All Posts By कोशी प्रेस

    Showing ७५१-७६० of १२,७१२ items.
  • सुरक्षित र व्यवस्थित इटहरी’ का लागि पालिकाले पूर्वाधार बनाउनुपर्नेमा सुरक्षा निकायहरुको जोड

    इटहरी । इटहरीलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि पालिकाले आधार तयार पार्नुपर्नेमा सुरक्षा निकायहरुले जोड दिएका छन् । उनीहरुले आफूहरुले आफ्नो काम गरिरहेको तर पुर्वाधार र स्थानीय पालिकाको तदारुकता अभाव रहेको बताएका छन् । सडक सुरक्षा, विपद् न्यूनीकरण तथा शान्ति सुरक्षासम्बन्धी योजना र चुनौतीबारे इटहरीमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी प्रमुखहरुले बजेट तथा स्रोत साधनको सिमितता र पालिकाले गर्नुपर्ने कामहरु समयमा नहुँदा इटहरीलाई व्यवस्थित र सुरक्षित बनाउन अवरोध सृजना भइरहेको बताएका छन् । प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि र विराट टेलिभिजनको

    • प्रकाशित मितिः असार २३, २०८३
    • ४०१ पटक पढिएको
  • विश्व आदर्शमा ट्रेसल रेस प्रतियोगिता सम्पन्न

    इटहरी । स्काउटका विद्यार्थीहरूको शारीरिक, बौद्धिक तथा व्यक्तिगत क्षमता विकास गर्ने उद्देश्यका साथ इटहरी युथ ओपन क्र्यु र विश्व आदर्श स्काउट ट्रुपको संयुक्त आयोजनामा असार २० गते शनिबार विश्व आदर्श विद्यालय, इटहरी–४ को प्राङ्गणमा ’ट्रेसल रेस’ प्रतियोगिता सम्पन्न भएको छ । विश्व आदर्श विद्यालयका सहायक प्रिन्सिपल मोहन प्रसाद निरौलाको सभापतित्व तथा नेपाल स्काउटका राष्ट्रिय परिषद् सदस्य सुदर्शन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षकद्वय प्रदीप कुमार विश्वास र दिवस राजवंशी, तथा बराहक्षेत्र स्थानीय प्रमुख आयुक्त चेतनाथ भट्टराईको विशेष आतिथ्यता

    • प्रकाशित मितिः असार २३, २०८३
    • १३७ पटक पढिएको
  • लालीगुराँसमा ३ हजार लिटर क्षमताको दुग्ध चिस्यान केन्द्र सञ्चालन, दुग्ध उत्पादनमा नयाँ उत्साह

    इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, डाँडाखर्कस्थित   लालीगुराँस दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले ३ हजार लिटर क्षमताको दुग्ध चिस्यान (चिलिङ भ्याट) मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ । लालीगुराँस नगरपालिका, प्रदेश सरकार र सहकारी संस्थाको साझेदारीमा खरिद गरिएको उक्त चिलिङ भ्याट मेसिनको उद्घाटन लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख माबोहाङले दुग्ध उत्पादन तथा बजारीकरणलाई व्यवस्थित बनाउन चिस्यान केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय कृषकलाई व्यावसायिक पशुपालन तर्फ थप प्रोत्साहन गर्दै उ

    • प्रकाशित मितिः असार २३, २०८३
    • १४३ पटक पढिएको
  • सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा सञ्चालन

    इटहरी।  सरकारले सुरु गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ पहाडी जिल्ला भोजपुरमा पनि सञ्चालन भइरहेको छ । प्रत्येक वर्ष असार १४ देखि साउन १५ गतेसम्म सञ्चालन हुनेगरी सरकारले सुरु गरेको सगरमाथा वृक्षरोपण महाअभियान भोजपुरमा पनि जारी रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले बताउनुभयो । महाअभियानअन्तर्गत भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिका–२, तिवारीभञ्ज्याङबाट यो अभियान सुरु गरिएको हो । अभियान सुरु भएसँगै पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले जिल्लाको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँस अभियान सुरु भएको डिभिजन वन कार्यालयका प्रमुख मियाँले

    • प्रकाशित मितिः असार २३, २०८३
    • १२१ पटक पढिएको
  • झापाको कमल गाउँपालिकामा भान्सामा खाना पकाउँदै गरेकी एक महिलाको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु

    इटहरी । झापाको कमल गाउँपालिकामा भान्सामा खाना पकाउँदै गरेकी एक महिलाको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ करिब ७ः५० बजे कमल गाउँपालिका–३ निवासी ४० वर्षीया सरस्वती मगर लिम्बूलाई आफ्नै भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो।सर्पले डसेपछि उहाँलाई तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। उपचारकै क्रममा राति १०ः४० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २३, २०८३
    • १०४ पटक पढिएको
  • राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट भोजपुरका किसान लाभान्वित

