इटहरी । ताप्लेजुङका तीन स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२र८३ का बजेट ल्याउने भएका छन् । मैवाखोला गाउँपालिका, मेरिङदेन गाउँपालिका र सिरिजङ्घा गाउँपालिकाले बजेट ल्याउने भएका हुन् ।नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेर सभाबाट पारित समेत गरिसकेको मैवाखोला गाउँपालिकाले मङ्गलबार आगामी आवका लागि बजेट प्रस्तुत गर्ने भएको छ । पालिका अध्यक्ष विजयप्रकाश वनेमले नीति तथा कार्यक्रम सभाबाट पारित भइसकेको बताउँदै पालिका अब बजेट ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो ।सिरिजङ्गा गाउँपालिकाले सोमबार नीति तथा कार्यक्रम सभामा पेश गरेको छ । नीति तथा कार्यक्रम पारित गरेर सिरिजङ्गाले मङ्गलबार सभामा ब
इटहरी । चिया उद्योग बन्द भएको आठ दिन बितिसक्दा पनि राज्यका तर्फबाट केही पहल नभएपछि चिया उद्योगीको प्रतिनिधि मण्डल राजधानी काठमाडौँ पुगेको छ । सूर्योदय अर्थोडक्स टी प्रोडुसर्स एसोसिएसन नेपालको नेतृत्वमा राजधानी पुगेको टोलीले तत्काल कसरी उद्योग सञ्चालन गर्ने भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको एसोसिएसन उपाध्यक्ष ज्ञानी लिम्बूले बताउनुभयो । इलाम–२ का प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङसहितको टोलीले सोमबार नेपाल सरकारका उद्योग, कृषि, वाणिज्यलगायतका मन्त्रालयमा पुगेर विकल्पसहितको ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा उद्योगीले भारतसँग केही संवाद र सहकार्य गर्न नसकिए तत्काल किसानको हरियो पत्ती
इटहरी। झापाको गौरीगञ्ज गाउँपालिकामा ३ स्थित सयपत्री टोलम चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कायालय झापाले जनाएको छ। उहाँगौरीगञ्ज गाउँपालिका–३ स्थित ३ सयपत्री टोलमा चन्द्रमाया श्रेष्ठको घरमा डेरा बस्दै आउनुभएको थियो ।स्थानीयका अनुसार बिहान खेतबारीमा आली तास्ने काम गरिरहेका श्रेष्ठमाथि अचानक चट्याङ परेको थियो । उहाँको घटनास्थलमै मृत्यु भएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि दमकतर्फ लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झ
इटहरी । धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३र८४ का लागि ७६ करोड ८६ लाख २३ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १८ औँ नगर सभामा बजेट प्रस्तुत गरिएको हो । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यव्रmममा आधारित भएर उपप्रमुख भीमादेवी खनालले सभामा बजेट सार्वजनिक गर्नुभएको हो । नगरपालिकाले चालुतर्फ ५७ करोड ३२ लाख ३६ हजार ३१५ रुपियाँ र पुँजीगततर्फ १९ करोड ५३ लाख लाख ८६ हजार ६८५ रुपियाँ विनियोजन भएको छ । नगरपालिकाको मुख्य आयस्रोत सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान र राजस्व बाँडफाँट रहेको छ । सङ्घीय सरकारबाट प्राप्त हुने समानीक
मोरङ । बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा सञ्चालन भएको ६ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमभएको छ। बुढीगंगा गाउँपालिका–६ स्थित सभाहलमा आयोजित तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगरले गरेका थिए। स्थानीय युवायुवती तथा नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप र व्यक्तित्व विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो।उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मगरले गाउँपालिकाले पूर्वाधार विकाससँगै मानव स्रोत विकासलाई पनि उच्च प्राथमिकतामा राख्दै विभिन्न क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको बताए। उनले युवाह
