इटहरी । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभित्र मेला, महोत्सव, विवाह तथा विभिन्न सामाजिक, धार्मिक र सांस्कृतिक कार्यक्रमहरूमा डिजे प्रयोग गर्न रोक लगाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनामा कुनै पनि मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायतका कार्यक्रम तथा अन्य कुनै पनि स्थानमा अर्को सूचना जारी नभएसम्म डिजे प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।प्रशासनले सूचनाको अवज्ञा गर्दै डिजे प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ। जिल्लामा शान्ति सुरक्षा कायम राख्ने तथा ध्वनि प्रदूषण नियन्त्रण ग
इटहरी । सुनसरीको धरान–१४ स्थित विजयपुरगढी क्षेत्रमा रहेको किरात राई समुदायको सांस्कृतिक सामग्री ‘बाबु ९चिण्डो०’ को प्रतिमा तोडफोड भएपछि किरात समुदायका दुई संस्थाले आक्रोश व्यक्त गरेका छन् । किरात राई यायोक्खा र किरात इन्टरनेसनल कल्चरल क्याम्पेनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका छन् ।यायोक्खाले प्रतिमा तोडफोडलाई साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयासको संज्ञा दिँदै घटनामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ। यस्ता गतिविधिले समाजमा हिंसा र द्वन्द्व निम्त्याउन सक्ने भएकाले सबै पक्षलाई संयम अपनाउन पनि आग्रह गरिएको छ। विज्ञप्तिमा विजयपुरगढी क्
झापा : झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजयकुमार साह १० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग घुस मागेर दुःख दिएको भन्ने उजुरीपछि इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले निगरानी बढाएको थियो।सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा साहलाई सोही वडाअन्तर्गत कुञ्जीबारी बजारस्थित एक होटलबाट उक्त रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ। पक्राउ परेका साहमाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको
प्रिय आमा,आज म तपाईंको काजकिरियामा बसेको छु। शरीरमा सेतो लुगा छ, हातमा कुश छ, तर मन अँध्यारो छ। आँखाभरि आँसु छ, मनभरि पीडा छ, शब्दहरू हराएका छन्। घरभरि आफन्त र चिनेजानेकाहरूको भीड छ, तर मेरो संसार भने तपाईं सँगै रित्तिएको छ।आमा, केही दिनअघिसम्म यही घरमा तपाईंको मधुर आवाज गुन्जिन्थ्यो। बिहान उठ्नेबित्तिकै तपाईंको माया मिसिएको बोलाइले घर नै उज्यालो हुन्थ्यो। आज त्यही घरमा तपाईंको नाम लिएर सबै रोइरहेका छन्। विश्वास नै लाग्दैन—जसले यो घरलाई घर बनाउनुहुन्थ्यो, आज उहाँकै सम्झनाले यो घर मौन बनेको छ।आमा, म तपाईंको जेठो छोरो हुँ। सबैले मलाई बलियो बन्न भन्छन्। "अब तिमी नै घरको अभिभावक हौ" भन्छन्। तर कसर
इटहरी । झापाको गौरीगञ्ज गाउँपालिका वडा नंं. १ मा कार्यरत वडा सचिव अजयकुमार साह दश हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गर्नका लागि सेवाग्राहीलाई दुख हैरानी दिइ घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो ।सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा सो रकमसहित स्थानीय होटलबाट उनलाई नियन्त्रणमा लिइएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
इटहरी। ताप्लेजुङमा पछिल्लो एक वर्षको अवधिमा चौध लाख क्युविक फिट बढी गोलिया काठ निकासी भएको छ । एक वर्षको अवधि अर्थात गत आर्थिक वर्ष २०८२–८३ मा ताप्लेजुङबाट उक्त परिमाणमा गोलिया काठ निकासी भएको हो ।डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार गत आर्थिक वर्षमा कुल १४ लाख २२ हजार क्युविक फिट गोलिया काठ निकासी भएको छ । जिल्लाका विभिन्न क्षेत्रका निजी वनबाट उक्त गोलिया काठ निकासी गरिएको यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार सबैभन्दा बढी उत्तिस जातको काठ निकासी भएको छ । उत्तिसपछि मतालो, चिलाउने, कटुसलगायत प्रजातिका काठहरु निकासी गरिएको डिभिजन वन कार्यालयले जनाएको
इटहरी । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको जनाएको हो। वानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो। कर्फ्यु अवधिमा उक्त क्षेत्रमा आवतजावत गर्न तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र धर्ना गर्न निषेध गरिएको थियो।जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु आदेश हटाइए पनि परिस्थितिको निरन्तर अनुगमन भइरहेको छ। शान्ति–सुरक्षा कायम रा
धनकुटा। तमोर करिडोर सडकखण्डअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक करिब ८ः२० बजे ब्रेक फेल भई सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।कमा सवार सहचालक तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का १८ वर्षीय सञ्जीव सौङ्ग्रौला भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारले जानकारी दिनुभ
धनकुटा । तमोर करिडोर सडकखण्डअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारमा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक करिब ८ः२० बजे ब्रेक फेल भई सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।ट्रकमा सवार सहचालक तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का १८ वर्षीय सञ्जीव सौङ्ग्रौला भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जित
इटहरी । मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।उहाँ आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनुभएको थियो । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुनुहुन्छ र श्रीमान्÷श्रीमती दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गरिरहेका थिए ।जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । विद्यालयका प्रधा
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.