सुनसरी / दुहबी नगरपालीका प्रमुख वेद नारायण गच्छादारले प्रधानमन्त्री शुसिला कार्कीलाइ पत्र पठाएका छन । योगदान रकममा आँशिक सहुलियत मात्र रहेको अत्यावश्यक लक्षित बर्ग समुदाय स्वास्थ्य बिमा कार्यक्रम सन्चालन गर्दै आएका दुहबी नगरपालिका लगायतलाइ मन्त्रीपरिषदको गत असोज ५ गतेको निर्णय को दफा ९ ( च) आकर्षीत हुने वा नहुने बारे प्रस्ट पारीदिन पत्रमा उल्लेख गरिएको छ।बहुसंख्यक दलित, भुमिहिन सुकुम्बासी, बिपन्न लगायतका अपाङ्ग र आश्रीत परिवारहरुको बसोबास रहेको दुहबी नगरपालिका यसैपनि गुणस्तरिय स्वास्थ्य सेवा बाट बन्चित रहेको छ, आम नागरिकको स्वास्थ्यमाथी नै असरपुग्ने यस्ता खालका निर्णयले पैसाकै अभावमा रोगको शिक
इटहरी । विवाहित महिलाहरूलाई प्रतिभा र सौन्दर्यसँगै सशक्तीकरणको प्लेटफर्म दिने उद्देश्यले सुरु गरिएको ‘मिसेस पुर्बेली आईकन’ दोस्रो संस्करणको बुधबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । फाइनलमा प्रवेश गरेका ११ प्रतिस्पर्धीले आ–आफ्नो कला प्रस्तुत गर्दै दर्शक र निर्णायकलाई प्रभावित पारेका थिए । प्रतिष्पर्धी सीमा लकान्द्रि, समिता राई, अर्चना सिटौला र सिता पुरीले नृत्य प्रस्तुत गरे भने रइशा चौधरीले थारु नृत्य प्रस्तुत गरिन् । परिना राईले ‘आमा’ शीर्षकको कविता वाचन गरिन् भने उर्मिला मगरले जेनजी आन्दोलनका क्रममा मारिएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने कवित
इटहरी । सुनसरीको रामधुनी नगरपालिकामा निर्माणाधीन रंगशालाको प्याराफिट गुणस्तरहीन देखिएपछि भत्काउन निर्देशन दिइएको छ । २०८१ साल माघ ६ गते सम्झौता भई २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नेगरी १ करोड २० लाख ४० हजार ३८० रुपैयाँमा ठेक्का प्रक्रिया भएको थियो । उक्त काम इटहरीस्थित अभयचन्द्र बिल्डर्स एण्ड इन्जिनियर प्रालिले ७७ लाख ६६ हजार ६६० रुपैयाँमा हात पारेको थियो । हालसम्म ठेकेदार कम्पनीले तीन किस्तामा २४ लाख ४५ हजार २३७ रुपैयाँ भुक्तानी लिइसकेको छ । रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापा, प्राविधिक, कार्यपालिका सदस्य तथा स्थानीयवासीको उपस्थितिमा गरिएको अनुगमनपछि प्याराफिट कम्सल देखिएर ल्याबमा परीक्षण
इटहरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मोरङ जिल्ला संगठन कमिटीको आयोजनामा बिहीबार उर्लाबारी–५ स्थित पूर्वाञ्चल बौद्ध गुम्बामा “जेन जेड विद्रोह, नयाँ परिस्थिति र अबको निकास” विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था र स्थानीय तहका प्रमुख–प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख वक्ता पोलिट ब्युरो सदस्य दिपेश राईले हालको विद्रोहलाई सामान्य सरकार परिवर्तनको आन्दोलन मात्र नभई राज्यव्यवस्था परिवर्तनको सङ्घर्षका रूपमा हेर्नुपर्ने बताउनुभएको छ । राईले संविधान पुनर्लेखन, कार्यकारी प्रधानमन्त्रीको व्यवस्था र नेपाली
इटहरी । भारतको जोगबनी बजारमा समुदायबीच विवाद बढेपछि स्थानीय बजार बन्द गरिएको छ । इस्लाम धर्मगुरु पैगम्बरबारे टीकाटिप्पणीपछि पक्ष–विपक्षमा विवाद चर्किएर जोगबनी शुक्रबार तनावग्रस्त बनेको हो । साम्प्रदायिक विवाद बढ्दै गएपछि उत्पन्न तनावका कारण सीमा क्षेत्र रानी–जोगवनी नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सुरक्षाकर्मीका अनुसार हिन्दु समुदायका केही युवाले सामाजिक सञ्जालमा इस्लाम धर्मगुरु पैगम्बर मोहम्मदबारे गलत टिप्पणी गरेपछि मुस्लिम समुदाय विरोधमा उत्रिएको हो । सोही क्रममा बजरंग दलका कार्यकर्ता पनि प्रतिवादमा उत्रिएपछि दुवै पक्षबीच दोहोरो झडप भएको जानकारी आएको छ । दुवै समुदा
इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–८ मा टिपरको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गअन्तर्गत हिमाली पेट्रोल पम्पनजिकै मंगलबार दिउँसो करिब २ बजेतिर पैदल यात्रामा रहेकी महिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा परेर गम्भीर घाइते भएकी महिलाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करिब ३५ वर्षकी मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा मृत्यु भएकी महिलाको नाम, थर र वतन खुलाउने प्रयास भइरहेको प्रहरीले उल्लेख गरेको छ । दुर्घटनालगत्तै प्रहरीले टिपर चालक
इटहरी । जेनजी आन्दोलनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट क्षतिग्रस्त भएको मोरङको सुन्दरहरैचा नगरपालिकालाई सिद्वार्थ सेकेन्डरी स्कूलले सामाग्री हस्तान्तरण गरेको छ । नगरको सेवा प्रवाहमा सहजता ल्याउनका लागि सिद्वार्थ बोडिङको तर्फबाट सामाग्री हस्तान्तरण गरिएको हो । सुन्दरहरैँचा नगरपालिकाको शिक्षा शाखाका लागि सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कुलले एक थान दराज, कुर्सी र टेबल प्रदान गरेको विद्यालयका प्रिन्सिपल अर्जुन वस्नेतले जानकारी दिनुभयो ।
इटहरी । नेपाल खेलकुद महासंघले आकस्मिक विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा राजधानी बानेश्वरस्थित केन्द्रीय कार्यालयमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जेन–जि आन्दोलनका कारण देशभर सिर्जिएको विषम परिस्थितिलाई संकट मोचन गर्ने उद्देश्यसहित विशेष प्रदेश सहित सात वटा प्रदेशमा प्रदेश अध्यक्षको नेतृत्वमा १०१ सदस्यीय विशेष स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको महासंघले जनाएको छ । यस अवसरमा चितवन जिल्लाबाट मुङ्लिन–नारायणगढ सडकखण्ड तीन दिनदेखि अवरुद्ध हुँदा अलपत्र परेका यात्रुहरुलाई प्रदान
इटहरी । गत भदौ २४ गतेको आन्दोलनबाट दुहबी नगरपालिकामा आगलागी र लुटपाट हुदा दुह्बी नगरपालिकामा भएको अकल्पनिय क्षतीउपर हाल बिभिन्न निकायका सहयोगी हातहरु अगाडि बढेका छन् । केहिदिन अगाडि एसियन ल्यादर फ्याक्ट्रीले कम्युटर हस्तान्तरण गरेको थियो भने आज पुन मोरङ ब्यापार संघ सि एन आई कोशी, उध्योग संगठन मोरङले विभिन्न सामाग्री हस्तान्तरण गरेका छन् । दुह्बी नगर प्रमुख वेदनारायण गछादारलाई मोरङ ब्यापार संघका निर्देशक कृष्ण रेग्मि, सि एन आइ कोशीका निर्देशक बिजयहरी शर्मा, उयोग संगठन मोरङका माहानिर्देशक चुडामणी भट्टराइले
इटहरी । रामधुनी नगरपालिकाका उपमेयर तारा थापाले झुम्का आधारभूत अस्पतालमा ’स्वास्थ्य बीमा प्रथम सेवा बिन्दु’ को शुभारम्भ गर्नुभएको छ । यस सेवा बिन्दुको स्थापनाबाट स्थानीय बासिन्दाहरूले अब उक्त अस्पतालभित्र नै स्वास्थ्य बीमासँग सम्बन्धित सबै जानकारी, दर्ता, सल्लाह र अन्य आवश्यक सेवाहरू प्राप्त गर्न सक्ने भएको छ । यसले ग्रामीण क्षेत्रका नागरिकहरूको लागि स्वास्थ्य बीमा सम्बन्धी पहुँच र सजिलोको सिर्जना गर्ने अपेक्षा गरिएको छ । उद्घाटनको अवसरमा उपमेयर थापाले यो सेवा नगरका नागरिकहरू, विशेष गरी गरीब, वंचित र सुगम्यताको अभाव भएका व्यक्तिहरूको स्वास्थ्य सेवामा पहुँच बढाउने महत्त्वपूर्ण कदम भएको बताउदै यस
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.