नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति र मूल्यवृद्धि विरुद्ध राष्ट्रिय युवा सङ्घ सुनसरीले इटहरीमा प्रदर्शन गरेको छ । मन्त्री यादवले एक खुल्ला समारोहमा गौर हत्या काण्ड ब्युँतिन सक्ने भन्दै अराजकतापूर्ण अभिव्यक्ति दिएकी थिइन् । त्यस्तै पेट्रोलियम पदार्थ तथा बजारमा महँगी बढ्दा पनि सरकारले वास्ता नगरेको भन्दै युवा सङ्घले विरोध प्रदर्शन गरेको हो ।विरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा सङ्घ नेपाल इटहरी अध्यक्ष कमल दाहालले यो सरकार मनपरी ढङ्गबाट अघि बढेको बताउँदै सडकबाट लगाम लगाउने चेतावनी दिए । त्यस्तै राष्ट्रिय युवा सङ्घ सुनसरी संयोजक सुजन लामाले यो परमादेश सरकारले
तेह्रथुम / छथर गाउँपालिका-१ तेह्रथुमकी तेम्बा सेर्पा ७९ वर्ष पुगिन् । उनलाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य केन्द्रसम्म पुग्न मुस्किल छ । ढल्किँदो उमेरकी सेर्पाले घरैमा उपचार पाउँदा खुसी ब्यक्त गरिन् । उनले उपचार मात्र पाइनन्, गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गर्दा गर्वले खुसी भइन् ।‘सरकारले हामी जस्ता बुढाबुढीलाई सम्मान गर्दै उपचार गर्दा हामी खुसी छौं । उमेर पनि गयो । स्वास्थ्यचौकी पुग्नै मुस्किल छ । हाम्रो समस्यालाई बुझेकोमा सरकारलाई धन्यावाद,’ उनले भनिन् ।तेम्बा जस्तै लाक्पा क्षेत्र सेर्पा पनि घर टोलमै सेवा लिन पाउँदा खुसी भएका छन् । ‘हामी बिरामी हुँदा स्वास्थ्य जाँच गर्न हिँडेर जान समस्या छ
इटहरी / इटहरीको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नम्बर १५ स्थित भोटिया खोलामा पुल शिलान्यास गरिएको छ ।इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले पुल शिलान्यास गरेका हुन् । ४ करोड १६ लाख ४१ हजारको लागतमा दुई वर्षमा सो पुल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोड्ने सो पुल निर्माणपछि स्थानीय लाभान्वित हुने उपमहानगरका प्रमुख चौधरीले बताए ।खेतिपाति गर्न र कृषि उपज बजार पुर्याउनका लागि स्थानीयलाई पूल अति नै आवश्यक भएकाले उपमहानगरले तीन वर्षको रकम जुटाएर पुल निर्माण थालेको उनको भनाइ छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीलेले निर्धारित समयमै गुणस्तरीय काम हुनुपर्नेमा जोड
इटहरी । प्रहरीले बैँकिङ् कसुर मुद्धाका फरार प्रतिबादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका वडा नं ४ पाचकन्याका ३२ बर्षीय बिशाल राई रहेका छन् । राईलाई उच्च अदालत विराटनगरले २०७८ बैशाख १६ गते १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैया ३३ पैसा जरिवाना सहित पक्राउ गर्न फैसला गरेको थियो ।फरार रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले गाउघरमा लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरेको हो ।पक्राउ परेका राईलाई सुनसरी जिल्ला अदालतमा दाखिला गरि कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ&n
तेह्रथुम / तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गाउँपालिकाका १६४ युवा रोजगार बनेका छन् । आर्थिक रुपमा विपन्न पछाडि परेका समुदायका श्रमिकहरूलाई वडाहरू मार्फत छनौट गरिएको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गाउँपालिकामा रोजगार कार्यक्रम सञ्चालनका लागि ९४ लाख ४३ हजार रुपैया श्रमिकको ज्यालका लागि उपलव्ध गराएको बताइएको छ ।गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालन हुने योजनामा ४० लाख रुपैया साझेदारी गरेको गाउँपालिकाका रोजगार संयोजक कृष्णप्रसाद चम्लागाईंले जानकारी दिए । रोजगार कार्यक्
