सुन्दरहरैँचा l सुन्दरहरैंचा न.पा. १० मा रहेको पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को सोह्रो वार्षिक साधारण सभा विराटचोकको पानस पार्टी प्यालेमा २०७९ भदौ १८ गते शनिवार, भव्य रुपमा सम्पन्न भएको छ।पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि का सेयर सदस्य तथा बचतकर्ताहरुको बृहत सहभागिता रहेको उक्त सभामा संस्थाका अध्यक्ष श्री शिवलाल कटुवाको सभा अध्यक्षतामा र मोरङ जिल्ला बचत तथा ऋण सहकारी संघ का अध्यक्ष श्री सोम प्र.निरौलाको प्रमुख आतिथ्यमा पुष्पदर्शन बचत तथा ऋण सहकारी संस्था लि. को सोह्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
तेह्रथुम/ म्याङलुङ नगरपालिकाले नगरपालिकाभित्रका सबै घरधुरीलाई २० युनिट विद्युत महशुल निशुल्क गरेको छ । नगरपालिकाले प्रत्येक घरधुरीमा खपत हुने न्युनतम २० युनिटसम्म विद्युत महशुलको रकम भुक्तानी गर्ने निर्णय गरेको हो । नगरपालिकाले नेपाल विद्युत प्राधिकरण सँग सम्झौता गरी २०७९ साल श्रावण १ गते देखि पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्युनतम २० युनिट बराबरको न्युनतम महशुल ३० रुपैँया नगरपालिका द्धारा भुक्तानी गरिने नगरप्रमुख संजयकुमार तुम्बाहाम्फेले बताउनुभयो ।तर २० युनिट भन्दा बढी विद्युत खपत गरे घरधुरी आफैले सम्पुर्ण विद्युत महशुल भुक्तानी गर्नु पर्ने नगरप्रमुख तुम्बाहाम्फेले बताउनु भ
अब नेपालमै सामसङ टिभी बन्ने भएको छ । दक्षिण कोरियाली बहुराष्ट्रिय कम्पनी सामसङ र नेपाली व्यापारिक समूह गोल्छा अर्गानाइजेसनको लगानीमा नवलपरासीको भूमेरोडमा टिभी उत्पादन गर्ने फ्याक्ट्री खोल्न लागेको हो ।तत्कालका लागि टिभी मात्रै उत्पादन गर्ने गरी बन्न लागेको फ्याक्ट्रीको बुधबार शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले फ्याक्ट्री शिलान्यास गर्दै नेपालमा लगानीको वातावरण राम्रो हुँदै गएको बताए ।विदेशी लगानी भित्र्याउन सरकारले नीतीगत र प्रशासनिक सुधारहरू गरेको भन्दै विदेशी लगानी लिएर आउन उनले लगानीकर्ताहरुलाई आग्रह गरे । अहिलेसम्म नेपालमा सामसङ टिभी गोल्
धूम्रपान तथा मद्यमान स्वास्थ्यका लागि हानिकारक हुने हुनाले सरकारले आफ्ना जनतालाई त्यसको लतबाट टाढा राख्न चाहन्छन् । तर, जापान सरकारले भने आफ्नो देशका युवाहरूलाई बढीभन्दा बढी मदिरा पिउन अपिल गरेको छ ।मदिराको बिक्री घट्न थालेपछि बिक्री बढाउन जापान सरकारले साका भिभा नामक अभियान सुरु गरेको हो । जापानको राष्ट्रिय कर एजेन्सीले सुरु गरेको उक्त अभियान अन्तरगत २० देखि ३९ वर्ष उमेरका युवाहरू मदिरा उद्योगको पुनरुत्थानका लागि नयाँ अवधारणाका साथ अगाडि आउने अपेक्षा गरिएको छ ।उक्त अभियानमा युवाहरूलाई जापानी सेक, शोचु, ह्वीस्की, बियर तथा वाइनको खपत बढाउने व्यवसायिक योजनासाथ अगाडि आउन अनुरोध गरिएको छ ।एजेन्सीक
विगत चार वर्ष देखि विराटनगरमा दाँत तथा मुख उपचार सेवा सञ्चालन गर्दै आएको लोक सेवा डेन्टल क्लिनीक को शाखा इटहरी सञ्चालनमा आएको छ । दन्त तथा मुख उपचारका क्षेत्रमा नाम कमाएको लोक सेवा डेन्टल क्लिनीकका सेवाग्राहीको इटहरी तथा आसपासका क्षेत्रमा समेत सञ्चालन गरिनु पर्नेमा मागलाई मध्यनजर गर्दै शाखा सञ्चालनमा ल्याइएको जनाइएको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर ६ को इटहरीको मुख्य बजार क्षेत्र पुर्व लाइनमा सञ्चालनमा आएको लोक सेवा डेन्टल क्लिनिकको शाखा कार्यालयको इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले एक कार्यक्रमका विच गरेका हुन । दन्त तथा मुख सम्वन्धी रोगका विशेषज्ञ डा. पवन मेह
