All Posts By कोशी प्रेस

    Showing ६,३९१-६,४०० of १३,००७ items.
  • इटहरीमा वि वाइ डि स्वरुमले यहीँ वैशाख १२ र १३ गते "सफ्ट क्याम्प" कार्यक्रम गर्दै

    इटहरी – इटहरीमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय अटो ब्रान्ड BYD (वि वाइ डि) को स्वरुमले यही वैशाख १२ र १३ गते (२५ र २६ अप्रिल २०२५) "सफ्ट ओपनिङ" कार्यक्रम गर्ने भएको छ।दुई दिनसम्म चल्ने कार्यक्रममा सहभागी हुने ग्राहकहरूले नि:शुल्क सवारी स्वास्थ्य जाँच तथा नि:शुल्क कार वाश सेवा प्राप्त गर्न सक्नेछन्। BYD को सेवा सबै ब्रान्डका सवारीसाधनका लागि खुला रहने जानकारी दिइएको छ।कार्यक्रमबारे जानकारी दिँदै इटहरीस्थित BYD का म्यानेजर सुजन शर्मा भन्छन्, "यो पहलबाट ग्राहकहरूलाई सहज, गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध हुनेछ।" उनले थपे, "हामी ग्राहकलाई गाडीको समग्र कार्यक्षमता र अवस्थाबारे स्पष्ट जानकारी दिन चाह

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ४८५ पटक पढिएको
  • ब्राउनसुगरसहित पाँच पक्राउ, सुनसरी लागूऔषधको हटस्पट बन्दै

    इटहरी । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ब्राउनसुगरसहित पाँच जनालाई पक्राउ गरेको छ । कोशी गाउँपालिका वडा नं। १ भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ शंकास्पद रूपमा पैदल आउँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका–४ निवासी २७ वर्षीय राजन बास्तोला, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ का २० वर्षीय अनोज कुमार उँराव, भोक्राहा ३ का २५ वर्षीय रुपेश कुमार यादव, इटहरी उपमहानगरपालिका–१७ का २० वर्षीय मो। समीर खान र सोही ठाउँका २० वर्षीय राजेश पुरी रहेका छन्। सुनस

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ३४६ पटक पढिएको
  • इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत एक महिनामै सरूवा

    इटहरी । इटहरी उपमहानगरपालिकामा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत एक महिनामै सरूवा भएका छन् । गत फागुन २१ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हालेका हेमराज भुसाल कार्यभार सम्हालेको एक महिना नबित्दै सरूवा भएका हुन् । उनी यसअघि नै काठमाडौँमा सरूवाका लागि धाएको बताइन्छ । गत माघ २५ गते उपसचिवबाट सह–सचिवमा बढुवा भएका भुसाल इटहरी उपमहानगरमा आएका थिए । भुसाललाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरूवा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै भुसाललाई बागमती पठाएको हो । यसअघि रामचरित्र मेहता प्रमुख प्रशासकीयको रूपमा लामो समयसम्म इटह

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ४०९ पटक पढिएको
  • कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

    इटहरी ।  कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ । आज बिहान मकालु गाउँपालिका–३ आलफाट्टेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख रामकुमार लामिछानेले जानकारी दिनुभयो । मङ्गलबार रातभर वर्षा भएपछि एकुवा खोलामा आएको बाढीले कटान गर्दा पहिरो खसेको हो । उहाँका अनुसार पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ३७१ पटक पढिएको
  • भोजपुरमा ट्याक्टरले किचेर बालकको मृत्यु

    इटहरी। भोजपुरको उत्तरी षडानन्द नगरपालिका–१४ मा टक्याकटरले किच्दा ८ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । को। २ त। ८६९७ नम्बरको ट्याक्टरले किच्दा ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । षडानन्द–१२ का विकास कार्कीका छोरा सौगात कार्की पार्किङ गरी चालक खाना खान गएका बेला ट्याकटर आफैँ अचानक गुडेर दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको छ । ट्याक्टर चालक षडानन्द–१२ का २२ वर्षीय भुवन भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ४०३ पटक पढिएको
  • विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

