All Posts By कोशी प्रेस

    Showing ४,४३१-४,४४० of १२,९०९ items.
  • समयमै वर्षा नहुँदा र बसाइँसराइ बढ्दा भोजपुरमा धानखेतीको क्षेत्र घट्दै, उत्पादनमा पनि कमी आउने आशंका

    इटहरी । भोजपुर जिल्लामा यस वर्ष धानखेतीको क्षेत्र घटेको छ । गत वर्ष बाह्र हजार १५४ हेक्टर क्षेत्रमा धानखेती भएकामा यस वर्ष ११ हजार पाँच सय हेक्टरमा मात्र धानखेती विस्तार भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।  यस वर्ष समयमा बर्सात नहुुनु तथा गाउँघरमा बसाइँसराइको दर बढेको कारण धानखेतीको क्षेत्र घटेको कृषि ज्ञानका सूचना अधिकारी घनश्याम बरालले बताउनुभयो । यो वर्ष भोजपुरमा करिब ९६ प्रतिशत मात्र रोपाइँ भएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष भोजपुरमा ३७ हजार ७०० मेट्रिक टन धान उत्पादन भएको थियो । धानखेतीको विस्तारको क्षेत्र घटेकाले यस वर्ष उत्पादनमा पनि कमी आउने सम्भावना रहेको देखिएक

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • २३५ पटक पढिएको
  • झापाको प्रहरी कार्यालयबाट ९२ थुनुवा भागे

    इटहरी । जेनजी आन्दोलको क्रममा आन्दोलनकारीहरुले झापाको प्रहरी कार्यालयहरुलाई नियन्त्रणमा लिएर बिभिन्न इलाका प्रहरी कार्यालयहरुमा रहेका ९२ जना थुनुवाहरुलाई भगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनकारीहरूले गम्भीर, जघन्य प्रकृतिका साथै अन्य अपराधमा संलग्न रही अनुसन्धानमा रहेका थुनुवाहरूलाई भगाएको उल्लेख गरेको छ । विहीबार जिल्ला प्रहरी कार्यालय झापाले पत्रकारलाई उपलब्ध गराएको विवरणअनुसार इलाका प्रहरी कार्यालय दमकबाट ५१ जना, अनारमनीबाट ३६ जना र झिलझिलेबाट ५ जना गरी ९२ जना फरार भएको उल्लेख गरिएको छ । फरार भएकाहरु हत्या, डकैती, लागुऔषध कारोबारजस्ता

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • २१२ पटक पढिएको
  • नेपाल तरुण दलद्वारा शान्ति, अमनचयन र सार्वजनिक सम्पत्ति संरक्षणको आग्रह

    काठमाडौं — हालै जेन्जी पुस्ताले आयोजना गरेको आन्दोलनमा घुसपैठका कारण विद्यार्थी, युवाहरू र सुरक्षाकर्मीको ज्यान गएका घटनाप्रति नेपाल तरुण दलले गहिरो दुख व्यक्त गरेको छ। दलले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते पत्रकार, प्रहरी तथा विद्यार्थी–युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।प्रेस विज्ञप्तिमा दलले भदौ २४ गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र डा. आरजु राणा देउवाको निवासमा भएको आक्रमणलाई ‘नियोजित हत्या प्रयास’ भन्दै कडा आपत्ति जनाएको छ। विज्ञप्तिमा आक्रमणको बेला देउवा दम्पतीलाई सुरक्षित स्थानमा पुर्‍याई सहयोग गर्नेहरूलाई ‘हृदयदेखि आभारी’ रहेको उल्लेख गरिएको छ।दलका अध्यक्ष व

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • ३३६ पटक पढिएको
  • भाटभटेनी शाखामा आगजनी र लुटपाट : हजारौं श्रमिक दशैंअगाडि रोजगारीविहीन

    काठमाडौं | Gen Z पुस्ताको आन्दोलनको नाममा देशभरका विभिन्न स्थानमा लुटेरा समूहले भाटभटेनी सुपरमार्केटका शाखाहरूमा आगजनी र लुटपाट गरेका छन्। सोमबार राति भएका ती घटनाले सम्पूर्ण समाजलाई स्तब्ध तुल्याएको छ।यस क्रममा हजारौं श्रमिक–मजदुर दशैंको मुखमै रोजगारी गुमाउँदै सडकमा पर्ने अवस्था आएको छ। घटनाले न त आम नागरिकलाई राहत दियो, न त युवाको आवाजलाई बलियो बनायो। बरु श्रमिक र व्यवसायी दुबैलाई पीडित बनाएको छ।भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले विगत लामो समयदेखि देशमै लगानी गर्दै आएका थिए। जब धेरै व्यापारीहरूले पूँजी विदेश लगानी गर्ने बाटो रोजे, उनले भने मातृभूमिमै लगानी गरेर हजारौं युवालाई रोजगारी सिर्ज

