इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–९, स्थित मुर्तिढुङ्गामा मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर एक वृद्धको मृत्यु भएको छ । मासु खाने क्रममा हड्डी अड्किदा ७८ वर्षीय प्रेमबहादुर लिम्बुको मृत्यु भएको हो । यही जेठ २१ गते राति घरमा मासु खाँदा हड्डी अड्किएको थियो । घाँटीमा मासुको हड्डी अड्किएपछि लिम्बुलाई उपचारका लागि विराटनगरस्थित विराट टिचिङ अस्पताल लगिएको थियो । शुक्रबार राति उपचारका क्रममा विराट टिचिङ अस्पतालमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरी प्रवक्ता डीएसपी खनालका अनुसार उपचारको क्रममा शुक्रबार राति करिब&nbs
इटहरी । सरकारले सार्वजनिक खर्च कटौती गर्ने उद्देश्यले कोशी प्रदेश अन्तर्गत उदयपुर जिल्लाको बेलका नगरपालिका–१ स्थित आमवासीमा रहेको त्रियुगा नदी व्यवस्थापन आयोजना कार्यालय खारेजी गरेको छ । त्रियुगा नदी नियन्त्रणको सम्पूर्ण काम सम्पन्न गर्ने गरी २०७० सालमा उक्त आयोजना कार्यालय स्थापना गरिएको थियो तर आर्थिक वर्ष २०८२र८३ देखि लागु हुने गरी केही दिनपहिले नेपाल सरकारको मन्त्रीपरिषद्को निर्णयले उक्त आयोजना खारेजी गरेको छ । कार्यालय खारेज भए पनि नदी नियन्त्रणको काम भने पूर्ववत् रूपमा अगाडि बढाइने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । झन्डै आठ अर्बको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भए
इटहरी । सोलुखुम्बुका तर्फबाट सगरमाथा आरोहण गर्ने चार जनालाई सम्मान गरिएको छ । यस वर्षको आरोहण सिजनमा सफलतापूर्वक आरोहण गरेका पेम्बा शेर्पा, मिलन खलिङ राई, दाजाङबु शेर्पा तथा कुन्साङ छोपेल शेर्पालाई सम्मान पत्रसहित मञ्चले बधाई ज्ञापन गरिएको छ । नेकपा एमाले सोलुखुम्बु–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा नेपाल सरकारका रक्षा मन्त्री मानवीर राईले आरोहीहरुलाई सम्मान गर्नुभएको हो । रक्षा मन्त्री राईले सोलुखुम्बु जिल्लाको सामान्य परिवारमा जन्मेर पनि सगरमाथा आरोहणको यात्रामा निस्कने साहसिक निर्णय लिने मनहरुप्रति उच्च सम्मान रहेको बताउनुभयो । सगरमाथा आरोहण गर्न धेरै पैसा चाहिने भए पनि मध्यम प
भोजपुर । शिक्षालाई उज्यालो भविष्यको आधार मानेर अरुण गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको "विद्यार्थी सिकाइ मेला २०८२" वडानं. ३ स्थित शारदा मा. बिको सभालमा भव्य रूपमा सम्पन्न भएको छ। आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिभाको प्रस्तुतीकरणका लागि आयोजित यो कार्यक्रमले स्थानीय शिक्षा क्षेत्रमा नविन उत्साह ल्याएको छ।कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष कुमार कार्कीले गर्नु भएको थियो । प्रमुख अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष विनिता ढकाल र प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीको उपस्थितिमा कार्यक्रम भएको थियो।सिकाइ मेलाले विद्यार्थीहरूलाई सिर्जनात्मक
इटहरी । सुन्दरहरैचा नगरपालिकामा थारु महिला सभा सुन्दरहरैचाको आयोजनामा मागमा आधारित अचरा खड्की बनाउने तालिम सम्पन्न भएको छ । थारु समुदायमा प्रचलित परम्परागत पहिरन, अचरा र खड्की जस्ता संस्कृति झल्काउने सामग्रीको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम ३५ दिनसम्म सञ्चालन भएको थियो । तालिमको समापन कार्यक्रममा थारु महिला सभा अध्यक्ष दुर्गा चौधरीको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रुपमा नगरप्रमुख केदारप्रसाद गुरागाईं र विशिष्ट अतिथिका रुपमा नगर उपप्रमुख अकली चौधरीको उपस्थिति रहेको थियो । २४ जना सहभागीले प्रशिक्षण लिएको कार्यक्रममा लक्ष्मी कुमार थारुले प्रशिक्षकक