    इटहरी । सङ्खुवासभा जिल्लाको एक विद्यालयमा विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् । सदरमुकाम खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो । चैनपुर नगरपालिका ३ सिद्धकाली घर भएका खत्रीले आफ्नै विद्यालयमा अध्ययन गर्ने बालिकालाई गत आइतबार बिहान करिव १ बजे छात्राबासमा दुर्व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका खत्री विद्यालयकै होस्टलमा बस्दै आएका थिए ।  पक्राउ परेका खत्रीले बालिकालाई आफु सुत्ने कोठामा बोलाई बाल यौन दुरुपयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रामकुमार

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ३८६ पटक पढिएको
  • पाँचथरको फेमे खोलामा बेलिब्रिज जडान हुने

    इटहरी । सङ्घीय सरकारले पाँचथरको फिदिम नगरपालिका १ र ११ लाई सिमाना छुट्याएर बग्ने फेमे खोला दोभानमा हाल्न बेलिब्रिज उपलब्ध गराउने भएको छ । गत वर्षको असोजमा अविरल वर्षासँगै आएको बाढीले खोलाको पुल बगाएको थियो । फेमे खोलाको पुल बगाएपछि त्यहाँ ह्युम पाइपमार्फत डाइभर्सन गरेर सवारी सञ्चालन गराइँदै आएको छ । यहाँ पुल लगाउने काम प्रदेश सरकारको क्षेत्राधिकारमा पर्छ । वर्षा लाग्न थाल्दासम्म पुल बनाउने सुरसार नदेखि पछि स्थानीय र जनप्रतिनिधिले पटक पटक प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । यद्यपी प्रदेश सरकारले स्रोत सुनिश्चित नगरेका कारण पुल निर्माण अलपत्र परिरहेका बखत सङ्घीय सरकारले कोशी प्रदेश सरक

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ३४६ पटक पढिएको
  • मोरङको कानेपोखरी –७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

    इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी –७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहनविक्रम दाहालका अनुसार झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार ५५ वर्षीया कुमारी आचार्यको मृत्यु भएको हो । मोटरसाइकल चालक पुरुष गम्भीर घाइते हुनुहुन्छ । प्रहरीका अनुसार उदयपुरको बेलका –४ की आचार्य सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ३५ वर्षीय हरि शर्माले चलाएको मोटरसाइकल पछाडि बस्नु भएको थियो । शर्

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ३१६ पटक पढिएको
  • इटहरीका हरिले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिँदा दिदीको मृत्यु, भाइ गम्भीर घाइते

    सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जना महिलाको मृ,त्यु भएको छ । १ जना पुरुष घाइते भएका छन् ।झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई अहिले केही बेरअघि ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए ।  उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार महिलाको मृ,त्यु भएको छ ।उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ४८३ पटक पढिएको
  • श्रेयज सुवेदीको कथासङ्ग्रह ‘बहुरूपी' लोकार्पण

    काठमाडौँ- श्रेयज सुवेदीको पहिलो कथासङ्ग्रह ‘बहुरूपी’ नयाँ प्रयोगसहित लोकार्पण गरिएको छ।शनिबार काठमाडौँका ७ स्थानबाट पाठकहरूसँगको अन्तरक्रिया, पुस्तक हस्ताक्षर र बिक्रीसँगै पुस्तक सार्वजनिक भएको हो।काठमाडौं बालुवाटारस्थित बुक्स मण्डला, चियावाला थापाथली, सिभिल मल सुन्धारा, आइप्लेक्स मल बानेश्वर र ललितपुरको लबिम मल, चियामाया झम्सिखेल, पिमवहालमा राखिएका बुक स्टलमा पुगेका पाठकले ‘बहुरूपी’ खरिद गरेका थिए।सिनेमाको बजारीकरण गरेजस्तै पुस्तकको प्रचार-प्रसार भएको देख्दा खुशी लागेको स्टलमा पुगेका पाठकहरूले बताए। पुस्तक लोकार्पणको परम्परागत शैली त्यागेर अब नयाँ बजार व्यवस्थापनमा लाग्नुपर्ने बताउँछन्, बुकहि

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • ४२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]