All Posts By कोशी प्रेस

    Showing ४,२११-४,२२० of १२,८९४ items.
  • लागुऔषध गाँजासहित दुई महिला पक्राउ

    इटहरी ।  झण्डै १२ किलो लागुऔषध गाँजासहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार जिल्लाको उदयपुरगढी गाउँपालिका–७ कमानबाट ती महिलाहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिराहा जिल्ला लहान नगरपालिका– बस्ने ४० वर्षीया अस्मिता राम र वडा नं १७ बस्ने ४५ वर्षीया लिलादेवि राम रहेका छन् । बराबद ११।८५२ केजि लागुऔषध बिक्री गर्न लैजाँदै गर्दा बरामद गरिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक चापागाईले बताउनुभयो ।   

    • प्रकाशित मितिः असोज १२, २०८२
    • ४१२ पटक पढिएको
  • सुनसरीमा जेन्जी आन्दोलनको नाममा आगजनी, अर्बौँको क्षति

    इटहरी । हालै जेन्जी आन्दोलनका क्रममा विभिन्न अराजक तत्वहरूले घुसपैठ गरी देशका महत्वपूर्ण संरचना र निजी सम्पत्तिमाथि आगजनी गरेका छन् । सोही सिलसिलामा सुनसरी जिल्लाका विभिन्न स्थानमा गरिएको तोडफोड र आगलागीबाट ठूलो मात्रामा भौतिक क्षति भएको छ । घटनापछि नेकपा (एमाले) पोलिटब्युरो सदस्य भीम आचार्य, केन्द्रीय सदस्य भगवती चौधरी, कोशी प्रदेशसभा सदस्य रामदेव यादव, गढी गाउँपालिका अध्यक्ष आस नारायण चौधरी, बर्जु गाउँपालिका अध्यक्ष जिवछ राय, नेकपा एमाले जिल्ला कमिटीका सदस्यहरू, गढी गाउँपालिका अध्यक्ष दिपक चौधरी, बर्जु गाउँपालिका अध्यक्ष भिम भट्टराई लगायतका स्थानीय नेता, वडा अध्यक्ष, वडा कमिटीका प्रतिनिधि तथ

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ४३२ पटक पढिएको
  • इटहरीमा जुम्लाको अर्गानिक स्याउ बिक्रीमा

    इटहरी । जुम्ला जिल्लाको सिन्जा क्षेत्र अन्तर्गत कनकासुन्दरी गाउँपालिकाका विभिन्न वडाबाट संकलन गरिएको करिब २५ सय क्वीन्टल अर्गानिक स्याउ हाल इटहरीमा बिक्रीका लागि ल्याइएको छ । अबर काफ्ले, युवराज काफ्ले, रम हमाल लगायतको टिमले निरन्तर चार देखि पाँच दिन सम्म ट्रक मार्फत ढुवानी गरी स्याउ इटहरी ल्याएका हुन् । इटहरी–६ दुर्गा पार्टी प्यालेस नजिक काफ्ले अर्गानिक सेन्टर मार्फत रेड डेलिसियस, रोयल डेलिसियस र जोनाथन जातका स्याउ बिक्री भइरहेको छ । विशेष गरी जुम्लाको अर्गानिक स्याउ कुनै पनि रासायनिक मल वा कीटनाशक बिना उत्पादन हुने भएकाले पूर्णतया प्राकृतिक र स्वास्थ्यवद्र्धक मानिन्छ । यसको मीठो स्वाद, रसिलोप

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २८८ पटक पढिएको
  • पत्रकार महासंघले गरे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

    इटहरी । नेपाल पत्रकार महासंघ संखुवासभा शाखाले बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार सदरमुकाम खाँदबारीस्थित उद्योग वाणिज्य संघको हलमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुमन शाक्यले सबै नेपालीहरुलाई शुभकामना दिदै. जेनजीको माग अनुसार सुशासन कायम गर्न र भष्टाचारको अन्त्य गर्न लाग्नुपर्ने बताउनुभयो । मुलुकका राजनैतिक दलका नेता मात्रै होइन, कर्मचारीहरुका कारण पनि भष्टाचार बढेको उहाँले बताउनुभयो । त्यसैगरि खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले जेनजीले मुलुकको आवश्यकता अनुसारको माग उठाए

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २४७ पटक पढिएको
  • लेटाङ–६ गुवाबारीमा श्रमदान कार्यक्रम सम्पन्न, श्रमदानमा ४० जना सहभागी

    इटहरी । लेटाङ नगरपालिका–६ गुवाबारीमा शुक्रबार श्रमदान कार्यक्रम सम्पन्न भएको छ । श्रमदान कार्यक्रम देउजेमा भेला भई सो स्थानबाट खोला सम्म बाटो पुर्ने र बाटोको साइडमा रहेका झाडीहरू फाड्ने काम गरिएको हो । कार्यक्रममा स्थानीय श्रमदाताहरूको उल्लेखनीय उपस्थिति रहेको स्वतन्त्र नागरिक समाजका संयोजक भवानी माखिमले जानकारी दिनुभयो । संयोजक माखिमका अनुसार यस प्रकारका श्रमदानले गाउँठाउँ उज्यालो बनाउन र पूर्वाधार सुधारमा महत्वपूर्ण योगदान पु¥याइरहेको छ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ३१७ पटक पढिएको
  • एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक

    काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डो महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ३१० पटक पढिएको
  • छात्रामाथि अश्लील दुराचार गरेको आरोपमा इनरुवाको स्मल हेभेन एकेडेमीका सञ्चालक बर्खास्त

    इटहरी । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–३ स्थित स्मल हेभेन एकेडेमीका सञ्चालक  हरेराम मिश्रले आफ्नै छात्रालाई अश्लील सन्देश पठाउँदै गोप्य अङ्ग देखाएको भिडियो सार्वजनिक भएपछि व्यापक आक्रोश फैलिएको छ । सोही स्कुलबाट भर्खरै मात्र  कक्षा १२ बाट पास आउट भएकी नाम परिवर्तन गरी ‘सबिता’ भनिएकी पीडित छात्राका अनुसार मिश्रले निरन्तर मोबाइलमार्फत अश्लील सामग्री पठाउँदै पार्टी रुममा बोलाएर भिडियो कलमार्फत आफ्नो गोप्य अङ्ग देखाउने जस्ता घिनलाग्दा क्रियाकलाप गर्दै आएका थिए ।  छात्राले अन्य नम्बरहरू ब्लक गरे पनि मिश्रले नयाँ–नयाँ नम्बरबाट सम्पर्क गरेर धम्की दिने र दबाब सिर्जना गर्ने गरेको आरो

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २७६ पटक पढिएको
  • सिदिङ्वा गाउँपालिकामा ज्येष्ठ नागरिकको घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका ज्येष्ठ तथा अशक्त नागरिकले घरदैलोबाटै स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रममार्फत घरदैलोमै ज्येष्ठ तथा अशक्त नागरिकले स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । शुक्रबार सम्पन्न भएको कार्यक्रममार्फत ९६२ जनाले सेवा प्राप्त गरेका सिदिङ्वा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार शाहले जानकारी दिनुभयो । शाखा प्रमुख शाहका अनुसार घर–घरमा पुगेर ६० वर्षमाथिका ज्येष्ठ नागरिक, अपाङ्गता र दीर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । गाउँपालिकाका सात वटा वडामध्ये सबैभन्दा बढी वडा ३ आङ्ख

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ३२१ पटक पढिएको
  • ताप्लेजुङमा शुक्रबारदेखि उडान सुरु

    इटहरी । ताप्लेजुङमा हवाई उडान सुरु भएको छ । फुङलिङमा रहेको सुकेटार विमानस्थलमा करिब दुई महिनापछि शुक्रबारदेखि उडान सुरु भएको हो ।वर्षायाम सुरु भएसँगै गत साउन ५ गतेदेखि उडान हुन सकेको थिएन । सुकेटार विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर दिलीप राजवंशीका अनुसार बारम्बार लागिरहने हुस्सु तथा कुहिरोले भिजिबिलिटी कम हुँदा दुई महिनासम्म उडान अवरुद्ध भएको थियो । अहिले मौसममा क्रमशः सुधार आएकाले उडान सुरु भएको उहाँको भनाइ छ । ताप्लेजुङमा नेपाल वायु सेवा निगमको ट्विनअटर जहाज मात्र सञ्चालन हुँदै आएको छ । जहाजमा आउने प्राविधिक समस्या र मौसम परिवर्तनले पटक पटक उडान अवरुद्ध हुँदा जिल्लावासी हवाई सुविधाबाट वञ्चित

    • प्रकाशित मितिः असोज ११, २०८२
    • ३७७ पटक पढिएको
  • सुकुना बहुमुखी क्याम्पसकी प्रभा थापा नेपालकै उत्कृट

    माेरङ, सुन्दरहरैँचा । माेरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसले फेरि पनि देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको प्रमाण प्रस्तुत गरेको छ। हालै प्रकाशित BBA पाँचौँ सेमेस्टरको नतिजामा सो क्याम्पसकी छात्रा प्रभा थापाले 4 SGPA ल्याउँदै नेपाल उत्कृष्ट अङ्क ल्याउन सफल भएकी छन्।त्यस्तै, अर्चना रिजालले 3.99 SGPA ल्याउन सफल भइन्। यसैगरी, योवी गुरुङ, स्मृति बस्नेत र प्रकृति लुइटेलले 3.98 SGPA ल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।क्याम्पसको सफलता सार्वजनिक भएपछि क्याम्पस प्रशासनले सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकप्रति आभार प्रकट गरेको छ। क्याम्पस प्रमुख अर्जुन अधिकारीका अनुसार, “सुकुना

    • प्रकाशित मितिः असोज ११, २०८२
    • २९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]