All Posts By कोशी प्रेस

    Showing ४,५२१-४,५३० of १२,९०९ items.
  • उदयपुरको त्रियुगा नगरपालिकाको गाईघाट बजारमा १५ दिनपछि फोहोर उठ्न थाल्यो

    इटहरी  । उदयपुरको त्रियुगा नगरपालिकाको डम्पिङ डाईटमा स्थानीबासीको अबरोधपछि रोकिएको फोहोर १५ दिन पछि उठ्न थालेको छ । गाईघाट बजारमा १५ दिनदेखि फोहोर नउठेर दुर्गन्धित बनेको फोहोर उठ्न धमाधम उठाउन थालिएको हो । त्रियुगा नगरपालिकाका– ११ गाईघाट बजारका वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख सुमन्त कोईरालाको बिशेष पहलमा फोहोर उठन थालिएका हुन । कोईरालाले जिम्मेवारी लिएसँगै बजारको फोहर बिसर्जनको समस्या समाधान भएको हो । गाईघाट बजार क्षेत्रमा जम्मा भएको फोहोर त्रियुगा नगरपालिका–१२ को बिसनपुर ५ को दमौती, कहिले ६ को चुरे क्षेत्रमा कहिले चप्पन क्षेत्रमा बिर्सजन गर्दै आएको थियो । तर, स्थानीयले त्यस क्षेत्रम

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • २४५ पटक पढिएको
  • दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय हुँदै– प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमाल

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपालमा दर्ता नभएका सबै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्महरू क्रमशः निष्क्रिय हुँदै जाने बताएका छन्।सरकारले दिएको सूचीकरणको समयसीमा सकिएको भोलिपल्ट बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिंदै उनले सर्वोच्च अदालतको आदेशअनुसार अब दर्ता नभएका प्लेटफर्महरू बन्द हुने संकेत गरेका हुन्।रिमालले जनजीवनसँग गहिरो सम्बन्ध बनाइसकेका सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म चाँडोभन्दा चाँडो सूचीकरण भई नियमित प्रयोग गर्ने वातावरण बनोस् भन्ने अपेक्षा राखेका छन्। उनले भने, “कसैले गैरजिम्मेवारीपूर्वक प्रयोग गरेकै कारण अब कम्पनीहरूले

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • २३६ पटक पढिएको
  • झोलुङ्गे पुल बगाएको वर्ष दिनसम्म पुनर्निर्माण नहुँदा नौ बालबालिका चार महिनादेखि विद्यालय जानबाट वञ्चित

    इटहरी  । गत वर्ष असोजमा आएको भीषण बाढीले सुनकोशी गाउँपालिका–१ ढेबुवा ओखलढुङ्गा र सिन्धुलीलाई जोड्ने झोलुङ्गे पुल बगाएको एक वर्ष पुग्न लाग्दा पनि पुनर्निर्माण सुरु हुन सकेको छैन । पुल अभावमा ढेबुवा माझीगाउँ र वडा नं। ४ जेरोङघाटका नौ बालबालिका चार महिनादेखि विद्यालय जानबाट वञ्चित छन् । उनिहरु फिक्कल गाउँपालिका–६ को राईगाउँ आधारभूत विद्यालयमा पढ्थे । यहाँका कुल २६ विद्यार्थीको पढाइ प्रभावित भएको छ । बाढीपछि फिक्कल गाउँपालिकाको पहलमा सञ्चालनमा आएको अस्थायी र्‍याफ्टिङ डुङ्गा नदीको बहाव बढेसँगै वैशाखदेखि बन्द भएपछि विद्यार्थीहरू सुरक्षित आवागमन मार्गविहीन भएका छन् । फिक्कल गाउँपालिका–६ कै गेरुड

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • २३५ पटक पढिएको
  • झापाको बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न

    इटहरी । झापाको बिर्तामोडमा गुणस्तर तथा नापतौलसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा भएको कार्यक्रममा नेपाल गुणस्तर चिह्न, अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन ९आईएसओ० प्रमाणपत्र तथा विभागअन्तर्गतका कार्यालयले प्रदान गर्ने सेवाबारे जानकारी दिइएको थियो । विभागका निर्देशक पारसमणि यादवले नेपाल गुणस्तर चिह्न र आईएसओ प्रमाणपत्र तथा जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख रजनिस झाले कार्यालयमार्फत प्रदान गरिने सेवाबारे जानकारी दिएका थिए । कार्यक्रमका सहभागी उद्योगी, व्यापारी, उपभोक्ता, स्थानीय तहका प्रतिनिधिले गुणस्तर चिह्न, आईएसओ प्रमाणपत्र प्राप्त गर्न

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • २०७ पटक पढिएको
  • उपत्यका प्रहरीको उर्दी, राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाऔँ

    काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकावासीलाई अबेर राति र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलाएर खाना नपकाउन ‘उर्दी’ जारी गरेको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सार्वजनिक सूचना जारी गरेर राति अबेर र बिहान सबेरै प्रेसर कुकरमा सिट्ठी नलगाउन ‘उर्दी’ जारी गरेको हो । प्रहरीले ध्वनि, धुवाँ र फोहर प्रदशुषणमुक्त छिमेकी अभियानको थालनी गर्न भन्दै जारी गरेको सूचनामा बिहान नृत्य कर्म गर्दा अनावश्यक खोक्ने–खकार्ने काम नगर्नसमेत भनेको छ । सूचनामा मोटरसाइकल वा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्न र ठूलो आवाज आएमा छिमेकभन्दा पर लगेर चालु गर्न पनि भनिएको छ ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • २३४ पटक पढिएको
  • इटहरीमा ‘डग स्नाइपिङ’, लागूऔषधसहित चार जना पक्राउ

