इटहरी । बिराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम सम्वर्धन केन्द्र,‘विराटनगर टिभिइटि इन्क्युबेशन सेन्टर’को उद्घाटन गरिएको छ । बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र उप–प्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न सम्माननीय अतिथिहरू, सहकार्य संस्था सगरमाथा आइल्याब समूह आइ ल्याब कोशी प्रदेशका सदस्य तथा स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख कोइरालाले दिगो विकासका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा अपरिहार्य भएको बताउँदै स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट केन्द्रलाई सफल बनाउन सकिने विश
इटहरी । अखिल नेपाल महिला संघ रामधुनि नगर कमिटीद्वारा उद्यमी महिलाहरूलाई सम्मान गर्दै तिज एवं जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । अखिल नेपाल महिला संघ रामधुनि नगर कमिटी अध्यक्ष सुशिला ढुङ्गानाको अध्यक्षता र अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य अन्जु चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रामधुनि नगरपालिकाका ९ वटै वडाबाट चयन गरिएका ९ जना उद्यमशील महिलाहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । अध्यक्ष डुङ्गनाले आफ्नो मन्तव्यमा महिलाले आर्थिक सबलीकरण मार्फत मात्र सशक्तिकरण प्राप्त गर्न संघले महिलाको अधिकार, समानता र उद्यमशीलतालाई प्रोत्साहन गर्दै
इटहरी । कोशी प्रदेश सरकारले प्रदेश राजस्व कार्यालय सुनसरीको इटहरीमा सञ्चालनमा ल्याएको छ । देशमा कुनैपनि प्रदेश कार्यालयले सञ्चालनमा ल्याएको यो पहिलो राजस्व कार्यालय हो । प्रदेशस्तरीय राजस्व संकलनलाई प्रभावकारी र व्यवस्थित बनाउन सोमबार देखि यो कार्यालय सञ्चालनमा आएको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगरले बताउनुभयो । कार्यालय उद्घाटन गर्दै उहाँले विगतमा प्रदेश सरकार अपेक्षा अनुसार राजस्व संकलन गर्न नसकेको स्वीकार गर्दै जनतामाथि अतिरिक्त करको बोझ नपर्ने गरी राजस्व वृद्धिको वातावरण बनाउने उद्देश्यले यो कार्यालय स्थापना गरिएको बताउनुभयो । गत आर्थिक वर्षमा कोशी प्रदेश सरकारले ४ अर्ब ९८
इटहरी । कृष्ण जन्माष्टमीको अवसरमा हेल्पिङ हेन्डस् क्लब, इटहरी–५ ले भक्तजनलाई लक्षित गरी निःशुल्क चिसो पानी वितरण गरेको छ । साथै असहाय वृद्ध–वृद्धालाई खाजासमेत वितरण गरिएको क्लबले जनाएको छ । राधाकृष्ण मन्दिरले आयोजना गरेको रथयात्रा अन्तर्गत इटहरी चोकमा भक्तजनलाई सहज बनाउन अभियान सञ्चालन गरिएको हो । क्लबका अध्यक्ष राजेश राईका अनुसार बाटोमा हिँड्ने भक्तजनहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले यो कार्य गरिएको हो । उनले यस अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै स्थानीय स्तरमा मानवतावादी कार्यलाई अझ विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । कार्यक्रममा युवा नेता तथा समाजसेवी सबिन श्रेष्ठको समेत
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका २(, छ्यालुङ लाक्टाङ गाउँका पाँच घर पहिरोको जोखिममा परेका छन् । बस्तीमुनिको जमिन धाँजा फाटेर जमिन बगेपछि पछि गाउँ नै पहिरोको जोखिममा परेको हो । बस्तीमुनिको खेत, जङ्गल र अलैंचीबारीबाट सुरु भएको पहिरोले माथि रहेको बस्ती तान्ने जोखिम बढेको छ। लगातार परेको वर्षाका कारण छ्यालुङ लाक्टाङ गाउँका १७ मध्ये ५ घर पहिरोको उच्च जोखिममा परेका हुन् । ५ घर मध्ये देबेन्द्र कट्वाल र केशर कट्वालले बसोवासनै छाडिसकेको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जानुका कट्वाल, सोभित कट्वाल र कोष कुमारी बुढाथोकीका घर समेत उच्च जोखिममा रहेको छ । ठुलो पानी परेको अ