इटहरी। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको अर्थतन्त्रमा मुुख्य भूमिका खेल्ने नेपाली चियाको तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।पछिल्लो समय नेपाली भारत बन्द भएपछि असार १ देखि एक सय बढी चिया उद्योगहरुनै बन्द अवस्थामा छन् । दैनिक रुपमा करोडौं मुुल्य बराबरको लाखौं किलो किसानको हरियो पत्ती नस्ट भइरहेको भन्दै नेता आङ्देम्बेले तत्काल यो समस्या सरकारले सुुल्झाउन लाग्नुु पर्ने बताउनुुभयो । इलाम नगरपालिकाको १८औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै आङ्देम्बेले चिया जस्तो अर्थतन्त्रको सम्वेदनशील विषयलाई यति लामो समय बेखबर बनाइनुु दुु’ खद रहेको बताउनुुभयो
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवास्थित शिवरात्री टोलमा सोमबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा एक घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहान करिब ४ बजे स्थानीय शिवकुमार तुम्बाको टिनको छानो तथा काठपातले बनेको दुईतले घरमा अचानक आगलागी हुँदा घरको माथिल्लो तल्ला जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त घरमा डेरा गरी बस्दै आएकी सङ्खुवासभाको पाँचखपन नगरपालिका–७ घर भएकी मिना चापागाईको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, एक थान ल्यापटप, एक थान एलसीडी टेलिभिजन र एक थान मोबाइल जलेर करिब एक लाख ५२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै घरधनी तुम्बाको घरका काठपात
इटहरी । निजी क्षेत्रको मनोबल बढाउँदै आन्तरिक उत्पादन वृद्धि गर्न उद्योगको प्रकृति र नगद प्रवाहका आधारमा चालु पुँजीकर्जा कुल कारोबारको ६० प्रतिशतसम्म पाउने स्थायी व्यवस्थाको माग उद्योगीले गरेका छन् । नेपाल राष्ट्र बैङ्कले ल्याउने आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीले छुट्टाछुट्टै लिखित सुझाव दिँदै चालु पुँजी कर्जा मार्गदर्शनलाई समयानुकूल सुधार गर्न माग गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी, नेपाल उद्योग परिसङ्घ कोशी, मोरङ उद्योग व्यापार सङ्घ र उद्योग सङ्गठन मोरङले अलग अलग लिखित सुझाव पठाएका हुन् । यी संस्थाले नेपाल राष्ट्र बैङ्क प्रादेशिक कार्यालय विराटनगरका निर्देशक सुमन
इटहरी । अविरल वर्षासँगै आएको पहिरोका कारण सङ्खुवासभाको खाँदबारी नगरपालिका र सभापोखरी गाउँपालिकाका तीन परिवार विस्थापित भएका छन् । शनिबार पहिरोले सभापोखरी–१ धुपुमा धनबहादुर विश्वकर्माका चार जनाको परिवार र शान्तिराम पोख्रलका चार जनाको परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनबहादुर राजवंशीले बताउनुभयो । पहिरो जोखिमकै कारण खाँदबारी नगरपालिका–६ खानीडाडाँमा यारबहादुर तामाङका ६ जनाको परिवार पनि विस्थापित भएको प्रहरी निरीक्षक राजवंशीले बताउनुभयो । उहाँका अनुसार पहिराले विश्वकर्माको दुईतले घर पछाडितिरको भाग भत्काएको छ । पहिरोकै कारण सोही ठाउँका शान्तिरामको घरसमेत
इटहरी । गोरखापत्रकर्मी चन्द्र पन्दाक (प्रयास) सम्मानित हुनुभएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले १९ औं गाउँसभा अधिवेशनबाट पन्दाकलाई पत्रकारिताको माध्यमबाट स्थानीय सरकारलाई थप प्रभावकारी बनाउन भूमिका खेलेको भन्दै पुरस्कृत गरेको हो । पन्दाकसँगै पत्रकार खगेन्द्र अधिकारीलाई पनि सम्मान गरिएको छ । पन्दाक र अधिकारीलाई जनही ५ हजार रुपियाँ नगदसहित प्रमाणपत्रका साथै पुरस्कृत गरिएको पालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो । उहाँका अनुसार पन्दाक र अधिकारीलाई गाउँपालिकाले गाउँपालिकाका आधिकांश गतिविधिलाई प्रकाशन तथा प्रसारण गरेर पालिकाको गौरव र सेवा प्रवाह अभिवृद्धिका लागि खोजमूलक तथा समीक्षात्म
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.