All Posts By कोशी प्रेस

    Showing ५,६४१-५,६५० of १२,९७८ items.
  • तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई ५० हजार सहयोग

    इटहरी । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रबार सफल शल्यक्रियापछि एकै पटक तीन शिशुलाई जन्म दिएकी मोलुङ–६ श्रीचौरकी ३२ वर्षीया हीरा तामाङलाई गाउँपालिकाले रु ५० हजार नगद आर्थिक सहयोग गर्ने भएको हो। उनलाई तत्काल राहतस्वरूप उक्त सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष उत्तम राईले बताए। गाउँपालिकाले आमा र शिशुको स्वास्थ्य परीक्षण, स्याहार र पोषणको अवस्था सुनिश्चित गर्न स्वास्थ्य शाखा र श्रीचौर स्वास्थ्यचौकीमार्फत विशेष निगरानी गर्ने समेत निर्णय गरेको छ। हाल आमा र तीनवटै शिशुको स्वास्थ्य सामान्य छ । 

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३९१ पटक पढिएको
  • पूर्वी नेपाल पर्यटकका लागि आकर्षक केन्द्र बन्दै

    इटहरी । प्रकृतिबाट सुन्दर उपहार पाएको पूर्वी नेपाल पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जैविक विविधताले भरिपूर्ण कोशी प्रदेश केही वर्षयता पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै आएको हो । तराई, पहाडी र हिमाली क्षेत्र ओगटेको प्रदेशमा हिमाल, झरना, नदी, मठमन्दिर, ऐतिहासिक स्थल, गुम्बादेखि विभिन्न जीवजन्तु र वनस्पति रहेका छन् । संसारकै अग्लो शिखर सगरमाथादेखि घामको पहिलो झुल्का नियाल्न सकिने इलामको श्रीअन्तु आन्तरिक पर्यटकका लागि मात्र नभई बाह्य पर्यटकका लागि समेत आकर्षक मानिएका छन् । भाषा, साहित्य, कला, संस्कृति, कृषि उत्पादन, साना तथा मझौला उद्योग, भौग

    • प्रकाशित मितिः असार ६, २०८२
    • २६५ पटक पढिएको
  • सुनसरीमा साइकलबाट लडेर घाइते भएका २२ वर्षीय युवाको मृत्यु

    इटहरी । सुनसरीको दुहबी नगरपालिका–११ तनमुनामा साइकलबाट लडेर घाइते भएका २२ वर्षीय युवकको उपचारका क्रममा ज्यान गएको छ। गढी गाउँपालिका–४ निवासी अर्जुन ऋषिदेव असार १ गते राति करिब १० बजे मेलाबाट घर फर्किने क्रममा साइकलबाट लडेका थिए। दुर्घटनामा दाहिने तिघ्रा र कुर्कुच्चामा चोट लागेको भए पनि उनले सो घटनाबारे कसैलाई तत्काल जानकारी दिएका थिएनन् । परिवारले असार ४ गते दिउँसो ४ बजे मात्र अर्जुन घाइते भएको थाहा पाएपछि उनलाई इनरुवा अस्पतालमा सामान्य उपचार गराइएको थियो। अवस्था गम्भीर देखिएपछि उनलाई अर्को दिन असार ५ गते बिहान कोशी अस्पताल विराटनगर ल्याइएको थियो। तर कोशी अस्पतालमा भर्ना गरिएको केही बेरमै, सोही

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३२९ पटक पढिएको
  • कञ्चनजङ्घामा भ्रमण गर्ने विदेशी पर्यटकको वृद्धि

    इटहरी । ताप्लेजुङस्थित विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक बढेका छन् । गत वर्षको तुलनामा कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटक यस वर्ष बढेका हुन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म एक हजार २६४ जना विदेशी पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । विगतको तथ्याङ्क अनुसार यस वर्ष कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि भएको पाइएको छ । यस वर्ष कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्यामध्ये ४६१ महिला र ८०३ पुरुष रहेका छन् । कुल सङ्ख्यामध्ये सार्क देशका

    • प्रकाशित मितिः असार ६, २०८२
    • २४९ पटक पढिएको
  • हात्तीको आक्रमणबाट घाइते श्रेष्ठको मृत्यु

    इटहरी । जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको मेचीनगर नगरपालिका– दुर्जनचोकका ६८ वर्षीय पूर्णकुमार श्रेष्ठको मृत्यु भएको छ । तीन दिनअघि जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको श्रेष्ठको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचाररत हुनुहुन्थ्यो । तर स्वास्थ्यमा सुधार नभएपछि बिहीबार साँझ छोरा तेजबहादुर श्रेष्ठले घर ल्याउनुभएको थियो । उहाँको हिजै राति करिब ८ बजे घरमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट श्रेष्ठको करङ्ग भाचिँएको थियो भने खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको अस्पतालले जना