    इटहरी।  राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएका विभिन्न अनुदानमुखी कार्यक्रमहरूले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न भूमिका खेलेको छ । सुन्तला, अलैँची तथा तरकारीखेती विस्तारका लागि प्रदान गरिएको अनुदान र प्राविधिक सहयोगले कृषिमा लाग्न किसानलाई थप हौसला मिलेको हो । कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभाअन्तर्गत रहेको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गरेको छ । यसअन्तर्गत नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडाहरू समेटिएका छन् । यस्तै, सुन्तलाखेती प्रवर्द्धनका लागि पाँच स्थानीय तहका २६ वडामा ‘सुन्तला जोन’ स्थापना गरिएको छ । ज

    • प्रकाशित मितिः असार २३, २०८३
    • १२९ पटक पढिएको
  • नागरिकका सुझाव र गुनासा सुन्दै बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    मोरङ, असार २२ — मोरङको बुढीगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरूको सार्वजनिक समीक्षा गर्दै नागरिकका सुझाव, जिज्ञासा र गुनासा संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।बुढीगंगा गाउँपालिकाको आयोजना तथा कोशी मिडिया नेटवर्कद्वारा सञ्चालित विराट टेलिभिजनको समन्वयमा गाउँपालिका–१ टंकीमा आयोजित कार्यक्रममा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, गृहिणी, मजदुर, व्यवसायी, बुद्धिजीवी तथा सरोकारवाला निकायका

    • प्रकाशित मितिः असार २२, २०८३
    • २७५ पटक पढिएको
  • धरान उपमहानगरपालिकामा सडक निर्माणमा स्थानीयको सहयोग

    इटहरी । धरान उपमहानगरपालिकामा सडक निर्माणमा जनसहभागिताको अभ्यास बलियो बन्दै गएको छ ।नगर गौरवका ठूला आयोजना बाहेक अधिकांश भित्री सडक स्थानीयवासीको आर्थिक तथा श्रम योगदानबाट निर्माण भइरहेका छन् । कतिपय सडकमा स्थानीयले ६० प्रतिशतसम्म लागत व्यहोरेका छन । कार्यवाहक नगरप्रमुख आइन्द्रविक्रम बेघाका अनुसार धरानका सडक निर्माणमा स्थानीयको १० देखि ६० प्रतिशतसम्म योगदान रहेको छ । उहाँले आफूले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेयता ८ हजार २५० मिटर सडक निर्माण सम्पन्न भएको र थप सडक निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।धरानमा जनसहभागिता मार्फत विकास आयोजना सञ्चालन गर्ने अभ्यास भन

    • प्रकाशित मितिः असार २२, २०८३
    • २५६ पटक पढिएको
  • झापाको भद्रपुरमा नयाँ शैलीको तस्करी, मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउने दुई जना मेची पुलबाट पक्राउ

    इटहरी। भारत–नेपाल सीमामा लागूऔषध तस्करी गर्नेहरूले नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । झापाको भद्रपुरस्थित मेची पुलमा एकै दिन दुई जना व्यक्तिले मलद्वारभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने प्रयास गर्दा प्रहरीको फन्दामा परेका छन् । पहिलो घटनामा स्कुटी चालक चन्द्रप्रसाद राजवंशी र दोस्रो घटनामा पैदल यात्री रोहित कुमाल पक्राउ परेका हुन् ।  दुवैको शरीरभित्र प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । आइतबार उनीहरुले मलद्वारमा हालेर लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाले बताउन

    • प्रकाशित मितिः असार २२, २०८३
    • २०० पटक पढिएको
  • गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि झापामा

    इटहरी । गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि  झापा पुग्नुभएको छ । आइतवार साँझ झापा आएर यतै बास बस्नुभएका गुरुङ्गले सोमवार विहानै झापामा रहनुभएका जेन्जी आन्दोलनका घाइतेको घरमा पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।  गृहमन्त्री गुरुङ्गले जेन्जी आन्दोलनका क्रममा घाइते हुनुभएका बुद्धशान्ति गाउँपालिका –६ हापेन चौकका अङ्कित शर्माको घरमा गएर उहाँको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुभएको हो । यसैबिच गृहमन्त्री गुरुङ्गले नेपाल–भारत सिमास्थित पूर्वीद्वार मेची पुल र मेची भन्सार क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । अवलोकनलको क्रममा गृहमन्त्री गुरुङ्गले मेचीनगर नगरपालिका

    • प्रकाशित मितिः असार २२, २०८३
    • १९५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]