भोजपुर / भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले नगरभित्र रहेको एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई झोला बितरण गर्नु भएको छ ।भोजपुर नगरपालिका वडा नम्वर ४, दावाँ मान्द्रेमा रहेको पञ्चकन्या आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुको लागि विद्यालय झोला वितरण गर्नु भएको हो । महिला तथा बालबालिका शीर्षकमा बिनियोजित रकमबाट विद्यालयमा अध्यनरत एक सय १४ जना विद्यार्थीलाई झोला बितरण गरिएको छ । नगर भित्रका विद्यालयहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यका साथ उपप्रमुख शेर्पाले बिगतदेखि नै यस्तो कार्य निरन्तर गर्दै आउनु भएको छ ।उपप्रमुख शेर्पाले भन्नुभयो, “समुदायमा रहेका बिद्यालयहरुमा आउने बालबालिकालाई नियमित
नेकपा एमाले सुनसरीको आगामी जेठ ५, ६ र ७ गते हुने अधिवेशनका लागि एमाले सुनसरीले आधिकारिक 'प्रतीक चिह्न' लोगो सार्वजनिक गरेको छ । इटहरीमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला कमिटी सुनसरीले 'लोगो' सार्वजनिक गरेको हो । लोगोले सुनसरी जिल्लाको समावेशिता, बहुधार्मिकता, पर्यावरणीय सुन्दरता, बहुआयामिक भौगोलिक विविधता, जैविक विविधतायुक्त पर्यटकीय क्षेत्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, कृषिको आधुनिकीकरण र उद्यमशीलतालगायतका सुनसरी जिल्लाको बहुआयामिक पहिचानलाई देखाउने प्रयास गरेको जिल्ला उपाध्यक्ष निलम खनालले बताउनुभयो। 'पार्टी अधिवेशनले नेतृत्वको पुस्तान्तरण र हस्तान्तरण मात्र नभएर
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा कार्कीले ५७ मत पाएका हुन् । कार्कीको विपक्षमा शून्य मत परेको छ भने ५ मत तटस्थमा परेको छ । ९३ सदस्यीय प्रदेश सभामा आज ६२ सांसद उपस्थित थिए । विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठक आह्वान गरेका थिए।वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले विश्वासको मत पाएका हुन्। ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३, एकीकृत समाजवादीका ३ र जसपाका १ जना प्रदेश स
भोजपुर / अरुण गाउँपालिका–५ याकुको सित्तला ग्रामीण उन्नत कृषि समूहका कृषकहरुलाई वडा कार्यालयको समन्वयमा कृषी ज्ञान केन्द्र भोजपुरले कृषी औजार वितरण गरेको छ ।कृषि ज्ञान केन्द्र भोजपुरको बार्षीक स्वीकृत कार्यक्रम अन्तरगत व्यवसायीक उत्पादन केन्द्रको मकै खेती विकास कार्यक्रमले स्थानीय कृषकहरुलाई ८ वटा मिनि टिलर, १६ वटा कम्वाइन मिल, ५ वटा मकै छोडाउने मेसीन, १ सय २० वटा मकै सुकाउने त्रिपाल, एउटा ब्रस कटर, ४ वटा डिजिटल काटा, ७ वटा स्प्रेयर लगायत कृषी औजार वितरण गरेको हो । जसमा कृषि ज्ञान केन्द्र भोजपुरको रु १५ लाख अनुदान र कृषकहरुको ६ लाख ४१ हजार ७ सय ८० रुपैयाँ गरी कुल २१ लाख ४१ हजार ७ सय ८० रुपैयाँम
इटहरी / सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको हाम्रो इङ्लिस बोडिङ स्कुलले विद्यार्थीहरूलाई दिक्षान्त समारोह तथा स्वागत गरेको छ ।हाम्रो इङ्लिस बोडिङ स्कुलले नर्सरी ,युकेजी ,एलकेजी , कक्षा ५ र ८ कक्षा पास गर्ने २ सय ५० बढी विद्यार्थीहरूलाई दिक्षान्त समारोह तथा नव आगन्तुक २ सय २० बढी विद्यार्थीहरूलाई स्वागत गरेको छ । विद्यार्थीहरूलाई व्यवहारीक ज्ञान सिकाउदै पछिल्लो समयको प्रविधि क्षेत्रको ज्ञान दिएर पठनपाठन गर्दै आएको कार्यक्रमका प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका अध्यक्ष समृता सुब्बाले बताउनुभयो । विद्यार्थीहरूको पठनपाठनमा गुणस्तरीय बनाउदै जाने उहाँको भनाइ छ ।स्क
