All Posts By कोशी प्रेस

    Showing ८७१-८८० of १२,७३२ items.
  • फरवार्डका संस्थापक स्व. दिनेश कुमार चौधरीको १९औँ स्मृति दिवसमा वृक्षारोपण

     फरवार्डका संस्थापक स्वर्गीय दिनेश कुमार चौधरीको १९औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। स्वर्गीय चौधरीको दूरदर्शी सोच, समाजप्रतिको समर्पण र प्रेरणादायी योगदानको सम्मानस्वरूप आयोजित कार्यक्रममा विभिन्न स्थानमा बिरुवा रोपेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।भगबती चाैधरीका अनुसार रोपिएका प्रत्येक बिरुवा हरियाली प्रवर्द्धनको प्रतीक मात्र नभई स्वर्गीय चौधरीका आदर्श, सेवाभाव र समाजप्रतिको योगदानलाई भावी पुस्तासम्म जीवित राख्ने संकल्पसमेत हो।कार्यक्रममा सहभागीहरूले स्वर्गीय दिनेश कुमार चौधरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले देखाएको समाजसेवा, विक

    • प्रकाशित मितिः असार १४, २०८३
    • ९२ पटक पढिएको
  • सगरमाथा वृक्षारोपण महाअभियान सुरु

    इटहरी । सरकारले घोषणा गरेको सगरमाथा वृक्षारोपण महाअभियान आइतबारदेखि धनकुटाको सहिदभूमिबाट औपचारिक रुपमा सुरु गरिएको छ । आइतबार नै राष्ट्रिय वृक्षारोपण दिवस पनि मनाइएको छ । सहिदभूमिस्थित प्रवेश गेट देखि सुकेआहाल हुँदै थलथले बजारसम्म बिरुवा रोपेर अभियानको सुरुवात गरिएको हो। डिभिजन वन कार्यालय धनकुटाको आयोजनामा तथा सहिदभूमि गाउँपालिकाको सहयोगमा सुरुवात भएको अभियानले वातावरण संरक्षणप्रति नागरिकको सहभागिता अभिवृद्धि गर्नुका साथै हरियाली नेपाल निर्माणको राष्ट्रिय अभियानलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। सो अवसरमा प्रवेश गेटदेखि सुकेआहाल हुँदै थलथले बजारसम्म सडक पेटीमा सौन्दर्यतात्मक प्रजातिको वृ

    • प्रकाशित मितिः असार १४, २०८३
    • १७१ पटक पढिएको
  • धनकुटामा कविता सङ्ग्रह ‘खरको कलम माटाको कापी’ लोकार्पण

    इटहरी । धनकुटामा कविता सङ्ग्रह ‘खरको कलम माटाको कापी’ सार्वजनिक गरिएको छ । कवि सावित्री अधिकारीद्धारा लिखित कविता सङ्ग्रहको आइतबार लोकार्पण गरिएको हो । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार कुन्ता शर्मा र धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कवि अधिकारीको कविता संग्रहको लोकार्पण गर्नुभएको हो । सल्लेरी मिडिया रिसर्च सेन्टर धनकुटाको आयोजनामा लोकार्पण गरिएको कविता सङ्ग्रहमा ३९ वटा कविता समावेश गरिएको छ । पहिले पहिले कलम कापी नपाइने हुँदा माटोमा लेखेर सिकेको अधिकारीको भनाइ छ । उहाँले बाल्यकालमा, जागिरे जिवनमा देखेका सुनेका र भोगेका विषयवस्तुलाई सिर

    • प्रकाशित मितिः असार १४, २०८३
    • १४० पटक पढिएको
  • इनरुवामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा

    इटहरी । सुनसरीको सदरमुकाम इनरुवामा कोशी प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक संस्था शान्तिदीप नेपालले इनरुवामा पत्रकार सम्मेलन आयोजना गरी कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजन तथा कोशी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा सञ्चालन हुन लागेको उक्त प्रतियोगिताको तयारी सम्पन्न भएको जानकारी दिएको हो । इनरुवा नगरपालिका वडा नं. ६, मधेशास्थित कभर्डहलमा आयोजना हुने यस प्रतियोगितामा आयोजक सहित कुल आठ टोलीको सहभागिता रहने आयोजक सुवास राईले जानकारी दिनुभयो। कोशी प्रदेश भित्रका खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्य राखिएको यस प्रतियोगितालाई थप प्रत

    • प्रकाशित मितिः असार १४, २०८३
    • २२० पटक पढिएको
  • पूर्वीहटलाइन दैनिकको आयोजनामा इटहरीमा नेपाली हिज्जे प्रतियोगिता, विश्वआदर्श मावि प्रथम

    इटहरी । पूर्वीहटलाइन दैनिकको आयोजनामा असार १३ गते शनिबार इटहरी–९ स्थित जनता माविको सभाहलमा सम्पन्न नेपाली हिज्जे प्रतियोगितामा इटहरी–४ मा अवस्थित विश्वआदर्श मावि पहिलो भएको छ । प्रतियोगितामा इटहरी–६ मा अवस्थित मोर्डन प्रिपेरोटरी मावि दोश्रो भएको छ भने इटहरी–१६ मा अवस्थित सरस्वति जब्दी मा.वि. तृतिय भएको छ । मकालु पुस्तक पसल  इटहरीका प्रोप्राइटर तीर्थराज भण्डारीको प्रमुख आतिथ्यता तथा पूर्वीहटलाईन दैनिकका प्रधान सम्पादक शालिग्राम पाण्डेको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको संयोजक भाषासेवी तथा पुर्वीहटलाईन दैनिकका स्तम्भकार दिनेश पौडेल रहनुभएको थियो । सो नेपाली हिज्जे कार्यक्रममा पूर्व श