इटहरी । इटहरी उपमहानगरपालिका–६ मा आयोजित ‘बाल मेला तथा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम’मा विभिन्न विद्यालय र बाल क्लबमा आवद्ध बालबालिकाले विविध प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् । कार्यक्रम शुक्रबार वडा कार्यालयको आयोजनामा सम्पन्न भएको हो । बालमैत्री नगर घोषणाको तयारीस्वरूप आयोजित कार्यक्रममा १० वटा विद्यालयका बालबालिकाले नृत्य, कविता, गजल र वाद्यवादन जस्ता कला प्रस्तुति गरेका थिए । प्रतिभा प्रदर्शन गर्ने बालबालिकालाई प्रमाणपत्र, पदक तथा पुरस्कार प्रदान गरिएको वडा कार्यालयले जनाएकोे छ । कार्यक्रमका संयोजक तथा युवा स्रोत विकास तथा तालिम केन्द्रका निर्देशक निराजन खडकाले वडाभित्र
इटहरी । ‘ग्रेटर मुन्दुम पदमार्ग’ निर्माणले तीव्रता पाएको छ । जिल्लाका दक्षिणी क्षेत्रका तीन स्थानीय तहमा पदमार्ग निर्माणले गति लिएको हो । सुनसरीको कोसी टप्पु, उदयपुरको बेलका नगरपालिकाको मैनामैनी, भोजपुर हतुवागढीको माइबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्ज्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ग्रेटर मुन्दुम पदमार्ग निर्माण भइरहेको छ । भोजपुरको हतुवागढी, आमचोक र रामप्रसादराई गाउँपालिकामा पदमार्ग निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । हतुवागढी गाउँपालिका–९ हसनपुरको होम्पुवा भञ्ज्याङबाट पदमार्ग निर्माण भइरहेको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । पदमार्गको शून्य विन्दु माइबेनी भए पनि हाललाई
इटहरी । उदयपुरको बेलका नगरपालिका(५ मा रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । स्थानीय सन्जिव कार्कीको छोरी १७ वर्षिया दुर्गाकार्कीको करेन्ट लागेर शुक्रवार विहान मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक हरिहरनाथ योगिका अनुसार आफ्नै घर नजिक रहेको कुखुरा फार्ममा काम गर्ने क्रममा करेन्ट लागेर छटपटाई रहेको अवस्थामा आफन्तले देखेपछि तत्काल उपचारको लागि अस्पताल लगिएको थियो । उहाँको शुक्रवार विहान ९ः३० बजे मृत्यु भएको हो । अहिले मृतकको शव पोष्टमार्टमका लागि नगर अस्पताल बेल्टार पठाइएको र सो घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेक
इटहरी । विराटनगर महानगरपालिकाले सहकारी संस्थाहरुका ऋणी सदस्यहरुलाई ऋणको सावाँ र ब्याज चुक्ता गर्ने सम्बन्धी सूचना जारी गर्दै ऋणको सावा र ब्याज नतिर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ। एक सूचना जारी गर्दै विराटनगर महानगरपालिकाले पछिल्लो समयमा कतिपय सदस्यहरुले आफ्नो नाममा लिएको ऋण चुक्ता नगरी अरु संस्थामा सदस्यता लिने, शेयर खरिद गर्ने, पुनः ऋण लिने जस्ता कार्य गरिरहेको पाइएकोले अधिकांश संस्थाहरुमा तरलताको समस्या भई सदस्यहरुको बचत फिर्ता गर्न नसकेको गुनासो आइरहेको जनाएको छ। विराटनगर महानगरपालिकाको सहकारी ऐन, २०७५ ९दोश्रो संशोधन, २०८०० को परिच्छेद १४ को दफा ५८ देखि दफा दफा ६५ र विराटनगर महानगरपाल
अक्षता याखा लिङ्खाइटहरी । ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो खेती गर्न थालेका छन् । जमिन बाँझो राख्नुभन्दा चिराइतो लगाउन उपयुक्त देखेर उनले यसको खेती विस्तार गरेका हुन् । शेर्पाले यस वर्ष ११ मन ४० किलोको एक मन चिराइतो उत्पादन गरेर बिक्री गरे । उनले चिराइतो प्रति मन ४० हजारमा बिक्री गरे । त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ का बुधिराज राई गाउँमै धेरै चिराइतो उत्पादन गर्ने किसानभित्र पर्छन् । उनले मुख्यबालीका रुपमा चिराइतो खेती गर्दै आएका छन् । ताप्लेजुङमा पछिल्ला आर्थिक वर्षमा चिराइतो उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.