इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र मन्दिर परिसरमा एक अज्ञात पुरुषको शव फेला परेको छ। मन्दिरको सिँढीको प्यासेज छेउमा मृत अवस्थामा भेटिएका ती पुरुष अन्दाजी ६०–६५ वर्ष उमेरका र तराई मूलका देखिने व्यक्ति भएको प्रहरीले जनाएको छ। स्थानीयवासीले हिजो (सोमबार) राति करिब ९ः३० बजे इलाका प्रहरी चौकी बराह क्षेत्रमा खबर गरेपछि प्रहरी निरीक्षक चित्रबहादुर बोगटीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीका अनुसार मृतक केही दिनदेखि सोही मन्दिर परिसरमा माग्दै बस्दै आएका व्यक्ति हुन् । प्रहरीले घटनास्थल सुरक्षित राखी प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। घटनाको थप अनुसन्धान
इटहरी । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एसइई परीक्षामा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई पुरस्कृत गरेको छ । माध्यमिक शिक्षा परीक्षा एसइईमा नगर उत्कृष्ट हुने छात्र र छात्रालाई नगरपालिकाले ५०र५० हजार नगदसहित सम्मान गरेको हो । नगरस्तरीय सञ्चालन भएको कक्षा ४–९ सम्मको परीक्षामा पनि उत्कृष्ट हुने विद्यालय र विद्यार्थीलाई नगरपालिकाले पुरस्कृत गरेको छ । शैक्षिक सत्र २०८१ को नगर प्रथम छात्रतर्फ ३।५३ जिपिएसहित लक्ष्मी माध्यमिक विद्यालय बडहरेका गणेस कुमार दाहाल भएका छन् । छात्रातर्फ लक्ष्मी माविकै दुर्गाकुमारी कटवाल र सरस्वती मावि अर्खौलेको जेनिशा श्रेष्ठले समान ३।३१ जिपिए ल्याएर नगर प्रथम भएका छन
इटहरी । सप्तकोशी नदीको काटानबाट तत्काल रोकथाम गर्न नदीको स्परहरुमा बालुवा भरिएका बोराहरु तयारी अवस्थामा राखिएको छ । सप्तकोशी नदीको पूर्वी तटबन्ध कुशाहा, मधुवनदेखि चतरासम्मका स्परहरुको सुरक्षाका लागि भरिएका माटो र बालुवाका बोराहरु राखिएको छ । वर्षामा नदीमा आउने बाढीले तटबन्ध कटान गर्ने हुँदा तत्काल कटान रोक्न स्परहरुमा हजारौंको सङ्ख्यामा माटो, बालुवाले भरिएका बोरा, जालीलगायतका सामग्री तयारी अवस्थामा राखिएको कोशी योजना बिराटनगरका सम्पर्क तथा भूआर्जन अधिकृत चैतन्यप्रसाद सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी तटबन्ध क्षेत्रमा पानीको वेगले स्परहरुमा बढी कटान गर्ने हुँदा कटान रोक्न मा
इटहरी । बाल श्रम, महिला हिंसा तथा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम इटहरीमा सम्पन्न भएको छ । कार्यक्रममा बालबालिकाको अधिकार, महिलामाथि हुने विभिन्न खाले हिंसा तथा युवामाझ बढ्दो लागुऔषध दुरुपयोगका असरबारे विश्लेषणात्मक प्रस्तुति दिइएको थियो । सहभागीहरूबिच लागू औषधलगायत विविध समस्याको सामाजिक, मानसिक तथा कानुनी पक्षमा गहिरो छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै इटहरीका सामाजिक अभियन्ता राधिका पौडेलले बाल श्रम, महिला हिंसा र लागुऔषधजस्ता विकृतिहरू समाजका लागि घातक रहेको हुँदा यस्ता समस्याहरूको समाधानका लागि सबै तह र तप्काबाट साझा प्रयास आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा बाल अधिकारकर्मी, मह
इटहरी । सामाजिक, आर्थिक र शैक्षिक रूपमा निकै पछाडि पारेका मुसहर समुदायले आफ्नो समुदायको विकासका लागि सरकारको ध्यानाकर्षण गराउँदै रक्सी भट्टी बन्द गर्न र सिपमूलक तालिम प्रदान गर्न माग गरेको छ । कोशी प्रदेशको विभिन्न जिल्लामा बसोबास गर्दै आएका सीमान्तकृत समुदायमा पर्ने मुसहर समुदायका अगुवाले रक्सीले मुसहर समुदायलाई झन् पछाडि धकेलेको भन्दै स्थानीय भट्टी तत्काल बन्द गरिनुपर्नेमा जोड दिएका हुन् । प्रदेश सरकारमातहतको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मुसहर समुदायका लागि इटहरीमा आयोजना गरेको प्रदेशस्तरीय न्यायमा पहुँच कार्यक्रममा सहभागी सो समुदायका अगुवाले रक्सीका कारण आफ्नो समुदाय अगाडि बढ्न नसके