सरोज पौडेल विराटनगर, ५ माघ । प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मंत्रालयले मोरङको विराटनगर महानगरपालिका र सुनसरी देवानगंज गाँउपालिकालाई वारुण यन्त्र उपलब्ध गराएको छ । गतबर्ष मंत्रालयले ताप्लेजुङको फुङलिङ नगरपालिका र सोलुखुम्बुको सोताङ गाँउपालिकालाई उपलब्ध गराइएको वारुण यन्त्र संचालन गर्न नसक्ने भन्दै लिन नआएपछि विराटनगर महानगरपालिका र देवानगंज गाँउपालिकालाई वितरण गरिएको आन्तरिक मामिला तथा कानुन मंत्रालयले जनाएको छ ।आन्तरिक मामिला तथा कानुन मंत्रालयमा बुधवार एक कार्यक्रम आयोजना गरी आन्तरिक मामिला तथा कानुन मंत्री केदार कार्कीले सम्बन्धित पालिका प्रमुखलाई वारुण यन्त्रको
इनरुवा / सुनसरीको बर्जु गाउँपालिकामा आयोजित बर्जु महोत्सवमा भएको घटना छानबिनका लागि सुनसरी प्रशासनले छानबिन समिति गठन गरेको छ । सुनसरी प्रशासनले घटना छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल संयोजक रहेको समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरी बल ४ नम्बर गणका डिएसपी मित्रलाल श्रेष्ठ सदस्य रहेका छन् ।त्यसैगरी राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालयका अनुसन्धान अधिकृत किरण भट्टराई र बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीसमेत छानबिन समितिको सदस्य रहेक
काठमाडौं मेडिकल कलेजका सञ्चालक डा .सुनिल शर्माले आफूमाथि सिंहदरबारभित्रै केही गुण्डाहरुले आक्रमण गर्न खोजेको बताए छन् । सिंहदरबारबाट बाहिरिएपछि टेलिफोनमा कुराकानी गर्दै शर्माले भने – मलाई मोसो दल्ने कसैको दम छैन। म माथि बैठक सकिएर बाहिरिँदै गर्दा शिक्षा मन्त्रालयको गेटमा बसेका गुण्डाहरू ‘मोसो दल्ने प्रयास गर्दै थिए,हाम्रा भाइहरूले उल्टै ठीक पारेर पठाइदिए।’ उन्ले सिंहदरबारभित्र सुनियोजित रुपमा आफूमाथि आक्रमण प्रयास भएको बताए । ‘ममाथि सुनियोजित आक्रमण कोसिस गरेका थिए। गुण्डाहरुले अरु त के गर्न सक्छन् र ? यस्ताको के हिसाब भयो र ?’, उ
इटहरी । माघ महिनाको सुरुवातसंगै पुर्वी तराईमा चिसो वढेपछि जनजीवन प्रभावित बन्न थालेको छ । कठ्याग्रीने चिसोका कारण पछिल्लो समयमा बजार पसलमा मानिसहरुको चहलपहल समेत घट्न थालेको छ । चिसो बढ्न थालेपछि शहर वजारहरु मात्र नभएरक गाउँघरमा समेत मानवीय चहलपहलमा कमी हुन थालेको हो । केही दिन देखि विहान र वेलुकाको समयमा हुस्सु लाग्ने र दिउँसो सामान्य मौषम खुले जस्तो देखिएपनि चिसो हावा लाग्ने गरेका कारण जनजीवन कस्टकर वन्न थालेको छ । मानिसहरुलाई काममा निस्कन पनि समस्या हुन थालेको छ । व्यापार गर्दै आएका व्यापारीहरु जाडोका कारण आगो बालेर ताप्न थालेको तथा पसल
इनरुवा । माघ महिना सुरु भएसंगै पुर्वी तराईमा बढी रहेको जाडोलाई लक्षित गरी लायन्स क्लव अफ इटहरी मोल्विन जोनले इनरुवाका विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ । इनरुवा नगरपालिका वडा नम्बर ८ कशंमडनको मर्दसा टोलमा लायन्स क्लव अफ इटहरी मोल्विन जोनले २सय ५० जनालाई ज्याकेट वितरण गरेको हो । लायन्स क्लव अफ इटहरी मोल्विन जोनका अध्यक्ष रितेष श्रेष्ठको अध्यक्षता तथा लायन्स क्लव अफ एरिया चिफ टंककुमारी गुरुगंको प्रमुख आतिथ्यमा भएको न्यानो कपडा वितरण कार्यक्रममा मर्दसामा अध्यय
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.