इटहरी। ताप्लेजुङमा मौलिक संस्कार संरक्षणका लागि लिम्बू जातीय संस्थाले धाननाच ९याःलाङ० कार्यक्रमको आयोजना गरेको छ । ताप्लेजुङस्थित सदरमुकामको विभिन्न स्थानमा धाननाच कार्यक्रमको आयोजना गरिएको हो । जिल्लामा रहेका जातीय संस्था किराँत याक्थुङ चुम्लुङ र याक्थुङ चुम्लुङ दुई ओटा संस्थाले विभिन्न क्षेत्रमा धाननाच कार्यक्रमको आयोजना गरेका छन् । हरेक वर्ष यी संस्थाहरूले लाखेजात्रा पर्व, चाःसोक तङनाम लगायतको पर्वमा विशेष धान नाच कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । सोही क्रममा यस वर्ष पनि लाखेजात्राको अवसरमा फुङलिङको तोक्मेडाँडा, होटल जन्नु इनको परिसर तथा माथिल्लो ट्याक्सी काउन्टर लाइनमा धाननाच कार्यक्र
इटहरी। मोरङको पथरीशनिश्चरेस्थित शब्द थिएटरले विश्व प्रसिद्ध भारतीय नाटककार हविव तन्वीरको नाटक ‘चरणदास चोर’ प्रदर्शन गरेको छ । स्थानीय हरियाली सामुदायिक वनको प्रेक्षालयमा साउन ३१ गतेदेखि सुरु भएको नाटक भदौ १३ गतेसम्म प्रदर्शन हुनेछ । निर्देशक जीवन बरालले नाटकलाई नेपाली माटो, कथा र सामाजिक तथा राजनीतिक वातावरण सुहाउँदो बनाएर प्रस्तुत गर्नुभएको छ । नाटकको नेपाली रुपान्तरण आशान्त शर्मा र राजन खतिवडाले गर्नुभएको हो । नाटकमा प्रसुना अधिकारी, करुणा तिम्सिना, भूमिका बस्नेत, रोशन मुर्मु, पुुष्प राई, प्रेमप्रसाद खतिवडा, भूमिका बस्नेत, सुमन कुइँकेल, छत्र राई, अशोक राई, प्रवेश खाती, ग्रीष्मा लिम्बूू र प्र
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा धार्मिक, सांस्कृतिक र सामाजिक गौरवको प्रतीक भएको बताउनुभएको छ । विराटनगर–१, राधाकृष्ण मन्दिरपरिसरमा राधाकृष्णको युगलजोडी रथारोहणपछि विशेष पूजाअर्चनापछि मुख्यमन्त्री कार्कीले प्रदेशको गौरवका रूपमा रथयात्रा आयोजना हुने गरेको बताउनुभयो । उहाँले कृष्ण जन्माष्टमीका दिन विशेष आराधनापछि नवमीका दिन निकालिने रथयात्रा सामाजिक एकता, धार्मिक सहिष्णुता र साझा संस्कृतिका रूपमा उदाहरण प्रस्तुत गर्न सफल रहेको बताउनुभयो । कोशी विविधतायुक्त प्रदेश रहेको बताउँदै प्रादेशिक राजधानीमा आयोजना हुने सामाजिक एकताको प्रतीक रथय
इटहरी । पाथीभरा क्षेत्र विकास समितिले ताप्लेजुङका दुई पत्रकारलाई सम्मान गरेको छ । जिल्लाका पत्रकारद्वय खगेन्द्र अधिकारी र कृष्ण फुरुम्बो लिम्बूलाई सम्मान गरिएको हो । उहाँहरूलाई आइतबार सम्पन्न भएको पाथिभरा क्षेत्र विकास समितिको सार्वजनिक सुनुवाइ कार्यक्रममा मार्फत सम्मान गरिएको छ । पूर्वको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिरको समाचार मार्फत प्रचारप्रसार गरेको भन्दै सम्मान गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो । उहाँहरूलाई नगद ११र११ हजार रुपियाँसहित प्रमाण पत्रका साथ सम्मान गरिएको छ । अधिकारी नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हुनुहुन्छ भने फुरुम्बो नेपाल पत्
इटहरी । भोजपुरको षडानन्द नगरपालिका– १० साम्पाङका वडाध्यक्ष प्रेमदोर्ची शेर्पा व्यावसायिक जडीबुटी खेतीमा उदाहरणीय हुनुहुन्छ । उहाँले जनप्रतिनिधि भएर जनताको सेवासँगै जडीबुटीखेती गर्दै आउनु भएको छ । थोरै समय दिएर पनि जडीबुटीको बिक्रीबाट वार्षिक रु पाँचदेखि सात लाखसम्म आम्दानी गर्दै आएको शेर्पाले बताउनुभयो । आफ्नो बहुउद्देश्यीय जडीबुटी नर्सरी केन्द्रमा अहिले पनि ६० ड्याङमा विभिन्न जातका जडीबुटीको बिरुवा रहेको उहाँको भनाइ छ । आफ्नो घर भएको स्थान तीनतलेमा २२ वर्ष अघिबाट चिराईतो, सतुवा, लोठसल्ला, सेतक चिनी, सिमखुदोलगायतको खेती गरिरहेको वडाध्यक्ष शेर्पाले बताउनुभयो । जनताको सेवा पश्चात बचेको समय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.