इटहरी । खोटेहाङ गाउँपालिकाले उत्कृष्ट चार कृषकसहित विभिन्न विद्यामा उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कृत गरेको छ । अन्नबाली, फलफूल र नगदेबाली तथा पशुपन्छी पालनमा उत्कृष्ट कृषक, सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थी, उत्कृष्ट निर्माण उपभोक्ता समिति, उत्कृष्ट शिक्षक तथा विद्यालय र उत्कृष्ट कर्मचारीलाई गाउँपालिकाले बिहीबार पुरस्कृत गरेको हो । गाउँपालिकामा सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादन गर्ने वडा नं १ लिकुवा पोखरीका मणिकुमार राई, नगदेबाली उत्पादन गर्ने वडा नं ३ सावाकटहरेका बलजित राई तथा पशुपन्छी पालनमा सबैभन्दा उत्कृष्ट हुने वडा
इटहरी । वर्खायाममा पनि मुन्दुम पदमार्गमा पद यात्रा गर्न सकिने सन्देश दिन यहीँ ७ गते भोजपुरको चखेवा भञ्ज्याङमा मुन्दुम ट्रेल रेसको आयोजना गरिने भएको छ । मुन्दुम पदमार्गको प्रवद्र्धन सगै वर्खामा पनि मुन्दुम पदमार्गमा यात्र गर्न सकिने उदाहरण देखाउन सातौँ ‘मुन्दुम ट्रेल रेस’ २०२५ को आयोजना गरिएको हो । पर्यटकीय स्थल चखेवा भञ्याङबाट टेम्केडाँडा हुँदै खोटाङको सीमाना तावाभञ्याङ पुगि पुनः तावाभञ्याङबाट पाँचधारे, रतिया, मझौले, हात्ती खर्क हुँदै चखेवा सम्मको २२ किलोमिटर दुरिको मुन्दुम ट्रेल रेसका लागि रुट तय गरिएको आयोजक रिमाचुङ,एजुकेसन एण्ड स्पोर्ट एकाडेमीका अध्यक्ष पावीहाङ राईले जानकारी दिनुभयो ।
इटहरी । पथरी शनिश्चरे नगरपालिकाले नगरका ३ जना उत्कृष्ट कृषकहरूलाई सम्मान गरेको छ । मंगलबार पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा नगरका उत्कृष्ट किसानहरुलाई सम्मानित गरिएको हो । सम्मानित हुनेहरुमा तरकारी खेतीतर्फ सुबोल चन्द्रवंशी, मौरी पालनतर्फ मनकुमार राई, उखु खेतीतर्फ इन्द्र विलास घिमिरे रहनुभएको छ । सम्मानित तिनै जनालाई नगद ५० हजार, प्रमाण–पत्र र दोसल्ला ओढाई सम्मानित गरिएको थियो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोले सम्मान कार्यक्रममा बोल्दै कृषकलाई प्रोत्साहित गर्न पहिलोपटक नगरस्तरमा सम्मान कार्यक्रम सुरु गरिएको जानकारी दिनुभयो । सो
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरीमा जीवन विज्ञान प्रयोगशालाले आफ्नो प्रथम वार्षिकोत्सव सम्पन्न गरेको छ । मंगलबार बिहान पथरी शनिश्चरे वडा नं १ को नर्वदेश्वर शिवालय मन्दिरको सभा हलमा स्वजागरण, दीप प्रज्ज्वलन र योगभ्यास कार्यक्रम सम्पन्न गरिएको हो । पथरी उद्योग वाणिज्य संघको पहलमा आरम्भ भएको जीवन विज्ञान प्रयोगशालाको हाल सम्ममा नगरभित्र छ वटा शाखाहरू विस्तार गरिएको छ । जीवन विज्ञान ध्यान उर्जा प्रयोगशाला मार्फत सयौँ साधक साधिकाले नियमित योग साधनाका कारण आफ्नो शारीरिक र मानसिक विकास , सुख, शान्ति र समृद्धिको अनुभूति, निरोगिता, मुटु र रक्तप्रवाह जस्ता
इटहरी । खेलकुद क्षेत्रमा झापाको इतिहास बोकेको मेची रंगशाला भद्रपुरको स्तरोन्नतिका लागि यो वर्षको बजेट भाषणमार्फत संघ तथा प्रदेश सरकारले छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ। सरकारको स्वामित्वमा २०२५ सालमा स्थापना भएको मेची रंगशाला लामो समयदेखि सरकारी तहबाटै ओझेलमा पारिएको थियो। २०६१ सालमा भएको त्रिभुवन गोल्डकपपछि कुनै ठूलो प्रतियोगिता नभएको मेची रंगशालामा भद्रपुर नगरपालिकाको समन्वयमा २०७९ सालमा भद्रपुर झापा गोल्डकपको आयोजना गरिएको थियो। २०७९ र २०८१ गरी दुई पटक अन्तर्राष्ट्रियस्तरको गोल्डकप आयोजना गरी काँचुली फेरिदिएको मेची रंगशालामा बल्ल सरकारको आँखा पुगेकोमा खेलप्रेमि उत्साहित देखिएका छन्। साबि