इटहरी । इटहरीस्थित पिसजोन आवासीय माध्यमिक विद्यालयमा “ट्रेड फेयर २०८२” सम्पन्न भएको छ । विद्यालयको आयोजनामा व्यापार मेलामा विद्यार्थीहरूले आफैँले उत्पादन गरेका सामग्रीहरू प्रस्तुत गरी व्यावहारिक व्यापारिक अभ्यास गरेका थिए । सोही अवसरमा विद्यालयमा अध्यानरत विद्यार्थीहरुले खुल्ला चित्रकलाहरु बनाएका थिए तेसले अभिभावक तथा अवलेकनका लागी आइका विद्यार्थीहरुको आकर्षण बनेको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यापारसम्बन्धी आधारभूत ज्ञान दिनु, मार्केटिङ र विक्री (सेल्स) कसरी गर्ने भन्ने कुरा व्यवहारिक रूपमा बुझाउनु तथा व्यवस्थापनको प्रारम्भिक अवधारणासँग परिचित गराउनुरहेको थियो । वि
काठमाडौं, असार १७ – नेपाली महिला नेतृत्व र सशक्तिकरणको क्षेत्रमा दीर्घकालीन योगदान पु-याउँदै आएकी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा प्रतिनिधिसभा सदस्य भगवती चौधरी ‘आइकोनिक वुमन अवार्ड २०२५’ बाट सम्मानित भएकी छन्।यो सम्मान अन्तर्राष्ट्रिय महिला संसद (International Women's Parliament) ले संयुक्त अरब इमिरेट्स (UAE) मा आयोजना गरेको विशेष समारोहमार्फत प्रदान गरिएको हो। समारोहमा चौधरीको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला अधिकार, समाजसेवा, उद्यमशिलता र नेतृत्व विकासमा उनले देखाएको सक्रियतालाई उल्लेख गरिएको थियो।अवार्ड प्रदान समारोहमा प्रोजेक्ट १०० की अध्यक्ष म्कोनडिवा र अन्तर्राष
सुनसरी — इटहरी २० तरहरामा रहेको श्री जनसहयोग माध्यमिक विद्यालय, सुनसरीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका डेनिस राज बानिया र सजना तामाङले जिल्लामै सबैभन्दा बढी अङ्क ल्याएर विद्यालयलाई गौरवान्वित बनाएका छन्।उत्कृष्ट नतिजा ल्याउने यी दुई विद्यार्थी मात्र नभई, विद्यालयका ७०% भन्दा बढी विद्यार्थीहरू एसईई परीक्षामा सफल भएका छन्। सम्पूर्ण उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा आगामी शैक्षिक यात्रा सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै विशेष कार्यक्रमको आयोजना गरिएको थियो।कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं २० का अध्यक्ष मणिराम श्रेष्ठ ज
भोजपुर | माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरू र उनीहरूलाई सफलताको मार्गमा डोहो¥याउने शिक्षकहरूलाई सम्मान गर्न सगरमाथा माध्यमिक विद्यालय, सिक्रेटारमा विशेष कार्यक्रम सम्पन्न भएको छ।अरुण गाउँपालिका–७ नम्बर वडाको आयोजनामा आयोजित उक्त समारोह शैक्षिक उत्कृष्टता र संस्थागत उत्तरदायित्वप्रति सम्मान प्रकट गर्ने उद्देश्यले आयोजना गरिएको थियो। कार्यक्रममा सफल विद्यार्थीहरूलाई माला, खादा, टीका र शुभकामनासहित बधाई दिइयो भने, शिक्षक वर्गलाई सम्मानपत्रद्वारा औपचारिक रूपमा सम्मान गरिएको थियो।समारोहका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शालिकराम खत्री रहेका थिए। विशेष अतिथिमा उपाध
इटहरी | इटहरी उपमहानगरपालिका वडा नं ९ को सहकार्य तथा तथा पकली टेक्नोलोजी इन्स्टिट्यूट प्रा. लि, को आयोजनामा युवा तथा महिला नेतृत्व विकासका लागि भएको उद्घघोषण तालिम समापन भएको छ । तालिम असार ११ गतेदेखि सुरू भएको तालिम वडा नं ९ का जनप्रतिनिधि सन्जु प्रधानको संयोजकत्वमा तालिम सुरु भएको थियो । समापन कार्यक्रममा वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियोे । तालिमको प्रशिक्षक सिमा बस्नेतले गर्नु भएको थियो ।तालिममा ३० जना बढी सहभागीहरूले सक्रिय सहभागिता थिए । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.