इटहरी। चालु आर्थिक वर्षको चैत दोस्रो साता सम्ममा ताप्लेजुङमा १२ करोड रुपियाँ बढी राजस्व रकम सङ्कलन भएको छ । साढे नौ महिनाको अवधि अर्थात् गत साउनदेखि चैत महिनाको दोस्रो सातासम्ममा सङ्घ र प्रदेश मातहतका निकायबाट उक्त राजस्व रकम सङ्कलन भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार कुल १२ करोड ३९ लाख ४० हजार २७७ रुपियाँ राजस्व सङ्कलन भएको छ । सङ्कलित राजस्व रकममध्ये सङघतर्फ ११ करोड १८ लाख ८५ हजार ५८६ रुपियाँ रहेको छ । त्यस्तै प्रदेश मातहतका निकायबाट एक करोड २० लाख ५४ हजार ६९१ रुपियाँ राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी नवीन खनालले जानकारी दिनुभयो
इटहरी । उत्खनन, प्रशोधन, लोडिङ र ढुवानी लागत बढेको भन्दै क्रसर उद्योगीले ढुङ्गा, गिट्टी र बालुवाको मूल्य प्रतिटिप्पर चार हजार रुपियाँ बढाएपछि त्यसको असर निर्माण क्षेत्रमा देखिएको छ । मोरङका निर्माण व्यवसायीले इन्धनको मूल्यको असर निर्माणजन्य सबै सामग्रीमा परेको भन्दै बहुबर्से र चालु अवधिका लागि सम्झौता गरेका योजना बढाउन नसकिने स्थिति आएको बताएका हुन् । निर्माण व्यवसायी सङ्घ मोरङका सहकोषाध्यक्ष सञ्जय यादवका अनुसार पहिलो ११ हजार प्रतिटिप्पर पाउने गिट्टी र बालुवाको मूल्य अहिले १५ हजार पुगेको हो । त्यसबाहेक छड, सिमेन्टको मूल्य जोड्दा सम्झौता गरेका परियोजना सम्पन्न हुँदा आफ्नै घरबारी बिक्री गर्
इटहरी। ताप्लेजुङको मैवा खोला गाउँपालिकामा बहुउद्देश्यीय कभर्ड हल निर्माण गरिएको छ । खेलाडी उत्पादन गर्ने साथै उनीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले कभर्ड हल निर्माण गरेको हो ।पालिकाको प्रशासकीय केन्द्रस्थित साँघुमा निर्माण गरिएको बहुउद्देश्यीय कभर्ड हलको बुधबार गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले कभर्ड हलको उत्दघाटन गर्नुभएको छ । उद्घाटन भएसँगै कभर्ड हल औपचारिक रूपमा सञ्चालनमा आएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।कभर्ड हल सञ्चालनसँगै खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन र खेलाडीको क्षमता अभिवृद्धि स
इटहरी । विराटनगरस्थित दुग्ध वितरण आयोजनाले पूर्वका दुग्ध कृषकलाई करिब ११ करोड रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको जनाएको छ । आयोजनाका अनुसार हालसम्म करिब ११ करोड ९६ लाख रुपैयाँ बराबरको दुध बक्यौता तिर्न बाँकी रहेको छ । चालू आर्थिक वर्षको साउन मसान्त देखि चैत्र मध्य सम्म आयोजनाले करिब २४ करोड ४१ लाख ५० हजार रुपैयाँ दुग्ध कृषकलाई भुक्तानी गरिसकेको जनाएको छ । गत असोज मसान्त सम्मको बक्यौता रकम भने पूर्ण रुपमा भुक्तानी गरिसकिएको र त्यसपछिको रकम तिर्न बाँकी रहेको निमित्त आयोजना प्रमुख नविन किशोर शर्माले जानकारी दिनुभयो । उहाका अनुसार आयोजनामा करिब १२ करोड रुपैयाँ बराबरको ९४ मेट्रिक टन पाउडर द
इटहरी । ताप्लेजुङमा सङ्घ तथा प्रदेश सरकारबाट विनियोजित पुँजीगत बजेट खर्च निरासाजनक रहेको छ । चालु आर्थिक वर्ष सकिनलाई करिव साढे तीन महिनाको समय बाँकी रहँदा पुँजीगत अर्थात विकास बजेट खर्च अत्यन्तै न्यून भएको पाइएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका अनुसार हालसम्म अर्थात चालु आवको चैत दोस्रो साता बित्दासम्ममा पुँजीगत बजेट खर्च सङ्घतर्फको करिव २२ प्रतिशत मात्र भएको छ । त्यस्तै प्रदेशतर्फको बजेट अझ कम अर्थात करिव १२ प्रतिशत मात्र खर्च भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी नवीन खनालका अनुसार चैत दोस्रो साता सम्ममा सङ्घ तर्फको पुँजीगत बजेटको कुल २१।७०
