन आयोगले देशका जुनसुकै निर्वाचन कार्यालयबाट पनि मतदा
इटहरी। डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको छ । उत्पादित बिरुवामध्ये एक लाख १० हजार ४७० बिरुवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले जानकारी दिनुभयो । वितरित बिरुवामध्ये ६६ हजार २८२ बिरुवा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ बिरुवा व्यक्तिहरू तथा सङ्घ–संस्थाहरूलाई वितरण गरिएको उहाँले बताउनुभयो । सूचना अधिकारी लिम्बूका अनुसार, ती बिरुवाबाट सामुदायिक वन क्षेत्रमा ४१ दशमलव ४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७ दशमलव ६१ हेक्टर भू–भागमा वृक्षरोपण गरिएको छ । कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटे
इटहरी। नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले देशलाई राजनीतिक स्थायित्व र समाधानको बाटोमा अघि बढाउन जेनजी आन्दोलनका प्रतिनिधिहरू समेत सम्मिलित सर्वदलीय सरकार गठन अपरिहार्य रहेको बताउनुभएको छ । शनिबार संखुवासभाको खाँदबारीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गौतमले हालको आन्दोलनमा जेनजीका तर्फबाट उठाइएका मागहरूलाई संवैधानिक प्रक्रिया र राष्ट्रिय सहमतिको माध्यमबाट मात्र सम्बोधन गर्न सकिने स्पष्ट पार्नुभयो । गौतमका अनुसार, जेनजी आन्दोलन शान्तिपूर्ण रूपमा अघि बढेको भए पनि केही घुसपैठकर्ताहरूले आगजनी र तोडफोड गरी आन्दोलनलाई बदनाम गर्न खोजेका छन् । उहाँले देशमा शान्ति, स्थायित्व र लोकतान
सुनसरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाको रामधुनी शाखाको २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।रामधुनी शाखाको साधारणसभा रामधुनीको कल्पवृक्ष पार्टी प्यालेशमा रामधुनी शाखाले आफ्नो २४ औं बार्षिक साधारण सभा गरेको हो ।मुख्य कार्यालय इटहरीमा रहेको यस सहकारी संस्थाका सुनसरीका विभिन्न स्थानमा सेवा केन्द्रहरू सञ्चालनमा छन्। तीमध्ये बराहक्षेत्र नगरपालिका–चतरा, बाङ्गे, राजाबास,तरहरा ,इटहरी, पुर्वी गैसार र खनार शाखाको साधारणसभा गरिसकेको छ ।साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर बस्नेतले आर्थिक वर्ष २०८१
सुनसरी | बराहक्षेत्र नगरपालिका–१० स्थित रामधुनी प्रकाशपुर सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वार्षिक कार्ययोजना तथा बजेट नीति निर्माण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा वन उपभोक्ता समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कार्यकारी सचिव, सदस्यहरू, कर्मचारीहरू साथै स्थानीय समाजसेवी, शैक्षणिक र बौद्धिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त कार्ययोजना निर्माण कार्यमा चन्द्रप्रसाद सिक्देलले प्रोजेक्टरको माध्यमबाट सहजकर्ता (फ्यासिलिटेटर)का रूपमा सहजीकरण गर्नुभएको थियो।यो वर्ष सामुदायिक वनले पहिलोपटक प्रविधिमैत्री र पारदर्शी ढङ्गले कार्ययोजना र बजेट नीति तयार पारेको हो। सबैको राय,
इटहरी । असोज १८ गते रातिको बाढीपहिरोले अवरुद्ध भएको इलामको फिक्कल–नयाँबजार सडक सञ्चालनमा आएको छ । मयूखोलाको पानी फिजाएसँगै खोलामाथिको भागमा नयाँ ट्रयाक खोल्ने काम सम्पन्न भएपछि उक्त सडकमा आज दिउँसोबाट यातायत सञ्चालनमा आएको हो । उक्त सडक अवरुद्ध भएपछि सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका बिच सडक सम्पर्क टुटेको थियो । बाढीले मयूखोलाको कल्भर्ट बगाएको थियो भने खोलामाथिको सडक पहिरोले क्षतिग्रस्त बनाएको थियो । सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाको ५०–५० प्रतिशत लगानीमा सडक खोल्ने काम भएको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनुभयो । अस्थाई रुपमा खोलाको पानी फिजाउने र नया
इटहरी । उदयपुरमा तीन अलग अलग जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले चारजनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । उदयपुरको अलग अलग स्थानमा अलग अलग समय र मितिमा भएको जबरजस्ती करणी गुपचुप रहेको भए पनि पछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि बाहिर आएको र उदयपुर प्रहरीले किटानी जाहेरीका आधारमा दोषीहरुलाई पक्राउ गरेर आवश्यक कारबाही अघि बढाएको छ । प्राप्त जानकारी अनुसार चौदण्डीगढी नगरपालिका वडा नं २ चारघरेमा एक १६ वर्षिया नावालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाका प्रहरी कार्यालय बेल्टारले ससोही ठाउाका १९ वर्षीय सञ्जय सदा मुशहरलाई पक्राउ गरेको छ ।&n
काठमाडौं । टिकटक भिडियो बनाउन खोलामा हाम फालेका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको हो। लगातार परेको अविरल वर्षाका कारण बाराको दुधौरा खोलाको पुलबाट यही असोज १९ गते हाम फालेको टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। गोसाइँ असोज १९ गते आइतबार बिहान ८स् ३० बजे दुधौरा खोलाको पुलबाट हाम फालेका थिए। उनको सशस्त्र
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.