    • प्रकाशित मितिः भदौ २६, २०८२
    • ३९५ पटक पढिएको
  • विराटनगरमा कैदीबन्दी भगाउन खोज्दा चल्यो गोली

    इटहरी । जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउने योजना सहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो । कैदीबन्दी छुटाउनु पर्ने माग सहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो । हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ ।  मोरङ कारागारमा एक हजार १ सय बढी कैदीबन्दी रहेका छन् ।

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • २५० पटक पढिएको
  • ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी

    इटहरी । कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । जेनजी युवा समूहको आन्दोलनको क्रममा मंगलबार निशानामा परेको प्रदेश सभा जलेर ध्वस्त भएको हो । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो बलिरहेको छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरा लगायत उपकरण चोरी भएको हो । अराजक समूहले मुख्यमन्त्री कार्यालयमा आगोले नभेटेका सबै सामान लुटे

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • २४६ पटक पढिएको
  • देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ता द्धारा प्रमुख दलहरूको पार्टी कार्यालयमा तोडफोड

    इटहरी  । देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले ताप्लेजुङमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेका छन् । सो समूहले सदरमुकाम फुङ्लिङमा रहेको कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय मङ्गलबार राति तोडफोड गरेका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल निस्क्रिय गरेको विरोधमा सोमबारदेखि प्रदर्शन सुरु भएको थियो । प्रदर्शनका क्रममा १९ जना युवाहरूको मृत्यु भएपछि जेनजी पुस्ताले आन्दोलनलाई थप उग्र बनाएका छन् । ताप्लेजुङमा पनि मङ्गलबार दिउँसो फङ्लिङमा प्रदर्शन र साँझ फङ्लिङ बजारको वीरेन्द्रचोकमा दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली व

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ५४१ पटक पढिएको
  • ताप्लेजुङमा पहिरो, दुई घर पुरिए, दुई जना बेपत्ता

    इटहरी । ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिका–६ च्यानडाँडामा आज बिहान निरन्तर वर्षाका कारण पहिरो  खस्दा दुईवटा घर पुरिएका छन भने दुई जना बेपत्ता भएका छन् । गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार लाक्पा खाङ्डु शेर्पा र निमा रिन्जेन शेर्पाकी श्रीमती बेपत्ता छन् । पहिरोबाट एक बालिकालाई सकुशल उद्धार गरिएको छभने एकलाई सामान्य चोट लागेको छ । निजको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार जारी छ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • १८४ पटक पढिएको
  • सेयर बजारको कारोबार आइतबारसम्म नहुने

    काठमाण्डौ । सेयर बजार आज र भोलि कारोबार नहुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सूचना निकालेर दुई दिन सेयर बजारको कारोबार नहुने जानकारी गराएको हो । विषम परिस्थितिमा लगानीकर्ताबिच माग भई आएकोले बजार बन्द गर्ने निर्णय भएको नेप्सेले जनाएको छ । सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ (१) अनुसार आज बुधवार र भोलि बिहीवार सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको नेप्सेले आज सार्वजनिक गरेको सूचनामा उल्लेख छ । त्यस्तै शुक्रवार र शनिवार नेप्सेको कारोबार नियमित रूपमै बन्द रहने भएका कारण अब आइतवार मात्रै बजार खुल्नेछ । 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ३२६ पटक पढिएको
  • देशभर निषेधाज्ञा र कर्फ्यु

    काठमाडौँ  । नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जानकारी दिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज बिहान सूचना जारी गर्दै शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले  निषेधाज्ञा तथा कर्फ्युको अवधि थप गरिएको जनाएको हो। बुधबार बेलुका पाँच बजेसम्म देशभर निषेधाज्ञा जारी रहने र साँझ पाँचबजेपछि भोलि बिहान ६ बजेसम्म कर्फ्र्यु आदेश जारी रहने सेनाले जारी गरेको सूचनामा उल्लेख छ। 

    • प्रकाशित मितिः भदौ २५, २०८२
    • ४५३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]