इटहरी । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोस्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ । पोस्ट प्रो सोलुसन प्रा।लि।की प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू प्रतिष्ठानका उपकुलपति प्राडा। विक्रमप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्रीहरू प्रतिष्ठानको दैनिक उचार सेवामा प्रयोग हुने उपकुलपति प्राडा। विक्रमप्रसाद श्रेष्ठले बताउनुभयो । प्रतिष्ठान जस्तो ठुलो स्वास्थ्य संस्थालाई आर्थिक सङ्कटको घडीमा निजि क्षेत्रबाट प्राप्त भएको सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ । यसले बि
इटहरी । भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा डा नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय बुबा नरबहादुर तामाङ तथा जीवित सीतामाया तामाङको संयुक्त नाममा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । स्थापित अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाको कार्यसम्पादन मूल्याङ्कन गर्दै उत्कृष्टता प्रोत्साहन गर्ने र समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको तीर्थराजले जानकारी दिनुभयो । बाल्यकाल शिक्षा प्राप्त गरेको विद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै दाताहरूले शिक्षाको गुणस्तर सुधारमा सानो योग
इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा देखिएको बर्डफ्लु संक्रमणका कारण पूर्वी नेपालको पोल्ट्री व्यवसाय धरासायी बन्ने अवस्थामा पुगेको छ । मोरङ, सुनसरी र झापामा संक्रमण पुष्टि भएपछि कुखुराको उत्पादन र बिक्री दुवै ह्वात्तै घटेको छ, जसले गर्दा अर्बौँको लगानी गरेका किसान र व्यवसायी गम्भीर आर्थिक संकटमा परेका छन् । पशुपन्छी महाशाखाको तथ्यांकअनुसार चैत ३ गतेदेखि सुरु भएको संक्रमण हालसम्म तीन जिल्लाका १६ वटा व्यावसायिक फार्ममा फैलिसकेको छ । महाशाखा प्रमुख दीपा दिवालीका अनुसार चैत १२ गतेसम्म मोरङमा ६, सुनसरीमा ८ र झापामा २ वटा फार्मका ६६ हजार ३२ वटा कुखुरा नष्ट गरिएको छ । जसमा ६४ हजार ८९७ लेयर्स
इटहरी। एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ।सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले ९५ किलोमिटर सडकलाई पाँच खण्डमा विभाजन गरी स्तरोन्नति गरिरहेको भए पनि लक्ष्य अनुसार प्रगति हुन सकेको छैन। कुल ४६ अर्ब रुपियाँको लगानीमा निर्माण भइरहेको यस सडकलाई पूर्वी र पश्चिम खण्डमा बाँडिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सितापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सितापुरीदेखि लबीपुलसम्म ५० किलोमिटर रहेको छ। निर्माण कम्पनी कोभेक सिआरइजिसि टुण्डी जेभीका प्रतिनिधि अनिश रेग्मीका अनुसार सन् २०२४ फेब्रुअरी २ देखि नि
इटहरी । बेमौसममा गोलभेडा उत्पादन गरेर पूर्वी नेपालका सहरमा राम्रो बजार पाएको सुनसरीको श्रीलङ्का टापुमा उत्पादित गोलभेडाले यस सिजनमा पनि राम्रो भाउ पाएको छ। मङ्सिर महिनादेखि नै उत्पादन सुरु गरी राम्रो मूल्यमा बिक्री हुँदै आएको टापुको गोलभेडा चैतको दोस्रो सातासम्म पनि आकर्षक मूल्यमा बिक्री भएको कृषक अनिल चन्द्रवंशीले बताउनुभयो। उहाँका अनुसार मङ्सिरमा प्रतिकेजी ८५ रुपियाँसम्म पुगेको गोलभेडा अन्य वर्ष सिजनमा दुई–तीन रुपियाँमा पनि बिक्री गर्न कठिन हुने गरेको थियो। यसपटक भने चैतको दोस्रो सातासम्म पनि प्रतिकेजी २५ रुपियाँमा बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो। श्रीलङ्का टापुमा उत्पादित गोलभेडा पूर्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.