    • प्रकाशित मितिः असार १४, २०८३
    • ६४ पटक पढिएको
  • समयसँगै परिवर्तित शिक्षामा जोड दिँदै लाइट गार्डेन एकेडेमीको दीक्षान्त समारोह सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा–९, बुधबारेस्थित लाइट गार्डेन एकेडेमीले “समयसँगै परिवर्तित शिक्षा आजको आवश्यकता“ भन्ने मूल नाराका साथ आफ्नो १० औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका अध्यक्ष एवं प्रिन्सिपल ऋषिराम पाठकको अध्यक्षतामा भएको सो कार्यक्रममा सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि श्रेष्ठले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक, नैतिक र प्रविधिमैत्री शिक्षा दिन आवश्यक रहेकोमा जोड दिनुभयो। यस्तै, प्रिन्सिपल पाठकले विद्यालयले विगत एक दशकदेखि आधुनिक शिक्ष

    • प्रकाशित मितिः असार १४, २०८३
    • ४३९ पटक पढिएको
  • पर्यटनको सम्भावना उजागर गर्दै ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

    इटहरी । कोशी प्रदेशका प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक गन्तव्यको अनुभव र पर्यटन सम्भावनालाई समेटेर पर्यटन व्यवसायी बासुदेव बरालद्वारा लिखित ‘कोशी (गन्तव्य अनुभव र सम्भावना)’ पुस्तकमाथि शनिबार इटहरीमा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको आयोजनामा सम्पन्न उक्त विशेष कार्यक्रममा सहभागी वक्ताहरूले कोशी प्रदेशमा पर्यटनको अपार सम्भावना रहे तापनि त्यसको प्रभावकारी प्रचार–प्रसार, अध्ययन तथा प्रवद्र्धनका क्षेत्रमा अझै पर्याप्त काम हुन नसकेको धारणा राखेका छन्। कार्यक्रममा उपप्राध्यापक तथा अनुसन्धानकर्मी अर्जुन उप्रेती र पत्रकार विराट अनुपमले पुस्तकमाथि समीक्षात्मक प

    • प्रकाशित मितिः असार १४, २०८३
    • १४७ पटक पढिएको
  • पहिलो पाइला नेपाल प्रस्तावित इटहरी शाखा गठन, २३ सदस्यीय समिति चयन

    इटहरी । सामाजिक रूपान्तरण र युवाको सक्रिय सहभागिता मार्फत सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ पहिलो पाइला नेपालको प्रस्तावित इटहरी शाखा गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमबाट सुदीप खतिवडाको संयोजकत्वमा २३ सदस्यीय प्रस्तावित इटहरी शाखा समिति गठन गरिएको छ । समितिको सह–संयोजकमा सुसान्त भट्टराई चयन हुनुभएको छ भने अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समाज रूपान्तरणमा युवाको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले युवाको एकता, सहकार्य र सक्रियता मार्फत समाजमा सकारात्मक परिव

    • प्रकाशित मितिः असार १४, २०८३
    • ११४ पटक पढिएको
  • पथरी शनिश्चरेमा कक्षा १२ अध्ययनरत् विद्यार्थीलाई बारिस्टा तालिम

    इटहरी । मोरङको पथरी शनिश्चरे –२ को वडा कार्यालयले कक्षा १२ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी बारिस्टा  तालिम दिएको छ । वडा अध्यक्ष नैना राईका अनुसार अनिवार्य सीप विकास कार्यक्रम अन्तर्गत वडा क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीले  तालिम लिएका हुन्। वडा कार्यालयको २ लाख २० हजार रुपैयाँ बजेटमा सञ्चालन गरिएको तालिमको उद्देश्य विद्यार्थीलाई अध्ययनसँगै रोजगारी र स्वरोजगारका लागि आवश्यक व्यावसायिक सीप प्रदान गर्नु रहेको  छ । तालिमका क्रममा सहभागीले कफी बनाउने कला, कफी मेसिन सञ्चालन, ग्राहक सेवा, सरसफाइ तथा क्याफे व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान र व्यवहारि

    • प्रकाशित मितिः असार १४, २०८३
    • १३८ पटक पढिएको
  • इटहरी उद्योग वाणिज्य संघ निर्वाचन,कागजात नमिलेपछि चार सदस्य उम्मेदवारको उम्मेदवारी खारेज

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तर्गत चार जनामाथि दाबी विरोध परेको छ।उम्मेदवारीविरुद्ध परेको दाबी–विरोधमाथिको छानबिन गरी निर्वाचन समितिले दोस्रो नामावली प्रकाशन गरेको जनाएको छ। मनोनयन दर्ताका क्रममा पेश गरिएका फारम तथा आवश्यक कागजात नमिलेको भन्दै दाबी विरोध परेको हो। महेन्द्र रेग्मी, विष्णु डाँगी, सुरेश कार्की र मुक्ति दाहालको उम्मेदवारीविरुद्ध दाबी विरोध परेको हो। उनीहरूले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए।निर्वाचन समितिका अनुसार मनोनयन दर्ता गराउँदा पेश गरिएका फारम तथा आवश्यक कागजातमा त्रुटि र असंगति देखिएपछि चारै जनाको उम्मेदवारी खारेज भएको हो । समितिले दाबी विरोधमाथिको का

    • प्रकाशित मितिः असार १४, २०८३
    • ९० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]