इटहरी। अविरल वर्षापछि जिल्ला अस्पताल संखुवासभाको कम्पाउण्ड वाल भत्किएको छ ।वर्षाका कारण गएराति अस्पतालको करिब २० मिटर अग्लो र २० मिटर लामो पर्खाल भत्किएको हो । अस्पतालको कम्पाउन्ड वाल भत्किएपछि अस्पताल आसपासका तीन घर पनि जोखिममा परेका छन् ।जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार मित्रबहादुर गुरुङ, मौसम श्रेष्ठ र राज श्रेष्ठको घर जोखिममा परेका हुन् । वर्षा निरन्तर भइरहेकाले पर्खालको बाँकी संरचना समेत भत्किन सक्ने र थप क्षति हुनसक्ने स्थानीयले बताएका छन् । कम्पाउण्ड वाल कमजोर हुँदै गएको र जुनसुकै बेला भत्किन सक्ने अवस्थाबारे अस्पताल प्रशासनलाई प
इटहरी । स्वदेशमै उत्पादन भएका जुत्ता तथा चप्पलको प्रवद्र्धन गर्दै आएको नेपाली जुत्ता घरले धरानमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ। इटहरी र विराटचौकमा शाखा सञ्चालन गरिसकेको नेपाली जुत्ता घरले आफ्नो तेस्रो शाखाका रूपमा धरान–१२, महेन्द्र पथ स्थित एनआईसी एसिया बैंकको तल्लोपट्टि रहेको नयाँ मार्केटमा शाखा सञ्चालनमा ल्याएको हो। धरान शाखामा १०० प्रतिशत स्वदेशी उत्पादन मात्रै बिक्रीका लागि राखिएको सञ्चालिका रोजिना पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली जुत्ता घरमा रन सुज, स्मार्ट सुज, फस्र्टवाक सुज, शुल्याण्ड र बीएफ डियर हिल सुज गरी पाँचवटा नेपाली ब्राण्डका जुत्ता तथा चप्पल उपलब्ध छन्। ग्रा
इटहरी । स्थानीय कला, प्रतिभा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तामाझ हस्तान्तरण गर्ने उद्देश्यसहित तेह्रथुमको बसन्तपुरमा नेसनल गट ट्यालेन्ट सिजन–८ को अडिसन सम्पन्न भएको छ । लालीगुराँस नगरपालिका–२, बसन्तपुरस्थित श्री बसन्त माध्यमिक विद्यालयको सभाहलमा आयोजित अडिसनमा ४३ जना प्रतिभाले गायन तथा नृत्य विधामा आफ्नो कला प्रस्तुत गरेका छन्। बालबालिका देखि युवा सम्मका प्रतिभाहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । “कला संस्कृतिको जगेर्ना र हस्तान्तरण, तपाईं–हाम्रो उत्तरदायित्व” भन्ने मूल भाव सहित आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले गायन र नृत्य मार्फत आफ्नो क्षमता प्रद
इटहरी। भोजपुरका किसानहरूले भटमासखेतीमार्फत पछिल्लो समय आम्दानी गरिरहेका छन्। अन्य मुख्य बालीसँगै अन्तरबालीका रूपमा सजिलै खेती गर्न सकिने र बजारमा हरियो कोसाको माग बढी हुन थालेपछि यहाँका किसान भटमासको व्यावसायिक उत्पादनतर्फ आकर्षित भएका हुन्।भोजपुर नगरपालिका(५ का किसान रमला थापाका अनुसार भटमासको हरियो कोसा स्थानीय बजारमा आकर्षक मूल्यमा बिक्री भइरहेको छ । हाल स्थानीय हाटबजार तथा आसपासका क्षेत्रमा भटमासको हरियो कोसा प्रतिकिलो रु १०० देखि १५० सम्ममा सजिलै खरिदबिक्री हुने उनले बताइन्। थोरै लगानी र कम मिहिनेतमा पनि राम्रो प्रतिफल पाइने भएकाले यसलाई किसानहरूले बलियो नगदेबालीका रूपमा लिन थालेका उनको भ
इटहरी। कोशी प्रदेश सरकारले असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाउने भएको छ।प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार विराटनगरस्थित शहीद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ। असोज ३ गते बिहान साढे ६ बजे विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयअगाडि भेला भएर प्रभातफेरी गरिनेछ। शहीद रंगशालामा प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मूल समारोह आयोजना हुनेछ।मूल समारोहमा विभिन्न १६ जातजाति तथा भाषाभाषीका सांस्कृतिक झाँकी प्रतियोगिता मुख्य आकर्षणका रूपमा रहनेछ। त्यसै