सुनसरी | मोरङको केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरले बजार अनुगमनलाई तीव्रता दिनुभएको छ। यसै क्रममा असार ३ गते केराबारीको मंगलबारे बजार अनुगमन गर्नु भएको हो ।गाउँपालिका क्षेत्रमा लाग्ने विभिन्न बजार, र बजार क्षेत्रमा विभिन्न स्थानबाट आउने सब्जीहरूको अवस्थाको विषयमा जानकारी लिन अनुगमनको कार्यालाइ तीव्रताका साथ अगाडि बढाइएको छ । गाउँपालिका उपाध्यक्ष मगरको नेतृत्वमा गाउँपालिका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि र स्थानीय ,व्यवसायीह रू लगाएतको उपस्थिति रहेको कार्यले पालिकावासीलाई स्वस्थ उपभोग्य सामग्री प्रयोग गर्नमा सहयोग पुग्ने स्थानीय बताउँछन्।।बजारमा विक्री वितरण हुने तरकारी त
सुनसरी | रामधुनी नगरपालिका उपप्रमुख तारा थापाले खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएकोे छ । कार्यक्रम विराट टेलिभिजनर रामधुनी नगरपालिकाको सहकार्यमा भएको अन्तरक्रिया कार्यक्रममा रामधुनी क्षेत्रमा बस्ने खेल प्रशिक्षक, खेलाडी तथा खेलकर्मीहरूसँग अन्तरक्रिया गरिएको हो । कार्यक्रमको सञ्चालन विराट टेलिभिजनका प्रबन्धक निर्देशक विकल पौडेलले गर्नुभएको थियो। नेपाल कराते महासंघका अध्यक्ष भिखन धामीले नगरपालिकाले खेलकुद क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो।अन्तरक्रिया कार्यक्रममा उपप्रमुख तथा
इटहरी। ताप्लेजुङस्थित हिमाली तथा पर्यटकीय बस्ती घुन्सा र फलेमा विद्युत् साथै सञ्चार सेवा अवरुद्ध बनेको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको उक्त बस्तीहरुमा एक सातायता विद्युत् र सञ्चार सेवा अवरुद्ध बनेको हो । स्थानीय घुन्सा खोला लघु जलविद्युत् आयोजनामा समस्या आएपछि घुन्सा र फले बस्तीमा विद्युत् सेवा सेवा अवरुद्ध भएको हो । फक्ताङ्लुङ गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका स्थानीय तेन्जिङ सेराप शेर्पाका अनुसार ३५ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनामा करिब एक सातादेखि समस्या आएको छ । आयोजनाको टर्वाइनमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध बनेको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतसँगै सो
इटहरी । रामधुनी वडा नं ५ को वडा कार्यालयले रामधुनीस्तरिय अन्तर वडा क्रिकेट प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने वडाका खेलाडीहरूलाई सम्मान गरेको छ। वडा नं। १ विरुद्ध ७ विकेटले विजय प्राप्त गरेको ५ नम्बर वडाको टिमलाइ्र्र वडाअध्यक्ष लेखनाथ बास्तोलाले सम्मान गरेका हुन् । उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूको मनोबल उच्च बनाउने उद्देश्यले वडाले सम्मान गरेको बाँस्तोलाले बताए । खेलाडीहरूमा साइमन दाहाल, अमन कटवाल, अनुभव न्यौपाने, भुवन थापा, शिसिर भट्टराई, सन्जोग मल्लिक, आभास गेलाल, सेमनमतराज रेग्मी, गौरव चौधरी, राजेश थापा, अंकित गुरागाईं, निर्जल खतिवडा, भुपाल लुइटेल, सन्दिप कार्की, कृष शाह र प्रसान्त ने
इटहरी । इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको तेस्रो अधिवेशनको अध्यक्षमा प्रेम सापकोटा चयन भएको छ। उपाध्यक्षमा दिव्या भट्टराई, महासचिवमा देवी पौडेल, सचिवमा ज्ञानु दाहाल, कोषाध्यक्षमा कमला बाँस्कोटा रिजाल चयन हुन्। सदस्यहरूमा सुशिला सापकोटा, देवेन्द्र शंकर, शारदा उप्रेती पराजुली, उमेशचन्द्र महत, खेमसागर खनाल, दिनेश श्रेष्ठ, गणेश घिमिरे, तथा सिर्जना श्रेष्ठ रहेका छन्। कार्यक्रममा प्रमुख अतिथिको रूपमा केचना कञ्चनजंघा पर्यटन प्रवर्द्धन समितिका कार्यकारी प्रमुख केशव धौरालीको उपस्थिति रह्यो। प्रमुख अतिथि धौरालीले इलाम क्षेत्रको अपार पर्यटकीय सम्भावना औंल्याउँदै स्थानीय तह, सरोकारवाला निकाय र स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.