    इटहरी । इटहरी उपमहानगरपालिका–२ हलगडा चोकमा प्रहरीले विशेष चेकजाँच ‘डग स्नाइपिङ’ अभियान सञ्चालन गरी लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव निरीक्षक रेवतीरमण घिमिरेको कमाण्डमा खटिएको नौ जनाको टोलीले धरान लाइन क्षेत्रमा चेकजाँच सुरु गरेको थियो। जसमा पक्राउ परेकामध्ये धरान–४ का २० वर्षीय अनिल राई, धरान बस्ने ३५ वर्षीय प्रेमबहादुर राई, झापा कमल गाउँपालिका–३ का ३३ वर्षीय सन्तोष बस्नेत र मोरङ सुन्दरहरैचा–२ का २२ वर्षीय प्रतीक भण्डारी रहेका छन्। उनीहरूको साथबाट ट्रमाडोल ८५ स्ट्रिप ९८५० क्याप्सुल० र स्पास ८५ स्ट्रिप ९८५ क्याप्सुल० बरामद भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • २८० पटक पढिएको
  • झुम्का कारागारमा फेरि एक कैदीको मृत्यु, १५ दिनमै चार जनाले गुमाए ज्यान

    इटहरी । सुनसरीस्थित झुम्का कारागारमा पछिल्ला १५ दिनमा चार कैदीको मृत्यु भएको छ। ज्वरो र अन्य स्वास्थ्य समस्याका कारण दर्जनौँ कैदी बिरामी परेका छन्। बुधबार साँझ सप्तरीको राजविराज–८ का ४६ वर्षीय जलेश्वर यादवको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जबरजस्ती करणी मुद्दामा पुर्पक्ष कैदी रहेका यादवलाई ज्वरो आएपछि श्वासप्रश्वासमा समस्या भएको थियो। यसअघि भदौ ४ गते भोजपुरका २८ वर्षीय विकास राई, भदौ १५ गते सुनसरीको गढी–६ का ४८ वर्षीय रामदेव उराँव र भदौ १६ गते धरान–१० का २४ वर्षीय सागर राईको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • २६१ पटक पढिएको
  • नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालद्वारा विकास निर्माण समयमा सम्पन्न गर्न प्रदेश सचिवलाई तदारुकता दिन निर्देशन

    इटहरी । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले विकास निर्माणका कार्य समयमा सम्पन्न गराउन तदारुकता दिन प्रदेश सचिवलाई  निर्देशन दिनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहका शासकीय सवाल विषयक अन्तव्रिर्mयामा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले साधारण खर्च प्रत्येक वर्ष तीन प्रतिशतले वृद्धि भइरहेकोमा चिन्ता व्यक्त गर्दै यसले जनताको आय वृद्धिमा सहयोग नपुग्ने भएकोले मितव्ययी बन्न पनि सुझाउनुभयो । प्रमुख सचिव अर्यालले नागरिकलाई नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र र राहदानी प्रदान जस्त

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • १८९ पटक पढिएको
  • सर्वोच्च अदालतको आदेश कार्यान्वयन माग्दै ताप्लेजुङमा आदिवासी महासङ्घको ध्यानाकर्षण

    इटहरी। नेपाल आदिवासी जनजाति महासङ्घ ताप्लेजुङले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशका विषयमा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई ध्यानाकर्षण गराएको छ ।  अन्तर्राष्ट्रिय महासङ्घ आइएलओ महासन्धि १६९ र आदिवासीको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र २००७ ९युएनड्रिप० लाई तत्काल कानुन बनाई आदिवासीको पक्षमा लागु गर्नुपर्ने अदालतको फैसला कार्यान्वयनका लागि महासङ्घले ध्यानाकर्षण गराएका हो । अदालतले गत जेठ २२ गते आइएलओ १६९ र युएनड्रिपलाई तत्काल कानुन बनाई आदिवासीको पक्षमा फैसला गरी तिनै तहका सरकारलाई कार्यान्वयनका लागि निर्देशनात्मक आदेश जारी गरेको थियो । उक्त आदेशको अवगत गराउँदै महासङ्घ

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • २३७ पटक पढिएको
  • बाबा , कविता । लेखक : किशोर कुमार कोइराला

    बाबा हुन् कुलपूज्य कौशल कला कर्तव्यका कारक।बाबाको खुदिलो खुराक खटनी,खाका खरो खास छ।बाबा नै गतिला गुणी गहकिला गार्हस्थ्य गिर्वाण हुन्।बाबा नै घरबार हुन् घनित हुन् घ्रातव्यका घ्राण हुन्।१|बाबा चिन्तक चेत चाहत चिवा चैतन्यका चाँदनी।बाबा छाक छुधा छिमी छवि  छटा छाता छिमा छादनी।बाबा जागन जात्य ज्योति जहडी जेथा जिली जीवन।बाबा झालन झाँस झाँजन झिटी झिल्को झुलो झल्कन।२| बाबा हुन् टकसार टाक टिउरी टेवा टुँडा टाकुरा।बाबा ठेट ठुआ ठिकान ठुमरी ठेचो ठुलो ठोकुवा।बाबा डेग डिगाम डाक डुङरो डाको डँडाल्नो डिको।बाबा ढाडस ढाल ढेकुल ढलो ढेरी ढिकेरी ढिठो।३| बाबा तत्त्व तपस्थ तिर्थ तप हुन्  तादात्

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • ६९१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]