तेह्रथुम / लालिगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका वनाउन नगरपालिका र एक्सन एड नेपालको सहयोगमा दलित सचेता समाजको प्राङगारिक कृषि उत्पादनको सहभागितामूलक गुणस्तर निर्धारण प्रणाली सम्वन्धि ३ दिने कार्यशाला सम्पन्न भएको छ । कार्यशाला लालिगुराँसन गरपालिका ७ फिर्केमा सम्पन्न भएको हो । कार्यशालामा स्थानीय वासीहरुले उत्पादन गरेका प्राङगारिक कृषि बालीहरुलाई कसरी प्रमाणित गरि बजार सम्म पुर्याउने भन्ने बारेमा जानकारी गराईएको हसेरा कृषि अनुसन्धान तथा तालिम केन्द्रका विवेक धितालले बताउनुभयो ।कार्यशालामा लालिगुराँस नगरपालिका वडा नम्वर १ को डोपकिले, वडा नम्वर ७ को फिर्के र तीनजुरे वस्ती, वडा न
सप्तकोसी । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन्् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । मन्त्री कार्की भन्छन्, हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ । स्था
इटहरी । इटहरीमा सेलुन एकेडेमी मेकअप स्टुडियो शुक्रवार बाट सञ्चालनमा आएको छ । उक्त मेकअप स्टुडियोको निल डेबिड कट्वालले शुक्रबार उद्घघाटन गरेका छन् । ५ वर्ष सम्म अस्ट्रेलियामा मेकअप स्टुडियो सम्बन्धी कोर्ष सकेर नेपाल आएकी जेनिसा पराजुलीले आफुले सिकेको ज्ञानको प्रयोग नेपालमै गर्नु पर्छ भन्ने उदेश्यले स्टुडियो सञ्चालनमा ल्याएको बताइन । स्टुडियोमा सुरुवाती समयमा ६ जना भन्दा बढिलाइ प्रत्यक्ष रुपमा रोजगारी दिएको उनले बताइन । सेलुन एकेडेमी मेकअप स्टुडियोमा महिला र पुरुष दुबै लाई सेवा प्रवाह गर्ने समेत उनले जानकार
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् । कोइरालाले बुझाएको सम्पत्ती विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । ४९ वर्षे कोइरालाले सबै सम्पत्तिको स्रोत पैतृक भएको उल्लेख गरेका छन् ।२०५४ देखि तरुण दल मोरङ हुँदै नेपाली कांग्रेसको राजनीति सुरु गरेका उनले आफूले केही कमाएको विवरण उल्लेख गरेका छैनन् । सम्पत्ति विवरणको एक ठाउँमा भाइको नाममा रहेको ११ कट्ठा जग्गा रहेको उल्लेख गरेकाछन् ।विराटनगर अस्पताल चोकमा कोइरालाको घरमा ग्रिन क्रस अस्पत
इटहरी । ६० औँ इन्जिनियरस् दिवसको अवसरमा इटहरीमा निर्माण व्यवसायीहरूलाई घर निर्माण सम्बन्धी तालिम आयोजना गरिएको छ ।लायन्स क्लब अफ इटहरी प्रोफेसनल र लियो क्लब अफ इटहरी प्रोफेसनलको आयोजना तथा इटहरी उपमहानगरपालिकाको सहयोगमा एक दिने तालिम आयोजना गरिएको हो । तालिममा ३५ जना निर्माण व्यवसायीहरुको सहभागिता थियो । घर निर्माण गर्दा अपनाउनु पर्ने सावधानी तथा मापदण्डको विषयमा स्ट्रक्चर इन्जिनियर सुशील चौधरी र सुमन भटटराईले निर्माण व्यवसायीहरूलाई जानकारी र तालिम दिनुभयो ।घर निर्माण गर्दा कमसल सामाग्री, आवश्यक परामर्श तथा भुकम्प प्रति
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.