इटहरी : नेकपा एमाले सुनसरीको आठौँ अधिवेशन आउने वैशाख ५,६ र ७ गते इटहरीको पचरुखी स्थित लायन्स क्लबको सभाहलमा हुने भएको छ । गएको वैशाख १६ गते बसेको जिल्ला कमिटीको बैठकले इटहरीमा आठौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । १६ वैशाखको जिल्ला कमिटी बैठकले अधिवेशनमा प्रतिनिधि छनोट कार्यविधि तय गरेको छ ।अधिवेशन प्रतिनिधिहरू मूलभूत रूपमा भूगोल र जन सङ्गठनहरूबाट चुनिने छन् । भूगोलबाट प्रतिनिधि चयन गर्दा ३५ जना सङ्गठित सदस्य बराबर १ अधिवेशन प्रतिनिधि छनोट हुनेछ । भने, दलित सदस्यहरू प्रतिनिधि छनोट गर्न २० बराबर १ अधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। यसरी छनोट गर्दा प्रतिनिधिको सङ्ख
काठमाडौँ, ३० वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।“साउथ एसियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरमेन्ट थ्रु डिजिटाइजेशन” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । नेपालको सन्दर्भमा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढे पनि अन्य क्षेत्रमा भने अझै पनि न्यून रहेको उहाँको भनाई थियो ।संविधानले महिला र पुरुषलाई पैतृक सम्पत्तिमा बराबरी हक दिए पनि अझै पनि महिलाहरूले सम्पत्तिमा दाबी गर्ने क्रम अझै कम रहेको मन्त्री चौधरीले भन्नुभयो । ‘महिलाहरूको सम्पत्तिमाथिको
इटहरी / नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन (नेपोन) कोशी प्रदेशको अध्यक्षमा डिल्लीराम घिमिरे सर्वसम्मतले चयन भएका छन्इटहरीमा नेपोनले दोस्रो अधिवेशन आयोजना गरि अध्यक्षमा डिल्लीराम घिमिरे चयन भएका छन् भने उपाध्यक्ष इन्द्र बहादुर कार्की र भिम बहादुर चौहान ,सचिव कृष्ण नेपाली ,सहसचिव कल्पना पाण्डे र उमेश डांगि , सल्लाहकार संयोजकमा राधेश्याम घिमिरे, सदस्यमा कुमार कार्की ,दुर्गा प्रधान ,कुल बहादुर अधिकारी गरी ३३ जम्मा जनाको प्रदेश कमिटी गठन गरिएको छ ।संगठनलाई विस्तार गर्दै जाने अझ् मजदुर बनाउने अध्यक्ष डिल्लीराम घिमिरेले बताए । अधिवेशनमा भुतपुर्व सैनिक रविलाल पौडेल,गजराज कटुवाललाई स
धनकुटा / १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले उचालेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा विभागिय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई ३-० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब झापाले संस्करणको शहिद भीमनारायण गोल्डकपको उपाधि चुमेको हो। झापाले खेलको ५१ औं मिनेटमा कप्तान आषिश चापागाईंको मार्फत गोलको खाता खोल्यो। यस्तै ६४ औं मिनेटमा झापाकै आशिष गुरुङले अर्को १ गोल थप्दै २-० को अग्रतामा पुर्याए। यस्तै दोस्रो हाफको इन्जरी समयमा झापाकै देबेन्द्र तामाङले गोल गर्दै ३-० गोलको अग्रता बनाउँदै टीमलाई जित
प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको राजधानी तोकिए पनि नामाकरणको विषय टुंगिन सकेको थिएन । प्रदेशसभाको पहिलो कार्यकालको तेश्रो अधिवेशनले मोरङको विराटनगरलाई प्रदेशको राजधानी तोकेको थियो । भने पहिलो कार्यकालमा टुंगिन नसकेको नामाकरणको विषय प्रदेश सभाको दोश्रो कार्यकालको पहिलो अधिवेशनले यस प्रदेशलाई कोशी प्रदेश नामाकरण गरेको हो । प्रदेश सभाको प्रमुख कार्य सरकार निर्माण गर्नु, प्रादेशिक कानून बनाउनु, प्रदेश सरकारको काम कारवाहीको निगरानी गर्नु र प्रादेशिक जनसरोकारका विषय प्रदेश सभामा छलफल गर्नु हो । आफ्ना प्रमुख कार्यहरू, सरकार निर्माण र कानून निर्माणमध्ये कोशीले सरकार निर्माणमा अलि बढि समय खर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.