All Posts By कोशी प्रेस

    Showing ५११-५२० of १२,६८८ items.
  • सुनसरीको त्रिनेत्र मोक्षधाममा भक्तजनको घुइँचोः दोस्रो सोमबार १ हजार बढीद्वारा जल अर्पण

    इटहरी । साउनको दोस्रो सोमबार देशभरका शिवालयहरूमा जल अर्पण गर्ने भक्तजनको घुइँचो लाग्दा सुनसरीको इटहरी–२ स्थित त्रिनेत्र मोक्षधाममा पनि उल्लेख्य भीड लागेको छ । धाममा स्थापित १०८ शिवलिङ्गको दर्शन तथा जल अर्पण गर्न बिहान ५ बजेदेखि नै भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो। धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित यस मोक्षधाममा साउन महिनाभर बोलबम मेला सञ्चालन भइरहेको छ। धाम स्थापना भएपछि पहिलोपटक आयोजित यस मेलामा सोमबार १ हजार १ सय ४ जना भक्तजनले जल अर्पण तथा प्रसाद ग्रहण गरेको मोक्षधाम सेवा समितिका अध्यक्ष बाबुराम सुवेदीले जानकारी दिनुभयो । भक्तजनलाई सहज, सुरक्षित र व्यवस्थित वातावरणमा दर्शन ग

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ९५ पटक पढिएको
  • काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

    इटहरी ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ३८ प्रतिशत भौतिक प्रगति भएको छ ।सडक विभागअन्तर्गत आयोजना निर्देशनालयमार्फत अघि बढाइएको ९५ किलोमिटर लामो यस आयोजनालाई पूर्वी र पश्चिमी गरी दुई खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक स्तरोन्नतिको कामले पछिल्लो समय तीव्रता पाइरहेको छ ।आयोजनाको पछिल्लो विवरणअनुसार पूर्वी खण्डमा पहिलो, दोस्रो र तेस्रो प्याकेजको समग्र भौतिक प्रगति ३७ दशमलव ७८ प्रतिशत पुगेको छ । निर्माण कार्यले पछिल्लो समय गति लिए पनि सम्झौता

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ९२ पटक पढिएको
  • मोरङको रंगेलीमा नाबालिकामाथि सामूहिक जबर्जस्ती करणी, सिटी सफारी चालक र क्याफे सञ्चालकसहित ५ जना पक्राउ

    इटहरी । मोरङ प्रहरीले एक नाबालिकामाथि सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङको सुनबर्षी नगरपालिकाकी एक नाबालिकालाई ललाइफकाइ विभिन्न क्याफेमा लगेर जबर्जस्ती करणी गरिएको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको हो ।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साउन ३ गते बिहान करिब ९ बजे रंगेली नगरपालिका–३ का १८ वर्षीय सिटी सफारी चालक मोम्मद अरमानले नाबालिकालाई रंगेली नगरपालिका–७ स्थित युमी क्याफेमा लगेर जबर्जस्ती करणी गरेका थिए । त्यसपछि सोही क्याफेका सञ्चालक सुनबर्षी नगरपालिका–१ निवासी २१ वर्षीय सुमनकुमार साहले पनि नाबालिकामाथि जबर्जस्ती कर

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ७२ पटक पढिएको
  • तुम्लिङटार विद्यालयमा पुराना सामग्रीको संग्रहालय

    इटहरी । विद्यालयलाई सामान्यतया विद्यार्थीले शैक्षिक ज्ञान र सीप हासिल गर्ने थलोका रूपमा लिइन्छ। कतिपय विद्यालयमा आवश्यक स्रोतसाधनको अभावका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौती हुने गरेको छ। तर, सङ्खुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयले भने शैक्षिक ज्ञानसँगै पुरातात्विक सामग्रीको संरक्षण गर्दै विद्यालयमै संग्रहालय स्थापना गरेको छ।सङ्खुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा रहेको उक्त विद्यालय विश्वकै होचो अरुण उपत्यकामा अवस्थित छ। समुद्री सतहबाट ४५७ मिटर उचाइमा रहेको तुम्लिङटारमा वि।सं। २०१६ सालमा स्थापना भएको यस विद्यालयले २०७३ सालदेखि माध्यमिक तहमा प्राविधि

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ५४ पटक पढिएको
  • लागत बढ्यो, बजार घट्यो , सङ्कटमा झापाको माछापालन व्यवसाय

    इटहरी ।  एक समय धानखेतीका लागि परिचित झापाका धेरै किसान अहिले माछापालनतर्फ आकर्षित भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा फैलिएका पोखरीहरूले स्थानीय उत्पादन बढाएको छ भने माछा खाने संस्कृतिसमेत विस्तार हुँदै गएको छ । तर उत्पादन बढाउने सपना बोकेका व्यावसायिक माछा किसान अहिले भने व्यवसाय जोगाउने संघर्षमा छन् । बढ्दो उत्पादन लागत, महँगो विद्युत् महसुल, दाना तथा औषधीको मूल्यवृद्धि, बजार व्यवस्थापनको कमजोरी र भारतीय माछासँगको असमान प्रतिस्पर्धाले माछापालन व्यवसाय सङ्कटतर्फ धकेलिएको उनीहरूको गुनासो छ । नेपाल मत्स्य विकास संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी शिवाकोटीका अनुसार माछापालन कृषि उद्यम

