इटहरी । १९ औं छुवाछूत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला समिति, सुनसरीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम इटहरीस्थित वाइ.डी.सी. हलमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता पार्टीका जिल्ला वरिष्ठ उपाध्यक्ष सुन्दरमणि राईले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा पार्टी पोलिटब्युरो सदस्य तथा कोशी प्रदेश सइन्चार्ज केशवकुमार विष्टको उपस्थिति रहेको थियो । कोशी प्रदेश कमिटीका सचिव जलसेर राई विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा स्वागत मन्तव्य पार्टी सुनसरीका उपाध्यक्ष रेवति रोमन राईले राख्नुभएको
इटहरी । इटहरीको जनता बहुमुखी क्याम्पसले विद्यार्थीहरूलाई मोबाइल एप निर्माण सम्बन्धी कार्यशाला आयोजना गरेको छ । क्याम्पसमा अध्ययनरत विआईसिटिइ सङ्काय अन्तर्गतका विद्यार्थीहरूलाई लक्षित गरी फ्ल्युटर कार्यशाला आयोजना गरिएको हो । विद्यार्थीलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको क्याम्पसले जनाएको छ । गत ज्येष्ठ १८ गते देखी सुरु भएको कार्यशाला ७ दिन सम्म सञ्चालन हुनेछ । कार्यशालामा ३० जना विद्यार्थीहरूले मोबाइल एप निर्माण सम्बन्धी ज्ञान लिइरहेका छन् । कार्यशालामा विद्यार्थीहरूलाई फ्ल्युटरको आधारभूत संरचना, प्रोग्रामिङ भाषा, युआई डिजाइन, एप डेप्लोपमेन्ट लगायतका विविध पक्षमा सैद
काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज अध्यक्ष नेपालसहित ९३ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो । मुद्धा लाग्नेमा पूर्वकानून मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्त लगायत छन् । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो । काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको
इटहरी । इटहरी उपमहानगरमा बजारमा बिक्री वितरण भइरहेको धेरैजसो आँपमा अत्यधिक मात्रामा विषादी प्रयोग गरिएको पुष्टि भएको छ। उपमहानगरको खाद्य अनुसन्धान शाखाले हालै गरिएको अनुगमनमा ३ हजार केजी आँप विषादीयुक्त पाइएको र ती सबै नष्ट गरिएको जानकारी दिएको छ। अनुगमनको क्रममा व्यवसायीहरूले आँप छिटो पकाउन प्रयोग गर्ने विषादी मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक रहेको पाइएको हो। इटहरी वडा नं। ६ मा रहेका फलफूल गोदामहरूमा उपमहानगरपालिकाको खाद्य अनुसन्धान टोलीले गरेको अनुगमनमा ती आँपमा स्वास्थ्यका लागि हानिकारक रसायन प्रयोग गरिएको भेटिएपछि तत्काल जफत गरी नष्ट गरिएको हो। उपमहानगरपालिकाका बजार अनुगमन शाखा प्रमु
इटहरी । वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा खाँदबारीस्थित टुँडिखेलमा आज नेपाली सेनाको इन्द्र दल गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र अग्नि नियन्त्रक टोलीले अभ्यास गरेको हो । अभ्यासमा पहिरो गएको परिप्रेक्ष्यमा उद्धार, घाइतेको प्राथमिक उपचार, विस्थापितको व्यवस्थापन तथा राहत सामग्री वितरण प्रक्रिया समेटिएको थियो । अभ्यासले सुरक्षा निकाय र सम्बन्धित निकायबीच समन्वय, सञ्चार र द्रुत प्रतिकार क्षमतामा सुधार हुने अपेक्षा गरिएको छ । यद्यपि, विपद् व्यवस्थापन अझै पनि ती
इटहरी । कोशी टप्पुवन्यजन्तु आरक्षले सप्तकोसीमा डल्फिनको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । आज वातावरण दिवसको अवसरमा आयोजित एक कार्यक्रममा आरक्षले चार दिनसम्म गरिएको गणनाको परिणाम सार्वजनिक गरेको छ । यस वर्षको गणनामा अघिल्लो वर्षको तुलनामा तीन वटा थप डल्फिनको सङ्ख्या बढेको पाइएको हो । आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार हालको गणनामा १५ वयस्क, पाँच अर्धवयस्क र दुई बच्चा डल्फिन गरी जम्मा २२ वटा डल्फिन रेकर्ड गरिएको छ । यसअघि कोशी टप्पु वन्यजन्तु आरक्षले प्रत्येक वर्ष नियमित रूपमा डल्फिनको गणना गरेर संरक्षणका लागि आवश्यक कदम उठाउँदै आएको छ। गणनामा राष्ट्रिय प्रकृति संरक
भावना वर्देवाइटहरी । चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोड १५ लाख मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल आयात भएका हुन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिको तुलनामा ९१ करोड ७७ लाख रकम अर्थात् पाँच दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ । आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने पाँच दशमलव ९० प्रतिशत अर्थात् ४३ करोड ७४ लाख ४७ हजारले बढेको उहाँले बताउनुभयो । कार्यालयको तथ्याङ्कअनुसार चालु आ
इटहरी । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङको अध्यक्षमा डम्बरबहादुर पालुङवा चयन हुनुभएको छ । लिम्बू जातिहरूको साझा संस्था चुम्लुङको बुधबार सम्पन्न भएको १० औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पालुङवा सर्वसम्मत चयन हुनु भएको हो । पालुङवाको अध्यक्षतामा उपाध्यक्षद्वय रिता मादेन र केदारजंग ताप्मादेन, सचिव सरोज कङलिबा, सह–सचिवद्वय कमला पालुङवा र कैलाश पालुङवा, कोषाध्यक्ष संगिता मादेन सहित २१ सदस्यीय जिल्ला समिति निर्विरोध चयन गरिएको प्रमुख निर्वाचन अधिकृत बालचन्द्र आङबुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यतर्फ सन्तोष सावदेन, समिर माबो, सिर्जना सबेहाङ, उदय लिबाङ, प्रदिप सबेहाङ, आकास ताप्मादेन, डिल्ली थ
इटहरी । भोजपुर पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो । तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग गर्ने बीउबिजन तथा विषादीको प्रयोग गर्ने तरिकालगायतको सीप सिकाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । तालिम लिएका अगुवा किसानले अब गाउँपालिकामा माटो प्राविधिकको रुपमा सेवा प्रदान गर्ने उहा
इटहरी । दमक–७ पूर्वपश्चिम राजमार्गमा बुधबार साँझ यात्रुबाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दमकबाट केर्खातर्फ जाँदै गरेको मे१ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्र ०१–०२–०५२ प २२११ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक मिलन थापा गम्भीर घाइते भएका थिए । उपचारका लागि आर्य न्यूरो अस्पताल विराटनगर लगिएकामा निजको उपचारका क्रममा मृत्यु भएको झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । दुर्घटनापछि बस चालक झापाको गौरादह–४ बस्ने सरकार टुडु र दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.