इटहरी। लोकसेवाको तयारीका लागि काठमाडौं जानुभएका खोटाङका एक युवाको सपना सडकमा अस्ताएको छ । सडक पार गर्दा मोटरसाइकलको ठक्करले खोटाङका २५ वर्षीय अरुण कटुवालको घटनास्थलमै मृत्यु भएको हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका कटुवाल लोकसेवाको तयारीका लागि काठमाडौं पुग्नुभएको थियो । काठमाडौंमा लोकसेवाको कक्षा लिदैँ भक्तपुरमा रहेको काकाको घरमा बस्दै आउनुभएका कटुवालको असोज बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । भक्तपुरको सानोठिमीस्थित अनुदान चोकमा सडक पार गर्दै गर्नुभएका कटुवाललाई तीव्र गतिको मोटरसाइलले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट
इटहरी। सुनसरी, सप्तरी र उदयपुरमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षले कोशी क्षेत्रमा नौ महिनाका लागि माछा मार्ने अनुमतिपत्र ९लाइसेन्स० वितरण गरेको छ । असार, साउन र भदौ गरी तीन महिना पूर्ण रूपमा माछा मार्न बन्द गरिएको थियो ।यस अवधिमा कोशीमा बाढी आउने र माछाको प्रजनन समय ९ब्रिडिङ सिजन० मानिने भएकाले नदी तथा सीमसार क्षेत्रमा माछा मार्न आरक्ष प्रशासनले पूर्ण रूपमा रोक लगाउँदै आएको छ । उक्त रोक हटेसँगै वर्षौँदेखि कोशीको जलचरमै आश्रित स्थानीय समुदाय पुनः आफ्नो परम्परागत पेशामा फर्किएका छन् ।भएकाले माछा मार्न बन्देज गरिएपनि असोज १ गतेदेखि पुनः माछा मार्न अनुमति दिइएको हो । आरक्ष कार्यालयका अनुसार स्थानी
इटहरी। धनकुटा जिल्लामा एकसय ८२ जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयले घरमै आएर राहदानी वितरण गरेको छ । सरकारले अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार गत जेठदेखि भदौ मसान्तसम्मा घरमै राहदानी पाएका हुन् ।प्रशासन कार्यालय धनकुटामा घरमै राहदानी पाउनेगरी दुईसय ३४ जनाले फाराम भरेका थिए । जसमध्ये एकसय ८२ जनाले घरमै राहदानी पाइसकेका छन् । अन्य बाँकी रहेका ५२ जनाको राहदानी आउन बाँकी रहेको पाइएको छ । बाँकी रहेकाहरुको पनि राहदानी आएपछि घरमै पाठाइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिनुभयो । तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा राहदानी बनाउने
इटहरी : हुण्डीमार्फत एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन सय ४० रुपैयाँ ८१ पैसा कारोबार गरेको आरोपमा प्रहरीले मोरङका दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ५६ वर्षीय शम्भु प्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरज प्रसाद साह रहेका छन् । प्रहरीका अनुसार केही व्यक्तिले हुण्डी कारोबार गर्दै आएको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा उनीहरू अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी ठूलो रकमको कारोबारमा संलग्न रहेको देखिएको हो ।अनुसन्धानका क्रममा उनीहरूले एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन
इटहरी स् कोशी प्रदेशमा वर्षौंदेखि अधुरा रहेका २३२ विकास आयोजना चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी प्रदेश सरकारले निर्माण व्यवसायीसँग सहमति जुटाएको छ।बजेट अभाव, ठेक्का अवधि सकिनु र विभिन्न कारणले रोकिएका सडक, पुल तथा भवनका आयोजना अघि बढाउन भौतिक पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसायीसँग छलफल गरेको हो। मन्त्रालय र निर्माण व्यवसायीबीच भएको छलफलमा अधुरा आयोजनाको म्याद थप र आवश्यक स्रोत व्यवस्थापनका लागि सरकारले सहजीकरण गर्ने सहमति भएको छ। भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले भने अब आयोजनाको काम लम्ब्याउन कुनै बहाना स्वीकार्य नहुने बताएका छन्। सरकारले म्याद थप र स्रोत व्यवस्थापनमा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.