    • प्रकाशित मितिः साउन ११, २०८३
    • १४० पटक पढिएको
  • दुई समूहबिच भएको झडपपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

    इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा दुई समूहबिच भएको झडप नियन्त्रणका क्रममा गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको आदेशअनुसार सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९क० बमोजिम तोकिएका क्षेत्रमा चार जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्नाजस्ता गतिविधि गर्न निषेध गरिएको छ। प्रशासनले न

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ९७ पटक पढिएको
  • झापामा ‘आईभीटी रोटा मोक पार्लियामेन्ट २०२६’ सम्पन्न, युवामा संसदीय र उद्यमशीलता अभ्यास

    इटहरी । झापाको धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा दुईदिने ‘आईभीटी रोटा मोक पार्लियामेन्ट २०२६’ नमुना संसद सफलतापूर्वक सम्पन्न भएको छ । रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युनिसिपलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम युवाहरूमा संसदीय अभ्यास, नेतृत्व विकास तथा उद्यमशीलता प्रवर्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गर्नुभएको थियो। उहाँले युवाहरूलाई संविधान, लोकतन्त्र र संसदीय प्रणालीप्रति जागरूक बनाउँदै नेतृत्व क्षमता निखार्न यस्ता व्यावहारिक अभ्यासहरू प्रभावकारी हुने बताउनुभयो। विशेष मन्तव्यका क्रममा झापा जिल्ल

    • प्रकाशित मितिः साउन ११, २०८३
    • ६८ पटक पढिएको
  • जीवन विज्ञान प्रयोगशाला सुन्दरहरैँचा–४ को दोस्रो वार्षिक साधारण सभा सम्पन्न

    इटहरी । जीवन विज्ञान प्रयोगशाला सुन्दरहरैँचा–४ को दोस्रो वार्षिक साधारण सभा नेवा सामुदायिक भवनमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाका वार्षिक गतिविधिको समीक्षा गर्दै आगामी कार्यक्रमबारे गहन छलफल गरेको छ। संस्थाकी अध्यक्ष बिमला श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कोषाध्यक्ष गोमामाया ढकालले आय–व्यय सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।  कार्यक्रममा भूमि चौधरीले स्वागत मन्तव्य व्यक्त गर्दै जीवन विज्ञानले समाजमा सकारात्मक सोच, अनुशासन र स्वस्थ जीवनशैलीको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताउनुभयो। प्रमुख अतिथि निवर्तमान वडाध्यक्ष शैलेन्द्र श्रेष्ठले मानसिक त

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १४३ पटक पढिएको
  • सिङ्गो गाउँ पहिरोको जोखिममास् चार परिवार विस्थापित, ३५ घर उच्च जोखिममा

    इटहरी । पाँचथरको फालेलुङ गाउँपालिका–५ लुङमादिनमा शनिबार बिहान गएको पहिरोका कारण चार परिवार विस्थापित भएका छन्। यहाँका ३५ परिवार पहिरोको उच्च जोखिममा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।बस्तीको पुछारमा रहेको हेवा खोला नजिकैबाट बगेको पहिरोले घर तान्न थालेपछि स्थानीय विक्रम साँवा, चन्द्रप्रसाद साँवा, विष्णु साँवा र गणेशप्रसाद लिम्बूको परिवार पूर्ण रूपमा विस्थापित भएको हो। बस्तीको पुछारबाट निरन्तर पहिरो झरिरहेकाले फालेलुङ–५ लुङमादिनका ४२ मध्ये ३५ घरपरिवार उच्च जोखिममा रहेको स्थानीय वडाध्यक्ष भरतकुमार खपाङ्गी मगरले बताउनुभयो।पहिरोका कारण नरेन्द्र केरुङ, लाखबहादुर केरुङ, सुकराज केरुङ, लक्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • ११८ पटक पढिएको
  • अभिषेक गिरीसँग सम्बन्धको आशंकामा विराटनगरबाट पक्राउ परेका मुकेश कार्की सर्तसहित रिहा

    इटहरी । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग सम्बन्ध रहेको आशंकामा पक्राउ परेका विराटनगरका मुकेश कार्की प्रारम्भिक सोधपुछपछि परिवारको जिम्मामा रिहा भएका छन्। प्रहरीले थप अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तमा उनलाई छाडेको जनाएको छ।मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार कार्कीमाथिको अनुसन्धान भने रोकिएको छैन। आवश्यक परे पुनः बोलाएर सोधपुछ गरिने उनले बताए। विराटनगर महानगरपालिका–७ का ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान घरबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा लगेर सोधपुछ गरिएको

    • प्रकाशित मितिः साउन १०, २०८३
    • १०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]