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३३१ पटक पढिएको
  • कटहरी गाउँपालिकाको आन्तरिक स्रोत नौ करोड ८० लाख

    इटहरी । मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार पाँच सय रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कटहरी गाउँपालिका मोरङका १७ पालिकामध्ये पहिलो पालिका हो । दोस्रो गाउँसभा तथा सातौं अधिवेशनको अवसरमा पालिकाका उपाध्यक्ष सीतादेवी राजवंशीले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा चालु खर्चतर्फ ३९ करोड ३८ लाख दुई हजार पाँच सय रुपियाँ र पूँजीगत खर्चतर्फ १९ करोड ५३ लाख ४२ हजार रुपियाँ विनियोजन गरिएको छ । बजेटका आय स्रोतहरूमा आन्तरिक आम्दानीबाट नौ करोड ८० लाख ७८ हजार ४८५ रुपियाँ, अन्तर

    • प्रकाशित मितिः असार ६, २०८२
    • ३५१ पटक पढिएको
  • धनकुटामा घरको छतबाट लडेर महिलाको मृत्यु

    इटहरी । धनकुटा नगरपालिका–१०, स्थित उत्तरपानीमा घरको छतबाट लडेर एकजानको महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ६ बजे घरको छतबाट लड्दा ५० वर्षीया प्रमिला राई घिसिङको मृत्यु भएको हो । घरको छतबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जिला प्रहरी कार्यालय धनकुटाका डिएसपी एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । डिएसपी खनालका अनुसार आफ्नै घरको छतमा लडेर उहाँको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भइरहेको प्रहरीले जानाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय धनकुटाले जनाएको छ ।

    • प्रकाशित मितिः असार ६, २०८२
    • २४८ पटक पढिएको
  • लागू औषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

    सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा -१० मा समाज सेवि रेशु तामाङ को संयाेजन मा लागू औषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम को समापन तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको छ । लागू औसध दुर्ब्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ भन्ने मुल नारा सहित बिध्यार्थी लक्षित कार्यक्रम अन्तर्गत जम्मा ४५ जना बिद्यार्थी उपस्थित मा प्रशिक्षण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम सभाध्यक्षको रुपमा समाज सेवि रेशु तामाङ रहनु भएको थियो भने प्रमुख अतिथि को रुपमा बराहक्षेत्र नगरपालिका को नगर उपप्रमुख नन्द कुमारि सुनुवार रहनु भएको थियो । बि

    • प्रकाशित मितिः असार ५, २०८२
    • ५९८ पटक पढिएको
  • इटहरीमा ‘ईस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज’ सुरू

    इटहरी | इटहरीको रात्री जीवन, सांस्कृतिक वातावरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य सहित फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज सुरू भएको छ । इटहरीस्थित रोयल रिसोर्टमा इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.काठमाडौंको सहकार्यमा आयोजना भएको प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सृजनशीलता प्रस्तुतीकरण गरेका छन् । प्रतियोगितामा २२ जना सहभागीमध्ये ८ जना भोलि हुने फाइनलका लागि छनौट भएका छन् । प्रतियोगितामा उत्कृष्ट बारटेन्डरलाई प्रथम पुरस्कारका रूपमा नगद ५० हजार रुपैयाँ , दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्क

    • प्रकाशित मितिः असार ५, २०८२
    • ५७३ पटक पढिएको
  • इटहरीमा सुजुकी गाडीको नयाँ ३ एस आउटलेट, टेस्ट ड्राइभ, एक्सचेन्ज तथा विशेष सर्भिस क्याम्प संचालनमा

    बिवस पराजुलीइटहरी । नेपालको लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले इटहरीमा नयाँ आधिकारिक डिलर भवानी शंकर एण्ड सन्स मार्फत सुजुकीको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । डिलरशिपको उद्घाटनको अवसरमा कम्पनीले असार ५ देखि ९ गतेसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प र असार ५ देखि १५ गतेसम्म विशेष सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार, क्याम्प अवधिभर ग्राहकहरूले सुजुकीका विभिन्न मोडेल परीक्षण गर्न, पुराना गाडी साट्न तथा विभिन्न विशेष अफर तथा सेवाहरूको लाभ लिन सक्नेछन् । टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पमा सहभागी भई नयाँ गाडी खरिद गर्ने ग्राहकले मोडेल अनुसार २ लाख रुपैयाँ सम्मको

    • प्रकाशित मितिः असार ५, २०८२
    • ५२२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]